| नेपाली युवाले राखे फेरि गिनिजबुमा नाम | ||||
|
|
आङछिरिङ शेर्पा न्युयोर्क- अनौठो कार्य गरेर चार पटक गिनिज बुक अफ वल्ड रेकडमा नाम लेखाइसकेका नेपाली युवा रोहित तिमिल्सिनाले न्युयोर्कको चर्चित पुल बु्रकलिन वि्रजमाथि -वाम मुभ) जुकाको हिडाईमा नया रेकड राखेका छन । यस अघि क्यानडेलि नागरिकले १ सय ८ फिटको दुरिसम्मको राखेको कीर्तिमान रोहितले १ सय ७३ फिट ३ इन्चको दुरि बढाएर नया कीर्तिमान कायम गरेका छन । यतिको समय पार गर्दा उनले ८ मिनेट मात्र समय खर्चेका थिए । न्युयोर्क र बु्रकलिन जोडने लोकपि्रय बु्रकलिन वि्रजको पुलमाथि रोहितले निकै कठिन परिश्रमका साथ यो कीर्तिमान कायम गरेका थिए । बुद्ध नेपाल जन्मेको भन्ने सन्देशमुलक टिसर्ट लगाएको आयोजक, निर्णयक र सहयोगीहरु एकतिर सञ्चारकर्मिहरु अर्कोतिर त्यसैको वीचबाट रोहितले विछयाएको कार्पेटमाथि त्यो कीर्तिमान कायम गरेका थिए । नेपालीहरुको उत्साहजनक हौसल्लाको माझ जति कष्ट भएपनि उनले त्यो सफलता हासिल गरेका थिए । ' बेग्लै किसिमको यो कार्य त्यति सजिलो थिएन तैपनि सोचेको पुरा भो धेरै खुसी लाग्यो' कीर्तिमान राखेपछि रोहितले सञ्चारकर्मि माझ भने-' शुरुमा सजिलो भएपनि वीच बाटोमा रोक्ला जस्तो भएको थियो तर मनमनमा बुद्ध भगवानको नाम र नेपाल सम्झेरा पुरा गररै छाडे' ।
रिजुउड नेपाली सोसाइटीद्धारा आयोजना गरेको उक्त कार्यक्रममा कानुन व्यवसायीहरु खगेन्द्र क्षेत्री, मुन गोबन र बासुदेव फुलारा, कराते खेलाडी ङीमा शेर्पा र नृत्य निदेशक विजय नकर्मिले निर्णयकको भुमीका निभाएका थिए । उक्त अवसरमा बौद्ध धर्म गुरु अवतारी लामा टुल्कुले खादा लगाएर बधाई दिएका थिए भने प्राध्यापक डा तारा निरौलाले आफनो साथमा ल्याएको बुद्धको मुर्ति रोहितलाई प्रदान गरेका थिए । कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तित्वका साथमा सिन्धु वेलफेयर सोसाइटीका अध्यक्ष् बंशलाल तामाङले पनि रोहितलाई बधाई दिएका थिए । ४ महिना अघिदेखिन पुलमा कार्यक्रम गर्ने अनुमति लिने देखि सवै तयारी पुरा गर्न रोहितले ६ महिनाभित्रमा यो कीर्तिमान कायम गरेका छन । हरेक वर्ष गिनिजबुकमा नाम लेखाउदै आएका रोहितले प्रयोजक भेटेमा चाडै अर्को कीर्तिमान कायम गर्ने सोच बनाएको छ ।
काठमाडौ धर्मस्थाली निवासी तिमिल्सिनाले गिनिज बुकमा सन २००७ मा एक हातमा २३ वटा गल्फको बल ५८ सेकेण्डसम्म समातेर कीर्तिमान कायम गरेका थिए । त्यस्तै सन २००८ एक हत्केलामा लङ टेनिसको २१ वटा बल १० सेकेन्ड समात्न सकेको आधारमा राखेका थिए । सन २००९ मा विश्व एडस दिवसको दिन अवसरमा एक घण्टामा १ सय १६ जनालाई चुम्बन गरेका थिए । जुन २० प्रतिसत एचआइभि पोजेटिभ थिए । उनीहरुलाई निधार, गाला र हातमा चुम्बन गरेका थिए । त्यसैगरि सन २०११ मा टाइम्सक्वारमा आफनै भाई सन्तोष तिमिल्सिनासंथ ३३ घण्टा ३ मिनेट लगातार हात मिलाएर चार पटकको कीर्तिमान कायम गरिसकेका छन । अहिलेसम्मको सवै रेकडहरु सामान्य खर्चहरु आफनै तर्फबाट गरे भने ठुला खर्चहरुका प्रायोजकको साहारामा गरे रोहितले भने । ' अब चाडै न्युयोर्ककै स्टयाचु अफ लिवर्टीमा बुद्ध भगवानसंग सम्बन्धीत नौलो कीर्तिमान कायम गर्ने सोच बनाएको छु' उनले भने । नेपाली युवाको नौलो तथा शाहसीक कीर्तिमान कार्यक्रमको आयोजना गर्न पाएकोमा गौरव लागेको अनुभव सोसाइटीका अध्यक्ष् श्रीपराजुलीले बताए । कार्यक्रममा सोसाइटीले सवैलाई बुद्ध नेपालमा जन्मेको भन्ने सन्देशमुलक टिसर्ट बाडेका थिए । |
| पछिल्लो परिमार्जन ( बुधबार, 13 जुन 2012 00:33 ) |








Comments
RSS feed for comments to this post