| न्युयोर्कमा पहिलो पटक वेल विवाह | ||||
|
|
आङछिरिङ शेर्पा न्युयोर्क - सामान्यतयः विहे जीवनमा एक पटक गरिन्छ । नेपालको नेवारी समुदायमा भने छोरिको विहे एक पटक मात्र हुदैन । ले जीवनमा तीन पटक विवाह गर्ने चलन अनुसार न्युयोर्कमा पहिलो पटक वेल विवाह - हिइ) कार्यक्रम गरियो । धार्मिक तथा परम्परागत सास्कृतिक महत्व वोकेको यो कार्यक्रम नेवार समुदायले परापुर्वकालदेखिनै गदै आएका छन । व्यक्तिगत र सामुहिक दुबै किसिमबाट दुई दिनसम्म लगातार गरिने यो कार्यक्रम न्युयोर्कको स्थानीय सगरमाथा रेष्टुरेन्टमा शनिबार आयोजना भएको थियो । ' हामी जहा पुगेपनि आफनो मौलिक र मौलिक सस्कृतिलाई जिवित राख्नका लागी यो कार्यक्रम आयोजना गरेको' नेवा नखका अध्यक्ष्ा विरेन्द्र प्रधानले भने- ' नेवार समुदायको परम्परागत धर्म र सस्कृतिकेा संरक्षणका लागी विवाह गर्न नेपालमा जान नसक्नेहरुको लागी हामीले सस्थागत रुपमा यहीनै यो आयोजना गरेको हो' । उनका अनुसार समय व्यस्ताताको कारण नेपालमा दुई दिन लगातार मनाउने यो पर्व विदेशमा एकै दिन गर्न परेको हो । पहिलो दिन पुजा र वेलविवाहको कार्यक्रम र दोश्रो दिन आफन्तहरु माझ वेलविवाह भएको खुसीयालीमा भोज खाने चलन रहेको छ ।
बेलविवाहकै लागी विहानदेखिनै नेवारी समुदायका पण्डित बासव राजोपाध्याय र आयोजक समितिका तर्फबाट राजा शाक्य व्यस्त थिए । १ सय १४ थरिको पुजा सामाग्रीका साथमा शुरुमा पितृ साराध्ये गरेपछि मात्र वेल विवाहको प्रक्रिया थालेका थिए । त्यतिन्जेल कन्याहरु अन्यत्रै राखेका थिए । जब बेल विवाहको पुजा शुरु हुन लाग्दा मात्र अभिभावकहरुले ति कन्याहरुलाई धार्मिक विधि अनुसार स्वागत गरेर खुसीका साथ मण्डपमा ल्याउन गरेका थिए । सवै प्रक्रियापछि अन्तमा कन्यादान जस्ता अनेक धार्मिक विधिहरु अपनाएका थिए । यस पटक चार जना कन्याहरुले वेल विवाहमा सारिक भएका थिए । ' नेवार समुदायको परम्परागत धर्म सस्कृतिलाई भावी पुस्ता माझ संरक्षण गदै लैजानका लागी हामी दुबै सस्था मिलेर यो कार्यक्रमको आयोजना गरेको हो' बेल विवाहको पुजामा सरिक पाका मानिएका राजा तुलाधारले बताए । नेवारी भाषामा उमेरले पाका व्यक्तिलाई -थकाली) नामले बोलाएर पुजामा अघि लगाउने गरेका छन । शाक्यका अनुसार शुरुमा पितृ गरिसकेपछि पण्डितको सल्लाह बमोजिम वेलविवाहमा सारिक हुने गरिन्छ । वेल विवाहमा छोरिहरुलाई पण्डितले मन्त्रचरण गरेपछि अभिभावकले पवित्र जलले चोख्याइएर मण्डपमा राखीसकेर धार्मिक पुजासंगै आमाले चमाल तीन पटक चढाएर प्रसाद फलफुलसंगै भित्र सारी राखीदिने चलन रहेको छ । दायातिरबाट बसेको पण्डितले को पुजापाठसंगैको उनले भने बमोजिम कन्याहरुले सवै प्रक्रियाहरु पुरा गर्ने गरिन्छ । पुजा भइरहदा वीचमा पण्डितले लामो पोतेलाई मिलाएर लामो फन्को लगाएर अभिभावक मार्फत लगाइदिने कार्य गरिएपछि कन्याले फुपुलाई कोसेली दिने र फुपुले पनि कन्याको खुट्टाको नङ काटी दिने चलन अनुसार विधि पुरा गरेका थिए । ' हाम्रो समुदायमा छोरि जन्मेर ५ वर्ष देखि ९ वर्षसम्म अब सारी लाउन सक्ने भयो है भनेर सारी उपहार दिएर उनीहरुलाई खुसी र जीवनभरि सुख होउन भनेर गर्ने अभिप्रायनै वेल विवाह हो' लामो समयदेखिन नेपालमा वेल विवाहमा सारिक सर्मिला प्रधानले बताए । ल्याएका थिए । स्थानीय सगरमाथा रेष्टुरेन्टमा आयोजना भएको थियो उक्त विवाह । विशेष गरि महिलाहरु महिनावारी हुन अगावै ५ देखि ९ वर्षभित्रमा बेल विवाह गर्ने धार्मिक तथा सामाजिक मान्यता रहेको छ भने त्यसपछि मात्र गुफा बस्ने चलन रहेको छ ।
' यही जन्मेको चेलीको वेल विवाह गर्न नेपाल जान समय अभाव र खर्चिलो हुने भएकाले पनि अब सबैको लागी यही गर्ने प्रयास गर्न लागेको हो' आयोजक समितिका सदस्य राजु तुलाधारले बताए । उनका अनुसार अमेरिकामा अन्य विभिन्न राज्यमा यस अघिदेखिननै बर्षनी गदै आइरहेपनि न्युयोर्कमा भने सबैको सामुहिक पहलमा यो पहिलो हो । ' बास्तबमा बेल विवाह भनेको कन्याको विवाह बेलसंग विवाह गर्ने होइन बेललाई सााक्षी मात्र हो' पण्डित बासव राजोपाध्यायले भने'- ' कन्या छोरिलाई इष्ट देव समक्ष अर्पण गरि आर्शीवाद लिने मुख्य प्रक्रिया हो ' । उनका अनुसार बेलले भगवान शिवका् प्रतिनिधित्व गर्छ भने इष्टदेव सुर्वण कुमारको रुपमा लिइन्छ । ' यो समुदायमा बेल विवाह गर्नुको अर्को उद्धेस्य भनेको लक्ष्मीसंग भएको गुणहरु आफनो छोरिले पाओस भन्न् आध्यात्मिक शक्तिसंगै जीवन दिर्घाकालिन रुपमा सुखमय बनाउने माध्याम पनि हो ' । पण्डित राजेापाध्यायले रञ्जना लिपिमा रहेको फैयासाफु धार्मिक पुस्तकबाट मन्त्रोचरण गरि बेल विवाह सम्पन्न गरेका थिए । नेवार समुदायको विभिन्न सस्कृति अन्र्तगत विवाह सम्बन्धी विषयमै अध्ययन अनुसन्धान गदै आएका पण्डित राजोपाध्याका अनुसार मन्त्रतन्त्रोयाकोल तन्त्रमा आधारित उक्त पुजाको विधि महानिर्वाण तन्त्रका ११ औ अध्यायमा लेखेको आधारमा गदै आएको हो । उनका अनुसार धर्म र सस्कृतिको गहिरो अर्थ रहेकेा यो विवाह सहित नेवारी समुदायका महिलाहरुले तीन किसिमको विवाह गर्ने गरिन्छ । पहिलो इही -वेल विवाह) , दोश्रो बारा तेगु - गुफा राख्ने ) र तेस्राे नेवारी महिलाले पुरुषसंग विवाह गर्ने चलन रहेको छ । धार्मिक विधि अनुसार पहिलो र दोश्रो विवाह गरिसकेपछि नेवारी महिलाको श्रीमानको मृत्यु भएमा जीवनभरिनै उनी विधुवा हुदैन भन्ने समाजको मान्यता रहेको छ । यस पटक वेल विवाह गर्नेहरुमा ८ वषिर्य रिति श्रेष्ठ, ९ वषिर्य एलिसा प्रधान, ५ वषिर्य नेहा तुलाधार र ६ वषिर्य सुरावी श्रेष्ठ थिए । 'अमेरिकामा वेलविवाह गर्दा रमाइलो लागीरहेको छ' एलिसा प्रधानले बताए । जीवनमा पहिलो पटक धार्मिक परम्परा अनुसार त्यो कार्यक्रममा भाग लिदा उनीहरु निकै हषिर्त देखिन्थे ।
नेवार जातीको साझा सस्था गुठी र नेवा नखः न्युयोर्कले संयुक्त रुपमा पहिलो पटक न्युयोर्कमा नेवारी छोरिचेलीको लागी वेल विवाह कार्यक्रम आयोजना गरेका हुन । ' नेवार जातीले वर्षमा १२ थरिको वेग्ला बेग्लै महत्वपुर्ण पर्वहरु हरेक महिना मनाउदै आउने क्रममा वेलविवाह छुट्टै महत्व रहेको कार्यक्रम हो ' नेवा गुठीका उपाध्याक्ष्ा तथा कलाकार न्युछेमान ढंगोलले बताए । उनका अनुसार ती सबै पर्वको आफनै परम्परागत धार्मिक महत्व भएकाले हरेक पर्वमा बजाउने ती संगीतहरुको धुन समेत फरक फरक रहेको छ । नेवारी नया वर्ष नेपाल संवतकै आधारमा राखिएकाले पनि ती सवै पर्वहरु त्यसैको आधारमा रहेको छ । 'नेवार समुदायको पहिचान भाषा, धर्म र सस्कृति भएकाले जहा रहेपनि हामीले संरक्षण गरिरहेका छौ' नेवा गुठीका अध्यक्ष अदित्य मर्हजनले बताए । उनका अनुसार सबैको सहयोगमा गुठीले हरेक नेपाल संवत न्युहदया भिन्तुना मनाउदै आउने क्रममा गत वर्ष म्हः पुजा गरेका थिए ।
गुठी र नेवा नखःन्युयोर्कको संयुक्त यो कार्यक्रमपछि अब चाडै न्युर्योकमा सामुहिक ब्रतबन्ध कार्यक्रम गर्ने र आगामी दिनमा बेल विवाह कार्यक्रमलाई निरन्तरता रुपमा गदै जाने योजना बनाएको अध्यक्ष्ा मर्हजनले बताए । दुबै सस्थाद्धारा पहिलो पटक न्युयोर्कमा आयोजित कार्यक्रमका आयोजक समितिमन सदस्यहरुमा विरेन्द्र प्रधान, राजा शाक्य, आदीत्य मर्हजन, न्युछेमान ढंगोल, समिर मर्हजन, राजु तुलाधार, धर्मेन्द्र गोपाली, विष्णु प्रधान, प्रेम गोपाल मर्हजन, महेन्द्र बज्राचार्य, विरेन्द्रलाल श्रेष्ठ, शिसिर मुननकर्मि र गौतम कर्माचार्य रहेका थिए । |










Comments
mero 3 years ko chora le nee dharae ramaelo garayo.
nakha: chhe
RSS feed for comments to this post