दर्ता तथा प्रवेश
अमेरिका गतिविधि
सिएनएन हिरो बस्नेत सम्मानीत
बिहिबार, 06 डिसेम्वर 2012 21:05    PDF Print E-mail

alt

सुदिप पन्त
लस एन्जलस - अमेरिकाको क्यालिफोर्निया राज्यको लस एन्जलसस्थित नेपाल अमेरिका एकता समाजले सिएनएन हिरो उपाधी पाउन सफल नेपाली चेली पुष्पा बस्नेतलाई विशेष सम्मान गरियो । कार्यक्रममा सिएनएन हिरो बस्नेतले कुनै पनि समाज परिर्वतनमा युवाहरुले योगदान पुर्‍याउनु पर्ने धारण राखेकी थिइन । ' समाजलाई उन्नत बनाउनका लागी समाजभित्रको विकृति विसंगति हटाउन युवा शक्तिको धेरै खाचो रहेको छ' बस्नेतले भनिन । उनले आफु सिएनएन हिरो जस्तो उपाधी जित्नमा नेपालीहरुको सहयोगलेनै जितेको बताएका थिए । ' म सिएनएन हिरो हुनको मुख्य श्रेय सम्पुर्ण नेपालीलाई जान्छ' उनले भने । भविष्यमा पनि आफु जस्तै अरु नेपालीलाई पनि सिएनएन हिरो बनाएर देशको नाम विश्वमा चिनाउनमा सहयोग गर्न आग्रह गरेका थिए । यो पुरस्कारबाट आफुमा थप आत्माविश्वास र हौसल्ला मिलेको बस्नेतले बताए । उक्त अवसरमा उनलाई स्थानीय लसएन्जलसको मेयर टोनि लिम्वाले पनि सिटि र स्थानीय जनताको तर्फबाट सम्मान पत्र दिएका थिए ।

alt

नेपाल अमेरिका समाजका अध्यक्ष उमा थापाको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा भर्खरै मात्र नेपाल सरकारको तर्फबाट क्यालिफोर्निया राज्यको लागी अवैतानिक वाणिज्यदुत नियुक्त ऋषि ढकाललाई बधाई र शुभकामना दिएका थिए । स्थानीय सवै नेपाली समुदायको संघसस्थाहरुको उपस्थिति रहेको उक्त कार्यक्रम समाजको महासचिव विमल गुरागाईले सञ्चालन गरेका थिए ।

 
सोसाइटीद्धारा स्याण्डी पिडितलाई नगद सहयोग
बुधबार, 21 नोभेम्वर 2012 04:16    PDF Print E-mail

alt


न्युयोर्क — तामाङ सोसाईटी अफ अमेरिकाले स्यान्डी हुरिकेन पिडितको सहयोगार्थ सँकलित रकम मगलबार अमेरिकन रेडक्रसलाई हस्तान्तरण गरेको छ । सोसाईटीको अध्यक्ष साँगे रुम्बाको नेतृत्वमा गएको टोलीले दुई हजार सात सय एकाउन्न डलर अमेरिकन रेडक्रसका सिनियर डाईरेक्टर अफ डेभलपमेन्ट माईकल वाज्सिकलाई हस्तान्तरण गरेको छ । टोलीमा उपाध्यक्ष फुर्बा घिसिङ, कोषाध्यक्ष ङिमा पाख्रीन, कार्यसमिती सदस्य सपना वाईबा एवं साधारण सदस्यहरु मीरा लामा, निमा लामा, माया लामा, लक्ष्मी तामाङ र तारा तामाङ सम्मिलित थिए । उक्त रकम मीरा लामाको नेतृत्वमा माया लामा, निमा लामा, सपना वाईबा, लक्ष्मी तामाङ र राधिका तामाङको सक्रियतामा संकलन गरिएको थिए । दैबी प्रकोप जसलाई जहाँ जतिखेर पनि पर्न सक्छ भनेर यसपालीको स्यान्डी पिडितहरुलाई सकेको सहयोग जुटाउन भुमिका खेलेको मीरा लामाले वाज्सिकसँगको भेटमा बताईन् । अध्यक्ष साँगे लामाले सहयोग रकम संकलनमा सक्रिय भुमिका निर्वाह गरेका र सहयोगी सबैलाई धन्यबाद दिए । माईकल वाज्सिकले हालैको स्यान्डीले लगभग १० हजार जनाको बासस्थानलाई प्रभाव पारेको अवस्थामा तामाङ सोसाईटी अफ अमेरिकाले रेडक्रसको आपतकालिन मानबीय सहयोगी कार्यमा पुराएको सहयोगको प्रशंसा गरे । भविष्यमा दुई सँस्थाहरु बिचमा गर्न सकिने साझेदारी कार्यका लागि रेडक्रसको तर्फबाट आफु सधै तत्पर रहेको बताए । सन् २००२ न्युयोर्कमा दर्ता भएको तामाङ सोसाईटीले तामाङ समुदायको सामाजिक, सास्कृतिक एवं शैक्षिक बिकासको साथै अन्य समुदायसँग मानबीय र भाईचारा सम्बन्ध स्थापित गर्ने कार्यमा जोड दिंदै आएको छ ।

पछिल्लो परिमार्जन ( बुधबार, 21 नोभेम्वर 2012 04:53 )
 
सञ्चारकर्मिहरु वीच नेजाको चियापान
सोमबार, 19 नोभेम्वर 2012 18:02    PDF Print E-mail

alt

न्युयोर्क- दिपावालीको अवसरमा नेपाल अमेरिका पत्रकार संघ नेजाले पत्रकारिता क्षेत्रमा अवद्ध न्युयोर्कबासी पत्रकारहरु माझ आइतबार न्युयोर्कको ज्याक्सनहाइटमा चियापान कार्यक्रमको आयोजना गरियो । नेपाल पत्रकार महासंघका पुर्व क्षेत्रिय उपाध्याक्ष तथा महासंघ कास्की जिल्लाका सभापति बद्री विनोद प्रतिकको विशेष आतिथ्यमा उक्त कार्यक्रमको भएको हो । उक्त अवसरमा महासंघ कास्कीका सभापति प्रतिकले प्रवासमा आएर पनि नेपाली पत्रकारहरुले पत्रकारितालाई व्यवसायिकताको साथ आगाल्न थालेकोमा हर्ष ब्यक्त गरिएकेा थियो । ' अमेरिका आएको वितिकै नेपाली पत्रिकाहरु पढन पाउदा म आफुलाई नेपालमै छु जस्तो लाग्यो ' उनले भने-' प्रवासमा पनि यतिको स्तर मिडिया हुनु भनेको हामी नेपालीको लागी गौरवको कुरा हो' । नेजाले अहिलेसम्म गरेको कार्य प्रसंसानिया भएकाले अझै पनि नेपालको पत्रकारिता क्षेत्रमा पनि सघाउ पुर्‍याउन प्रतिकले आग्रह गरेकेा थियो । त्यस्तै प्राध्यापक डा तारा निरौलाले न्युयोर्कबाट सञ्चालित नेपाली मिडियाहरुले नेपाली समुदायको हितमा प्रत्यक्ष् सघाउ पुर्‍याइरहेको उल्लेख गदै विगतको तुलनामा मिडियाको गुणस्तर पनि वृद्धि भएको बताए । कार्यक्रममा नेपाल अमेरिका पत्रकार संघका अध्यक्ष आङछिरिङ शेर्पाले सधैभरि कार्यक्रममा समाचार संकलनको क्रममा मात्रै व्यस्त हुने पत्रकारहरु वीच शुभकामना आदानप्रदानका लागी नेजा चियापान कार्यक्रम गरेकेा बताएका थिए । नेपाली पत्रकारहरुको हितमा नेजाले पत्रकार अक्षयकोष स्थापना गर्ने केही महिना अघि न्युयोर्कमा आयोजित नेजा नाइटबाट ३५ सय डलर संकलन भएको जानकारी दिदै अक्षयकोषको लागी सबैमा अध्यक्ष शेर्पाले अनुरोध गरेका थिए ।

alt

स्थानीय थकाली किचन रेष्टुरेन्टमा आयोजना भएको कार्यक्रममा एभरेष्ट टाइम्सका सम्पादक विष्णु पौडेल, वाइट हिमाल पत्रिका प्रधान सम्पादक तथा नेजाका महासचिव किशोर पन्थी, वाइट हिमाल टेलिभिजनका प्रबन्धक निर्देशक तथा नेजा मिडिया कोर्र्डिनेटर सुर्य थापा, युएस नेपाल अनलाइनका प्रधान सम्पादक प्रदीप थापा मगर, प्रेस चौतारी डटकमका प्रधान सम्पादक प्रशान्न यालुङ राई, नेपाल फोटो न्युज डटकमका सञ्चालक तथा फोटो ग्राफर अशोक पन्त, वाइट हिमाल टिभिका क्यामेरामेन श्याम श्रेष्ठ, नेजाका सदस्य इण्दिरा चोङबाङ, नेजाका पुर्व सचिव चन्द खतिवडा, नेजाका पुर्व सदस्य अमित शाह, तथा सञ्चारकर्मिहरु शैलेश श्रेष्ठ र विश्व शाहको उपस्थिति रहेको थियो ।

पछिल्लो परिमार्जन ( शुक्रबार, 23 नोभेम्वर 2012 19:05 )
 
सप्तरङ्गि टिका सगै सम्पन्न तिहार
शुक्रबार, 16 नोभेम्वर 2012 18:28    PDF Print E-mail

alt


बिष्णुप्रसाद पौडेल
न्युयोर्क
 भाइ टिकाको दिन सुबिनालाई नेपालमा भएका दाजु र भाइलाई फोन मार्फत नै थित मरुन्जेल  कुराकानी गर्दै मनको बह पोखीन यसपालीको भाइटिकाको दिन ।
बिशेषगरी दिदीबहिनी र दाजुभाईको सम्बन्ध रहने भाइृटिकामा सुबिना जस्तै बिदेशिएका दिदी बहिनी हुन या दाजुभाईको पीडा पनि बेग्लै छ ।


सप्तरङ्गि टिका अनी मखमलीको माला ले उनीएर मिठामिठा परिकारहरु खादै साथीभाई सगं रमाइलो सगं जुवा खेलेको याद भने झल्झल्ती सम्झन्छन् उमेश  । तर उनीलाई बिगत तिन बर्ष देखी अमेरिकामा रहेकाले ति चिजहरुको याद प्रत्येक दिपावलीमा आउने गर्छ ।

alt
दिपावली शुरुवात सगै गाँउघरमा देउसी भैलो खेल्दै रमाएर गाँउ गाँउ चाहार्न  ति दिनको कल्पनाले कत्ती मनोरञ्जन दिने गथ्र्यो । आहा ति दिनको कल्पनाहरु सम्झदा एक किसिमको खशी आनान्द आउने प्रबिन अधिकारी बताँउछन् ।
“हामी तिन दिदी बहिनी र एक भाई छौ तर हामी दिदीबहिनीहरु सबै बाहिर देशमा छौ तर भाई भने नेपालमा  नै छ यती बेला त्यो भाईको मन कति कुडिएको होल म कल्पन्ना समेत गर्ने सक्तिन ”भन्छिन मेनुका खनाल

alt
खनालका अनुसार नै भाईटिकाको दिन हामी तिन दिदीबहिनीहरु बिभिन्न उपहार भाईलाई दिने गथ्र्यो अनी भाईले पनि गछेअनुसार दक्षिणा दिने गथ्र्यो  ।
त्यसैगरी प्रभात सापकोटा पनि छ बर्ष पछि आफ्नो दिदीको हातवाट टिका लगाउनका लागी दुई घण्टा भन्दा बढिको समय लगाएर अपस्टेट न्युयोर्क गएका थिए ।
उनी भने छ बर्षको पछिको टिका लगाँउदा धेरै  आनन्द र रमाइलोको अनुभुती भएको महशुश गर्छन । आफ्नो परम्परालाई जहाँ जसरी मनाए पनि कहिल्य पनि त्यो सस्कारलाई हामीले छोडन नहुने उनी बताँछन् ।

alt
“यसरी आफनो दिदीको हातवाट सात समुन्दपारी यसरी लामो समयपछि  टिका लगाउन पाँउदा आफु ज्यादै भाग्यमानी ठानेको छु ”सापकोटा बताँउछन् । उनी सगै उनका प्रबिन भाई पनि दिदीको टिका थाप्नका लागी नै आएका थिए । बुवा आमा दिदी भिनाजु तथा भाई एकै ठाँउमा नेपाली परम्परा अनुसार टिका लगाउदा नेपालको याद पनि मेटिएको उनी बताँउछन् ।
भर्जिनिया देखी न्युयोर्कमा आएर बिजय सुबेदीले बहिनी सबिता आर्चायसगं टिका लगाए । यसरी न्युयोर्कमा आफनै दाईलाई सप्तरङ्गि टिका र माला लागाई दिदा खुशीले गदगद थिइन सबिता आर्चाय ।

alt
यसरी आफन्त हुनेहरुले आफन्तसगं लागए पनि नहुनेहरुले पनि दिदीबहिनी बनाएर लगाए भने कोहीले नेपालमा फोर्न मार्फत नै दिदीबहिनीसगं कुुराकानी गरेर मनाएका छन् ।

alt

 
लिम्बु जातीले मनाए वालिहाङ
बुधबार, 14 नोभेम्वर 2012 19:09    PDF Print E-mail

alt

न्युयोर्क- नेपालको पुर्वी क्षेत्रमा बसोबास गदै आइरहेको किराती लिम्बु जातीले हरेक वर्ष जस्तै यस वर्ष पनि न्युयोर्कमा तिहारको अवसर पारेर ' वालिहाङ ताङनाम' पर्व विभिन्न कार्यक्रमको वीच मनायो । परम्परागत लिम्बु भेषभुषाका साथ लिम्बु भाषाको गीत र नृत्यको साथ आयोजित कार्यक्रमले लिम्बु मौलिक सस्कृतिको चिनारी दिएको थियो । न्युयोर्कको क्विन्स प्यालेसमा आयोजित कार्यक्रम लिम्बु जातीको लोकपि्रय मौलिक नृत्य चेब्रुङबाट शूरु गरेका थिए । किरात याक्थुङ चुम्लुङ अमेरिकाले आयोजना गरेको उक्त कार्यक्रममा विभिन्न कलाकारहरुले गीत तथा नृत्य प्रस्तुत गरेका थिए । उक्त अवसरमा न्युयोर्कका विभिन्न सस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

alt

सस्थाको महासचिव दिपेश लिम्बुद्धारा सञ्चालित कार्यक्रममा दिपावालीका साथ महिला र पुरुषले बेग्ला बेग्लै रुपमा लिम्बु भाषामा देउसीभैलो खेलेका थिए । कार्यक्रममा राम लिम्बु, हेलेन लिम्बु, यसोधा खालिङ, रिहा, दिपेश लिम्बु, सुमन बुढामगर, मिना लिम्बु, देश लिम्बु र रामचोङबाङ लिम्बुको प्रस्तुती रहेका थिए । कार्यक्रममा सस्थाका उपाध्याक्ष्ा इण्दिरा चेम्जोङले सवैलाई स्वागत गरेका थिए भने साहित्यकार अमर नेम्हाङले वालिहाङ ताङनामको बारेमा जानकारी गराएका थिए ।

 
सिन्धु सोसाइटीद्धारा सेन्डी पिडितलाई आर्थिक सहयोग प्रदान
शनिबार, 10 नोभेम्वर 2012 19:49    PDF Print E-mail

alt

न्युयोर्क- अमेरिको विभिन्न राज्यमा आएको समुन्द्री आधीबेरि सेन्डीबाट पिडितहरुको सहयोगका लागी शनिबार सिन्धु वेलफेयर सोसाइटीले अमेरिकी रेडक्रस सोसाइटी मार्फत आर्थिक सहयोग प्रदान गरेको छ । सामाजिक सेवाको भावनाले स्थापित सोसाइटीको अध्यक्ष् बंशलाल तामाङले ३५ सय अमेरिकी डलर अमेरिकी रेडक्रसको क्षेत्रिय कार्यकारी अधिकृत सम टिडवेललाई हस्तन्तरण गरेका छन । ' दुखमा परेकोलाई सेवा गर्नु मानवताको कर्तव्य ठानेर हामीले सेन्डी पिडितलाई यो सानो सहयोग गरेका हौ' सोसाइटीका अध्यक्ष तामाङले एभरेष्ट टाइम्सलाई बताए । उनका अनुसार उक्त सहयोग रकम कार्यसमितिका पदाधिकारीबाट उठाएको १५ सय र सस्थाको तर्फबाट २ हजार डलर प्रदान गरेका छन । ' यस्तो दुखद अवस्थामा सोसाइटीले गरेको यो सहयोगको हामी आभारी छौ' रेडक्रसको अधिकृत टिडवेलले भने । सिन्धु सोसाइटीले म्यानहृटनस्थित रेडक्रसको मुख्यालयमा पुगेर उक्त आर्थिक सहयोग प्रदान गरेको हुन । सहयोग हस्तन्तरण कार्यक्रममा सोसाइटीका महासचिव छिरिङ तेन्जिङ शेर्पा र सदस्यहरुमा तिलक श्रेष्ठ, दावा लोबा हृयोल्मो, सुर्दशन गुमी, बायोकान्छा शेर्पा, पेमा देण्डी शेर्पा, जेठी दिदी तामाङ र गोपाल नेपाल फिष्टेको उपस्थिति रहेको थियो । सामाजिक सेवाको भावनाले सिन्धुपाल्चोक जिल्लाबासीले केही वर्ष अघि न्युयोर्कमा यो सस्था स्थापना गरेका हुन ।

पछिल्लो परिमार्जन ( शनिबार, 10 नोभेम्वर 2012 21:24 )
 
न्युयोर्कमा देवकोटा जयान्ती
मंगलबार, 06 नोभेम्वर 2012 19:06    PDF Print E-mail

alt

न्युयोर्क- अन्तराष्ट्रिय नेपाली साहित्य समाज न्युयोर्क च्याप्टरले विगतको वर्षहरुमा जस्तै यस वर्ष पनि विविध कार्यक्रमको वीच न्युयोर्कमा देवकोटा जयान्ती तथा दिपावाली साझ कार्यक्रमको आयोजना गरियो । १ सय ३ औ देवकोटा जयान्ती तथा दिपावालीको साझ कार्यक्रममा संयुक्त राष्ट्रसंघका लागी कार्यवाहक स्थायी प्रतिनिधि सेवा अधिकारी लम्सालको प्रमुख आतिथिको रुपमा थिए । न्युयोर्कको ज्याक्सनहाइटस्थित याक रेष्टुरेन्टमा आयोजना गरेको उक्त कार्यक्रममा विशेष अतिथिको रुपमा साहित्यकार अमर नेम्हाङ, प्रा. डा गोविन्द कोइराला र साहित्यकार चुंडा बसन्त लम्सालको आत्थित्यमा भएको थियो । नेपालको राष्ट्रिय गानाबाट शुरु भएको कार्यक्रममा हालै न्युयोर्क र छिमेकी राज्यहरुमा समुन्दी आधी सेन्डीको कारण ज्यान गुमाउनेहरुको नाममा एक मिनेट मौधधारण समेत गरेका थिए । उक्त कार्यक्रममा बयस्क र बालकविता प्रतियोगिताको समेत आयोजना भएको थियो । प्रतियोगितामा कविता वाचन गर्नेहरुमा बाल कविहरुबाट प्रज्ञा सापकोटा, सिम्नी निरौला, सीना निरौला र विक्रान्त विष्ट थिए भने वयस्कहरुमा देवेन्द्र लिम्बु सम्बाहाम्फे, विरेन्द्र लाबुङ लिम्बु र अनुपमा सापकोटा थिए ।

alt

कविता प्रतियोगितामा उत्कृष्ठ कविता वाचन गर्नेहरुमा क्रमसः दायाबाट प्रथम हुने विरेन्द्र लाबुङ लिम्बु वीचमा तेश्रो भएकी अनुपमा सापकोटा र वायातिर दोश्रो हुने देवेन्द्र लिम्बु   ।

 

प्रतियोगितामा बयष्क तर्फबाट विरेन्द्र लाबुङ लिम्बु प्रथम भएका थिए भने देवेन्द्र लिम्बु दोश्रो र अनुपमा सापकोटा तेश्रो भएका थिए । त्यस्तै बाल कविहरु मध्येमा विक्रान्त विष्ट प्रथम, सिम्नी निरौला दोश्राे र प्रज्ञा सापकोटा तेश्रो भएका थिए । प्रतियोगितामा विजयी कविहरुलाई प्रमुख अतिथि लम्सालले पुरस्कार वितरण गरेकी थिइन । प्रतियोगिताको निर्णयकमा ज्योति पौडेल, डा तारा निरौला, कमला प्रसाई र गीत पन्थ रहेका थिए । कार्यक्रममा प्रमुख अतिथि लम्सालले प्रबासमा रहेर पनि नेपाली भाषा र साहित्यको सम्र्बद्धनको निम्ति समाजले गरेको कार्यको प्रशांसा गरेकी थिइन । कार्यक्रममा सस्थाको अध्यक्ष पुनम काफलेको सभापतित्वमा भएको कार्यक्रममा उपाध्याक्ष् सीता खरेलले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन भने महासचिव विकास विष्ठले सस्थाको बाषिर्क प्रतिवेदन प्रस्तुत गरि कार्यक्रम सञ्चालन गरेका थिए । कार्यक्रममा ज्योति पौडेल, परिता राजभण्डारी, गोविन्दा कोइराला, मनु लोहारुङ। चुंडा बसन्त् लम्साल, गीता पन्थ, राजेन्द्र श्रेष्ठ, नगेन्द्र इगनाम, पुनम काफले, मुना बेल्बासे, कमला प्रसाई र विनोद रोक्काले कविता वाचन गरेका थिए भने मृदुला कोइराला र विकास विष्टले मुनामदनको गीत प्रस्तुत गरेका थिए । कार्यक्रमको अन्त्यमा देउसी भैलोका गीत गाउदै सहाभागीहरुले दिपावाली सहित सामुहिक नाचगान गरेका थिए ।

पछिल्लो परिमार्जन ( मंगलबार, 06 नोभेम्वर 2012 19:17 )
 
लाइभ म्युजिकसंगै कलाकारहरुको दिपावाली साझ हुने ।
सोमबार, 05 नोभेम्वर 2012 18:32    PDF Print E-mail

alt

न्युयोर्क- सधै दर्शकहरु र श्रोताहरुको अनुरोधमा नाचगान गरि मनोरञ्जन दिलाउदै आएका न्युयोर्कका चर्चित कलाकारहरुले पहिलो पटक आफनै सस्था मार्फत ' शुभ दिपावाली साझ' कार्यक्रमको आयोजना गर्ने भएको छ । आगामी नोभेम्बर १७ तारिख क्विन्स प्यालेसमा हुन लागेको कार्यक्रममा कलाकारहरुले लाइभ नेपाली मौलिक संगीतमा संगीत क्षेत्रका कलाकारहरु तथा चलचित्रकर्मिहरुको आर्कषक प्रस्तुती हुने भएको छ । अमेरिकामा बसोबास गदै आइरहेका नेपाली कलाकारहरुको साझा सस्था युनाइटेड नेपालिज आर्टिष्ट एसोसियसनले उक्त सस्कृतिक कार्यक्रम दिपावालीको अवसर पारेर आयोजना गर्न लागेको आयोजक समितिका सदस्य तथा कलाकार तिलक श्रेष्ठले बताए । ' हाम्रो सस्कृति, हाम्रो पहिचान' सदैव जोगाऔ भन्ने भावनाका साथ सवै कलाकारहरुकेा साथमा पहिलो पटक न्युयोर्कमा यो कार्यक्रम गर्न लागेको हो' कलाकार श्रेष्ठले ज्याक्सनहाइटमा आयोजित पत्रकार सम्मेलनमा बताए । ' अमेरिकामा रहेका हामी नेपाली कलाकारहरु वीच एकता र अपासी हित गरु भन्ने उद्धेस्यका साथ स्थापित यो सस्थाले कलाकारकै हितमा यो कार्यक्रम गर्न लागेको हो' अर्का कलाकार सन्जोग लामाले बताए । चर्चित सिनेकर्मि गौरि मल्लको संयोजकत्वमा हुने लागेको उक्त सस्कृतिक कार्यक्रममा सिनेकर्मि करिष्मा मानन्धर, रमित ढुङगाना, विक्रन्त बस्नेत साथै बसन्त डान्स सेन्टरका नृत्य निर्देशक विजय नकर्मिले समेत नृत्य प्रस्तुत गरिने भएको छ ।

पछिल्लो परिमार्जन ( सोमबार, 05 नोभेम्वर 2012 18:54 )
 
युएनडिएफद्धारा न्युयोर्कमा दशै शुभकामना
सोमबार, 29 अक्टोवर 2012 22:51    PDF Print E-mail
alt
न्युयोर्क— हिन्दु धर्मवलाम्बीको महान पर्व दशै र तिहारको अवसरमा अमेरिकास्थित युनाइटेड नेपालिज डमोक्रेटिभ फोरम - युनएनडिएफ) ले विशेष कार्यक्रमको वीच शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरियो । न्युयोर्कको विभिन्न नेपाली समुदायको उपस्थिति रहेको उक्त कार्यक्रम संयुक्त राष्ट्र संघका लागी नेपालका स्थायी कार्यवाहक प्रतिनिधि सेवा अधिकारी लम्सालको प्रमुख आथित्थ्यमा भएको थियो । कार्यक्रममा कानुनविद खगेन्द्र क्ष्ाेत्री, विनोद रोक्का,दुर्गा भुर्तेल, जनजाती महिला महासंघकी अध्यक्ष्ा संगीनी राणामगर, नेपाल अमेरिका फेण्डसीप सोसाइटीका अध्यक्ष परिता राजभण्डारी,नेवा गुठीका अध्यक्ष्ा अदित्य मर्हजन, नेपाल अमेरिका पत्रकार संघका अध्यक्ष्ा आङछिरिङ शेर्पा, जनजाती महासंघका महासचिव दिपेश लिम्बु , सस्थापक अध्यक्ष्ा टेक गुरुङ, प्राध्यापक डा तारा निरौला, नेपाली कंग्रेस उत्तर अमेरिकी प्रतिनिधि मृदुला कोइराला लगायतले दशैको शुभकामना मन्तव्य व्यक्त गरेका थिए । सस्थाको महासचिव अर्जुन बहादुर सिंहद्धारा सञ्चालित कार्यक्रममा अध्यक्ष्ा सीता खरेलले प्रबासमा नेपाली समुदाय वीच अपासी सदभाव तथा भाइचारको सम्बन्ध बढाउनका लागी हरेक वर्ष यस्तो कार्यक्रमको आयोजना गरेको वताएकी थिइन । उक्त अवसरमा प्रमुख अतिथि लम्सालले दशैतिहार लगायत नेपालीको मौलिक चाडपर्वले देश विदेश जहासुकै रहेपनि नेपाली वीच आपसमा सदभाव बडाउदै आएको बताएकी थिइन । 
तस्विर अशोक पन्त 
 
धनी मनकी दिलशोभालाई न्युर्योकमा सम्मान
सोमबार, 15 अक्टोवर 2012 18:50    PDF Print E-mail

alt

न्युयोर्क- मनमा धर्म भएमा जीवनमा कति धेरै सेवा गर्न सकिन्छ भन्ने ठुलो उदाहरण दिन सफल भएकी छिन दिलशोभा श्रेष्ठ । काठमाडौको साधारण परिवारमा जन्मेको दिलशोभाले अहिलेसम्म कमै मानिसले गर्न सक्ने ठुलो समाजसेवा गरेकी छिन । उनको मनभित्र पलाएको सामाजिक सेवाको भावनाकै कारण आज अनगिन्ति वृद्धा र द्धन्धको चपेटामा पिल्सिएका बालबच्चाहरुले नया जीवन पाएको छन । महाकवि लक्ष्मी प्रसाद देवकोटाले रचेको 'कुन मन्दिरमा जान्छौ यात्री' कविता मानवको व्यवहारिक जीवनमा उतार्न सफल भएकी छिन दिलशोभाले । नेपाली समाजमा दिलशोभाको खुल्ला दिलले गरेको महान कार्यले साच्चिकै हरेकको मन छोएको छ । बास्तबमा यो दुनियामा जन्म दिने आमाबुबा जतिको ठुलो केही छैन । जुन कुरा जति धन दौलत खर्चेर पनि पाउन सकिन्न । त्यस्तो महत्वपुर्ण आमाहरु जो काठमाडौमा अलपत्र भएका थिए उनीहरुलाई खोजी खोजी पालेर हेरचाह गरेर नया जीवन दिने एक मात्र नेपाली महिला हुन दिलशोभा । जीवनको अन्तिम अवस्थामा पुगेर सडकमा अलपत्र परेका वृद्धालाई उद्धार गरेर दिलशोभाले ज्यादै ठुलो धर्म कमाएको छ । उनले डेट सय भन्दा बढि दुख पाएका अलपत्र आमाहरुलाई काठमाडौको सडकबाट खोजेर आफनै घरलाई आश्रम बनाएर पालेका छन । सयौ नेपालीले आमा भनेर आदार गर्ने दिलशोभा श्रेष्ठलाई न्युर्योकमा विभिन्न नेपाली समुदायले आइतबार भव्य कार्यक्रमको वीच सम्मान गरियो । सम्मानसंगै न्युयोर्कबासीले हातमा फुलमाला र खादा लगाइदिएका थिए ।

alt

बुबाको प्रेरणा तथा श्रीमानले छोरा नपाएको रिसमा आमा छोरिलाई छोडेको पिडादयिक जीवनयात्राको बारेमा दिलशोभाले आफनो अनुभव सुनाउदा कार्यक्रम उपस्थित प्राय सवै धेरै व्यक्तिहरु रोएका थिए । ' मनमा जति पिडा भएपनि आखिर सहयोगको भावना लिएर केही गर्न चाहेमा भगवानले साथ दिदो रहेछ ' दिलशोभाले न्युयोर्कमा आयोजित सार्वजनिक सम्मान कार्यक्रममा भने—' हामी जन्मेपछि आखिर एक दिन मर्नुपर्छ तर जीवन छाउन्जेल कसैको लागी सोच्ने प्रयास गरेमा उतिकै सन्तष्टि पनि मिल्दा रहेछ' । उनलाई संयुक्त राष्ट्रसंघका लागी नेपालका निमित्त स्यायी प्रतिनिधि सेवा अधिकारी लम्सालले सबै नेपाली समुदायको नामबाट बनाएको सम्मान पत्र प्रदान गरियो । स्थानीय याक रेष्टुरेन्टमा खचाखाच भरिएको हलमा उपस्थित सवैले फुलमाला र खादाका साथ न्यानो सम्मान गरेका थिए । उक्त कार्यक्रम न्युयोर्क आसपासमा बसोबास गर्ने नेपालीहरु लगायत विभिन्न नेपालीको सस्थाहरु सहित मिलेर आयोजना गरिएको थियो ।

सेवानै धर्म हो भन्ने मुल उद्धेस्य बोकेका दिलशोभाको सम्मान कार्यक्रम प्राध्यापक डा तारा निरौलाले सञ्चालन गरेका थिए । साथमा कविहरु विनोद रोक्का र सहदेव पौडेलले दिलशोभाप्रति सर्मपित कविता वाचन गरेका थिए । कार्यक्रममा उपस्थित विभिन्न संघसस्थाले दिलशोभाको योजनालाई सहयोग स्वरुप ४ हजार ८५ डलर संकलन गरिदिएका थिए । त्यस्तै फिलाडेल्पिmया राज्यको नेपालीहरुको सहयोगमा संकलित एक हजार डलर वर्ष मोक्तान तामाङले दिलशोभालाई प्रदान गरेका थिए । निकै रोचक अनुभवसंगै दिलशोभाले भने ' जन्म दिने बाबाआमालाई कसैले पनि विर्सन हुदैन' 'तपाईहरु विदेशमा हुनुहुन्छ फुर्सद मिलाएर जहिले पनि नेपालको बाआमालाई सम्झीरहनुस' ।

 

 

alt

 

 

 ' मरेपछि श्राद्धा गर्नु पदैन जिउदै श्रद्धा गर्न सिकौ ' 

 

मेरो नाम दिलशोभा श्रेष्ठ हो । एक छोरिको आमा हु । मलाई आज नेपालमा सवैले आमानै भनेर बोलाउछन । मैले खास ठुलो काम गरेको जस्तो लाग्दैन तर सवैले माया र सम्मान दिएको पाउदा भने केही गरेको हो की जस्तो लाग्छ । म यहासम्म पूग्नु भनेको मेरो बुबाको प्रेरणा हो । बुबा गाउमा सवै माझ निकै दयालु हुनुहुन्थ्यो । म सानो हुदा त्यतिखेर कसैका घरको दुरिमा धुवा निस्केन भने बुबाले हामीलाई हेर्ना पठाउनु हुन्थ्यो के पो भयो की भनेर । गाउलेको हितसंगै सासु ससुरालाई निकै दया गर्नुहुन्थ्यो । अर्को कुरा मेरो जीवनमा मेरो श्रीमानले मलाई छोरा पाउन सकेन भनेर ४८ सालमा छोडेपछि म धेरै विरक्तिए । श्रीमानले हामीलाई छोडनुको साथै छोरिको विहेको लागी भनेर घरमा राखेको ५ लाख रुपिया समेत लगेर गएपछि हामी त सडकमै पुग्यो । बास्तबमा हामीले केही गल्ति नगरिकना श्रीमानले एक्क्ासी छोडीदिएपछि हामी आमा छोरिले धेरै दुख भोग्नु पर्‍र्यो । धेरै पिडा खप्न नसकेपछि हामी दुबैले आत्मा हत्या गर्ने भनेर औषधी खायौ । ससाना औषधीले केही नछुएपछि ठुलो औषधी खादा खेरि भगवानले हामीलाई तिमिहरु यस्तो काम नगर तिमीहरु भन्दा धेरै पाएको अनाथहरु छन उनीहरुको सेवा गर भनेपछि छोरिले मलाई आट दियो । आमा म छोरि भएपनि अब छोरा जस्तै भएर आमाकै सहयोग गर्छु भनेर आमाको इच्छा पुरा गर्छु भन्यो । त्यसपछि आमा छोरि प्रथाना गदै रातदिन सिलाई बुनाई, मसला र मैनबत्ति बनाउन थाले । चार वर्षभित्रमा हामीले राम्रो पैसा कमायो । हामीले राम्रो पैसा कमाएपछि बल्ल छोरिको विवाह गरिदिए । विवाहपछि छोरि अमेरिका गयौ । अब फेरि एक्लौ भयौ । एक जना साथीले तिमी छोरिको आमा भन्छयौ त्रिपुरेश्वरमा एक जना छोराको आमा कसरीको बसिरहेको छ हेर्ना जाउ भनेर लानु भयो । ओहो विचरा आमाको कस्तो विजोग । फोहोर कोठामा धम दिने स्टोभमा मट्टतिेल थिएन । खानेकुरा पनि पुरानो हुन लागेको देखियो । छोराहरु धनी रे तर आमाको त्यो विजोग देख्दा मेरो मनमा धेरै दया पलाएर आयो । तत्काल मैले आमालाई सोधेर मट्टतिेल ल्याइदिएर दुध र अण्डा ख्वाए । तर मेरो मनले उनलाई छोडनै मन लागेन । त्यो आमालाई भेटन सधै गइरहे । मैले छोरिलाई पनि त्यो कुरा सुनाए । छोरिको जन्मदिनमा त्यहा भएको आमाहरुलाई सफा गरिदिएर उनीहरुले चाहेको खानेकुरा ख्वाइदिए । सधै आमाहरुलाई खाना ख्वाउन र हेरचाह गरेपछि म त्यहा धाउने गथ्र्ये । हेला गरेर बाहिर सडकमा अलपत्र परेका आमाहरुलाई विस्तारै फकाएर आफनै घरमा ल्याए । शुरुमा एक जना ल्याए त्यसपछि ४ जना ल्याए । उनीहरुलाई आफनै आमालाई जतिकै माया गरेर सरसफाई गरि उनीहरुकै चाहना अनुरुपको खानेकुरा दिए । त्यतिखेर मेरो आफनै आमाले कुन जातको उनीहरु जो पायो त्यही जातलाई स्याहार्दा हाम्रो जात जान्छ भनेर आपत्ति जनाउनु भएको थियो । तर मैले आमालाई उनीहरु सबै श्रेष्ठनै रहेछ भनेपछि आमा खुसीका साथ ढुक्का हुनुभयो । सुरुमा पाच जना आमालाई ल्याएर राखे । उनीहरुको लागी बेग्ला बेग्लै नया खट, जुल, सिरानी र सिरकमा राखीदिए । बर्षोदेखिन सफा हुन नसकेको आमालाई सफा गरिदिएर तेल लगाइदिएर नया लुगा लगाइदिएर उनीहरुको चाहना अनुसारको खाना खुवाएर आफु पनि संगै खादा निकै खुसि लाग्यो । त्यो खुसीको क्ष्ण म कहिल्यै विर्सन सक्दीन । पाच जना आमापछि हरेक दिन त्यस्ता दुख पाएको वेवारिस आमाहरु खोज्न थाले । फेलापदै गयो । विस्तारै सन्चारमाध्याममा पनि आएपछि मेरो घरमा आमाहरुको संख्या बडन थाल्यो । पाचबाट शुरु भएर अहिलेसम्म डेट सय आमालाई मैले घर ल्याएर पाले । ६० देखि ७० जना जति मेरै काखमा वित्नु भयो । आमाहरु कोही खादा खादै । कोही आज खाना खाएर नुहाईदिएर तेल लगाएर भोलिपल्ट वित्दा कति भाग्यामानी जस्तो लाग्यो । तर वितेर दागबत्ति दिने बेला निकै खर्च लाग्दो रहेछ । एक जना आमालाई दागबत्ति दिनका लागी दाउर दागबत्ति दिनेलाई सबै गरेर ७ हजार खर्च लाग्दोरहेछ । मृत्यु भएर आमा जलाउन नसक्दा धेरै दुख लाग्थ्यो । एक जना वित्दा लागेको खर्चले एक महिना खाने खर्चनै गुम्छ । दाउरा र दागबत्ति दिनेलाई दिने पैसा खर्चले कहिलेकाही त खानै धौ धौ पर्छ । धेरै जसो मान्छेमा मैले कसरी त्यतिको आमा पाल्यो होला भन्ने प्रश्नमा मैले मान्छेहरुको जन्मदिनमा उनीहरु कसैले चामाल, कसैले ग्यास कसैले तेलहरु किनीदिएर आमाहरुलाई पाले । कहिलकाही त आमा वितेपछि दागवत्ति दिने पैसा नभएपछि आफनै हातले दिए । दागवत्ति दिनेको लागी मात्र १५ सय तिर्नुपर्छ त्यति पैसा भनेको एक बोरा आलु आउछ भनेर त्यो पैसा बचाउन आफैले दिए । ओहो दागबत्ति दिनु भनेको कति गारो रहेछ । आफैले मा भनेर पालेको आमाको मुखमा आगो राखेर अब सिद्धियो भनेर दागबत्ति दिनु सार्‍है कठिन हुदो रहेछ । त्यही कारणले होला छोरा मान्छेहरुले मात्र दागबत्ति दिनुको कारण । पैसाको दुखले गर्दा ३ जना आमालाई आफनै हातले बाध्यताले दागबत्ति दिए । त्यतिखेर कसैले केही ल्याएदिएपनि ठुलो गुन हुन्थ्यो । केही समय अघि दिशानिदेशमा मेरो अन्र्तवार्ता आएपछि अहिले तीन जना बाबाहरु समेत गरेर ९३ जना बाआमाहरु आएको छ । मेरो घरमा दुख पाएको जो कोही पनि बाआमा ल्याउनका लागी केही सिफारिस चाहिदैन । नागरिकता पनि चाहिदैन । अहिले हामीलाई पुलिस सेलले बाटोमा भेटने आमाहरु ल्याउने गर्छ । वीर अस्पतालमा उपाचार गर्न ल्याएको आमाहरु अलपत्र परेकाहरु ल्याउने गर्छ । मैले धेरै पढेको पनि होइन । तर मेरो बारेमा ७ कक्ष्ााको किताबमा पनि छापेको रहेछ । त्यसरी छापेपछि मेरो बारेमा बुझन जान्न धेरै मान्छेहरु आयो । मलाई जुम्लामा साझा सावलले त्यहासम्म लगेर अन्र्तावार्ताको लागी लग्यो त्यहा पुग्दा द्धन्धपिडित बालबच्चाहरु देखे । द्धन्धको बेलामा आमा र बुबालाई मरेर टुहुरो ५० जना बच्चाहरुलाई ल्याए । त्यसपछि पत्रिकामा एकै घरमा ९३ जना बच्चा भनेर समाचार छापेपछि एनजिओको मान्छेहरुको हुल बच्च्ाा हेर्ना आउन थाल्यो । त्यतिबेला एनजिओको मान्छेहरुले नियम विपरित यसरी अरुको बच्चा राख्नुहुदैन । फर्काउनु पर्छ नत्र प्रहरीले समातेर लैजान्छ हामीलाई पठाउ भनेर निकै धम्की दिएका थिए । तैपनि मैले भने यी बच्चाहरु मात्र देखियो त्यहा भित्र बच्चाको आमाहरु हेर भनेपछि उनीहरु चुप लागेर फर्केको थियो । सबैको माया पाएर अहिले तरकारी किन्न गएपनि भाउ नगरिकना पोका पारेर दिन्थ्यो । पानी, बत्तिको पैसा तिनै गएपनि लाइनमा बस्न पदैन । अहिले त सरकारले पनि अलि माया गर्न थालेको छ । सरकारले एउटा रोपनीको जग्गा दिने भएको छ । अब दुख पाएका आमाहरु र बच्चाहरुको लागी आमाको घर भनेर बनाउने योजना रहेको छ सवैले साथ दिनुहुन्छ भन्ने आशा लिएको छु । जिन्दागीमा एकचोटि जन्मेपछि मार्नुछ कसले के गर्‍र्यो भन्दा पनि के गर्न सकिन्छ भन्न तिर हामी सबै सोचु' । ' जीवनमा जन्मदिने बाबाआमालाई मरेपछि श्राद्धा गर्नु पदैन जिउदै श्रद्धा गर्न सिकौ ' ।

 

समाजसेवी दिलशोभा श्रेष्ठले अमेरिकन नेपाली समुदायद्धारा आयोजित सम्मान कार्यक्रममा व्यक्त गरेका अनुभव ।

प्रस्तुती आङछिरिङ शेर्पा ।

पछिल्लो परिमार्जन ( सोमबार, 15 अक्टोवर 2012 20:27 )
 


Page 3 of 7