दर्ता तथा प्रवेश
लस्एन्जेलसमा नेपाल चिनिने बिल बोर्ड राखियो ।
शुक्रबार, 15 जुन 2012 18:15    PDF Print E-mail

alt

 

सुदिप पन्त- क्यालिफोर्निया राज्यको लस्एन्जेलस शहरमा नेपाल र बुद्ध नेपालमा नै जन्मेका हुन भनेर चिनाउने एक भब्य र आकर्शक बिल बोर्ड राखिएको छ । हलिवूड नगरि लस्एन्जेलसको अती ब्यस्त फ्री वे १०५ मा चल्ने सवारिसाधन बाट सजिलै हेर्न सकिने, पढ्न सकिने सो बिल बोर्ड नेपाल प्रयटन बोर्ड र यहाँ स्थित नेपाली राजदुतावासको संयुक्त आयोजनामा लुम्बिनी भ्रमण बर्ष २०१२ सफल पार्न राखिएको राजदुत डा. शंकर प्रसाद शर्माले जानकारी दिनु भयो । स्थानिय उधमी बासुदेव घिमिरेको सँयोजकत्वमा नेपाली परम्परा अनुसार पूजा पाठ गर्दै बिल बोर्ड राख्एको हो। कार्यक्रममा प्रमुख अथिति बेद भक्त जोशिले नेपाल र बुद्ध चिनाउन गरिएको यो प्रयासले आफु धेरै खुशी भएको बताउनु भयो। श्री पशुपतिनाथ फाउन्डेशनका अध्यक्ष भक्त थापाले धेरै बिदेशिहरुले नेपाल नै नचिनेको अवस्थामा यती सम्मको जानकारी उनिहरुले पाये पनि यस्ले प्रयटन बृदिमा योग्दान दिने धारणा ब्यक्त गर्नु भयो । त्यसैगरी नेपाल अमेरिका एकता समाजकी अध्यक्ष उमा थापाले यो बिल बोर्डले नेपाल सम्बन्धी जानकारी दिने भएकोले विश्वको धेरै ठाउँबाट यहाँ आउने प्रयटकहरुलाई नेपाल बारे थाहा हुने बताउनु भयो । त्यस्तै समाजको सस्थापक अध्यक्ष शन्तिराम ढकालले नेपाली राजदुतावासले लुम्बिनी भ्रमण् सफल पार्न यहाँका संचार माध्यमलाई प्रयोग गर्दा धेरै सहयोग मिल्ने धारणा राख्नु भयो। त्यस्तै समाजसेवी एब एकता समाजको महसचिब मुकुन्द ढुंगानाले राजदुतावासको यो कार्यको प्रसन्सा गर्दै एस्तो कार्यको निरन्तरताको खाचो रहेको बताउनु भयो । त्यस्तै संयोजक बासु देव घिमिरेले २०१० मा निजी श्रोतबाट यस्तै बिल बोर्ड राखेको अहिले फेरी यस्तै कार्य सम्पन्न गर्न राजदुतावासले जिम्मेवारि दिएकोमा आफुलाई अझ बडी उर्जा मिलेको बताउनु भयो। करीब ५ महिना सोही स्थानमा रहने सो बिल बोर्डले नेपालमा कती जना प्रयटक भित्राउन सक्छ त्यो त आगामी दिनले नै बताउने छ । जे होस् नेपाल चिनाउने काम भएको छ यो नै ठुलो कुरा हो भन्ने यहाँ स्थित  धेरै नेपालीहरुको धारणा रहेको छ।

पछिल्लो परिमार्जन ( शुक्रबार, 15 जुन 2012 18:32 )
 

Comments  

 
0 # Rajesh Shrestha 2012-06-16 02:10
It would have been better if this news has mentioned the poster deigner's name (famous Nepalese singer Sanjeep Pradhan)too.
Reply | Reply with quote | Quote
 
 
0 # Rajesh Shrestha 2012-06-16 02:16
It would have been a lot better if this news has mentioned the poster designer's name (famous Nepalese singer Sanjeep Pradhan)too.
Reply | Reply with quote | Quote
 
 
0 # Ramesh Sharma 2012-06-16 04:11
nice
Reply | Reply with quote | Quote
 

कमेन्ट राख्नुहोस्