| संविधान नबन्नुमा एमाले र कांग्रेसको दोष हो । दोहोरो नागरिकताको बारे मन्त्रि अनिभिज्ञ | ||||
|
|
आङछिरिङ शेर्पा न्युयोर्क— काम चलाउ सरकारको स्वस्थ्यमन्त्रि राजेन्द्र महत्तोले चार वर्ष लगाएर पनि अन्तिममा संविधान बन्न नदिनुमा कांग्रेस र एमाले दोषी भएको बताएका छन । मन्त्रि महत्ताेले एसोसियसन अफ तराइन अमेरिका ( एन्टा) द्धारा न्युयोर्कमा आयोजित अन्तरक्रिया कार्यक्रममा भने- ' दुई तिहाई संविधान सभासदहरुको भावनालाई कुल्चिएर ति दलका शिर्ष नेताहरुको स्वार्थगत निर्णयकै कारण संविधान सभा तुहिएको हो ' । उनले थपे- ' आफुलाई शिर्षस्थ नेता भन्नेहरुको रुढिबादी विचारकै कारणले संविधान बन्न नसकेको हो तर दुई तिहाई भन्दा बढि सभासदहरुको केही पनि दोष छैन' । संविधान बनाउने अन्तिम अवस्थासम्म ती दलका नेताहरुको नाटकिय रुपले सवैलाई आश्चार्य र दुखित तुल्याएको बताए । ' संविधान बनाउने बेलाको प्रत्यक्षदर्सी र साक्षीको रुपमा मैले भन्नु पर्दा संविधान आउनु अगावै केही व्यक्तिहरुले त्यस अघिनै संविधानलाई तुहाउने काम गरिसकेको थियो' । उनका अनुसार संविधान सभाद्धारा सवै कुराहरुको किनारा लगाइसकेपनि संघीयताकै कुरामा टुङगो लगाउन नसकेपछि संविधान बन्न्न नसकेको हो । वासिङटनडिसिमा आयोजित स्वस्थ्य सम्बन्धीत कार्यक्रममा भाग लिन आएको मन्त्रि महत्तोलाई एन्टाले आएकै भोलिपल्ट अन्तरक्रिया कार्यक्रम आयोजना गरेका थिए । स्थानीय याक रेष्टुरेन्टमा आयोजित ' संविधान सभाको विघठन, संबैधानिक सुन्यता र अवको निकास' नामक अन्तरक्रिया कार्यक्रममा सहाभागीहरुले राखेको जिज्ञासाको जवाफ दिदै मन्त्रि महत्तोले मुलुकमा संविधान तुहाएपछि अब व्युताउने कुनै कानुनी र व्यवहारिक आधार नभएको बताउदै अब चाडै सर्वदलिय सहमतिको सरकार बनेर तोकेको समयमा निर्वाचन गर्ने या त्यसलाई अझ पर लैजाने बारेमा सरसल्लाह भइरहेको बताए । मन्त्रि महत्तोले मुलुकमा सवै माझ निकै चर्चिएकेा जातीय पहिचान त्यसै भनेको होइन विभिन्न पाच महत्वपुर्ण विशेषताकै कारण जातीय पहिचान भनेर संघीयताको रुपमा मुलुक अघि बडेको बताए । त्यस्तै बर्षोदेखि भारतले नेपाली भुमी अतिक्रमण गर्दा पनि मद्येशी दलले किन अहिलेसम्म बोल्न नसकेको ? सवालमा उनले भने' सीमा मिच्ने कार्य दुबैतिर भएको छ यस्तो कार्यमा हामी अरु दलले जस्तो सडकमा आन्दोलन गदैनौ कुटनितिक तहबाट जानु पर्छ भन्ने हाम्रो मान्यता हो ' । कार्यक्रमको अन्तमा ( एन्टा) का अध्यक्ष् डा विनोद शाहले लामो समयदेखि एनआरएनले उठाउदै आएको दोहोरो नागरिकताको बारेमा जिज्ञासा राख्दा मन्त्रि एक अक्कमक्क परेका थिए । मन्त्रिले सहाभागीतिर हेदै यो दोहोरो नागरिकता भनेको के हो ? भनेर प्रश्न गर्दा सवै छक्क परेका थिए । त्यसपछि तत्काल जिज्ञासा राख्ने डा शाह र प्राध्यापक डा तारा निरौलाले दोहोरो नागरिकताको पृष्टभुमी बताएपछि मात्र मन्त्रिले ओहो आफनै देशको नागरिकलाई पो नागरिकता दिनु रहेछ यो त महत्वपुर्ण कुरा पो रहेछ भनेका थिए । उनले भने '-यो त राम्रो कुरा रहेछ तर संविधान सभामा यो बारे केही कुरा चलेको थिएन र राखेको पनि छैन । दोहोरो नागरिकताकेा बारेमा बुझिसकेपछि मन्त्रि महत्तोले अबको संविधानमा राख्न लगाउने जिम्मा मलाई दिनोस मै गर्छु भनेर सवैलाई बचन दिएका थिए ।
दोहोरो नागरिकताको बारेमा मन्त्रिले गरेको प्रतिबद्धताको खुसीयालीमा जनजाती महासंघ अमेरिका ( फिफना) का महासचिव दिपेस लिम्बुले सबैको तर्फबाट खादा लगाएर धन्यवाद दिएका थिए । कार्यक्रममामा प्राध्यापक डा निरौला, फिफनाका महासचिव लिम्बु , जनजाती महिला महासंघका अध्यक्ष संगीनी राणामगर, नेपाल अमेरिका पत्रकार संघका अध्यक्ष् आङछिरिङ शेर्पा, स्वतन्त्र पत्रकारहरु विष्णुसिंह बैजु, विश्व शाह, नगेन्द्र इगनाम, मगर संघका सचिव मान राणामगर, जन सम्पर्क समिति न्युयोर्क च्याप्टरका अध्यक्ष् तथा व्यवसायी नविन सेरचन लगायत व्यक्तिहरुले नेपालको राजनितिक अवस्थाको बारेमा जिज्ञासा राखेका थिए । कार्यक्रममा संयुक्त राष्ट्रसंघका लागी नेपाल मिसनका स्थायी नायब प्रमुख सेवा अधिकारीको पनि उपस्थिति रहेकी थिइन । तस्विर मान राणा मगर |
| पछिल्लो परिमार्जन ( बुधबार, 20 जुन 2012 04:47 ) |






