दर्ता तथा प्रवेश
अमेरिका गतिविधि
कुनै पाटीसंग मेरो संग्लनता छैन तुलाधार ।
बिहिबार, 16 मे 2013 14:06    PDF Print E-mail

alt

न्युयोर्क- बरिष्ठ मानवअधिकारवादी नेता पदमरत्न तुलाधारले मुलुकको परिवर्तित राजनितिक घटनाक्रमसंगै आफुले खेलेकेा राजनितिक भुमीका कुनै पाटीको लागी नभइ नागरिक समाजको लागी खेलेको बताए । नेवा गुठीद्धारा न्युयोर्कमा आयोजित सम्मान कार्यक्रममा नेता तुलाधारले आफु वामपन्थि विचारको भएपनि माओवादी सर्मथक भन्ने लगाएको आरोप गलत भएको स्पष्ट पारेका थिए । आफनो राजनितिक अनुभव सुनाउने क्रममा निकै विभोर हुदै सवै माझ भने-' म वामपन्थी विचारले प्रेरित मानवधिकारीबादी हु तर अहिलेसम्म कुनै पनि पाटीमा मेरो संलग्नता छैन' । खुसीको आसु निकालेर सबै माझ आफनो भनाई निकै भावुकताका साथ राख्दा उपस्थित सवै जना एक छिन स्तब्ध भएका थिए । कार्यक्रममा मानवधिकारवादी नेता तुलाधार र पुर्व सभामुख दमननाथ ढुङगानालाई नेवा गुठीले फुल ताथ खादाले स्वागत गरिएको थियो । न्युयोर्कको क्विन्सस्थित हिमालयन याक रेष्टरेन्टमा आयोजित कार्यक्रममा गुठीले नेपालबाट आइपुगेका अतिथिद्धायसंगै डा सुमित्र मानन्धरलाई पनि स्वागत गरिएको थियो । गुठीको अध्यक्ष् समिर मर्हजनको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा पुर्व सभामुख दमननाथ ढुङगाना, जनजाती महासंघ अमेरिका फिफनाका कार्यवाहक अध्यक्ष समिर मर्हजन, एनआरएन इजरायलका पुर्व महासचिव विएल लामाले मन्तव्य व्यक्त गरेका थिए । 

तस्विर अशोक पन्त  

 
प्रजातान्त्रिक शक्तिको भावना बुझन नसक्नु दुर्भाग्या
आइतबार, 12 मे 2013 03:28    PDF Print E-mail

alt

न्युयोर्क- पुर्व सभामुख दमननाथ ढुङगानाले नेपाली काग्रेस पाटीबाट टाडिएको प्रजातान्त्रिक जनमतलाई पाटीले बुझन सकेन भने संकट आउने बताएका छन । नेपाली कांग्रेस समर्थक कार्यकर्ताद्धारा न्युयोर्कमा आयोजित स्वागत कार्यक्रममा पुर्व सभामुख ढुङगानाले भने-' प्रजातान्त्रिक मत बोकेको ऐतिहासिक पाटी कांग्रेसबाट अहिले कै्रयो प्रजातान्त्रिक मत बोकेकाहरु जनशक्तिहरु निराशित भएर बाहिरिएका उनीहरुको भावना बुझन सकेन भने पाटीले समास्या भोग्नु पर्छ ' । उनले भने ' अहिले मधेसको ठुलो प्रजातान्त्रिक जनशक्तिसंगै आदीवासी जनजाती र दलित जस्ता प्रजातान्त्रिक जनशक्तिहरु पाटीबाट अलग भएपनि उनीहरु कम्युनिष्ट हुन सकेको छैन त्यस्ता शक्तिको निराशालाई पाटीले बुझन नसक्नु दुर्भाग्या हो ' । अमेरिकाको सिकागोमा विभिन्न राजनितिक दलका नेतासंगै नेपालको शान्ति प्रक्रिया सम्बन्धी कार्यक्रममा भाग लिन आएका पुर्व सभामुख ढुङगानाले नेपाली कांग्रेस पाटी लगायत अन्य पाटीहरुको नेताहरुको हेलचेक्राईका कारण मुलुकमा राजनितिक अस्थिरता भएकोमा दुख व्यक्त गरेको थिए । त्यस्तै पुर्व मन्त्रि तथा नेपाली कंग्रेसका नेता अर्जुन नरसिंह केसीले मुलुक बाहिर पुगेका कांग्रेस सर्मथकहरु एक हुनुपर्ने विचार व्यक्त गरेका थिए । न्युयोर्कमा विवादीत कार्यकर्ताहरुको सन्र्दर्भमा नेता केसीले केन्द्रमा न्युयोर्कको विवादको सम्बन्धमा छलफल गरि गठित तयारी समितिको पहलमा तीन महिनाभित्रमै महाधिबेसन भएमा न्युयोर्कको काग्रेसभित्रकेा विवाद अन्त्य हुने बताएका थिए । कार्यक्रममा नेता केसीले मुलुकमा किसान र भुमीहिन सुकुम्बासीहरुको हितमा केही गर्छु भन्ने माओवादीले आफनो स्वार्थको लागी किसान र सुकुम्बासीको भावना विपरित कार्य गरेकेा गुनासो गरेका थिए । हिजो राष्ट्रियताको चर्को नारा लगाउने माओवादी आज विदेशी शक्तिको इशारामा चलेको नेता केसीले बताएका थिए । त्यस्तै डा प्रकाश शरण महतले मुलुकको हरेक क्षेत्रको आवश्याक कैयौ जनशक्तिहरु विदेशीएको अवस्थामा अहिलेसम्म मुलुकले त्यो जनशक्ति उत्पादन गर्न नसकेको दुखलाग्दो पक्ष भएको बताए । उनले राजनितिक दलका नेताहरुमा भएको सागुरो सोचकै कारण मुलुक अहिलेसम्म पनि देश सञ्चालन गर्ने राजनितिक पद्धातीको विषयमा सहमति हुन नसकेको बताए । अहिलेको समयमा पनि पाटी व्यवस्थापन पुरानै ढंगले चल्दै आएकोले मुलुकको राजनितिक पाटी संगठन अघि बडन नसकेको नेता महतले बताए । जन सम्पर्क समिति महाधिबेसन तयारी समितिका संयोजक खगेन्द्र छेत्रीको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेस सिन्धुपाल्चोक जिल्ला महासमिति सदस्य बंशलाल तामाङ, जन सम्पर्क समितिका पुर्व अध्यक्ष आनन्दा विष्ठ र समितिका उपाध्याक्ष् वेद खरेलले मन्तव्य राखेका थिए । न्युयोर्कका विभिन्न समुदायका प्रतिनिधिहरुको माझ सम्पन्न उक्त कार्यक्रम जन सम्पर्क समिति न्युयोर्क च्याप्टरको पुर्व अध्यक्ष कृष्ण पोखरेलले सञ्चालन गरेका थिए ।

 
नेपाली पत्रकारहरुको पेशागत हितमा लाग्दै प्रबासबाट नेजा ।
आइतबार, 05 मे 2013 17:19    PDF Print E-mail

alt

एभरेष्टटाइम्स संवादाता
बाल्टिमोर - अमेरिकाभरिको नेपाली पत्रकारहरुको साझा सस्था नेपाल अमेरिका पत्रकार संघ नेजाले विश्व प्रेश स्वतन्त्रता दिवसको अवसर पारेर बाल्टिमोरमा भव्यताका साथ सातौ वाषिर्क साधारण सभा सम्पन्न गरेको छ । सुक्रबार र शनिबार दुई दिन आयोजित उक्त कार्यक्रममा ३ दर्जन भन्दा बढि पत्रकारहरुको सहाभागीता रहेको थियो । पहिलो दिन अमेरिकाका विभिन्न राज्यबाट आएका पत्रकारहरु वीच भेटघाट र भेला भएका थिए भने दोश्रो दिन विहानी पख अमेरिकी रेडक्रस सोसाइटीसंग मिलेर रक्तदान भएको थियो । त्यस्तै मध्यान्ह सभाको उदघाटन र बन्द सत्र भएको थियो । बरिष्ठ सम्पादक योगेश उपाध्यायको प्रमुख आतित्थमा सम्पन्न सभामा सोसाइटी अफ प्रोफेसनल जोर्नालिष्ट ( एसपिजे) का कार्यकारी निर्देशक जोए स्केल र पुर्व मन्त्रि तथा नेपाली कांग्रेसका नेता अर्जुन नरसिंह केसीको विशिष्ठ आतिथ्यमा उदघाटन सत्र कार्यक्रम भएको थियो । कार्यक्रममा पुर्व मन्त्रि तथा नेता अर्जुन नरसिंह केसीले देशबाट यतिको टाढा आएर पनि यहाको लोकतान्त्रि मुल्य मान्यता अनुसार अमेरिकाबासी नेपाली पत्रकारहरु अवद्ध सस्था (नेजा) ले गरेको कार्यले मुलुकको हित भएको बताएका थिए । नेपालमा पत्रकारिता गरेर पनि विश्वको शक्ति सम्पन्न राष्ट्र अमेरिकामा आएका नेपाली पत्रकारहरुले मुलुकको लागी पुर्‍याएको योगदान अनुसार नेपालको एम्बसाडारको रुपमा मान्नु पर्ने नेता केसीले बताए । त्यस्तै नेजाका सल्लाहकार तथा बरिष्ठ पत्रकार तारा बरालले प्रबासमा नेपाली पत्रकारिताको विकासको साथै नेपाली पत्रकारहरुको हितमा नेजाले गरेको कार्यले नेपाली समुदाय माझ राम्रो छाप परेको बताएका थिए । अमेरिकाबासी नेपाली पत्रकारहरुको प्रतिनिधित्व मुलुक नेजाको आगामी चौथो अधिबेसन नेपालीको बाहुल्यता रहेको टेक्सासको हृयुसटनमा गर्न कार्यसमितिलाई आग्रह गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि तथा बरिष्ठ सम्पादक उपाध्यायले नेजाद्धारा प्रकाशित ' प्रयास' म्यागजिन र नेजाको नया वेभसाइडको उदघाटन गदै अमेरिकामा सवै माझ चिनिएको नेजाले नेपाली समुदाय र मुलुकको हितमा सघाउ पुर्‍याउदै आएकोमा खुसी व्यक्त गरेका थिए ।

alt

अमेरिकाभरिकै पत्रकारहरुको साथमा रहेको नेजाले अब अमेरिकामा व्यवसायिक पत्रकारितालाई पनि थप सघाउ पुर्‍याउनु पर्ने राय दिएका थिए । त्यस्तै (एसपिजे)का कार्यकारी निर्देशक जो स्किलले नेपाली पत्रकारहरुको हितमा क्रियासिल नेजालाई एसपिजेले सस्थागत अवद्धता गराउने बचन दिदै आगामी दिनमा नेपाली पत्रकारहरुको पेशागत विकासका लागी तालीमको दिने जानकारी दिएका थिए । कार्यक्रममा नेजाका अध्यक्ष आङछिरिङ शेर्पाले विश्व स्वतन्त्रता दिवसको अवसरमा सबै पत्रकारलाई शुभकामना दिदै पत्रकारहरुको पेशागत हकहितको लागी नेजा सधै लागी पर्ने बताएका थिए । नेपालमा कार्यरत पत्रकारहरुको हितमा नेजाले नेपाल पत्रकार महासंघले गदै आएको आन्दोलनलाई ऐक्यवद्धता जनाउदै आएको स्मरण गदै नेपाली पत्रकारहरुको हितमा गत वर्षदेखिन पत्रकार अक्षय कोष खडा गरेको अध्यक्ष शेर्पाले जानकारी दिएका थिए । उक्त अवसरमा साहित्यकार कविन्द्र सिटौला र पत्रकार भुपेन्द थापाले प्रेश स्वतन्त्र दिवसको बारेमा कविता वाचन गरेका थिए । नेजाको महासचिव किशोर पन्थीद्धारा सञ्चालित कार्यक्रममा सातौ साधारण सभाका संयोजक तथा नेजाको बरिष्ठ उपाध्याक्ष गौतम दाहालले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने युए नेपाल चेम्बरका उपाध्याक्ष् सानुवाबु सिलवाल र नेजाको क्षेत्रिय उपाध्याक्ष पुरुषोत्तम ढकालले मन्तव्य व्यक्त गरेका थिए । ७ वर्ष अघि अमेरिकामा स्थापित नेजालाई नेपाली दुताबासबाट अमेरिका र क्यानाडामा रहेको पत्रकारहरुको एक मात्र छाता सस्थाको रुपमा मान्यता प्रदान गर्नका साथै अन्तराष्ट्रिय पत्रकार महासंघ ( आइएफजे) र फि्रडम फोरमसग अवद्धता भएका छन । उदघाटन कार्यक्रमपछि बन्द सत्रमा महासचिवको कार्यनिति र प्रगति विवरणको साथै कोषाध्याक्ष गीता पन्थको आर्थिक प्रतिवेदन पास गरेका थिए । बन्द सत्रमा कार्यसमितिले तयार पारेको संसोधित विधानमाथि छलफल भएका थिए ।

alt

नेजाद्धारा आयोजित रक्तदान कार्यक्रममा रक्तदाता अर्जुन मैनालीद्धारा सर्वाधिक धेरै एक सय ९ पटक रक्तदान गरेका थिए । 

तस्विरहरु अशोक पन्त नेपाल फोटोन्युज डटकम

पछिल्लो परिमार्जन ( बुधबार, 08 मे 2013 19:32 )
 
बोष्टनमा नेपाली नया बर्ष कार्यक्रम “ बैसाखी साँझ” सम्पन्न ।
बिहिबार, 18 अप्रिल 2013 17:03    PDF Print E-mail

यम पौडेल, बोष्टन, अप्रिल १६,

अमेरिकाको बोष्टनमा नेपालीहरुको साझा सँस्था ग्रेटर बोष्टन नेपाली कम्युनिटी जिबिएनसी व्दारा आयोजित नेपाली नया बर्ष कार्यक्रम “बैसाखी साझ” हिजो क्याम्ब्रिज सिटी मा सम्पन्न भयो । निकै ऊत्साहका साथ तयारीमा जुटेका नेपालीहरु अपरान्ह बोष्टन म्याराथुनमा भएको डरलाग्दो बम बिष्फोटको घटनाले एकाएक चिन्तित हुन पुगे, कार्यक्रम गर्ने कि नगर्ने भन्ने चिन्ता नेपाली कम्युनिटीमा देखा परयो । बोष्टन घटनाले सबैलाई दुस्खी बनाएको अबस्थामा कार्यक्रम हल का फादरसगको कुराकानी, क्याम्ब्रिज पोलिस सगको सम्पर्क र अमेरिकाका स्टेट सिनेटर विल ब्राऊनस्बर्जर समेतको सल्लाहामा अध्यक्ष मिलन गुरुङले कार्यक्रम अगाडी बढाऊने निर्णय गरेका थिए, सबै तयारी पुरा भइसकेको अवस्थामा अन्ततोगत्वा यहीनै बुद्दीमानी ठहरियो । कार्यक्रम सँचालनको मेसेजले नेपाली हरु हल भरिने गरि सहभागी भए करिब ५०० को सँख्यामा नेपाली हरु कार्यक्रममा देखिए ।

जिबिएनसीका अध्यक्ष मिलन गुरुङको सभापतित्व रहेको बैसाखी साझमा बोष्टन बम बिष्पोटमा ज्यान गुमाऊने प्रति शुरुमै श्रद्दा सुमन अर्पण गर्दै १ मिनेट मौन धारण गरियो । साथै घाईते को शिघ्र स्वास्थलाभ को कामना गरिएको थियो । प्रमुख अतिथि विल ब्राऊनस्बर्जरले बोष्टनको घटना साह्रै दुस्खद भएता पनि थुप्रै बालबालिका जम्मा भइसकेको नेपाली कार्यक्रम सुचारु गर्न सल्लाह दिदै नेपालीको ऊन्नती र प्रगतिको कामना गरेका थिए । शुरुमा यम पौडेलको शुभकामना कविता बाट ध्यानाकर्षण र सँस्थाकी महासचिव देवी ओली तथा सचिव अर्जुन कुवर बाट थालनि गरिएको कार्यक्रममा बोष्टन लोक सुसेली समुहका कलाकार समेतबाट राष्ट्रीय गित प्रस्तुत गरिएको थियो । अध्यक्ष मिलन गुरुङ बाट स्वागत मन्तब्य ,बरिष्ठ ऊपाध्यक्ष राम थापा बाट भोट अफ थ्याङ्क्स र नेपालमा धेरै समय काम गरेका एडवार्ड ब्रान्सनको मन्तब्य मात्र कार्यक्रममा समाबेश रहेँ । यसपटक नेपाली गित सँगित र नृत्यलाई नै बढी समय दिइयो । श्री धन कुमार गुरुङको नेतृत्वमा तयार गरिएको नेपाली खानाका परिकारले ले सबैको मन जितेको थियो ।

नविन बस्नेत तथा एलिसा थापा बाट सँचालित कार्यक्रममा अतिथी कलाकार जगदिश समाल को बिशेष प्रस्तुती रहेको थियो भने अन्य गायक कलाकार हरुमा हरिमाया खतिवडा,प्रबिन परियार,बासु थापा, महेश्वर पन्त, प्रबिन थापा,निलम खतिवडा ले बिभिन्न रमाईला रमाइला नेपाली गित प्रस्तुत गरेका थिए। तवलावादक सागर खतिवडा को साथमा भुटानी कलाकार मणी लामीछानेको नेपाली गितले धेरैको मन छोयो ।

त्यसैगरी कुशल कोरियोग्राफर ऊत्सव गुरुङ तथा कलाकार देवी ओली व्दारा निर्देशित बिबिध रमाईला नृत्यसगै नेपालीहरु रमेका थिए । आ आफ्नो ऊत्कृष्ट नृत्यसगै कलाकारहरु बृति प्रजापति, कृपा पौडेल, शुभाश्री धिताल ,प्रनिता वन्त, शिवानी शेरचन, सरस्वति गुरुङ, पुष्पा गुरुङ, ओसिन घिमिरे, सिम्रन रेग्मी, इरिका पुन, दिपा थापा, निशा गुरुङ, भेनेसा राइ, अल्फा लामा, प्रमिता गुरुङ, सम्रिना लामिछाने, सँबृद्दि सुबेदी, समेत कहिले एकल,कहि युगल तथा कहि सामुहिक नृत्य लिएर स्टेजमा देखा परेँका थिए। प्रबिन अधिकारीको एकल रमाईलो डान्स र नृत्यँङगना ललिता शर्मा र सुष्मा अधिकारी का छुट्टाछुट्टै नृत्यले त्यतिकै रौनकता थपेको थियो । सँस्थाका पुर्ब अध्यक्ष ध्रुव घिमिरे ले साना भाईबैनि को सहयोगमा ले राफल चिट्ठा खोल्दा मदन मैनाली,समिप ढकाल र बिजेता श्रेष्ठ क्रमस प्रथम व्दितिय र तृतिय पुरस्कारको बिजेता बनेका थिए ।

कार्यक्रममा नेपाली भयर उदाहरणिय काम गर्ने बिभिन्न ब्यक्ती ब्यक्तित्वलाई सम्मान पत्र प्रदान गरियो । त्यसरी सम्मानित हुने हरुमा नेपाली बालबालिका लाई नेपाली भाषा पढाऊने बिमला थापा,बोष्टनमा नेपाली सँस्कृति र कर्मकाण्डलाई अगाडी बढाऊने पण्डित महेश सुबेदी, जिबिएनसी लाई लगातार मिटिङ हल समेतका कुरामा सहयोग पुराऊने मसाला रेष्टुरेण्ट, नेपालमा लामो समय पिस्कोर भोलन्टियर मा सेबा गरेका अमेरिकी एडवार्ड ब्रान्सन, बोष्टन म्याराथुनमा भाग लिई सकुशल म्याराथुन पार गर्ने स्वरुपा खडका, जिबिएनसीलाई सहयोग गर्ने नविना गुरुङ, शिव श्रेष्ठ तथा अन्जु श्रेष्ठ,आदी रहेका छन । कार्यक्रम लाई साथ दिने सबै कलाकारलाई सर्टिफिकेट अफ एप्रिसियशन दिइएको थियो भने सौजन्य सहयोग गर्ने हिमालयन बोष्ट्रो,जेन ट्राभल्स, न्युयोर्क लाईफ इन्सुरेन्स,रिटायर्डमेण्ट लाईफ इन्सुरेन्स लाई सौजन्य सम्मान प्रदान गरियो । नेपाल बाट ब्यानर ल्याऊनमा सहयोग गर्ने नव आगन्तुक कुमार कार्की लगाएत कार्यक्रमको लागी दिलो ज्यानले लागी परेका सँस्थाका वनोनरी मेम्बर धन कुमार गुरुङ,सल्लाहकार बिष्णु कार्की, पुर्व अध्यक्ष ऊत्सव गुरुङ सुर्य थापा, महासचिव देवी ओली, सदस्य मिलन थापा पौडेल, रँजन थापा, दिनेश पाण्डे,अखण्ड श्रेष्ठ,दिनेश पुडासैनी, चिरञ्जिवी आचार्य, डि जे हेम, जाल प्रसाद घिमिरे, समेत का महानुभाव हरु लाई समेत धन्यवाद तथा एप्रिसिएशन सर्टिफिकेट प्रदान गरियो ।

कार्यक्रमको अन्तिममा डिजे हेमको डिजेले सबैलाई नचाएको थियो ।बैसाखी साँझमा एन आर एन, आइ सि सि मेम्बर भुवानी गुरुङ, पशुपतिनाथ बुद्द फाऊण्डेशनका अध्यक्ष बिष्णुमणी आचार्य,एन डब्लुजिएन अमेरिका कि अध्यक्ष रुक्मणी कार्की, न्यु ह्याम्पसायर नेपाली कम्युनिटीका नवनिर्वाचित अध्यक्ष रविन थापा,भुटानी नेपाली कम्युनिटीका अध्यक्ष राकेश काफ्ले , ईम्पावर वोमेन अफ नेपाल कि सँस्थापक बिष्णुमाया परियार,युनाइटेड किरात राई एसोसिएसन का अध्यक्ष बिष्णु राई,लगायत अन्य बिभिन्न नेपाली सँघ सँस्थाको प्रतिनिधित्व रहेको थियो । अन्य राज्यबाट समेत ऊल्लेख्य नेपाली आएका थिए ।

कार्यक्रमको लागी सँस्थाका सल्लाहकारहरु बिष्णु देऊराली, सुन्दर गुरुङ, बिरोचन नेपाल, ऊपाध्यक्ष बिष्णुमणी आचार्य समेतका पदाधिकारीहरु कार्यक्रमको अन्तिम सम्म खटेका थिए । त्यस दिनको घटनाले गर्दा केही पदाधिकारी नदेखिएका भएपनी कार्यक्रम नसकुञ्जेल दौडधुप गरिरहने अन्य पदाधिकारीमा अच्युत अधिकारी, पुष्प श्रेष्ठ, सुनिल नेपाली, किरण खडका, नवराज कोइराला,शिव मिश्र,माधव दाहाल,आङ दावा शेर्पा,मिलन कार्की, शम्भु अधिकारी समेतको भुमिका सह्राहनिय थियो । पद भन्दा बाहिर रहेर पनि कार्यक्रमको लागी सहयोग पुराऊने सबै नेपाली दिदी बैनी तथा दाजुभाई प्रति सँस्थाले हार्दिक आभार ब्यक्त गरेको छ ।

यसरी सम्पन्न बैसाखी साँझले अमेरिकामा नेपाली पहिचान र एकतालाई एक कदम अगाडि बढाएको छ । नेपालीको ईज्वतसग जोडिएको यस नया बर्ष कार्यक्रमको हिसाब किताब भने यथाशिघ्र सार्वजनिक गरिने सँस्थाका कोषाध्यक्ष भक्त गुरुङ व्दारा जनाईएको छ ।
धन्यवाद
फोटो साभार स् साझा डट कम ् वाईएमकेनेपाल डट कम

 
पछिल्लो परिमार्जन ( आइतबार, 21 अप्रिल 2013 18:36 )
 
शेर्पा किदुगमा निर्वाचित पदाधिकारीलाई सपथ
सोमबार, 01 अप्रिल 2013 12:36    PDF Print E-mail

alt

ल्हाक्पा गेलु शेर्पा
न्युयोर्क- अमेरिकाको न्युयोर्कस्थित शेर्पा समुदायको साझा सस्था शेर्पा किदुग - युनाइटेड शेर्पा एसोसियसन ) मा हालै निर्वाचित कार्यसमितिका पदाधिकारीहरुलाई एक समारोहका वीच धार्मिक व्यक्तित्वहरुको उपस्थितीमा सपथ ग्रहण गरियो । दुई वर्षे कार्यकालको लागी निर्विरोध निर्वाचित कार्यसमितिका सदस्यहरुलाई किदुगका प्रमुख धार्मिक गुरु स्यारे टुल्कुद्धारा शेर्पा भाषामा पद तथा गोपनियताको सपथ गराएका थिए । कार्यक्रममा शेर्पा रिग्स्युङ लोप्टाका प्रमुख प्रशिक्षक तथा लोपेन गिर्र्मि छोटक, किदुगका पुर्व अध्यक्ष तथा सल्लाहकारहरु कर्मा ग्याल्जेन शेर्पा ,सोनाम ग्याल्जेन शेर्पा, शेर्पा सास्कृतिक केन्द्रका संयोजक छोङबा लामा, किदुगका पुर्व पदाधिकारीहरु, किदुगका संरक्षक सदस्यहरु तथा निर्वाचन समितिका सदस्यहरुमा पेम्बा ग्याल्जेन शेर्पा, कामी शेर्पा र काजी शेर्पाको उपस्थिति रहेका थिए । किदुगको आफनै भवनमा आयोजित कार्यक्रममा निवर्तमान अध्यक्ष छोङबा शेर्पाले सबैलाई स्वागत गदै आफुले ६ वर्ष किदुगमा सेवा गर्दाको रमाइलो अनुभव सुनाउनका साथै नया कार्यसमितिलाई बधाई तथा पुर्ण कार्यकालको शुभकामना दिएका थिए । त्यस्तै नव निर्वाचित अध्यक्ष् आङग्याल्जेन शेर्पाले किदुगलाई अघि बडाउने सवैलाई धन्यवाद दिदै आफनो काँधमा महत्वपुर्ण जिम्मेवारी आएका र त्यो जिम्मेवारी पुरा गर्न प्रतिबद्ध व्यक्त गरेका थिए । उनले भने ' किदुगको विधान र प्रचालित अमेरिकी कानुनको परिधिमा रही सस्था र शेर्पा समुदायको हितको लागी कर्तव्यनिष्ठ, इमान्दार र बफादार भई आफनो मन वचन र कर्मले निस्वार्थ सेवा गर्ने वचन दिएका थिए । उनले आफनो कार्यकालमा किदुगलाई हरेक तवरबाट व्यवस्थित गर्न आगामी योजनाहरुका बारेमा जानकारी दिएका थिए । अध्यक्ष शेर्पाले आगामी दिनमा किदुगले पुर्व कार्यक्रमहरुलाई निरन्तरता दिनका किदुगका सवै सदस्यहरुको लागी उपयोगि गोष्ठि तथा सभा सेमिनारहरु गर्ने, निशुल्क स्वास्थ्य परिक्षण एवं स्वास्थ्य सम्बन्धी कार्यक्रमहरु सञ्चालन गर्ने, रक्तादान कार्यक्रम गर्ने लगायतका विभिन्न सामाजिक तथा मानविय हितका कार्यहरु गर्ने योजना रहेको बताएका थिए । त्यस्तै अब शिक्षाको विकासका लागी अब किदुगले जिइडी कक्षाहरु सञ्चालन गर्नका साथै बालबालिकाका लागी आफटर स्कुल कक्षाहरुसंगै शेर्पा भाषा, नेपाली भाषा कक्षाहरुसंगै धार्मिक तथा सास्कृतिक कार्यक्रम समेत सञ्चालन गर्ने योजना बनाएको छ । शिक्षा क्षेत्रमा सहयोग गर्नकै लागी किदुगले नेपालमा ३० हजार डलरको शेर्पा किदुग छात्राबृति स्थापना गर्ने र कालान्तरमा न्युयोर्कदेखि केही टाढाको स्थानमा शेर्पाहरुको आफनै बस्ती बसाल्नमा पहल गर्ने भएको छ । निर्वाचन कमिटिका सदस्य पेम्बा ग्याल्जेन शेर्पाद्धारा सञ्चालन गरेको कार्यक्रमको प्रमुख अतिथि लामा टुल्कुले किदुगले शेर्पा समुदायको हरेक क्षेत्रमा सकारत्माक कार्य गदै आएको प्रसंसा गदै अब यस्तो राम्रो सोचको कार्यहरु सधै अघि बढन शुभकामना दिएका थिए । उहाले भने यस्तो सामाजिक कार्यले समाजमा उल्लेखनीय योगदान पुगेको बताएका थिए । कार्यक्रमको अन्तमा नया र पुरानो कार्यसमितिका पदाधिकारीहरुलाई उपस्थित सवैले खादाका साथ धन्यवाद तथा शुभकामना दिएका थिए । किदुगको नया कार्यसमितिको अध्यक्षमा आङ ग्याल्जेन शेर्पा ( सालाका) उपध्याक्षमा दावाजाङब शेर्पा ( युलकोङमा ) महासचिवमा सांगे शेर्पा ( गोपार्मा) कोषाध्याक्षमा वायोकान्छा शेर्पा ( च्यावा), सदस्यहरुमा ल्हातेन शेर्पा ( लामा) , तेन्डी शेर्पा ( पिनासा), छिरिङ शेर्पा ( टाक्तोक), पुफु शेर्पा ( पिनासा) दोर्जी शेर्पा ( टाक्तोक), आङ फुर्वा शेर्पा (खापा), दावा शेर्पा (लामा) , नुकुडोमा शेर्पा ( पिनासा) निर्वाचित भएका थिए ।

पछिल्लो परिमार्जन ( सोमबार, 01 अप्रिल 2013 12:40 )
 
नेपालको बालबालिकाको सहयोगार्थ न्युयोर्कमा ' भिसा गर्ल '
सोमबार, 18 मार्च 2013 20:33    PDF Print E-mail

alt

न्युयोर्क- नेपालको सडक बालबालिकाहरुको लागी निर्माण हुन लागेको आवास गृहको सहयोगार्थ इम्प्वार वानले न्युयोर्कमा नेपाली चलचित्र भिसा गर्ल प्रर्दशन गर्ने भएको छ । ' अफ दि स्ट्रीट अन लाइफ' नाम दिएको यो प्रोजेक्टको लागी इम्पावर वानले उक्त चलचित्र प्रर्दशनबाट संकलित रकम संकलनबाट एक दर्जन बढि बालबालिकाहरुको लागी सहयोग गर्ने लक्ष्य लिएको छ । ' असहाय बालबालिकाको सहयोगका लागी हामीले नया प्रोजेक्टको रुपमा चाडै आवास गृह बनाउन लागेका छौ' इम्पावरको सस्थापक नुर्बु शेर्पाले भने-' त्यही कार्यको लागी हामी लागीरहेका छौ ' । त्यसैका लागी उनीहरुले अमेरिकामा भिसा गर्ल चलचित्र प्रर्दशन गर्ने योजना बनाएको छन । नेपालको असहाय बालबालिकाको स्वास्थ्य, शिक्षा र बस्नका लागी आधार बनाएको इम्पावर वानले चाडै बौद्ध टुसालमा असहाय बालबालिकाको लागी भवन बनाउन लागेका छन । यस अघि यो सस्थाले नेपालमा असहाय बालबालिकाका लागी लत्ताकपडा वितरण गर्नका साथै बेला बेलामा स्वस्थ्य जाच समेत गरेका थिए । एक वर्ष अघि स्थापित इम्पावरले नया प्रोजेक्टको रुपमा आगामी मार्च महिनाको ३० र ३१ तारिख एनवाइयुको फिल्म सेन्टरमा यो चलचित्र देखाउने भएको छ । यो कार्यको न्युयोर्क युनिभर्सिटिले सहयोग गर्ने भएको छ । प्रति व्यक्ति १५ डलर राखेको टिकटमा सहाभागीहरुले चलचित्रसंगै चर्चित कलाकारहरु फिरोज स्याङद्न, गौरि मल्ल, मुकलराज राई र रिता चाम्लिङ राईको प्रस्तुती समेत हुने भएको छ । भिसा गल न्युयोर्क लगायत अन्य राज्यहरु पनि प्रर्दशन गर्ने भएको छ ।


alt

alt

पछिल्लो परिमार्जन ( सोमबार, 25 मार्च 2013 03:14 )
 
खोटांगका पूर्व सभापति राईलाइ न्युयोर्कमा सम्मान
आइतबार, 17 मार्च 2013 15:37    PDF Print E-mail

alt

अमेरिका भ्रमणमा रहेका खोटांग जिल्लाका पूर्व सभापति ८६ बर्षीय दिप बहादुर राईलाइ एक समारोह बीच न्युयोर्कमा स्वागत तथा सम्मान गरिएको छ । कार्यक्रमको आयोजना युनाइटेट किरात राई ओर्गनाइजेसन अफ अमेरिका न्युयोर्क शाखाले गरेको थियो । सम्मानित पूर्व सभापति राइले आफ्नो जीवन कालमा बिकाश निर्माण र शिक्षा क्षेत्रमा गरेका गतिविधिहरुका बारेमा प्रस्तुत गरेका थिए । सोहि अवसरमा बोल्दै राईले अमेरिकामा रहदै आएका सम्पूर्ण नेपालीलाइ अमेरिकामा लिएका शिक्षा र आर्जन गरेका धन सम्पति आफ्नो देशमा लगानी गर्नका लागि अनुरोध गरेका थिए । "बिदेशमा रहेका राई लगायत अन्य जातिको उपस्थिति बीच गरिएको यो सम्मान कार्यक्रमले मलाई अत्यन्त हर्सित बनाएको छ, यसको लागि सम्पूर्णलाई आर्शीवाद दिन चाहान्छु", राइले भने ।

alt

विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थितिमा सम्पन्न उक्त कार्यक्रममा उपस्थित प्रतिनिधिहरुले शुभकामना तथा स्वागत मन्तब्य राखेका थिए । मन्तब्य ब्यक्त गर्नेहरुमा नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाको कार्यबाहक अद्ध्क्ष बिनोद पोमो, सदस्य भोजराट थोकर, युनाइटेट किरात राई अर्गनाइजेसनका केन्द्रिय महासचिब प्रभाकार राई, तमु समाजका मेघराज गुरुङ,किरात याक्थुङ्ग चुम्लुन्ग्का अध्यक्ष देबेन्द्र सम्बाहाम्फे, उत्तर अमेरिका नेपाली पत्रकारहरुको संस्था नेजाको महासचिब किशोर पन्थी, आदिवाजी जनजाति महिला महासंघकी महासचिब इन्दिरा चोंग्बांग, लागयतका उपस्थितहरूले राइलाई स्वागत तथा भ्रमणको सफलताको लागि शुभकामना मन्तब्य राखेका थिए । उपस्थित सम्पूर्णलाई सस्थाका महासचिब बल बहादुर राइले स्वागत गरेका थिए भने सस्थाको सदस्य केशब राईले अथिति राइकोबारेमा प्रस्तुति दिएका थिए ।राइको साथमा निजको छोरा तथा नेपाल खाने पानी विभागका इन्जिनियर रबि राई पनि उपस्थित थिए ।

तस्विरहरु केसब राम राई

पछिल्लो परिमार्जन ( आइतबार, 17 मार्च 2013 16:14 )
 
न्युयोर्कमा १०२ औ अन्तरास्ट्रिय नारी दिवस सम्पन्न
बिहिबार, 14 मार्च 2013 18:30    PDF Print E-mail

alt

इन्दिरा चोङवाङ
"महिला सशक्तिकरण र आजका महिला" भन्ने नाराका साथ विभिन्न प्रस्तुति दिएर न्यु योर्कमा १०२ औ अन्तरास्ट्रिय नारी दिवस सम्पन्न भयो । उक्त कार्यक्रमको आयोजना नेपाल आदिवासी जनजाति महिला महासंघ अमेरिकाले गरेको हो । महिलामा भएको विभिन्न प्रतिभालाई कार्यक्रममा प्रस्तुत गरिएको थियो । महिला सशक्त हुनलाई प्रत्येक महिलामा हिम्मत र आत्मा विश्वासको आबस्यकता छ भन्ने पनि कार्यक्रमवाट प्रस्टिएको थियो । प्रतिभा प्रस्तुत गर्नेहरुमा संस्थाकी सदस्य बन्दना राईले "नारी दिवसको सुनाममा" कविता प्रस्तुत गरिन् ।त्यस्तै अर्की सदस्य धन थापाले दौंडा नृत्यवाट आफ्नो कला प्रस्तुत गरिन् भने संस्थाकी सदस्य तथा किरात याक्थुंग चुम्लुमकी महासचिब सुभद्रा लावतीले आजको नारी बिषयक गहकिलो मन्तब्य प्रस्तुत गरिन् । प्रस्तुतिकै क्रममा संस्थाकी महासचिब इन्दिरा चोङवाङले " नारी दिवस" सन्दर्भमा बक्तब्य दिंदै नारी दिवसको इतिहास, उपलब्धि र आगामी दिनको चुनौती सम्बन्धमा प्रस्ट पारिन् । नारी दिवस के हो, किन मनाइन्छ र यसबाट महिलाहरुले के कस्ता उपलब्धि पाएका छन् भन्ने बिसयमा स्पस्ट पारिएको थियो । सोहि प्रसंगलाई जोड्दै शुभकामना मन्तब्य दिने क्रममा एन. आर. एन. - एन. सी. सी. कि मिडिया कोर्डिनेटर बुनिता कतिलाले यस दिवसको सन्दर्भ बारेमा थप प्रस्ट पारेकी थिइन् ।औपचारिकरुपमा सुरु भएको उक्त कार्यक्रमको उद्घाटन जन्मभूमि नेपाललाई सम्झदै नेपाली राष्ट्रिय गीतबाट गरिएको थियो । संस्थाकी अध्यक्ष संगिनी राना मगरको सभापतित्वमा भएको कार्यक्रममा संस्थाकी उपाध्यक्ष पुस्पलता थाम्सुहान्गले आगन्तुक सबैलाई स्वागत गरेकी थिइन् । न्यु योर्कमा रहेका विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थितिमा सम्पन उक्त कार्यक्रममा प्रमुख अथितिको रुपमा समाज सेवी अग्रज महिला पम्फा राई रहेकी थिइन् भने अथितिहरुमा वेस्टर्न मिचिगन विश्वविधालयका प्राध्यापक डा. महेन्द्र लावोती, नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाका कार्यबाहक अध्यक्ष बिनोद पोमो, नेपाल आदिवासी जनजाती महासंघ हंगकंगका संस्थापक अद्धक्ष्य हुम बहादुर थापा मगर, समाजसेवी डा. तारा निरौला आदि रहेका थिए | शुभकामना मन्तब्य दिने क्रममा अतिथिहरुले महिला विभेदको जरो परिवार र समाज भित्र रहेकोले यसको अन्त्यको लागि सामाजिकरुपमा आमुल परिवर्तन हुनु पर्ने धारणा राखे | उनीहरुले नेपाली नीति-नियमले सधै अदृस्यरुपमा पुरुष बर्गलाई मात्र अघि बढाउने काम गरेकाले यस्ता संरचनाको अन्त्य हुनु पर्नेमा जोड दिए | सोहि प्रसंगमा महिला माथि भएको हिंग्सा र विभेदको अन्त्य गर्नको लागि सामाजिक रुपान्तरणको साथै सांस्कृतिक परिवर्तन हुनुपर्नेमा पनि उनीहरुले जोड दिए | कार्यक्रममा अध्यक्ष रानाले महिला सशक्त हुनको लागि आफ्नै प्रयास र पुरुषको सोच शक्तिमा परिवर्तन आउनुपर्ने कुरोमा जोड दिइन् | अन्तमा सभापतिको आसनबाट उपस्थिति सम्पूर्ण व्यक्तित्व तथा कार्यक्रम सफल पार्न सहयोग पुरयाउने व्यक्तित्वहरुलाई धन्यबाद दिंदै कार्यक्रमको बिसर्जन भएको थियो भने कार्यक्रमको संचालन संस्थाकी महासचिब इन्दिरा चोङवाङ र सदस्य इन्दु लामिछानेले गरेका थिए |

पछिल्लो परिमार्जन ( बिहिबार, 14 मार्च 2013 18:36 )
 
मन्त्री सगं ब्यबायीहरुको अन्तरक्रिया
बुधबार, 13 मार्च 2013 18:04    PDF Print E-mail

alt         

बिष्णुप्रसाद पौडेल

न्युयोर्क    

अमेरिका नेपाल ब्यवसायी सघंद्धरा यही मार्च १२ तारिकको दिन न्युयोर्कको रिजयुट मा  एक  अन्तरक्रियमा कार्यक्रम सम्पन्न भयो । सो अन्तरक्रिया कार्यक्रममा अमेरिकामा बिशेष कार्यकममा नेपाल देखी आएका समाजकल्याण मन्त्री बद्रिप्रसाद न्यौपाने ले अमेरिकामा रहेका नेपाली ब्यबसायीलाई  नेपालमा पनि आफनो सिप कौशललाई प्रयोग गर्नेका लागी अनुरोध गरेका थिए । मन्त्री न्यौपानेले नेपालमा लगानी भित्राउन समेत आग्राह  गरेको र त्यसको लागी अन्य सहयोगको लागी आफु हरदम साथमा रहेको पनि सो अवश्यरमा बताँएका थिए ।

altत्यसैगरी सयुक्तराष्ट्र सघंका लागी नेपालका कार्यवाहक राजदुत सेवा अधिकारी लम्सालले अमेरिकामा रहेका नेपालीहरुवाट आफुले सोचे भन्दा पनि बढि सहयोग पाएको र आगामी दिनमा पनि त्यो सहयोग निरन्तर पाँउने आशा राखेको   बताँएकी छन् । अमेरिकामा रहेका नेपाली ब्याबसायीहरुको प्रगतीको कामना समेत सो अवश्रमा कार्यवाहक राजदुत अधिकारीले गरेकी छन् ।

प्रधानमन्त्री कार्यलयका मुख्य सचिब राजमान सिंह मल्लले पनि अमेरिकामा रहेका नेपाली ब्यबसायीहरु सगंठित भएर यसरी लागेकोमा खुशी ब्यक्त गरेका थिए । अमेरिकाका लागी नेपालका अबैधानिक  राजदुत तथा सघंका सल्लाहाकार पे्रमराजा महतले  सघं एउटा बिशुद्ध रुपमा कहि कतै नलागेको एउटा अमेरिकामा ब्यबसाय गर्ने नेपालीहरुको साझा सस्था रहेका बताँएका छन् । यसले नेपालीहरुको आर्थोक बिकास गर्ने समेत टेवा दिने बताँएका छन् ।

समाज कल्याण मन्त्रालयका सचिब दिनेश अधिकारीले नेपाल अब सानो चौगेरोमा भित्र मात्र सिमित नरही  नेपाली मन बोकेर बिश्वका जुन कुनामा रहेका नेपालीहरुले   सिङ्गो देश बोकेर बसेको बताँएका छन् । त्यसै गरी अमेरिका नेपाल ब्यबसायी सघंका उपअध्यक्ष सानुवाबु सिलुवालले  नेपाली ब्यबसायीहरुले गरेका  लगानी, पुजी  तथा  सघंको बिभिन्न गतिबिधीहरुमा प्रकाश पारेका थिए । अमेरिका  नेपाल ब्यबसायी सघंका  केन्द्रिय सदस्य  बेद प्रसाद खरेलले स्वागत मन्तब्य सगै प्रकाश थापाले सञ्चालन गरेको सो कार्यक्रममा केदर श्रेष्ठले सहभागी अतिथीहरुलाई खादा लगाएर स्वागत गरेका थिए । ३१ स्टेटमा रहेका करिब ३०० जना ब्यबसायीहरुको एक्येबद्धता रहेको सो सस्धांलाई नेपाली दुतावासले पनि मान्यता प्रदान गरिसेको छ ।

altसो कार्यक्रमका सभापति एवं सघंका अध्यक्ष मोहन ज्ञवालीले सघंलाई अमेरिकाको बिभिन्न स्टेटमा पु–याएर सम्पुर्ण ब्यासायीलाई एउटै छाता भित्र राखेर नेपालमा गर्ने सक्ने लगानी गर्नेका लागी पनि पहल गरिने सो अव्शरमा बताँएका छन् । “ठुला ठुला कुराहरु भन्दा पनि हाम्रो क्षेमता अनुसार आगामी दिनमा हामीले नेपालमा अबश्य पनि लगानी गर्नेका लागी तयारी गरिरहेका छौ” सो अवश्रमा अध्यक्ष ज्ञवालीले बताँएका छन् ।alt

सो अन्तरक्रिया कार्यक्रममा  बक्तहरुले  ब्यबसायीहरु ब्यबसाय सगै सामाजिक कार्यमा समेत लगानी गर्ने आग्राह गर्नुका साथै अमेरिकामा बसेर नेपालको राजनिती गर्नुका अलबा अमेरिकी राजनितीमा लाग्नु पर्ने बताएको थिए । सो अवश्रमा नेपाल सरकारका सह सचिब उपेन्द्र प्रसाद अधिकारी, ब्यबसायी नबिन शेरचन,  कानुन ब्यबसायी तथा अमेरिका नेपाल ब्यबसायी सघंका सल्लाहाकार खगेन्द्र जिसी, कानुन ब्यबसायी बिनोद रोका , बुद्धिजीबी डा तारा निरौला, रिजयुट नेपाली सोसाइटीका उपा अध्यक्ष रबिकिरण कोइराला, एफएनसिसिआईका  केन्दिय सदस्य सुन्दर दाहाल लगायतका ब्यक्तिहरुले मन्तब्य राखेका थिए ।

पछिल्लो परिमार्जन ( बुधबार, 13 मार्च 2013 19:07 )
 
नेपाली विद्यार्थीलाई अमेरिकी अवार्ड
PDF Print E-mail

न्युयोर्क – अमेरिकामा अध्ययनरत नेपाली विद्यार्थी उद्धवकुमार शर्माले डाक्टर मार्टिन लुथर किङ जुनिअर लिडरसिप अवार्ड पाएका छन् ।

 


Page 1 of 7