| विभिन्न नेपाली समुदायद्धारा स्वस्थ्य शिविर र रक्तादान | ||||
|
|
एभरेस्ट सम्वाददाता न्युयोर्क- रक्तदान जीवन दान भन्ने पवित्र उद्धेस्य बोकेका विभिन्न १० नेपाली सस्थाले आइतबार न्युयोर्कमा रक्तादान तथा निशुल्क स्वस्थ्य शिविर आयोजना गरियो । स्थानीय चेन फेडेरेसनको हलमा आयोजित कार्यक्रममा विभिन्न नेपाली समुदायको उत्साहजनक सहाभागीता रहेको थियो । 'मदर्स डे' को अवसरमा आयोजित उक्त कार्यक्रम सिन्धु युएसए वेलफेर सोसाइटी, थकाली सेवा समिति, एनआरएन युएसए, मुस्ताङ किदुग, किरात राई सोसाइटी अफ अमेरिका, अन्तर्राष्ट्रिय साहित्य समाज, ग्यालसुम्दो सेवा संस्था, एसोसिएसन अफ नेपाली तराई इन अमेरिका, एसोसिएसन अफ नेपलिज फिजिसिएन इन अमेरिका र अमेरिका नेपाल फ्रेण्डसीप सोसाइटीको विशेष पहलमा भएको थियो । कार्यक्रममा १ सय भन्दा बढिले रक्ताचाप, कोलस्ट्रोल र सुगर जस्ता अन्य रोगहरुको निशुल्क परिक्षण गर्नका साथै चिकित्सकहरुबाट परामर्स समेत लिएका थिए । स्वस्थ्य परिक्षण पछि ७२ जनाले रक्तदान गरेका थिए । उक्त अवसरमा व्लड डोनर्स अफ अमेरिकाका अध्यक्ष अर्जुन मैनालीले यो पटक समेत गरि १ सय ४ पटक रक्तादान गरिसकेका छन । रक्तादान गर्नेहरुलाई संयुक्त राष्ट्रसंघका लागी नेपालका स्थायी नियोगका उपप्रमुख सेवा लम्साल अधिकारी र अमेरिकन रेडक्रसका लेखा प्रबन्धक थोमस केनले प्रमाणपत्र प्रदान गरेका थिए । अमेरिकन रेडक्रसका लेखा प्रबन्धक केनले ७२ जनाले प्रदान गरेको रगतबाट २१५ जनाको अमूल्य जीवन बचाउन सक्ने भन्दै नेपाली समुदायले रक्तदानको क्षेत्रमा देखाएको यो सद्भाव र सहयोग महत्वपूर्ण रहेको बताए । रक्तदान तथा निःशुल्क स्वास्थ्य शिविरमा चिकित्सकहरु डा. भूपेन्द्र वाग्ले, डा. रेखा हमाल, डा. उमेश पौडेल र डा.विनोद शाह आदि स्वास्थ्यकर्मीहरुले निःशुल्क स्वस्थ्य जाच गर्नमा योगदान पुर्याएका थिए । कार्यक्रम आयोजक सस्थाका तर्फबाट अर्जुन मैनाली, वंशलाल तामाङ, परिता राजभण्डारी, सतेन्द्र शाह, दावाग्याल्पो पुनेल, पूनम काफले , मणि वाङदेल, छेपक दोर्जी र ओमकार गौचन विशेष रुपमा खटेका थिए । त्यस्तै स्थानीय विलियम कुलिन ब्रान्ड हाई स्कुलका नेपाली क्लबका अध्यक्ष शिशिर थोकरको नेतृत्वमा आएका विद्यार्थीहरुले स्वयमसेवकको भुमीका निभाएका थिए ।
तस्विर अशोक पन्त नेपाल फोटोन्युज डटकम |
| पछिल्लो परिमार्जन ( शनिबार, 26 मे 2012 18:44 ) |





