| मुलुकमा संविधान बन्न नसकेपछि अमेरिकाका नेपाली प्राज्ञिक व्यक्तित्वको धारण । | ||||
|
|
चार वर्ष अघि जनताले संविधासभा निर्वाचनबाट छानिएका सभासदहरुबाट बेलैमा संविधान बनाउछ भनेर आशा गरेका थिए । तर त्यतिको धेरै समय र मुलुकको ढुकुटीकेा अर्बो बजेट रित्याइसकेपनि अन्तमा संविधान बनाउन नसक्नु भनेको निकै लाजमर्दो हो । विश्वभरिर्कै नेपालीहरुको ध्यान अब संविधान बन्ला की भनेर आशा गर्दा गदै संविधासभा विघठन भयो । संविधान बनाउन नसकेपछि अहिले मुलुक संविधान सभा विहिन मात्र भएको छैन मुलक गम्भिर संवैधानिक संकटमा फसेकेा छ । यसै सन्र्दभमा अमेरिकाका विभिन्न राज्यस्थित विश्वविद्यालयमा कार्यरत प्रज्ञिक व्यक्तिहरुसंग आङछिरिङ शेर्पा गरेको कुराकानी
चार वर्ष कुर्दा पनि जनताले संविधान नपाउनु दुर्भाग्या हो
प्राध्यापक डा. तारा निरौला न्यु स्कुल न्युयोर्क संविधान नबनेको सुनेपछि असाध्यै निराश लाग्यो । मलाई पुरै संविधान राम्रो आउछ भनेर आशा त लागेको थिएन तैपनि पछिल्लो समयमा समाधान भएका केही पक्षलाई राख्दै गएको भए धेरै बाटो खुल्थ्यो । सन २००८ को संविधान सभा जसरी निर्वाचन सम्पन्न भयो । चार वर्ष वितिसकेपनि संविधान आउन त्यो आशा पुरा हुन नसक्नु हामी नेपाली जनताको लागी ठुलो दुर्भाग्या हो । यस्तो अवस्थामा पनि नेताहरु वीच साझा समझदारी भएर हुन नसक्नु एउटा कारण हुन सक्छ तर विषयहरु जटिलता हुदा हुदै गएपनि दलहरु एक ठाउमा आएर जनताको मनोभाव र राष्ट्रको चाहनालाई बुझेर संविधान बनाउन चाहेमा सकिन्थ्यो । त्यसो गरेमा नेपाली जनतामा आशा र सन्तोष महसुस हुन्थ्यो । यसरी सर्वसाधारण नेपाली जनताले विश्वास दिई पठाएको संविधान सभासदले आफनो भुमीका निर्वाह नगरेको देख्दा दुनियालाई सार्है खल्लो बनायो । अब संविधान सभानै नभएको यो अवस्थामा अहिले चुनावी खेल शुरु भएको छ । संविधान सभा वा प्रतिनिधिसभानै नभएको अवस्थामा लामो समय शासन गर्न पनि कठिन हुन्छ । काम चलाउ सरकालेनै निर्वाचन गर्छु भनेपनि कहिलेसम्म गर्ने र कस्तो किसिमको गर्ने भन्ने अहिले अन्यौलतानै छ । अहिलेसम्म संविधानमा धेरै कामहरु भईसकेको छ तर पछिल्लो समयमा राज्यको संरचना कसरी गर्ने भन्ने ,त्यसभित्रमा पनि कतिवटा राज्य बनाउने र राज्यहरुको नाम कसरी राख्ने भन्ने विषयमा बढि विवास्पद भयो । यदि उनीहरु वीच राज्यको पुनसंरचनाको सम्बन्धमा फराकिलो सोच लिएको भए संविधान बनी सक्थ्यो अन्तमा ती कुराहरुमा नमिलेपछि संविधान नबनेको हो । अब सवै राजनितिक दलका नेताहरु एकै ठाउमा बसेर देश र जनताको बारेमा स्पष्ट सोच लिएमा पक्कै संविधान बनाउन सकिन्छ ।
नेपालको नेता आफै बोक्सी आफै जाक्री हो ।
प्राध्यापक डा. आलोक बोहोरा न्युमेक्सिको युनिभर्सिटि अफ न्युमेक्सिको यति लामो समय कुरेर पनि संविधान बनाउन नसक्दा ज्यादै दुख लाग्यो । बास्तबमा संविधान बनाउने भन्ने कुरा अन्तराष्ट्रिय र अरु मुलुकको अनुभवलाई हेर्दा विज्ञ टोलिले गरेको अध्ययनको आधारमा संविधा सभाले अनुमोदन गर्नु पर्ने हो तर त्यसो गर्न नसकेकोले पनि संविधान बनाउन नसकेको हो । संविधान बनाउने सवालमा नेपालमा नेताहरु आफै बोक्सी आफै जाक्री भएको छ । नेताहरु आफैले व्यक्तिगत रुपमा संविधानको वार्ता गर्ने र भोलि गएर कसरी भोट लिने भन्ने मतलबी कुराहरु गदै हिडेपछि संविधान बनाउन नसकेको हो । संविधान भन्नेकुरा आफुले आफैलाई मात्र होइन की जनताले समेत मान्ने किसिमको बनाउन सकेमा कुनै विवादनै आउदैन । मुलुकमा जनजाती, दलित र पिछाडिएको बर्गको अधिकारलाई दलहरुले बुझी बुझी पनि एक अर्कामा द्धन्ध गराउने ढंगले अभियान चलाउदै गएर अघि बडदै जादा यो परिणाम भएको हो । अब आउने नया निर्वाचन पनि बढि जातीयताकै आधारमा जाने संभावना देखिएकाले आउने संविधान पनि त्यति राम्रो होला जस्तो मलाई लागेको छैन । संविधान राम्रो बनाउनका लागी अब नेपालमा नागरिक समाज स्वतन्त्र रुपमा बढि सक्रिय हुनुपर्छ । नागरिक समाजको डर र त्रास नेताहरुमा हुनुपर्छ । कुनै पनि राजनितिक दलबाट टाढा रहेर नागरिक समाजले खबरदारी नगरेमा यस्तो अवस्था फेरि नहोला भन्ने र्छैन । नेताहरुको लापारवाही रोक्नलाई अब यहीनै अन्तिम विकल्प हो ।
नेतृत्वको कमजोरिले संविधान बन्न सकेन ।
प्राध्यापक डा. कल्याणी राई विसकन्सन युनिभर्सिटि अफ मेलवाकी तोकिएको समयमा संविधान बनाउनु नसक्दा मलाई निकै खल्लो लाग्यो । किनकि संविधानकै लागी यतिको धेरै समय खर्च गरियो । त्यतिको धेरै देशको ढुकुटी खर्च भयो । त्यति मेहनेत गर्दा पनि संविधान यस पटक बनाउनु नसक्नुमा मुलुकमा नेतृत्व गर्ने नेताहरुको कमजोरीकै कारण ठान्छु । हुनत मुलुक अहिले परिवर्तनकै क्रममा छन । सोचे जस्तो एकै चोटि नेपालमा परिवर्तन आउन सक्दैन । विभिन्न कारणले नेपालमा पुर्ण परिवर्तन हुन समय लाग्छ । तर यतिखेर हिजो राज्यले समेटन नसकेको वर्ग र क्ष्त्रहरुले आ आफनै ठाउबाट अधिकार प्राप्तिको लागी आवाज उठाउनु स्वाभावीकै हो । यसै सिलसिलामा अहिले जनजातीहरुले आफनो हकअधिकार र पहिचानको लागी उठाएको जुन मुद्धाहरु छन त्यो समय सापेक्षीत रुपमा एकदम सन्र्दर्भिक छन । नेपालको जनजातीप्रति संयुक्त राष्ट्रसंघको आइएलओ वान सिक्सिटिनाइनले नेपाल सरकार समक्ष् दिएको लिखित दस्तवेज व्यवहारमा कार्यन्वयन गर्न सक्नुपर्छ । अन्तराष्ट्रियले समर्थन गरेको जनजातीप्रति मुलुकको राजनितिक दलको फराकिलो विचार हुनुपर्छ । विभिन्न दलको नेतृत्व तहमा बस्नेहरुले जनजाती, दलित र अन्य क्षेत्रको हकअधिकारको सवालमा कमजोर सोच लिएमा अझैपनि संविधान बन्नमा कठिनाई हुन सक्ने छ ।
राम्रो गृहकार्य नगरेकोले संविधान बन्न सकेन । प्राध्यापक डा. शिव गौतम हाडवर्ड युनिभर्सिटि बोष्टन चार वर्ष खर्च गरेर पनि आखिर संविधान बन्न नसक्नु सवैलाई दुख लाग्नु स्वाभावीकै हो । तर यति समयसम्म पनि संविधान बन्न्न नसक्नुमा भने धेरै कारणहरु छन । पहिलो कारण त राम्रोसंग अध्ययन नगरेकै कारण संविधान बन्न नसकेको हो । उदाहरणको लागी सवैभन्दा ठुलो जातीय पहिचानको सवालमा धेरै विवाद देखियो । यसमा एक पक्ष देशमा जातीय पहिचान सहितको प्रदेश भयो भने मुलुक विखण्डन हुन्छ भन्छ भन्ने गलत तर्क गर्ने गरेका छन । यो गलत हो किनकि जातीय पहिचान सहितको प्रदेश हाम्रो देशमा मात्र होइन अन्य धेरै देशहरुमा पनि छन खोई त्यहा त विखण्डन भएको छैन । त्यो देशमा कसरी सन्तुलन ल्याएको छ त्यो अध्ययन गर्नुपर्छ । विखण्डन हुन्छ भन्ने कारण देखाउनु सक्नुपर्छ । यस्ता पनि धेरै देशहरु छन जहा कैयो जातजातीहरु छन त्यहा केही विखण्डन भएको छैन त्यो हेर्नुपर्छ नेतृत्व तहले । अहिलेको जामानामा संविधान बनाउनु भनेको प्रविधिक ज्ञान भएको व्यक्तिलाई बनाउन लगाएर संविधानका् एउटा खाका बनाएर संसदले अनुमोदन गरेपछि मात्र बनाउनु पर्ने हो । तर हतारहतारमा आफैले संविधान बनाउन खोजेपछि नेपालको राजनिति अहिले निकै छरपष्ट छ । नेताहरुले राम्रो गृहकार्य गर्न नसकेकोले अब राष्ट्रिय पाटीबाट जातीय पाटीमा गयो भने देशको भविष्य सोचे जस्तो राम्राे हुदैन । यतिखेर सबै राजनितिक दलले राम्रो भिजन लिनुपर्छ । |
| पछिल्लो परिमार्जन ( सोमबार, 04 जुन 2012 16:29 ) |










Comments
Do you think there is any constitiency where a single ethnicity holds the majority? Do you think the level of understanding among ethnic leaders is tolarable? Is it possible to give the single ethnic name to each ethnic group? Is it a major agenda to have the name after ethnicity or the constitution with equal right to all is our need? What you think is it only the issue of ethnic identity that headed towards the desolution of CA?
RSS feed for comments to this post