|
न्युयोर्कमा खडका सहयोग साझ |
|
आइतबार, 12 अगस्त 2012 03:06 |
|
|
|
|
|

न्युयोर्क- सेवानै धर्म हो भन्ने भावना बोकेका न्युयोर्कबासीले अस्वस्थ राजु खडकाको उपाचार सहयोगका लागी करिब ९ हजार डलर संकलन गरेका छन । लामो समयदेखिन अस्वस्थ खडकाको सहयोगका लागी सुक्रबार स्थानीय सगरमाथा रेष्टुरेन्टमा सांगितिक कार्यक्रमको आयोजना गरिएको थियो । ' राजु खडका सहयोग साँझ' नामक उक्त कार्यक्रममा न्युयोर्कमा बसोबास गदै आएका विभिन्न समुदायका व्यक्तिहरुले सहयोग रकम दिएका थिए । गायक तिलक श्रेष्ठको विशेष संयोजन तथा राजेश गुरुङ र प्रज्वल राणाको सहयोगमा आयोजित उक्त कार्यक्रममा न्युयोर्कबासीहरुसंगै न्युयोर्क आइपुगेका उद्यमी तथा गीतकार बसन्त चौधरीले १ हजार डलर, ' हामी नेपाली ' आपतकालीन राहत कोषबाट ७ सय डलर, रत्न लक्ष्मी गुरुङबाट ६ सय १, रिज्युड नेपाली सोसाइटीबाट ५ सय १ र एएनएबाट ५ सय डलर गरि ८ हजार ४ सय ११ डलर संकलन गरेका छन । न्युयोर्कमा उपाचार गराईरहेका खडका क्यान्सर रोगले सताएका छन । गायक तिलक श्रेष्ठ र अभय ढुङगेलले एकै साथ राष्ट्रिय गीतबाट शुरुवात गरेको कार्यक्रममा गायक सपनाश्री, यम बराल, कन्हैयासिंह, पविता वागचन, सन्जोग लामा, विपन राई, दीपा थापा, नरेन्द प्यासी, वाकासा वान्तवा, राम श्रेष्ठ, गीता वुर्लाकोटीका साथै न्हुच्छेमान ढंगोल, सम्झना कार्की, यसोधा खालिङ, मिरा गुरुङ, गोपाल नेपाल, कृष्ण गौतम लगायत बसन्त डान्स सेन्टरका कलाकारहरुले आर्कषक नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रममा डाफे इन्टरटेनमेन्टका डिजे टासीले कार्यक्रममा निशुल्क डिजे गरिदिएका छन ।
|