दर्ता तथा प्रवेश
हिमालयन लायन्स क्वल बोस्टनद्वारा नेपालमा पुस्तकालय निर्माण
सोमबार, 20 फेव्रुवरी 2012 07:54    PDF Print E-mail

(कृष्णराज खनाल), बोस्टन, अमेरिका, फेब्रअरी १८ ।

अमेरिकाका नेपाली समुदायबीच छ्याप्छ्याप्ति उदाएका संघसँस्थाका दाँजोमा हिमालयन लायन्स क्लवले छोटो अवधिमा नै एक उदाहरणीय कार्य गरेको छ । गठन भएको दुई वर्ष पनि पुरा नहुदै बोस्टनस्थित नेपालीहरु सम्मिलित उक्त लायन्स क्लवले हालै मातृभूमि नेपालमा एक पुस्तकालय निर्माणका लागि पाँचहजार अमेरिकी डलर (चार लाख नेरु) प्रदान गरेको छ ।

 

मोरङको हरैंचास्थित आदिवासी खबास र मुसहरको वाहुल्य रहेको श्री जनता उच्च मा. वि.मा हाल सो पुस्तकालय निर्माण कार्य धमाधम भै रहेको कुरा क्लवले जनाएको छ । क्लवद्वारा सो लायन्स पुस्तकालयका लागि प्रदान गरिएको सहयोग रकम हालै एक कार्यक्रमबीच विद्यालय संचालक समितिलाई स्थानिय अभिभावकको रोहोबरमा हस्तान्तरण गरिएको कुरा क्लवका अध्यक्ष शिव प्रकाशले जानकारी दिनुभयो ।

 

 

करीव दशहजार अमेरिकी डलरको लागतमा तयार हुन लागेको उक्त पुस्तकालय आगामी दुई महिनाभित्र निर्माण सम्पन्न भइसक्ने कुरा विद्यालय संचालक समितिका अध्यक्ष अशोककुमार खवासले बताउनु भयो ।

 

क्लवले महिनाको एक डलर मातृभूमिका लागि कार्यक्रमबाट संकलित रकम, 'व्याक टु स्कुल' कार्यक्रम अन्तर्गत साना ग्रोसरी स्टोरमा राखिएका टोक्रीबाट संकलित रकम र यसवर्षको तिहारमा खेलिएको देउसी भैलोबाट संकलित रकम उक्त पुस्तकालय निर्माणका लागि प्रदान गरेको हो ।

पछिल्लो परिमार्जन ( सोमबार, 20 फेव्रुवरी 2012 12:55 )
 

कमेन्ट राख्नुहोस्