दर्ता तथा प्रवेश
अमेरिका बिशेष
नेपाल पत्रकार महासंघ र नेजा वीच सहमति
बुधबार, 08 मे 2013 19:22    PDF Print E-mail

alt

न्युयोर्क- नेपाल अमेरिका पत्रकार संघ (नेजा) र नेपाल पत्रकार महासंघ ( एफएनजे) वीच औपाचारिक सहकार्य भएको छ । अमेरिका भ्रमणमा आइपुगेका नेपाल पत्रकार महासंघका अध्यक्ष शिव गाउले र नेपाल अमेरिका पत्रकार संघ (नेजा) का अध्यक्ष आङछिरिङ शेर्पा वीच मगलबार साझ न्युयोर्कमा आयोजित कार्यक्रममा लिखित सहमति पत्रमा हस्तक्षर भएको छ । दुबै सस्थाका अध्यक्षहरुको उक्त सहमतिमा चार महत्वपुर्ण वुदाहरु समेटेका छन । पहिलो बुदामा नेपाल पत्रकार महासंघका तर्फबाट अमेरिकामा र नेपाल अमेरिका पत्रकार संघ ( नेजा) का तर्फबाट नेपालमा पत्रकारिता र नेपाली समुदायसाग सरोकार राख्ने कुनै कार्यक्रम वा गतिविधि गर्दा एक अर्काबीच समन्वय कायम गरिने छ ।

alt

२अमेरिकामा बसोबास गरिरहेका नेपाली भाषी र समुदायका समस्या , क्षमता, विशेषज्ञतालाई समाचार र विचार मार्फत वाहिर ल्याई अमेरिकामा बसोबास गर्ने नेपालीहरुबीच एवं उनीहरु र नेपाली नीति निर्माताबीच समन्वय गर्न, सम्बाद चलाउन नेजा र नेपाल पत्रकार महासंघबीच सहकार्य हुनेछ ।३नेपालका दुर्गम तथा पछाडि परेका क्षेत्रका संचारकर्मीका क्षमता अभिबृद्धिका लागि नेजाले नेपाल पत्रकार महासंघसागको समन्वयमा आवश्यक सहयोग उपलब्ध गराउनेछ । विशेषत कर्णली अञ्चलको कुनै एक जिल्लामा ६ महिनाभित्र तालिम संचालनका लागि नेजाले आर्थिक सहयोग उपलब्ध गराउनेछ ।४नेपालमा रहेका पत्रकारहरुलाई आइपर्ने प्राकृतिक वा व्यवसायीक कामको शिलशिलामा सृजना हुने आपतमा नेजाका तर्फबाट नेपाल पत्रकार महासंघसगको समन्वयमा सक्दो सहयोग गर्नेछ । कार्यक्रममा नेजाका अध्यक्ष शेर्पाले अमेरिकाबासी नेपाली पत्रकारहरुको सहयोगमा नेजाले स्थापना कालदेखिनै महासंघ मार्फत सहयोग गदै आएको स्मरण गराउदै अब महासंघसग समन्वय गरि थप कार्यक्रम र सहयोगहरु पुयाउने जानकारी दिएका थिए । त्यस्तै महासंघका अध्यक्ष शिव गाउलले प्रवासमा संगठित पत्रकारहरुको यो संगठनले नेपाली पत्रकारहरुको हितमा सघाउ पुग्ने धारण व्यक्त गरेका थिए ।

alt

नेजाको मिडिया कोडिनेर्टर सुर्य थापाद्धारा सञ्चालित कार्यक्रममा नेजाको महासचिव किशोर पन्थीले सहमति पत्र सबैलाई पढेर सुनाएका थिए ।कार्यक्रममा न्युयोर्कमा पत्रकारहरुको वाक्लो उपस्थिति रहेका थिए ।

पछिल्लो परिमार्जन ( बुधबार, 08 मे 2013 19:51 )
 
समाजसेवी कोइरालालाई न्युयोर्कमा स्वागत
बुधबार, 01 मे 2013 10:24    PDF Print E-mail

alt

न्युयोर्क- नेपालकी चर्चित समाजसेवी तथा पुर्व सिएनएन हिरो अनुराधा कोइरालालाई न्युयोर्कमा स्वागत गरियो । नेपालमा लामो समयदेखिन महिला वेचविखान विरुद्ध लाग्दै आएकी माइती नेपालकी अध्यक्ष कोइरालालाई न्युयोर्क आएको बखत स्थानीय मालिङगो रेष्टुरेन्टले स्वागत गरियो । उनी अपि्रल महिनाको अन्तिम हप्ता अमेरिकामा महिला बेचविखान विरुद्धको एक विशेष कार्यक्रममा भाग लिन आएकी थिइन । कार्यक्रममा रेष्टुरेन्टको सञ्चालकद्धाय टेक गुरुङ र गायक रोशन गुरुङ तथा मालिङगो रेष्टुरेन्टका सदस्यहरुले अध्यक्ष कोइरालाईर खादा लगाइदिएर स्वागत गरेका थिए । उनकै साथमा नेपालबाट आएका माइती नेपालका महासचिव विश्व खडकालाई पनि स्वागत गरियो । गत आइतबार राती सम्पन्न स्वागत कार्यक्रममा गायक रोशन गुरुङ र गायिका सपनाश्रीको समुधुर गीतसंगीतसंगै कवि विकास विष्टको कविता वाचनसंगै उपस्थित व्यक्तिहरुले पनि समाजसेवी अनुराधा कोइरालालाई खादा लगाइदिएका थिए । उक्त अवसरमा पुर्व सभामुख दमननाथ ढुङगाना र बरिष्ठ मानवधिकारीवादी नेता पदमरत्न तुलाधारलाई समेत रेष्टुरेन्टले स्वागत गरियो । स्वागत पछि उपस्थित चारै जना पाहुनाहरुले अमेरिकामा आएर पनि नेपालीत्वको भावनाले नेपालमै जस्तो अनुभुत भएको धारण व्यक्त गरेका थिए । नेता तुलाधार तथा पुर्व सभामुख ढुङगाना पनि अपि्रलको अन्तिम हप्ता इण्डिना राज्यको नोटडाम विश्व विद्यालय अन्र्तगत कोका इन्ष्िटच्युडको निमन्त्रणामा शान्ति सम्झौता सम्बन्धीत गोष्ठिमा भाग लिन आएका थिए । उनीहरुसंगै नेपाली कंग्रेसका केन्दि्रय सदस्य अर्जुन नरसिंह केसी, मधेसी जनाधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, मधेसी जनाधिकार फोरम लोकतान्त्रिकका जितेन्द्रनारायन देब, एमाले केन्दि्रय सदस्य तथा पुर्व गृहमन्त्रि भीम रावल, एमाओवादीका खिमलाल देवकोटा,एसिया फाउण्डेसनका कार्यक्रम सल्लाहकार विष्णु सापकोटा र कार्यक्रम अधिकृत सजना मर्हजन र नेपाल ट्रजिसन टु पिस फोरमका प्रतिनिधि स्टेला तामाङले भाग लिएका थिए ।

पछिल्लो परिमार्जन ( बुधबार, 01 मे 2013 10:51 )
 
नेजा उपाध्याक्ष ढुङगेलको तीन कृति बिमोचन
सोमबार, 01 अप्रिल 2013 19:30    PDF Print E-mail
alt
बिष्णुप्रसाद पौडेल न्युयोर्क- कहिले गीत , कबिता त कहिले यात्रा सस्मरणं लगायत समाजमा भएका बिभिन्न घटना्हरुलाई सृजानात्मक ढङ्गले प्रस्तुत गर्ने शेखर ढुङ्गेल नेपाली साहित्य क्षेत्रमा कुनै नौलो नाम भने होइन् । नेपाली भाषा साहित्यको श्रीवृद्धिमा लामो समयदेखिन निरन्तर लाग्दै आएका ढुङगेलले अहिलेसम्म विभिन्न कृतिहरु प्रकाशन गरिसकेका छन । स्वदेशबाट टाढा विदेशमा आएपनि उनले लेखन कार्यलाई कहिल्यै पनि छोडेनन । अमेरिकामा बसोबास गदै आएका ढुङगेल विदेशको व्यस्तताको वीच पनि हरपल लेख रचनामा व्यस्त रहे । नेजाको पुर्व क्षेत्रिय उपाध्याक्ष ढुङगेलले लेखनकै क्रममा एकै दिनमा तीन विभिन्न कृतिहरु एक साथ विमोचना गरेका छन । नेपाल अमेरिका पत्रकार संघ ( नेजा) द्धारा मार्च ३० तारिख न्युयोर्कको ज्याक्सनहाइटमा आयोजित कार्यक्रममा सयुक्त राष्ट्र सघंका लागी नेपालका स्थायी कार्यवाहक प्रमुख सेवा अधिकारी लम्साल, नेपाल अमेरिका पत्रकार सघंका अध्यक्ष आङछिरिङ्ग शेर्पा , पुर्ब अध्यक्ष कृष्ण शर्मा र लेखक स्वयम शेखर ढुङ्गेलले सामुहिक रुपमा बिमोचन गरिएको थियो ।
alt
उक्त अवसरमा प्रमुख अतिथि कार्यवाहक प्रमुख अधिकारीले अमेरिकाको ब्यस्तता सगै नेपाली भाषा सस्कृति तथा कला क्षेत्रमा लागेर यसरी एकै चोटी तीन कृतिहरु प्रकाशनमा ल्याएकोमा उल्लेखिनिय कार्य गरेको भएका बताएकी थिएन ।देशको बिस्तार भुगोलले मात्र हुदैन त्यसको भाषा सस्कृतीले मापन गर्ने बताउदै अधिकारीले ढुङ्गेलले गर्न लागेको अन्य कार्यमा पनि सबै नेपालीले सहयोग गर्नु पर्ने बताएकी छन् बिमोचित कृतीहरुमा ''क्षितिज पारीको सपनाहरु '' कथा सग्रंह,अंग्रेजीनियात्रा '' ब्युटिफुल जोर्ने अप स्ट्रगल '' र गीती सग्रंह ' कुनैदिन ''कृती रहेका छन् । क्षितिजपारीको सपनाहरु कथा सग्रंहको समिक्षा साहित्यकार बिनोद रोकाले गरेका थिए भने गीत सग्रंहको बारेमा साहित्कार गगन बिरहीले र ब्युटिफुल जोर्ने अफ स्ट्रगल लाई नेजाका पुर्व अध्यक्ष पत्रकार कृष्ण शर्माले समिक्षा गरेका थिए ।
alt
विमोचन पछि लेखक शेखर ढुङ्गेलले आगामी दिन नेपाली भाषा सस्कृतिसगै अन्य सामाजिक कार्यमा पनि कार्य गर्दे जाने बताएका थिए । नेपालको राष्ट्रिय गानाबाट शुरु भएको कार्यक्रममा कलाकारहरु तिलक श्रेष्ठ, नरबहादुर दाहाल र राजेन्द्र राईले आर्कषक गीत प्रस्तुत, गरिएको थियो ।नेजाको अध्यक्ष आङछिरिङ्ग शेर्पाको सभापतित्वमा सम्पन्न कार्यक्रममा भने नेजाका महासचिब किशोर पन्थीले स्वागत मन्तब्य गरिएको थियो भने कार्यक्रम पत्रकार शुरेश शाहीले उदघोषण गरेका थिए ।
तस्विरहरु अशोक पन्त /नेपाल फोटो न्युज डटकम
पछिल्लो परिमार्जन ( सोमबार, 01 अप्रिल 2013 19:47 )
 
न्युयोर्कमा एएनए सम्मेलनको तयारी
सोमबार, 25 मार्च 2013 17:44    PDF Print E-mail

alt

न्युयोर्क- अमेरिकाभरिको नेपालीहरुको पुरानो सस्था अल नेपालिज इन अमेरिका ( एएनए) को ३१ औ सम्मेलन आगामी जुलाई महिनाको पहिलो साता न्युयोर्कमा हुने भएको छ । हरेक वर्ष अमेरिकाको विभिन्न राज्यमा आयोजना हुदै आएको यो सम्मेलनले अमेरिकाबासी नेपालीहरुलाई एकै थलोमा जमघट गराउने कार्य गदै आएको छ । गत वर्ष टेक्सासमा सम्पन्न यो सम्मेलन यो पटक न्युयोर्कको वेष्टरस्थित हिल्टन होटलमा आगामी जुलाईकेा ४, ५ र ६ तारिख हुने भएको छ । ' अमेरिकाबासी नेपालीलाई एकै थलोमा भेला गराई नेपाल र नेपालीको हितमा केही गरौ भन्ने यो सम्मेलनको मुख्य उद्धेस्य रहेको छ' सम्मेलनको संयोजक समिर मर्हजनले न्युयोर्कमा आयोजित पत्रकार सम्मेलनमा भने-' यस पटकको सम्मेलनमा मुख्यतयः नेपाली भाषा कला सस्कृतिको संरक्षणसंगै शिक्षा, स्वस्थ्य, खेल, साहित्य र नेपाली व्यापार व्यवसायको प्रर्वद्धन हुने किसिमको महत्वपुर्ण कार्यक्रमहरुको तयारीमा लागेका छौ' । विगतको सम्मेलनमा भन्दा व्यवस्थित सम्मेलन गर्ने सोच अनुसार सम्बन्धीत क्षेत्रका व्यक्तिहरुलाई संयोजकको जिम्मेवारी दिएर सम्मेलन मुल आयोजक समिति गठन गरेको संयोजक मर्हजनले बताए ।'अमेरिकाबासी नेपालीहरुको यो गौरवशाली सस्थामा यस अघि केही विवाद भएपनि अब त्यो विवादबाट एएनए मुक्ता भइसकेको छ' एएनएका अन्तरिम अध्यक्ष छेवाङ शेर्पा लामाले भने-' नेपाल र नेपालीको लागी हितमा सम्मेलनसंगै अब दिर्घाकालिन रुपमा नेपालको विभिन्न क्षेत्रको विकासका लागी नेपालमा पनि '' एएनए नेपाल ''नामक एनजिओको रुपमा दर्ता भइसक्यो' । अध्यक्ष शेर्पाको अनुसार उक्त एनजिओमा नेपालको विभिन्न क्षेत्रको विशिष्ठ व्यक्तिहरुको संलग्नता रहने भएको छ ।

alt

आगामी जुलाईमा न्युयोर्कमा हुन लागेको सम्मेलनको लागी समीर मर्हजनको संयोजकत्व विभिन्न क्षेत्रका २१ सदस्यीय मुल आयोजक समिति गठन गरेको छ । सहसंयोजकमा अदित मर्हजन, सचिवलय प्रमुखमा एलान मर्हजन, आर्थिक संयोजकमा केशब सेढाई, सम्मेलन आर्थिक अधिकृतमा यम रायमाझी, दर्ता संयोजकमा अन्जन श्रेष्ठ तथा जिमिन परिवार, फोरम तथा गोष्ठि संयोजकमा छेवाङ शेर्पा लामा, इभेन्ट योजना संयोजकमा उदयलाल श्रेष्ठ र अदित महर्जन, सञ्चार संयोजकमा सुर्य थापा, सास्कृति विभाग संयोजकमा सरोज खनाल र सोनाम जी शेर्पा, अन्तर राज्य संघ सस्था तथा जन सम्पर्क विभाग संयोजकमा मोहन ज्ञावली, जन सम्पर्क विभाग संयोजकमा केसबराम राई, स्मारिक प्रकाशन विभाग संयोजकमा शैलेश श्रेष्ठ, साहित्य विभाग संयोजकमा विनोद रोक्का, सुरक्षा विभाग संयोजकमा विश्व शाह, खेलकुद संयोजकमा वाङला लामा, फुटबल खेलमा कुमार सेरचन, बास्केटबलमा शेकी शेर्पा, गल्फमा आङछिरिङ शेर्पा, भलिबलमा जाङबु शेर्पा, टेबल टेनिसमा सुरज गुरुङ, स्वास्थ्य विभागमा डा विनोद शाह र स्वयम सेवक विभागमा निर्मल प्रधानलाई चयन गरेको छ ।

पछिल्लो परिमार्जन ( सोमबार, 25 मार्च 2013 18:04 )
 
न्युयोर्कमा भव्यताका साथ ल्होसार ल्हाप्सो
बिहिबार, 21 फेव्रुवरी 2013 07:44    PDF Print E-mail

alt

आङछिरिङ शेर्पा
न्युयोर्क- गुम्बाभित्र पस्न वितिकै कन्याहरुले कुममा छिमार ( विशेष पिठो) लगाईदिएर ल्होसार टसिदेलेकको शुभकामना दिएका थिए । छिमारसंगै हातमा बोकेकी ठेकीको सगुनले थप न्यानो स्वागत र सत्कार गदै थिए । न्युयोर्कबाट डेट घण्टाको यात्रा गरि पुगिएको वाल्देनस्थित छेचुकुन्छोलिङ गुम्बामा आयोजित ल्हाप्सु कार्यक्रममा मौलिक शेर्पा पोशाकमा ठाटिएकी ती कन्याहरुले सयौ अतिथिहरुलाई त्यसरीनै स्वागत सत्कार गरेकी थिइन ।

alt

शेर्पा जातीको महान चाड ' २१४० छु मो डुल्हो ' ल्होसारको उलक्ष्यमा आयोजित ल्हाप्सो कार्यक्रममा उपस्थित अतिथिहरुलाई कन्याहरुसंगै आयोजकहरुले पनि चिया र खाप्सा खुवाउदै ल्होसार टसिदेलेकको शुभकामना बाडदै थिए । ' हाम्रो यो महान चाड ल्होसारको उपलक्ष्यमा तपाईहरु सवैलाई हार्दिक शुभकामना ' ल्हाप्सो आयोजक खरिखोला जुयाका छोङबा शेर्पा गेटबाट प्रबेश हुने सवै अतिथिहरुलाई हात मिलाउदै शुभकामना बाडीरहेका थिए ।
गुम्बामा अतिथिहरु पूग्नु एक घण्टा अगाडिदेखिनै ल्हाप्सोको विशेष पुजा गरिरहेका थिए । गुम्बाभित्र पुजा भइरहदा उपस्थित सहाभागीहरुले गुम्बाको दर्शन गरि एक आपसमा शुभकामना आदान प्रदान कार्यमा व्यस्त रहेका थिए । ' यस पटकको ल्हाप्सोमा धार्मिक पुजासंगै लामो समयदेखिन भेट नभएको आफन्तसंग भेटन पाउदा असाध्यै रमाइलो लाग्यो' सोलुखुम्बुका पेम्बा शेर्पाले भने । उनी जस्ता धेरैलाई सामुहिक रुपमा धार्मिक कार्यक्रमसंगै आफन्त र इष्टमित्रसंग भेट गरि रमाइलो गर्न पाएकोमा निकै दंग थिए ।

alt

' शेर्पा जातीको मौलिक सस्कृतिको जर्गेना गर्न तथा परम्परागत सस्कृतिलाई भावी पुस्ता माझ निरन्तरता दिनाका लागी विदेशमा भएपनि ल्हाप्सो कार्यक्रम गदै आएको हो ' ल्हाप्सो आयोजक आङ बाबु शेर्पा ( खम्बाचे ) दोलखाले भने-' ल्होसार शुरु भएको पहिलो र दोश्रो दिन आफनै घरमा रमाइलो गरि मनाएपनि तेस्रो दिनबाट सामुहिक रुपमा समाजले धार्मिक पुजापाठ गरि शुभकामना आदानप्रदान गरि हर्षोल्लासका साथ मनाउने मुख्य कार्यक्रमनै ल्हाप्सो हो ' । उनका अनुसार यो ल्हाप्सो कार्यक्रम गाउबस्तीमा हो भने अहिलेसम्म पनि हयुलसाङको नामले ल्होसार आगमानसंगै मनाउदै आएका छन । न्युयोर्कस्थित शेर्पा समुदायले पनि डेट दशक अघि देखिनै न्युयोर्कको विभिन्न स्थानमा ल्हाप्सो कार्यक्रम आयोजना गदै आएको छ ।

alt

यस पटक विहान ७ बजेदेखिन ११ बजेसम्म ल्हाप्सोको विशेष पुजा भएकेा थियो । पुजामा शेर्पा किदुगका २७ जना लामाहरुले पाठ गरेका थिए । पुजापछि गुम्बा परिसरमा आ आफैले ल्याएका ध्वाजापताक - लुङदा) हरु आफैले टागेका थिए । ध्वजापताका टाङगने कार्यक्रमपछि लामाहरुको धार्मिक नृत्य ल्हाप्सो कार्यक्रमको मुख्य आर्कष बनेको थियो । ' ल्हाप्सोमा गरिने साङ पुजा अरु बेलाकेा भन्दा निकै फरक रहेको थियो । ' आयोजक तथा पुजामा सारिक लामा तेन्जी शेर्पाले भने'- समयको अभावको कारण अरु बेला गर्न नसक्ने साङ समय लगाएर भएप्नि यो ल्हाप्सोमा गर्ने गरिन्छ' । त्यसो त पुजाकै लागी तीन जना लामाले एक दिनभरि लगाएर निकै मेहनेतका साथ 'साङ देलेकुन्ज्युङ'को छयोपा समेत बनाएका थिए । पुजा सकेपछि लामाहरुको धार्मिक नृत्य छयाम प्रस्तुत भएका थिए । उनका अनुसार ल्हाप्सोमा कुलदेवतालाई खुसी पार्नका लागी गरिने सेरकिम नृत्य, त्यसपछि खिङ र दोर्जी ठालु -गुरु पद्यमसंभवको रुपधारणको नृत्य ) धार्मिक रुपमा महत्वपुर्ण अर्थ रहेको छ । यो नृत्य ल्होसार ल्हाप्सोको दिन नेपालको शेर्पा सेवा केन्द्र र न्युयोर्कमा लामो समयदेखिन प्रस्तुत हुदै आएको छन ।

alt

लामा नृत्यपछि ल्हाप्सोको अर्को आर्कषणको रुपमा सवै शेर्पाहरु गोलोकारमा उभिएर हातको पिठो आकाशतिर छर्कदै तीन पटक भगवानको जय जयकार ' क्ये क्ये स्होस्हो ल्हा गेलो' भनेर सामुहिक स्वरले प्रार्थना थियो । परम्परागत धार्मिक तथा मौलिक सस्कृतिका साथ सम्पन्न ल्हप्सोमा उपस्थित सवै शेर्पाहरु मनको भावना साटासाट गदै एक आपसमा कुम जोडेर शेर्पा लोक नृत्य सेब्रु नाचेर मनोरञ्जन गरेका थिए । 

alt
कार्यक्रममा न्युयोर्क लगायत बोष्टन, कनेटिेकेट, पेन्सिलभेनिया, वासिङटनडिसि र कोलोराडो राज्यबाट आएका शेर्पा लगायत अन्य समुदायका व्यक्तिहरुले ल्हाप्सुमा मनोरञ्जनसंगै सम्पुर्ण मनुष्य र प्राणी जगतको सुख शान्तिसंगै विश्व शान्तिको कामना गरेका थिए । सेबु्र नाचेर रमाइलो गरिसकेपछि आयोजकलाई सहाभागीहरुले कार्यक्रम सफलताका साथ सम्पन्न गरेकोमा खादा लगाएर धन्यवाद ज्ञापन गरेका थिए । आगामी दिनमा यस्तै सफल कार्यक्रम आयोजना गर्न अनुरोधका साथ नया ल्हाप्सो आयोजकहरुलाई पनि खादा लगाएर जिम्मेवारी सुम्पेका थिए ।
गत वर्षको तुलनामा यस पटक ल्हाप्सोमा सहाभागीहरुको संख्या बढि भएको आयोजकहरु बताउछन । उनीहरुको अनुसार यस पटक १७ वटा भरिएको बस र २५ भन्दा बढि निजि सवारीहरु मार्फत ल्हाप्सोमा करिब १५ सयको हाराहारीमा उपस्थिति रहेको थिए ।

पछिल्लो परिमार्जन ( बिहिबार, 21 फेव्रुवरी 2013 17:32 )
 
न्युयोर्कमा तामाङ समुदायले मनायो सोनाम ल्होसार
बुधबार, 13 फेव्रुवरी 2013 06:57    PDF Print E-mail

alt

आङछिरिङ शेर्पा 

न्युयोर्क- हिमपातले चिसिएको मौसम । बाहिर कठयागि्रने जति ठण्डी भएपनि हलभित्र असाध्यै न्यानो सत्कारपुर्ण माहौला थिए । हलभित्रको प्रबेससंगै पाहुनाहरुलाई न्यानो ढंगबाट आतिथ्य सत्कार गर्नमा निकै व्यस्त थिए आयोजकहरु । अतिथिहरुलाई खादा लगाइदिदै आयोजक तामाङ सोसाइटीले ल्होछार पर्वको फयाफुल्लाको अभिवादनसंगै मौलिक खानापिनले स्वागत गरेका थिए । घरेलु मौलिक खाना र छयाङको स्वाद न्युयोर्कको तामाङ ल्होछारको एक आर्कषण थियो भने आफनो मौलिक भेषभुषा र भाषामा देखिएको रमझम अर्को मुख्य आर्कषण थिए । बौद्धधर्मवलम्बी तामाङ समुदायले विहानीपख बौद्ध परम्परा अनुसार २८४९ औ डुल्हो सोनाम ल्होछार मनाएका थिए । सोसाइटीले ल्होछार आगमान संगै गत फेबरारी ९ तारिख शनिबार ऐष्टोरियामा उक्त ल्होछार आयोजना गरेका थिए । आफनो मौलिक सस्कृतिलाई जर्गेना गर्नका लागी कार्यक्रममा तामाङ भाषामा प्रस्तुत गरेको स्वागत गीत र दोहोरी गीत लगायत तामाङ सेलो नृत्यहरुले तामाङ सस्कृति जर्गना गर्नमा टेवा पुर्‍याएका थिए । ' हामी विदेशमा भएपनि आफनो मौलिक सस्कृतिलाई जीवन्त दिई भावी पुस्ता माझ यसको महत्व दिलाउनका लागी यो प्रयास गरेको हो' सोसाइटीका उपाध्याक्ष तथा ल्होछार आयोजक समितिका संयोजक फुर्वा तामाङले एभरेष्ट टाइम्ससग भने- ' समय सापेक्षित रुपमा हामीले विगत भन्दा अलि फरक तर मौलिक ढंगले यस पटक ल्होछार मनाएको हो' । उनका अनुसार तामाङ जातीको मौलिक सस्कृतिसंगै आफनो भाषा र भेषभुषालाई संरक्षण गर्ने क्रममा समाजमा लुकेका प्रतिभाहरुलाई पनि यस्तो बेला कला देखाउने अवसर प्रदान गरेको हो । 

alt
कार्यक्रममा तामाङ खाना परिकार, ल्होछारको बारेमा जनचेतनासंगै तामाङ पोशाकमा ठाटिएका तामाङ दम्पतिहरु वीच नृत्य प्रतियोगिता र तामाङ पोशाकमा उत्कृष्ठ देखिनेहरु वीच प्रतिष्प्रर्धा समेत भएको थियो । आयोजक सोसाइटीले गरेको आग्रह अनुसार कार्यक्रममा सवै उमेर समुहका तामाङहरुले लगाएको मौलिक पोशाकले नया पिडिलाई मार्गनिदेश गरिरहेका थिए । सोसाइटीले ल्होछारको अवसरमा निकै मौलिक ढंगले कार्यक्रम आयोजना गरेको भनी उपस्थित विभिन्न क्षेत्रका प्रतिनिधिहरुले प्रसंसा गरेका थिए । एक दशक अघि स्थापित सोसाइटीले गरेको कार्यक्रम देखेर सस्थापक अध्यक्ष् सुवास लामाले समेत निकै गौरब मानेका थिए । ' सोसाइटीले ल्होछारको उपलक्ष्यमा आफनो मौलिक सस्कृति झल्कने गरि आयोजना भएको यस्तो भव्य कार्यक्रमले मलाई निकै खुसी र गौरव लाग्यो' सोसाइटीका सस्थापक अध्यक्ष् तथा सल्लाकार लामाले भने- ' यस पटक न्युयोर्कमा तामाङ जातीले मनाएको भव्य ल्होछार हेर्दा त अमेरिकामा होइन नेपालमा छौ जस्तो लाग्यो ' । उनका अनुसार सन २००० तिर अमेरिकामा थोरै तामाङको संख्या भएकाले शेर्पा समुदायले मनाउने ल्होसारमा पुगेर भएपनि रमाइलो गरेर मनाउने गथ्र्यो तर अहिले पहिलाको तुलनामा संख्या धेरै बडेकोले तामाङ जातीको बेग्लै रौनक छाएको छ । लामाका अनुसार सन २००१ मा तर्दर्थ समिति गठन गरि २००२ बाट विधिवत रुपमा सस्था स्थापना भएको थियो । उनी भन्छन-' त्यतिखेर तामाङहरु न्युयोर्कमा दुई सयको हाराहारीमा मात्र थियो तर अहिले सात सयको हाराहारीमा रहेको छ' । 

alt
कार्यक्रममा गायक सञ्जोग लामाद्धारा गाएको उक्त स्वागत गीतमा सुवास लामा, राम तामाङ, विएल लामा, र।धिका तामाङ, शसी तामाङ, सपना वाइवा , सुर्य बहादुर तामाङ, राधिका तामाङ, धिरु लामा, चिनी ग्येल्मो लामिनी र सानु तामाङ सहाभागी थिए । त्यस्तै तामाङ भएपछि तामाङ भाषा बोल्नु पर्छ भन्ने सन्देशका साथ गाएको तामाङ दोहोरी गीतमा निमा पाखि्रन, सपना तामाङ, राधिका तामाङ, प्रेम थोकर, विनोद लामा र चिनी ग्येल्मो लामिनीले गीत प्रस्तुत गरेका थिए ।

alt

त्यस्तै कलाकारहरु रिया तामाङ, ज्योमा तामाङ, कारेन तामाङ, सारिना तामाङ, आयुष्मा तामाङ,रिन्चेन तामाङ, अशिस तामाङ, सेन्तो लामा तामाङ, उर्मिला तामाङ,सीला लामा स्याङदेन, गणेश ग्लाण तामाङ, गाृमा योञ्जन, पि्रति तामाङ, रविना तामाङ,सुक्रराम तामाङ आदी कलाकारहरुले तामाङ सेलो र नेपाली नृत्य गरेका थिए । त्यस्तै गायक सञ्जोग योञ्जनको तामाङ सेलो गीतसंगै तामाङ युथ गु्रपका लाइभ मेन्बरहरु धिरु तामाङ, लगन गुरुङ, सुनिता तामाङ, समिर तामाङ, कासाङ थिङ, सांगे तामाङ, विकास राई, टासी तामाङ, ब्रजेश मोक्तान र पावन योन्जनले गीत संगीत प्रस्तुत गरेका थिए । पहिलो चरणको कार्यक्रम सोसाइटीका महासचिव बुद्धिमान तामाङले सञ्चालन गरेका थिए भने दोश्रो चरणको सास्कृतिक कार्यक्रम संञ्चीता लामा, करुणा लामा र उर्मिलाले उदघोषण गरेकी थिइन ।

 तामाङ नृत्यमा सुबास दम्पति र पोशाकमा उर्मिला

ल्होछारको अवसरमा आयोजित तामाङ दम्पति नृत्य प्रतियोगितामा सुवास लामा दम्पति प्रथम, राजु लामा दम्पति दितिय र निमा पाखि्रन दम्पति तृतिय भएका थिए । त्यस्तै उत्कृष्ठ तामाङ पोशाकमा उर्मिला तामाङ प्रथम, तेरचन ग्याल्बो तामाङ दितिय र चिनीग्याल्मो लामिनी तृतिय भएका थिए ।
उक्त ल्होछार कार्यक्रम संयुक्त राष्ट्र संघका लागी नेपालका कार्यकारी स्थायी प्रतिनिधि सेवा लम्साल अधिकारीले बत्ति बालेर उदघाटन गरेकी थिइन । सोसाइटीका अध्यक्ष् सांगे लामा रुम्बाको सभापतित्वमा भएको औपाचारिक कार्यक्रममा तामाङ सोसाइटीका सल्लाहकार तथा सिन्धु वेलफेयर सोसाइटीका अध्यक्ष बंशलाल तामाङ, आदीवासी जनजाती महासंघ फिफनाका कार्यवाहक अध्यक्ष् विनोद पोमु,आदीवासी जनजाती महिला महासंघका अध्यक्ष संगीनी राणामगर, नेपाल अमेरिका पत्रकार संघ नेजाका अध्यक्ष् आङछिरिङ शेर्पा र युएस नेपाल अनलाइनका प्रधान सम्पादक प्रदीप थापा मगरले ल्होछारको शुभकामना मन्तव्य दिएका थिए । कार्यक्रममा तामाङ जातीको भाषा सस्कृतिको उत्थानमा लामो समयदेखिन योगदान पुर्‍याउदै आएका प्रोफेसर डा. क्याथरिन मार्च र प्रोफेसर डा. डेविटलाई सोसाइटीले विशेष सम्मान गरेका थिए । सम्मानीत प्रोफेसरद्धाय न्युयोर्कस्थित कर्नेल युनिभर्सिटिमा कार्यरत छन ।

तस्विरहरु - अशोक पन्त /  नेपाल फोटो न्युज डटकम

पछिल्लो परिमार्जन ( बुधबार, 13 फेव्रुवरी 2013 19:34 )
 
नेपाली दुताबासद्धारा नेजालाई आधिकारिक मान्यता
शनिबार, 26 जनवरी 2013 21:20    PDF Print E-mail

alt

वासिङटनडिसि— अमेरिका र क्यानडामा क्रियाशिल नेपाली पत्रकारहरुको एकमात्र छाता संगठन नेपाल अमेरिका पत्रकार संघ (नेजा) लाई अमेरिकामा रहेको नेपाली दुतावासले अमेरिका र क्यानडामा रहेका नेपाली पत्रकारहरुको छाता संगठनका रुपमा आधिकारिक मान्यता प्रदान गरेको छ । सन् २००६ मा अमेरिकाको कानुन अनुसार गैरनाफामुलक संस्थाका रुपमा स्थापित नेपाल अमेरिका पत्रकार संघ (नेजा) लाई नेपाल सरकारका तर्फबाट पनि अमेरिकामा रहेका नेपाली पत्रकारहरुको एकमात्र साझा र छाता संगठनका रुपमा पहिचान र मान्यता दिलाउनका लागि नेजाका प्रतिनिधीहरु र अमेरिकामा रहेका नेपाली दुतावासबीच पटकपटक छलफल हुंदै आएको थियो । यसका लागि विगत लामो समयदेखि महावाणिज्यदूत तथा बरिष्ठ लोक गायक प्रेमराजा महतले विशेष पहल गर्दै आउनुभएको थियो । नेजाका प्रतिनिधीहरु र दूतावासका अधिकारीहरुबीच शनिवार भएको छलफलपछि दूतावासले आधिकारिक र लिखित रुपमा नै छाता संगठनका रुपमा आधिकारिक मान्यता प्रदान गरेको छ भने दूतावासले यसको जानकारी परराष्ट्र मन्त्रालय र सुचना तथा संचारमन्त्रालयलाई पनि दिने भएको छ ।

alt

अबदेखि नेपाल सरकारले अमेरिकामा रहेका नेपाली पत्रकारहरुलाई कुनै पनि विषयमा सम्बोधन गर्नुपरेमा नेपाल अमेरिका पत्रकार संघ (नेजा) मार्फत सम्बोधन गर्न सजिलो होस् भन्ने हेतुले दूतावासले यस्तो पहिचान र मान्यता प्रदान गरेको हो । कार्यक्रममा अमेरिकाका लागि नेपाली राजदूत डा. शंकर पि. शर्मा र नेजाका अध्यक्ष आडछिरिड शेर्पाबीच एक सहमति पत्रमा हस्ताक्षर समेत गरिएको थियो । नेजाको महासचिव किशोर पन्थीद्धारा जारी गरेको विज्ञाप्तीको अनुसार उक्त सहमति पत्रमा नेपाल अमेरिका पत्रकार संघ नेजालाई अमेरिकाका लागी नेपाली दुताबासका तर्फबाट अमेरिकाको एक मात्र नेपाली पत्रकारहरुकेा छाता संगठनको रुपमा पहिचान र मान्यता प्रदान गरिएको छ ।

alt

यसको जानकारी दुताबासका तर्फबाट नेपाल सरकारको परराष्ट्र मन्त्रालय र सञ्चार मन्त्रालयलाई जानकारी दिने भएको छ । त्यस्तै अमेरिकामा नेपाली सरकारका उच्च पदस्थ अधिकारीहरु आउदा कुनै कार्यक्रम गर्न परेमा दुताबासका तर्फबाट पत्रकारहरुको आधिकारिक संगठनको रुपमा नेजासंग समन्वय गरि नेजा समेतको सहाभागीतामा यस्ता कार्यक्रम र पत्रकार भेटघाट कार्यक्रमहरु गरिने भएको छ । अमेरिकास्थित नेपाली दुताबासको वेवसाइडमा नेजाको वेभसाइडको लिंक राख्ने र अमेरिकामा रहेका संञ्चारमाध्यामको लिंकहरु पनि नेजाको समन्वयमा राख्ने भएको छ । त्यसैगरि अमेरिकामा रहेका सञ्चारमाध्यामसंग सम्बन्ध विस्तारका लागी दुताबास र नेजाले एक अर्कालाई सहयोग र समन्वय गर्नेछन । यसका साथै विभिन्न विषयमा नेजा र दुताबास वीच निरन्तर छलफल र सहकार्य गरिने भएको छ । कार्यक्रममा अध्यक्ष शेर्पाले नेपाल हुदै अमेरिकासम्म पनि क्रियासिल नेपाली पत्रकारहरुको हकहितसंगै नेपाली पत्रकारिता क्षेत्रको विकासका लागी स्थापित नेजाले अमेरिकामा विभिन्न गतिविधिहरु गदै आउनुका साथै मुलुकमा नेपाल पत्रकार महासंघसंग मिलेर विभिन्न कार्यहरु गदै आएको जानकारी दिनुभएका थिए । नेजाले यस अघि नेपालमा दुख परेका केही नेपाली पत्रकारहरुलाई सहयोग गर्नुका साथै उत्कृष्ठ पत्रकारिता पुरस्कार प्रदान गदै आएको छ भने प्रवासमा नेपाली समुदायको हितसंगै पत्रकारिता क्षेत्रमा दक्ष जनशक्ति उत्पादन कार्यमा समेत लाग्दै आएको अध्यक्ष शेर्पाले बताउनु भएका थिए । 

alt

नेजाका अध्यक्ष र अमेरिकाका लागि नेपाली राजदूतले हस्ताक्षर गरेको पत्र राजदूत डा. शर्माले नेजाका अध्यक्ष शेर्पालाई हस्तान्तरण गर्नुभएको थियो । साथै महावाणिज्यदूत प्रेमराजा महतले पनि नेजालाई नेपाल र नेपालवाहिर रहेका नेपाली पत्रकारहरुको हितमा काम गर्न सुझाव दिदै नेजाका अध्यक्ष शेर्पालाई नेपालको झण्डा हस्तान्तरण गर्नुभएको थियो ।

alt

दूतावासका प्रतिनिधीहरु र नेजाका प्रनिनिधीहरुबीच भएको छलफलमा नेजाका तर्फबाट अध्यक्ष आडछिरिड शेर्पा, बरिष्ठ उपाध्यक्ष गौतम दाहाल, महासचिव किशोर पन्थी, कोषाध्यक्ष गीता पन्थ, क्षेत्रीय उपाध्यक्ष विश्व थापा, संचार संयोजक सूर्य थापा, नेजाका सल्लाहकारहरु गिरिश पोखरेल र कृष्ण शर्मा सहभागी हनुहुनुन्थ्यो भने दूतावासका तर्फबाट राजदूत डा. शंकर शर्मा, महावाणिज्यदूत तथा बरिष्ठ लोक गायक प्रेमराजा महत, प्रथम सचिव अर्जुनकान्त मैनाली, द्धितिय सचिव लेखनाथ गौतम, तृतिय सचिव हाकिम बहादुर भण्डारी र जीतबहादुर कार्की लगायत दूतावासका अन्य अधिकारीहरु पनि सहभागी हुनुहुन्थ्यो । साथै नेपालबाट हालै न्युयोर्क आएका एविसि टेलिभिजनका पत्रकार सुरेश शाही पनि छलफलमा सहभागी हुनुभएको थियो । दूतावासले नेजाका प्रतिनिधीहरुका लागि दिवाभोजको आयोजना पनि गरेको थियो ।

पछिल्लो परिमार्जन ( शनिबार, 26 जनवरी 2013 21:57 )
 
जनसम्पर्कभित्रको विवाद टुंगो लाग्दै ।
शुक्रबार, 04 जनवरी 2013 11:48    PDF Print E-mail

alt

सन् २००५ मा अमेरिकामा स्थापित नेपाली जनसम्पर्क समितिको सुरुदेखिको विवाद टुंगिने चरणमा पुगेको छ । आधिकारिक दावी गर्दै आएका दुवैथरी समितिका अध्यक्ष नवीन शेरचन र कृष्ण पोखरेलले राजनीनामा दिएका छन् । अब एउटै कार्यसमिति बनाउनका लागि चुनाव गर्ने गरी निर्वाचन कमिटी गठन भएको छ । समितिमा विवाद भएका कारण कांग्रेसका थुप्रै निष्ठावान कार्यकर्ता बाहिर रहेकोमा अब सबै समेटिने विश्वास गरिएको छ ।
आङछिरिङ शेर्पा/न्युयोर्क
नेपाली कांग्रेस समर्थकहरुको विदेशमा खोलिएको संस्था जनसम्पर्क समिति अमेरिकाको लामो समयदेखिको विवाद अन्ततः टुंगिने अवस्थामा पुगेको छ । न्युयोर्कमा बारम्बार कांग्रेस केन्द्रीय नेताहरु आउदा कहिल्यै पनि नमिलेको यो विवाद यसपटक सहमतिको बिन्दुमा पुगेर टंुगिएको छ ।
आपसी गुटबन्दीबीच समितिभित्रको विवाद न्युयोर्क आएका कतिपय शीर्षस्थ नेताहरुले समेत मिलाउन सकेका थिएनन् । यहासम्म कि कांग्रेस सभापति सुशील कोइराला स्वयं आउदा समेत विवाद टुंगो लागेको थिएन । दुईथरी गुट भएका कारण यहा आएका नेताहरु जो जससाग सम्पर्कमा रहन्थे त्यही गुटको छाप लागेर र्फकन्थे ।
यसपटक भने पार्टीले बनाएको विभागकै प्रमुख अर्जुन जोशी विवाद सुल्झाउनै आएकाले न्युयोर्कका विवादित अन्तत टंुगो लागेको छ । यसलाई थप प्रभावकारी रुपमा कार्यान्वयनका लागि विवादित दुवै समितिलाई भंग गराई चाडै निर्वाचन गर्ने गरी अस्थायी कमिटी बनाएका छन् ।
नेता जोशी न्युयोर्कमा आएलगत्तै दुई चरणको आपसी छलफलपछि पछिल्लोपटक ज्याक्सनहाइटस्थित थकाली किचेन रेस्टुरेन्टमा भएको वार्ताका बेला विवाद टुंगो नजिक पुगेको हो । त्यस वार्ताका बेला जनसम्पर्क समिति न्युयोर्क च्याप्टरको आधिकारिक अध्यक्ष दावी गर्दै आएका नवीन शेरचन र कृष्ण पोखरेल दुवैले राजीनामा दिएका छन् ।
उनीहरुलाई विभाग प्रमुख जोशीले कि एकजना बस्नु नत्र दुवैले राजीनामा दिनू भन्ने सल्ल्ााह भएपछि सहमतिको दुवैले राजीनामा दिएका थिए । दुवैको समिति भंग गरेलगत्तै बैठकले जनेश गुरुङ सदस्य सचिव रहने गरी विजय थुलुङ, विनोद सुवेदी, मुक्ति आचार्य र भोजराज आचार्यलाई निर्वाचन कमिटीको सदस्यमा चयन गरेको छ । यो कमिटीले कहिलेसम्म निर्वाचन गर्ने भन्नेबारे भने केही डेडलाइन तोकिएको छैन ।
सन् २००५ मा स्थापना भएको जनसम्पर्क समिति स्थापनाकालदेखि विवादित बन्दै गइरहेको थियो । त्यतिखेरदेखि पार्टीले मिलाउन धेरै कोसिस गरे पनि केही सिप लागेन ।
'बेलाबेलामा पार्टीले मिलाउन अनेक कोसिस गरे पनि नसक्नुमा समितिलाई पथ प्रदर्शन गर्ने स्पष्ट सोच नभएकाले पनि हो भने पार्टीको जनसम्पर्क समितिप्रति स्पष्ट निर्देशिका नभएकाले जसले जसरी बुझयो त्यसरी नै विवाद हुदै आएको हो,' सिन्धुपाल्चोक जिल्लाबाट महासमिति सदस्य बनीसकेका वंशलाल तामाङले भने, 'अब विधि विधानअनुसार निष्पक्ष निर्वाचन भए न्युयोर्कको विवाद सहजै अन्त्य हुन्छ । सबैलाई समेटेर लैजाने किसिमको वातवारण बने पार्टीमा धेरै योगदान पुर्‍याउनेहरु पनि आउने छन् ।'
उनका अनुसार समितिभित्र देखिएको विवादको कारण पार्टीको महासमिति प्रतिनिधि भइसकेका र जिल्ला सभापति भइसकेका व्यक्तिहरु समितिमा आउन चाहेका छैनन् ।
तामाङ भन्छन्, 'अहिले देखिएका साथीहरु जति छन् त्यतिनै पाटीलाई योगदान दिनेहरु पनि विवादको कारण पर्दापछाडी बसीरहेका छन् ।' अब उनीहरु सबैलाई समेटेर राम्रो अधिवेशन गर्न जरुर भइसकेको छ ।
'अमेरिकाको विवाद अब टंुगियो तर अझै पनि केन्द्रमा विवाद नै छ,' नेपाली कांग्रेस उत्तर अमेरिकी प्रतिनिधि मृदुला कोइराला भन्छिन्, 'जन सम्पर्क समिति अधिवेशन तयारी समितिका संयोजक खगेन्द्र क्षेत्रीले दिएको राजीनामाबारे अब केन्द्रले निर्णय गर्न बाकी छ । नेपाल बाहिर विभिन्न मुलुकमा स्थापना गरेका २२ जनसम्पर्क समितिहरुमा बेलायत र अमेरिका मात्रै सबैभन्दा विवाद देखिएको छ । यस अघि समितिभित्रको विवादकै संयोजक क्षेत्रीले केन्द्रमा राजीनामा दिएका हुन । पार्टीले अहिले जनसम्पर्क समिति हेर्ने छुट्टै विभागनै बनाएपछि बल्ल विवाद टुंगो पनि लाग्दै आएको कोइरालाले बताइन् । 'पार्टीको हितसगै सबै मिलेर जाऊ भन्ने सोचअनुसार राजीनामा दिएर आनन्द लाग्यो,' समितिका अध्यक्ष नवीन शेरचनले भने, 'अब पार्टीले जहासुकै भए पनि अनुशासन सवालमा ख्याल गर्नु धेरै जरुरी छ ।'

 

'' विदेशमा आएर झगडा गर्नु व्यर्थ हो '' नेता जोशी

 

alt


न्युयोर्कमा अहिलेसम्म दुई दर्जन भन्दा बढि नेपाली कांग्रेसका शिर्षस्थ नेताहरु आए तर प्राय सवै जनसम्पर्क समितिभित्रको विवादको कारण निरासित भएर र्फकनु परेका थिए । केन्दि्रय नेताहरुसंगै गत वर्ष कंाग्रेस सभापति शुसिल कोइराला समेत न्युयोर्कमा देखिएको विभाजित कार्यकर्ताहरु देखेर दुखित भएर र्फकनु परेका थिए । तर पछिल्लो समय विदेशमा रहेका जन सम्पर्क समितिका विवाद सुल्झाउने सिलसिलामा गत हप्ता न्युयोर्क आएका काग्रेस केन्दि्रय समितिका सदस्य तथा जनसम्पर्क समिति समन्वय विभागका प्रमुख अजुर्न जोशीले भने अरु नेताको जस्तो निरासित हुन परेन । विदेशमा खोलिएका २२ जनसम्पर्क समिति हेर्ने मुख्य जिम्मेवारी पाएका नेता जोशीले न्युयोर्कको जन सम्पर्क समितिभित्रको विवाद सुल्झाएकै कारण अरु नेताहरु जस्तो वेखुसी र निराशा भएर र्फकनु पर्ने छैनन । रत्नराज्य क्याम्पसका पुर्व प्राध्यापक जोशीले यस अघि वेलयतको विवाद सुल्झाए लगतै अमेरिकाको न्युयोर्कमा भएको गुटबन्दीको विवादलाई सुल्झाएर छन । उनकै पहलमा न्युयोर्कका विभिन्न समुहलाई भेला गरि सवैको सहमतिमा अधिबेसन गराउने जिम्मेवारी समेत तोकेको छन । यसै क्रममा नेता जोसीसग एभरेष्ट टाइम्सका प्रधान सम्पादक आङछिरिङले गरेको कुराकानी ।

जनसम्पर्क समिति न्युयोर्कको विवादको कारण के पाउनु भयो ?
नेपालमा हरेक पाटीभित्र विवाद त छ तर त्यहाको विवाद भनेको पदको लागी हुने विवाद हो । विशेष गरि पाटीमा जिल्ला हुदै केन्द्रसम्मका नेताहरु वीच सांसदको टिकट पाउनका लागी र मनोनित गर्न गराउनकै लागी बढि विवाद हुने गरेको छ । तर सात समुन्द्र पारीको यो मुलुकमा आएर गरेको विवाद मैले खासै बुझन सकेन । यहा त कुनै पद पाइने भन्ने पनि छैन । आफनो पुजी, समय र मेहनेत सवै पाटीलाई खर्चेर यहाका मित्रहरु वीच किन विवाद गदै बसेको होला म छक्क पर्छु । मेरो बुझाईमा यहा वस्ने नेपाली कांग्रेस सर्मपित साथीभाईहरु वीच केही पनि गम्भिर समास्या देखेन तर व्यक्तिगत इगोकै कारणले मात्र यो विवाद भएको देखियो ।

समितिको विवाद कसरी मिलाउनु भो ?
यहा दुई भिन्न भिन्नै रुपमा खोलेका जन सम्पर्क समितिका साथीहरु वीचको असमझदारीको कारण विवादहरु बडदै गएको रहेछ । संगठनलाई अघि बडाउने सोच अनुरुप सर्वप्रथम न्युयोर्कका सवै साथीहरुलाई भेटेर उनीहरुको कुरा सुने । आपसमा भएको कमिकमजोरिहरु केलाउदै जाने क्रममा अन्तमा डिसेम्बर २८ तारिखका दिन दुबै समुहको अध्यक्ष्ाको उपस्थितिमा भएको भेलाले समितिका न्युयोर्क च्याप्टरका संयोजकहरुले दिएको राजीनामा लगतै निर्वाचन गर्ने कमिटि गठन गरि अब उप्रान्त दुई समिति नबनाउने सर्तमा एकता भएको छ ।
अमेरिकामा महाअधिबेसन संयोजकले दिएको राजीनामापछि सृजना भएको परिस्थितिलाई पाटीले कसरी लिएको छ ?
अब न्युयोर्क च्याप्टरको विवाद टुङगिएको छ । तर अमेरिकामा अधिबेसन गर्नका लागी पाटीले तोकिएको संयोजकको राजीनामा अहिलेसम्म स्वीकृत गरेकेा छैन । हामीलाई मुख्य कुरा स्थानीय स्तरको विवाद मिलाउनु पहिलो कार्य थियो । अब अधिबेसन लगायतका सवालहरुमा सबैको भावना अनुरुप म राजधानीमा पुगेपछि पाटीकै धारण अनुसार निर्णय गर्नेछु ।

न्युयोर्कमा कार्यकर्ताहरु वीचको विवाद चर्कनुमा केही केन्दि्रय नेताहरुको भुमीका छ भन्छन नी ?
विदेशको यस्तो मुल्यवान समय खर्चिर्एर पाटीको लागी लडने साथीहरुको यो विवाद बडदा पनि गम्भिर रुपमा हेर्न नसक्नुमा अलि अलि त केन्दि्रय नेताको पनि कमजोरि हो । हुन त जतिपनि नेताहरु यहा आउनु भएका छन उहाहरु सवै आ आफनै काममा व्यस्त भएर आउनु भएका हुन । यसलाई मात्र समय दिएर आएका होइनन । यस्ता विवाद हुदा पनि समग्र समास्या पाटीले हेरेर साध्य पनि छैन । सभापति र महामन्त्रि पाटीकै काममा व्यस्त हुन्छन । यस अघि पाटीमा विदेशको समिति हेर्ने विभाग नभएकाले पनि अमेरिकाको यस्ता समास्या हेर्न नसकेको हो । तर अहिले मलाई पाटीले दिएको जिम्मेवारी अनुसार म एउटै उद्धेस्य अमेरिकाको समितिभित्रको समास्या बुझेर मिलाउन आएको हो । आशा छ सबै साथीहरुको विश्वासमा विश्वभरिकै समितिको विवाद अन्त हुनेछ ।
विदेशमा समिति मार्फत योगदान दिनेहरुको लागी पाटीले कस्तो सोच बनाएको छ ?
नेपाल बाहिर बसेर पनि पाटीको लागी सहयोग गर्ने साथीहरुको योगदानप्रति पाटीले फरक ढंगले लिएको छ । यस अघि विदेशमा लामो समय सहयोग गरेपनि खासै चिनारी पाएको थिएन तर गत १२ औ महाधिबेसनमा पहिलो पटक महाधिबेसनमा प्रतिनिधित्व भएको छ । अब छिटै केन्द्रमा महत्वपुर्ण भुमीका हुने गरि जन सम्पर्क समितिका साथीहरुको केन्दि्रय विभागमा प्रतिनिधित्व हुनेछ । विभिन्न सिलसिलामा विदेशमा आएर पाटीका लागी लाग्नेहरुको लागी यो जिम्मेवारी पनि दिन लागेको हो ।

नेपाली कंग्रेसलाई संघीयता विरोध भनिन्छ नी ?
हाम्रो पाटीलाई कसैले त्यस्तो आरोप लाउछन भने त्यो एकदमै गलत हो । समय सापेक्ष्ाित रुपमा मुलुक संघीयतामा गइसकेको यो वेला मात्र होइन हामीले सुरुदेखिन संघीयता हुनुपर्छ भनेर लाग्दै आएको हो । बरु एउटै मात्र के भने कुन ढाचाको संघीयता बनाउने बारेमा भने स्वर्गीय नेता भीम बहादुर तामाङको संयोजकत्वमा बनेको संघियता सम्बन्धीत आयोगले बनाएको प्रतिवेदनलाइनै निरन्तरता दिदै जानेछौ ।

पछिल्लो परिमार्जन ( शुक्रबार, 04 जनवरी 2013 18:43 )
 
सिएनएन हिरो बस्नेतले बालबालिकाको लागी आबास गृह बनाउने ।
सोमबार, 03 डिसेम्वर 2012 04:37    PDF Print E-mail

alt

आङछिरिङ शेर्पा
न्युयोर्क — सिएनएन हिरो उपाधी जित्न सफल पुष्पा बस्नेतले नेपालमा दुख पाएको बालबालिकाहरुको हितमा लाग्न थप हौसल्ला मिलेको बताए । जीवनमा कहिल्यै नसोचेको यो उपाधी पाउने वितिकै उनले सवै नेपालीलाई सम्झेकी थिए । ' सिएनएन टपटेनमा पुगेपछि सवै नेपालीले दिएको अनलाइन भोटकै कारणले मेरो जित भएको हो ' सिएनएन हिरो बस्नेतले लसएन्जलसबाट एभरेष्ट टाइम्सलाई फोनबाट निकै भावुक हुदै भने— ' सबै नेपालीले सहयोग नगरेको भए मैले जित्न सक्दैन्थ्यो त्यसको लागी सवैलाई धन्यवाद दिन चाहान्छु' । अभिभावक विहिन कलिला लालाबाला बालबालिकाहरुको सच्चा अभिभावक बन्न सफल पुष्पाले नेपाली समाजमा महत्वपुर्ण योगदान दिएको कदरस्वरुप सबैले सहयोग गरेका हुन

alt

सिएनएन हिरो बस्नेतलाई हलिउडकी चर्चित नायिका सुसान सेराडनले सम्मान गदै । 

 

काठमाण्डौ निबासी बस्नेतले पाच वर्ष अघि अध्ययनको सिलसिलामा कारागारमा अभिभावकसंग बन्दी भएका बालबालिका देखे लगतै ती बालबालिकाको उद्धार कार्यमा लागेकी थिइन । अध्ययनपछि उनले कारागारभित्रका लालाबाला बच्चाहरुलाई विस्तारै बाहिर निकालेर आफनै सन्तान झै माया गरेर हेरचाह गर्न थालेकी थिइन । एक जनाबाट हेरचाह गर्न थालेकी उनले अहिलेसम्म नेपालको विभिन्न १४ कारागारबाट ५२ जना बालबालिकाहरुलाई आफनै बालबच्चाहरुलाई जस्तै न्यानो माया दिएर हेरचाह गदै आइरहेकी छिन । विगत पाच वर्षदेखिन सुरु गरेको यो पवित्र कार्यकै कारण उनी सिएनएन हिरो हुन सफल भएकी हुन । बस्नेतले यो उपाधीसंगै पाएको पुरस्कार रकमले नेपालको कारागारमा बन्दी जीवन विताइरहेका थप बालबालिकाहरुको लागी राजधानीमा व्यवस्थित किसिमको आवासगृह निर्माण गर्न लागेका छन । ' अमेरिकाबाट फर्के लगतै काठमाडौमा बालबालिकाको लागी राम्रो जग्गा हेरेर एउटा घर बनाउने योजना रहेको छ' उनले भने ' बच्चाहरु धेरै जम्मा गरेर मात्र हुदैन गुणस्तरिय सेवा दिनु महत्वपुर्ण भएकाले थोरैबाट सुरु गरेको हो अब व्यवस्थित भवन बनाइसकेपछि बालबालिकाको सख्या पनि विस्तारै बढाउनेछु' ।

alt

पुष्पा बस्नेतले नेपालको विभिन्न जेलबाट बाहिर ल्याएर पढाइरहेका बालबालिकाहरु ।

 

नेपाली समाजमा कसैले पनि नगरेको यस्तो कार्य गर्नमा बस्नेतलाई शूरुमा आफनै परिवारले साथ दिएका थिए भने पछिल्लो समयमा सिएनएन हिरोको टपटेनमा पुगेपछि विश्वभरिकै सबै नेपालीले अनलाइनबाट भोट दिएर सहयोग गरेका थिए । ' मैले यो कार्य निरन्तर रुपमा गर्नका लागी मुख्य प्रेरणाको श्रोत सानुकान्छी तामाङनै हो' बस्नेतले भने-' अध्ययन क्रममा जेल भ्रमणमा जादा पहिलो पटक भेटेको सानुकान्छीकै कारण सवै बाटोहरु खोलियो' । सिएनएन हिरोको उपाधी पाउन सफल नेपाली चेली बस्नेतलाई लसएन्लसस्थित नेपाल अमेरिका एकता समाजले तत्कालै सम्मान गरेका थिए । विश्वका विभिन्न्न मुलुकको समाजसेवामा महत्वपुर्ण योदान पुर्‍याउने उत्कृष्ठ १० जनालाई अनलाइन भोटको आधारमा सिएनएनले ५ वर्ष अघिदेखिन हरेक वर्ष यो उपाधीसंगै २ लाख ५० हजार अमेरिकी डलर राशीको पुरस्कार दिने गरेका छन । नेपाली चेली बस्नेत सिएनएन हिरो हुने दोश्रो नेपाली हुन । यस अघि गत वर्ष चेलीबेटी बेचविखान विरुद्ध क्रियासिल सस्था माइती नेपालकी सस्थापक अनुराधा कोइरालाले पनि सिएनएन हिरोको उपाधी पाएकी थिए ।

 

 

 

 

 

 

सिएनएन हिरोको उपाधी नेपालकी पुष्पा बस्नेतलाई

 

alt

 

न्युयोर्क- यस वर्षको सिएनएन हिरोको उपाधी नेपालकी पुष्पा बस्नेतले पाएकी छिन । सामाजिक भावनाले प्रेरित बस्नेतले नेपालको झेलमा जीवन विताउन बाध्य बालबच्चाहरुको हितमा उल्लेखनीय कार्य गरे वापत यो पुरस्कार पाएकी हुन । यस अघि माइती नेपालकी अनुराधा कोइरालाले वेचिएको नेपाली चेलीको उद्धार गरे वापत यो पुरस्कार पाएकी थिइन । आइतबार बेलुकी अमेरिकाको लसएन्जलसमा आयोजित कार्यक्रममा बस्नेत विश्वका विभिन्न क्ष्त्रका १० व्यक्तिहरु मध्येबाट उक्त पुरस्कार जितेकी हुन ।   अमेरिकी चर्चित सञ्चारमाध्याम सिएनएनले दिएको उक्त पुरस्कारको राशी २ लाख ५० हजार डलर रहेका छन । ' सवैको सहयोग र सदभावले मैले यो पुरस्कार जितेकी हु ' पाच वर्षदेखिन यस्तो समाजसेवामा खटिएर यस बर्ष बनेकी सिएनएन हिरो बस्नेतले भने-' मैले पाएको यो पुरस्कार अब जेल जीवनमा दुख पाएको बालबालिकाहरुको लागी खर्चिने छु ' । बस्नेतले १ सय ४० भन्दा बढि जेलभित्रका बालबालिकालाई सहयोग गदै आइरहेका थिए । विश्वका सयौ समाजसेवीहरुसंगको वीच ८ महिना यतादेखिन भएको अनलाइन भोटिङको आधारमा बस्नेत दुई महिना अघि मात्र उत्कृष्ठ १० भित्र छनौट भएका थिए । ६ वर्ष अघि देखिन शुरु भएको यस वर्षको सिएनएन हिरो पुरस्कार वितरण समारोहमा विश्वका चर्चित विभिन्न क्षेत्रका व्यक्तित्वहरुको उपस्थिति रहेका थिए । कार्यक्रममा अमेरिकन आइडल र अमेरिकन म्युजिक अवार्डमा विजेता कलाकारहरुले गीत संगीत प्रस्तुत गरेका थिए ।

 

 

पछिल्लो परिमार्जन ( बुधबार, 05 डिसेम्वर 2012 23:29 )
 
अमेरिकामा स्वर्ण पदक जित्ने खेलाडीलाई व्लेक वेल्ट
आइतबार, 02 डिसेम्वर 2012 00:03    PDF Print E-mail

alt

आङछिरिङ शेर्पा

न्युर्योक- इन्टरनेशनल मार्सल आर्टस एसोसियसन कराते डोजोले तीन नेपाली खेलाडीलाई ब्लेक बेल्ट -फष्ट डान) को उपाधी प्रदान गरेको छ । नेपाली कराते प्रशिक्षकहरुद्धारा सञ्चालित यो डोजोले अहिलेसम्म ४ जना व्लेक वेल्ट खेलाडी उत्पादन गरिसकेका छन । कराते खेल खेल्दै जादा माथिल्लो तहमा पुगेको बेला पाउने यो उपाधी हासिल गर्नेहरुमा समिर ठोकर दोलखा , दिपक राई सोलुखुम्बु र अरुण राई सोलुखुम्बु रहेका छन । न्युयोर्कको ज्याक्सनहाइटमा सन २००८ देखि सञ्चालित डोजोले विशेष कार्यक्रमको वीच यी खेलाडीहरुलाई थप जाच लिएर यो उपाधी प्रदान गरेका हुन । ' हाम्रो प्रयास र विद्यार्थीहरुको मेहनेतले यो उपलब्धि हासिल भएको छ ' डोजोका प्रमुख प्रशिक्षक तथा सोतोकान करातेका फोर्थ डान शान्त ठोकरले भने- ' अमेरिकामा आएर अध्ययनसंगै उनीहरुले पाएको उपलब्धिप्रति म धेरै सन्तुष्टी र खुसी भएको छु' । उनका अनुसार कराते खेलमा लाग्नेहरुको भाषामा व्लेक वेल्ट पाउनु भनेको माथिल्लो स्थान हासिल गर्नका साथै खेलमा परिपक्क खेलाडी भएको भनिन्छ ।


alt

 'नेपालबाट टाढा अमेरिकामा आएर पनि कराते सिकेर अरुलाई सिकाएर नेपालको नाम राख्न सक्ने खेलाडी बनाउन पाउदा आफुलाई गौरव लागेको छ' प्रशिक्षक पारखी राईले भने-' अहिले व्लक वेल्ट लिनेहरुले अहिलेसम्म नेपालको प्रतिनिधित्व गरेर स्वर्ण पदक जितिसकेकोले पनि उनीहरुप्रति हाम्रो आशा छ' । सोलुखुम्बु बासा निवासी पारखीले पनि यही डोजोमा सिकेर व्लेक वेल्ट लिएर थप कोर्स अध्ययन गरि प्रशिक्षकको रुपमा कार्य गरिरहेका छन । लगनसील प्रशिक्षण र कराते अनुभवको कारण पारखीले गत वर्षदेखिन युएस कराते फेडरेसनको अफिसियल रेफ्रीको जिम्मेवारी समेत मिलेको छ । प्रशिक्षक ठोकरका अनुसार कुनै पनि खेलाडीले व्लेक वेल्ट पाउनका लागी सम्बन्धीत डोजोमा वाइट वेल्टदेखि ब्राउन वेल्टसम्म कम्तिमा तीन वर्ष नियमित करातेको ज्ञान लिएको हुनुपर्छ । त्यसपछि मात्र प्रशिक्षकहरुले थप जाच लिएर डोजोले व्लेक वेल्ट दिने गरिन्छ ।

alt

व्ले्क वेल्ट दिने कार्यक्रममा डोजोका प्रमुख प्रशिक्षक शान्त ठोकर र प्रशिक्षक पारखी राइसंगै अतिथिहरु तेक्वान्दोका पाचौ डान तथा प्रशिक्षक कृष्ण बहादुर बलाल र प्रशिक्षक प्रकाश थापा खेलाडीहरुको कला नियाल्दै ।

वेल्ट दिने कार्यक्रममा खेलाडीहरुको अभिभावकहरुसंगै अतिथिको रुपमा इन्टरनेशनल तेक्वान्दो फेडरेसनका प्रेसिडेन्ट कृष्ण बहादुर बलाल र तेक्वान्दोका प्रशिक्षक प्रकाश थापाको पनि उपस्थिति रहेका थिए । कराते खेलप्रतिको कुशलता र मेहनेतकै कारण यी तीन खेलाडीहरु आगामी मार्चमा नेपाली खेलाडीको प्रतिनिधित्व गदै न्युर्योकमा हुने इन्टरनेशनल कराते च्याम्पियनसीप र लसभेगासमा हुने युएस ओपन जुनियर ओलम्पिकमा भाग लिन जादैछन । त्यसको लगतै साउथ क्यारोलिनामा हुने नेशनल गेममा पनि उनीहरुले भाग लिने भएको छ । न्युयोर्कको एक मात्र नेपाली डोजोले नेपालको प्रतिनिधित्व गदै २००८ देखिनै विभिन्न मुलुकका कराते खेलाडीहरु वीचको टुर्नामेन्टमा भाग लिइसकेका छन । यसै क्रममा अहिलेसम्म तीन पटक न्युयोर्क ओपन च्याम्पियनसीपमा चार स्वर्ण पदक र गत वर्ष भएको इन्टरनेशनल च्याम्पियनसीपमा ७ स्वर्ण पदक जित्न सफल भएका छन । डोजोमा नेपालीको साथै चाइनीज, जापानीज, कोरियन, बंगाली, स्पेनिस र भारती मुलका ९ जना महिला गरि ८० जना विद्यार्थीहरुले कराते प्रशिक्ष्ण लिइरहेका छन । हरेक बेलुकी ५ बजेदेखिन ८ बजेसम्म सातै दिन प्रशिक्षण दिदै आएको डोजो नेपालको राष्ट्रिय खेलकुद परिषदमा राष्ट्रिय कराते संघको रुपमा दर्ता भएको छ ।

पछिल्लो परिमार्जन ( सोमबार, 03 डिसेम्वर 2012 05:22 )
 


Page 1 of 4