| बाल्टिमोरमा पहिलोपटक रक्तदान | ||||
|
|
बाल्टिमोर,अमेरिका— नयाँ वर्षको अवसर पारेर नेपाली जनसम्पर्क समिति मेरिल्याण्ड च्याप्टरले यहाँ रक्तदान कार्यक्रम सम्पन्न गरेको छ | आइतवार टिमोनियमस्थित स्थानीय रेडक्रस केन्द्रमा आयोजित रक्तदान कर्यक्रममा विभिन्न १९ जनाले रक्तदान गरेका थिए | बाल्टिमोरमा नेपाली समुदायको तर्फबाट रक्तदान आयोजना गरिएको यो नै पहिलोपटक हो | कार्यक्रमको बारेमा जानकारी पाएर आयोजक र रक्तदाताहरुलाई प्रोत्साहन प्रदान गर्नका लागि न्यूयोर्कमा रहेका ब्लड डोनर्स अफ अमेरिकाका अध्यक्ष अर्जुन मैनाली र स्थानीय नेपाली सामुदायिक संस्था बाल्टिमोर एशोसियसन अफ नेप्लिज इन अमेरिका बानाका अध्यक्ष विजय श्रेष्ठ पनि कार्यक्रममा उपस्थित हुनुभएको थियो | कार्यक्रम जनसम्पर्क समिति मेरिल्याण्ड च्याप्टरका सभापति सुभाष घिमिरेको संयोजनमा भएको थियो | रक्तदान गर्न नमिलेता पनि कार्यक्रममा स्थानीय अन्य कांग्रेस शुभेच्छुकहरुको पनि उपस्थिति रहेको थियो | क कसले गरे रक्तदान ? कार्यक्रममा सुभाष घिमिरे,गौतम दाहाल,अनुप खनाल,रेखा दाहाल घिमिरे,संजीव खड्का,अमृता पाण्डे,दिलकुमार श्रेष्ठ,सुवीर प्रधान,कृष्ण बराल,आनन्दकृष्ण घिमिरे,शोभा घिमिरे,कुलमणी आचार्य,श्यामकृष्ण घिमिरे,प्रवीण खड्का,किरण पन्थ,राजन त्रिपाठी,सतिश चापागाईं,सगर घिमिरे र कूलप्रसाद गुरुङले रक्तदान गर्नु भएको थियो | यसैबीच समितिका सभापति सुभाष घिमिरेले सम्पूर्ण रक्तदाता,उपस्थित अन्य महानुभावहरु र रेडक्रस केन्द्रका सबैलाई कार्यक्रम सफल बनाई दिनु भएको भन्दै च्याप्टर कार्यसमितिको तर्फबाट धन्यवाद ज्ञापन गरेका छन् | |
| पछिल्लो परिमार्जन ( सोमबार, 16 अप्रिल 2012 11:25 ) |





