दर्ता तथा प्रवेश
चित्रकारको तस्विर प्रर्दशनी
सोमबार, 04 जुन 2012 18:13    PDF Print E-mail

 

alt

वासिङटनडिसि- किरणमान चित्रकारले आफु र आफना पुर्खाहरुले खिचिएको तीन पुस्ते ऐतिहासिक तस्विर प्रर्दशन गरियो । वासिङटनडिसिस्थित आर्लिङ पुस्तकलयमा आयोजित कार्यक्रममा डिसि आसपासमा बसोबास गदै आइरहेका विभिन्न सस्थाको प्रतिनिधिको उपस्थिति रहेको थियो । युरोपको विभिन्न दर्जनौ मुलुकको भ्रमण क्रममा प्रर्दशनी गरिसकेका चित्रकारले अमेरिकामा पहिलो पटक प्रर्दशनी गरेका हुन । उनका प्रर्दशनी अमेरिकाका लागी नेपालका राजदुत डा शंकर शर्माको प्रमुख आतित्थ्यमा भएको थियो ।

कार्यक्रममा उनकी छोरि क्रिष्टिना चित्रकारले सवैलाई स्वागत गदै आफनो बुबा किरणमानको जिजु बुबा दिर्घमान चित्रकार तत्कालिन राणा प्रधानमन्त्रि चन्द्र शमसेर र जंगबहादुर राणाको साथमा इस्वी सन १९०८ मा फोटोग्राफरको रुपमा वेलयत भ्रमण गर्ने पहिलो फोटोग्राफर भएको जानकारी दिएकी थिइन । त्यस्तै किरणमान चित्रकारले कार्यक्रममा विशेष सहयोग पुर्‍याउने राजदुत डा शर्मा र नेपालका लागी पुर्व अमेरिकी राजदुत माइकल म्यालीनोस्कीप्रति कृतज्ञात ज्ञापन गरेका थिए ।

 

उक्त अवसरमा किरणले आफनो पिता गणेशमान चित्रकारले सन १९५५ मा पहिलो पटक काठमाडौ उपत्यकाको तस्विर हवाईजहाजबाट पहिलो पटक खिचेको जानकारी दिएका थिए । कार्यक्रममा पुर्व राजदुत म्यानोस्किीले तस्विर प्रर्दशनीको प्रसंसा गरेका थिए । त्यस्तै राजदुत शर्माले किरणमानले पुर्खाले गरेको कार्यलाई निरन्तरता दिएकोमा गर्व अनुभत भएको बताएका थिए । एएनएका महासचिव विजय थापाद्धारा सञ्चालित कार्यक्रममा नेपाल अमेरिका पत्रकार संघका निवर्तमान अध्यक्ष् कृष्ण शर्मा, अन्तराष्ट्रिय साहित्य समाजका डिसि शाखाका अध्यक्ष् प्रकाश नेपाल, अमेरिका नेपाल सोसाइटीका निर्वतमान अध्यक्ष खेम भट्टाचन, नेपाली दुताबासका नियोग प्रमुख अर्जुनकान्त मैनाली, नेतृ मृदुला कोइराला, शिक्ष्ण अस्पताल महाराजगञ्जका बरिष्ठ शाल्य चिकित्सक महेस खकुरेल, नेपाल दुताबासका प्रथम सचिव आनन्दा प्रसाद शर्मा आदी अतिथिहरुको उपस्थिति रहेको थियो ।

पछिल्लो परिमार्जन ( सोमबार, 04 जुन 2012 18:24 )
 

कमेन्ट राख्नुहोस्