दर्ता तथा प्रवेश
विविध
चनाचटपटे मिस गरें–बिन्दु तामाङ ,नृत्य निर्देशक
आइतबार, 19 मे 2013 12:05    PDF Print E-mail

altनृत्य निर्देशक बिन्दु तामाङको अमेरिकामा व्यस्तता बढ्दो छ । दुई वर्षदेखि क्यालिफोर्नियाको लसएन्जलसमा बस्दै आएकी उनीकहा 'नृत्य सिक्ने नेपाली तथा विदेशीको भीड लाग्छ । उनीसँग नेपालीबाहेक अमेरिकी, जापानी, युरोपेली, मेक्सिकाली, भारतीय, पाकिस्तानी नृत्य सिक्न आउँछन् । त्यहा" उनी नेपाली मौलिक नृत्य सिकाउछिन् । कतिपय विदेशीलाई हिन्दी र अंग्रेजी गीतमा पनि नृत्य सिकाउ"छिन् उनी । बेलाबेलामा अमेरिकाका विभिन्न राज्यमा हुने सांस्कृतिक कार्यक्रमका आयोजक तथा दर्शकको रोजाइमा पनि पर्छिन् । त्यसैले कहिले सियाटल पुग्छिन् त कहिले कोलोराडो अनि कहिले न्युयोर्क ।
चलचित्र, म्युजिक भिडियो तथा स्टेज कार्यक्रममा १० वर्षदेखि सक्रिय बिन्दुले दर्जनौं चलचित्र र म्युजिक भिडियोमा वसन्त श्रेष्ठ, हिमग्याप टासीजस्ता नृत्य निर्देशकको सह–नृत्य निर्देशक भएर काम गरिसकेकी छन् । जेठो कान्छो, हिम्मत, धड्कन, प्रहार, मुगलान, दोबाटो, हामी तीनभाइ, तक्दिर लगायत ४ दर्जन चलचित्रका कलाकारहरुलाई नचाइसकेकी बिन्दुले जर्मनी, फ्रान्स, अस्ट्रिया, भारत, जापानजस्ता मुलुक पुगेर नेपाली नृत्य पस्किसकेकी छन् । उनै बिन्दु तामाङसँग एभरेस्ट टाइम्सका लागि निमा पाख्रिनले गरेको कुराकानी :
तपाईंको बाल्यकालबारे बताइदिनु हुन्छ कि ?
बाल्यकालमा खासै त्यस्तो उल्लेख्य केही भएको सम्झना छैन । अरुको जस्तै सामान्य अवस्थामा घरका परिवार तथा साथीहरुस“ग मेरो बाल्यकाल बितेको हो ।
नृत्य क्षेत्रमा लाग्न तपाईंलाई के ले प्रेरित गर्यो ?
चाडपर्वमा अरु नाचेको देख्दा मानभित्रबाट मलाई नि नाचुनाचु लागेर आउथ्यो । कहिलेकाहीँ म नाच्थें पनि । नाच्दा साथीहरुले दिएको तालीले मलाई झन्झन् उत्साही बनाउँथ्यो । त्यसैको परिणाम, आज म नृत्यलाई नै व्यावसायिक रुपमा अ“गाल्न पुगेकी हुँ ।
तपाईं नेपालमा हुँदाभन्दा अमेरिका आएपछि चर्चित हुनुको कारण के होला ?
(हाँस्दै) खै, मलाई त्यस्तो चर्चित छु भन्ने त लाग्दैन । व्यस्त भने अवश्य भएकी छु । यहा समयको महत्व राम्ररी बुझेको हुनाले पनि समयको भरमग्दुर सदुयोगमा लागेकी छु ।
नृत्य सिकाउन नेपालीलाई सजिलो कि अरुलाई ?
नेपाली र अरुभन्दा पनि जान्ने र नजान्नेमा अलिक फरक हुन्छ । नृत्य भन्ने कुरा सिक्ने मान्छेले कति धेरै प्रयास गर्छ भन्नेमा पनि भर पर्छ । मेहनती र मनभित्रबाट सिक्छु भनेर आउनेलाई सिकाउन सजिलो हुन्छ ।
कामको सिलसिलामा देश विदेश घुमिरहने मान्छे, अमेरिकामा आएर यसरी बस्दा दिक्क लागेको छैन ?
खासै त्यस्तो महसुस गरेकी छैन । किनभने समयसमयमा यहा“ पनि कार्यक्रमको सिलसिलामा घुमिरहेकै हुन्छु । पहिले जहिले मिल्यो त्यतिबेला जानुपथ्र्यो भने अहिले समय मिलाएर गइन्छ, फरक त्यति हो ।
दर्शकहरुले कस्ता नृत्य हेर्न रुचाउछन् ?
फरक–फरक दर्शकको फरक–फरक चाहना हुन्छ । रेस्टुरेन्टमा हरेक ग्राहकले फरक–फरक मेनु रुचाए झैं हो नृत्य पनि ।
नेपाललाई कत्तिको सम्झिँदै हुनुहुन्छ ? बढी के सम्झिनुहुन्छ ?
नेपाललाई नसम्झने कुरै भएन । साह्रै याद आउछ । म नेपाललाई औधी माया गर्छु । मौका मिल्नासाथ नेपाल जाने गरेकी छु । धेरैपटक नेपाल सम्झेर नोस्टाल्जिक हुन्छु । बढी सम्झना त उही हो, घर–परिवार, साथीसंगी अनि चनाचटपटे ।
तपाईं त नृत्य विधाको मान्छे, तैपनि कहिलेकाहिँ गाउनु पनि हुन्छ कि ? नृत्यबाहेक अन्य रुचिका कुराहरु के छन् ?
ओहो ! गीत नगाउने मान्छे को पो हुन्छ होला र ? म पनि गाउ“छु नि ! तर मेरै लागिमात्रै । फुर्सदमा मलाई घुमघाम अनि सपिङ र कुकिङ गर्न औधी मन लाग्छ । कहिलेकाहीँ शान्त ठाउमा त्यत्तिकै बस्न मन पर्छ ।
अमेरिकाको व्यस्त जीवनमा नृत्य सिकाउ“दाको समस्या के के छन् ?
खास गरी त समयकै समस्या हो । सिक्ने अनि सिकाउने दुवैको समय नमिल्दा निकै गाह्रो महसुस हुन्छ ।
फ्यानहरुले कस्ता प्रतिक्रिया दिन्छन् ? स्वीकारै गर्न नसकिने प्रस्ताव पनि गर्छन् कि ?
त्यस्तो साह्रो त अहिलेसम्म कसैले गरेको छैन ।
भविष्यको योजना अब के छ ?
योजना धेरै छन् तर अहिले नभनी हालौं कि !

पछिल्लो परिमार्जन ( आइतबार, 19 मे 2013 12:15 )
 
२६ वर्षे जवान हुने मन छः हरिबहादुर थापा
आइतबार, 05 मे 2013 11:08    PDF Print E-mail

altएकताका खुबै नेपाली रंगमञ्चमा अधिपत्य जमाउन सफल रहेछन् हरिबहादुर थापा । हिजोआज उनको नाम मिडियामा विरलै सुनिन्छ । भर्खरै कलाकारितामा वा पत्रकारितामा लागेकालाई यो नाम धेरै पुरानो पनि लाग्नसक्छ । किनभने थापाले विसं २०२८ बाट नाट्य क्षेत्रमा आफुलाई संलग्न गराएका थिए ।
वीरकुश, श्री ५ बडामहाराजधिराज पृथ्वीनारायण
 शाह, भक्त भानुभक्त, फर्केर हेर्दा, जब घाम लाग्छ, कोही किन बरबाद होस, पहाड चिच्याइरहेछ, शकुन्तला, भित्तेघडी, मलाती मंगले जस्ता नाटकमा जीवन्त अभिनय गरेका छन् थापाले । झन्डै ७५ नाटकमा अभिनय गरेका उनले श्री ५ बडामहाराजधिराज पृथ्वीनारायण शाह र मालती मंगलेबाट प्रशस्तै प्रशंसा बटुलेका रहेछन् । डेढ दर्जन राष्ट्रियस्तरको प्रशंसा, सम्मान र पुरस्कार हात पारेका छन् ।
भक्तपुरको कटुन्जेमा विसं २००९ मा जन्मेका उनी हाल नेपाल संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानको प्राज्ञ सभा सदस्य छन् । नाट्य क्षेत्रमा उत्तिकै क्रियाशील छन् । त्यसो त उनी अन्तराष्ट्रिय कलाकार मञ्च, अमेरिकाका उपाध्यक्ष र अन्तराष्ट्रिय नेपाली साहित्य समाज वसिङटन डिसीका अजीवन सदस्य पनि हुन् । उनै नाट्य अभिनेता थापासँग एभरेस्ट टाइम्सका नेत्र मोक्तानले गरेको कुराकानी :
पछिल्लोपटक कुन नाटक हेर्नुभयो ?
अशेष मल्ल निर्देशित नाटक रक्तबीज हेरे । सर्वनाम थिएटरमा हेरेको । निकै राम्रो थियो ।
प्राय कुन ठाउँ पुग्नुहुन्छ नाटक हेर्न ?
हिजोआज मण्डला र सर्वनामले नाटकहरु निरन्तर गर्दै आएका छन् । म दुबै थिएटरमा गइरहन्छु ।
नाटक खेल्दा र हेर्दाको भिन्नता के पाउनुभयो ?
खेल्दा दर्शकको वाहावाही पाइन्छ, हेर्दा कथामा डुबिन्छ । दुबैमा मजा आउँछ ।
हिजोआजका कलाकारमा कतिको खुबी देख्नुभयो ?
खुबी प्रशस्तै छन् । प्रविधिको युग, यसलाई प्रयोगमा ल्याउनाले पनि होला । अभिनयमा खारिएका युवापुस्ता बजारमा तयार छन् । उहाँहरु जस्तोसुकै अभिनयमा पनि उत्रन सक्नुहुन्छ ।
उहिले र अहिलेमा कलाकारको आर्थिक पक्षमा फरक देख्नुहुन्छ कि ?
उहिले भन्दा अहिले केही फेरिएको छ । अहिले बजारको क्षेत्र व्यापक छ । उतिबेला सीमित थिए । कमाई पनि केही बढेकै छ पहिलेभन्दा । कलाकार नाटकै खेलेर बाँच्न सक्ने अवस्थामा छन् । तर पहिले जागिरै लगाएर नाटक खेलाउनुपर्ने अवस्था थियो ।
पहिले नाटकमा नेपाल एकेडेमी निकै अघि थियो रे, हिजोआज देखिदैन नि यो क्षेत्रमा ?
नाटक विधामा तत्कालीन नेपाल प्रज्ञा प्रतिष्ठान हालको नेपाल एकेडेमीले नै पहिलो कदम चालेको हो । त्यहाँ नै नाटक क्षेत्रका हस्तीहरुको जन्म भएको थियो । मैले पनि विसं २०२८ सालमा प्रशिक्षर्थी भएर त्यहाँ काम गर्ने अवसर पाए । त्यहीबाट आफ्नो अभिनयमा निखार ल्याउन सके । तर जब २०४७ सालमा प्रजातन्त्रको पुनस्थापना भयो । सरकारले कला क्षेत्रलाई त्यसमा पनि नाट्य विधालाई त्यति ध्यान दिन सकेन । हालै दोस्रो जनआन्दोलन पछि नाट्य र संगीतलाई एकेडेमीबाट छुटाएर नेपाल संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठान गठन गरिएको छ । तीन वर्ष भइसक्यो । अनुसन्धान बाहेक यसले केही गर्न सकेको छैन । अनि कसरी नाटकमा काम गर्ने ?
कसको कमजोरीले भयो त यस्तोे ?
प्रतिष्ठान हाक्ने जिम्मेवार व्यक्तिको कमजोरी नै भन्नुपर्छ । किनभने अब एकवर्ष मात्र बाँकी छ कार्याकाल । न भवन बनाउन सकेको छ प्रतिष्ठानको, न कुनै कार्यक्रम नै ।
बजेट टन्नै आउदो हो, त्यतिकै सकिन्छ त्यसो भए ?
नाट्य क्षेत्रको खर्च हेर्ने हो भने सरकारले यस क्षेत्रका लागि निकै कम बजेट छुटाइदिएको छ । अर्को राजनीतिक अस्थिरताले पनि यस्तो भएको होला । देशमा संविधान नबनेर हरेक क्षेत्रलाई पिरोलेझै नाट्य क्षेत्रलाई पनि पिरोलेको छ ।
तर, नीजि क्षेत्रले त नाटकमा राम्रै काम गरिरहेका छन् नि ?
गरिरहेका छन् । तर जुन रुपले विकास हुनुपर्ने हो । त्यस्तो रुपमा विकास हुन सकेको छैन । सरकारी स्तरबाट हुने नाटकहरु विदेशमा मञ्चन गर्ने, विदेशी नाटकहरु स्वदेशमा निम्त्याएर मञ्चन गर्ने काम हुन सकेको छैन ।
पहिले जस्तै गरी प्रतिष्ठानले जागिरे कलाकार लिएका छन् ?
छैन नि । अहिले तर सरकारको प्रतिष्ठानमा कलाकारको खडेरी छ । कतै नाटक देखाउनु परे नीजि क्षेत्रको कलाकार लिनुपर्छ ।
नाटकका दर्शक उहिले धेरै कि अहिले ?
उहिले धेरै हुन्थ्यो नि । त्यतिबेला टेलिभिजन, फिल्म केही हुदैनथ्यो । १२ सय मानिस एकेडेमीमा खचाखच भएर नाटक हेर्न आउँथे । हिजोआज त नाटक हेर्न मानिसहरु कमैमात्रमा जान्छन् ।
किन त्यस्तो भएको होला हिजोआज ?
पहिलो शान्ति सुरक्षा छैन । कहिले कसरी फर्कने भनी डर बोक्दै कसले नाटक हेर्छ । दोस्रो फिल्मी दुनियाँमा प्रवेश गरिसकेको छ संसार । यस्तै विविध कारणले नाटकका दर्शक घटेका हुन् ।
त्यसो भए नाटकको भविष्य छैन ?
भविष्य नै छैन भनेको हैन । मैले अघि नै भने, देशमा संविधान बन्यो र शान्ति सुरक्षा कायम भयो भने नाटकले पुरानै वेग समात्नेछ । मानिसहरु नाटकको रसमा जम्नेछन् । यसको भविष्य बलियो छ ।
पुरानै दिनतिर फर्कौ, तपाईले अभिनय गर्नुभएको चर्चित नाटक कुन हो ?
विल्कुलै, राष्ट्रकवि माधव घिमिरेले लेख्नुभएको ‘मालती मंगले’ मा मंगले बन्दा मैले निकै प्रशंसा पाए । मेरो बाबा मैले सम्हालेको पेशा देखि त्यति सन्तुष्ट हुनुहुन्थेन । यो नाटकमा मेरो अभिनयको चर्चाले पहिलोपटक मेरो प्रशंसा गर्नुभयो उहाँले । जबकि मैले कैयौ नाटकमा अभिनय गर्दा पनि उहाँलाई नाटक हेर्ने कुनै इच्छा नै जागेको थिएन । मंगलेको अभिनय हेर्नुभएपछि उहाँले मलाई हेर्ने दृष्टिकोण नै परिवर्तन गर्नुभयो । राजा वीरेन्द्रले पनि यही नाटकको अभिनय मनपराएर रु एकलाख पुरस्कार दिनुभएको थियो ।
तपाईको बुवाको खास इच्छा चाहि के थियो ?
बुवा सेनामा हुनुभएकोले होला, छोरा पनि सेनामै कुनै ठुलो पदमा पुगोस भन्ने चाहना राख्नुहुन्थयो । तर छोराको तनमनमा सानैदेखि नाटकको रस पसिसकेकोले उहाँले रोक्नै सक्नुभएन । बलजफ्ती गरेरै रोक्नु पनि भएन । तैपनि केही असन्तुष्टि मेरो अभिनयमा वास्ता नदेखाएरै पोख्नुभएको थियो ।
बुवाले जस्तै तपाईले पनि छोराछोरीलाई आफ्नै क्षेत्रमा ल्याउने प्रयास गर्नुभयो कि ?
भित्री मन देखि थियो, दुई छोरी र एक छोरा मध्ये एकजना नाटक क्षेत्रमा आओस । तर कुनै पनि यो क्षेत्रमा छैनन । बेग्लैबेग्लै क्षेत्र अँगालेका छन् । फेरि यस्तो प्रयास गरेको भए दुष्प्रयास पनि हुनसक्थयो । मैले आफैले भोगेको भएर बल गरिनँ । उनीहरुको इच्छाअनुसारकै क्षेत्रमा लाग्न सघाए ।
नाटक लिएर कहाँकहाँ पुग्नुभयो ?
नेपालका प्रमुख सहरहरुमा हामी पुग्यौ । हङकङ, चीन, भारत अमेरिकासम्म पनि पुगे । पछिल्लोपटक मलाती–मंगले लिएर अमेरिका पुगेका थियौ ।
मालती–मंगलेका कलाकार त छुट्टिसके रे नि हो ?
अमेरिकामा नाटक देखाउने क्रममा केही कलाकार उतै बस्नुभएकोले कलाकार यस्तो भएको हो । विभिन्न कारण कलाकारहरु उतै बस्न बाध्य भएको सुनिएको हो ।
त्यसो भए अब मालतीमंगले पुन प्रदर्शन गर्न सकिदैन ?
मलाई पुन प्रदर्शन गर्ने मन छ । तर उमेरले अलि दिदैन कि जस्तो लाग्छ । कथाले मागे अनुसार मंगलेको उमेर २६ वर्ष हो । म आफूलाई पुन त्यही उमेरमा फर्काउने चाहना भएपनि दर्शकले कसरी हेर्नुहोला त्यो गाह्रो विषय भयो ।
नयाँ कलाकार राखेर मञ्चन गर्ने सोच बनाउनुभएको छैन ?
हालै त्यस्तो सोच बनाएको छैन ।
तपाईले फिल्ममा पनि अभिनय गर्नुभयो होला नि ?
गरेको छु । जीवनरेखा र के घर के डेरा जस्ता फिल्ममा अभिनय गरे । यी फिल्महरुमा प्रमुख पात्र भएर अभिनय गरिनँ ।
हिजोआजका थिएटर कलाकारहरु भकाभक फिल्ममा पस्दैछन्, यसले नाट्य क्षेत्रलाई कस्तो असर गर्ला ?
आफ्नो जीवन विकासका लागि नाटक क्षेत्रमै अल्झिरहनुपर्छ भन्ने छैन । तर नाट्य क्षेत्रका लागि यो ठुलै घाटा हो ।
आफुले अभिनय गरेको चर्चित नाटक आफैलाई हेर्न मन लाग्यो कि लागेन ?
एकदमै लाग्थ्यो तर के गर्ने यो सम्भव नै थिएन ।

पछिल्लो परिमार्जन ( आइतबार, 05 मे 2013 11:14 )
 
राजेश हमालसँग अभिनय गर्ने मन छः नम्रता
शुक्रबार, 03 मे 2013 06:13    PDF Print E-mail

altमिडियाको विद्यार्थीका रुपमा चिनिएकी नम्रता सापकोटाले देवकी बन्दनाको ‘मन चंगा भो, फुलको थुगाँ भो,’ र रुपक डोटेलको ‘मेरो बोली सुन्दा’ जस्ता चर्चित म्युजिक भिडियोमा आफ्नो कला पस्केकी थिइन् । ६० भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेकी उनी हालै रिलिज हुन लागेको ‘अन्तराल’ फिल्ममा नायिकाको भूमिकामा छिन् । कुनै समय नाचको समेत प्रशिक्षण लिएकी उनी थिएटर कलाकार पनि हुन् ।त्यसैले उनले ‘अन्तराल’मा राम्रै अभिनय गरेको आशा दर्शकले गरेका छन् ।

‘अन्तराल’ फिल्म जेठ ३ बाट रिलिज हुँदैछ ।यसै फिल्मबाट ठूलो पर्दाको दुनियाँमा डेब्यु गरेकी मोडल एवं नायिका नम्रता फिल्म प्रमोसनकै लागि निर्माता टोलीसँगै विभिन्न सहर पुग्दैछिन् । थिएटर सिक्दै गर्दा सापकोटा सिग्नेचर फिल्ममा व्यस्त थिइन् । सिग्नेचर छिट्टै नै रिलिज हुने क्रममा छ । उनै नम्रता सापकोटासँग एभरेस्ट टाइम्स पत्रिकाका नेत्र मोक्तानले गरेको कुराकानी:


फिल्म प्रमोसनमा कहाँ–कहाँ पुग्दै हुनुहुन्छ ?
पोखरा, बुटवल, धरानजस्ता मुख्य सहरमा पुग्ने टिमको योजना छ ।

अन्तरालले कस्तो कथालाई समेटेको छ ?

युवाहरुको वर्तमान समस्यालाई लिएर बनेको फिल्म हो यो । अहिलेको जेनेरेसनको संघर्षलाई फिल्ममा देखाइएको छ । करियरको महत्व कत्तिको हुन्छ र जीवनमा कसरी अघि बढ्ने भन्ने कुराहरु समेटिएको छ । सुख दुःखका सबै कुराहरु छन् यसमा ।

‘सेक्स’ लाई फिल्मले कत्तिको ठाउँ दिएको छ ?
छैन । त्यस्तो छैन । यो पारिवारिक फिल्म हो । सबैजना सँगै बसेर हेर्न मिल्ने फिल्म हो ।

तर यस्तो दृश्य नभएको फिल्म चल्दैन भन्छन् नि ?
त्यो कथामा भर पर्छ । सेक्स नै सेक्स भएको फिल्म पनि कहाँ चलेको छ र । सामाजिक फिल्ममा त्यस्तो कुरालाई बढावा दिएर देखाउन पनि भएन नि ।

भर्खरै फिल्म क्षेत्रमा आउनुभएको छ, कतिपय नायिका त सेक्स सिन दिएरै चर्चामा आएका छन्, तपाईलाई त्यसरी चर्चित हुने मन छैन ?
एकदमै छैन । किनभने सबैको अ–आफ्नो धार हुन्छ । एकैछिन चर्चित भएर क्षेत्रबाटै हराउनु भन्दा विस्तारै राम्रै विषयमा अभिनय गरी अघि बढ्नु राम्रो हुन्छ भन्ने मलाई लाग्छ । मलाई सेक्सकै कथा भएका कथाहरुको अफर आएका थिए । मैले गरिनँ । फिल्म जीवन हो । जीवनमा सेक्स चाहिन्छ । तैपनि मैले गरेका फिल्महरुमा त्यस्ता सिनहरु गर्नुपरेको छैन । थिएटरको कलाकार भएर पनि होला सस्तो लोकप्रियता मलाई चाहेको छैन ।

तपाई कला क्षेत्रमा त म्युजिक भिडियोबाट आउनुभएको हो नि हैन ?
हो तर बीचमा म एक्टर स्टुडियो थिएटरमा अनुप बराल सरसँग एक्टिङ सिक्न थालें । यसले अभिनयमा निखार ल्यायो । पछि केही नाटकमा पनि अभिनय गरे । सिग्नेचर फिल्म गर्दै गर्दा मैले थिएटरमा आउनु आवश्यक लागेर आएकी हुँ ।

म्युजिक भिडियो र फिल्मको अभिनयमा के भिन्नता पाउनुहुन्छ ?
म्युजिक भिडियो एकदुई दिनमै सकिन्थ्यो । फिल्म त महिनौ लाग्दो रहेछ । तर दुवै आफ्नो कला पस्कने ठाउँ हो । यस हिसाबमा केही भिन्नता छैन ।

फिल्ममा आउनुभएछ, म्युजिक भिडियोलाई समय दिन सकिँदैन होला नि ?
दिन्छु, मैले प्रमोसनबाट फर्केपछि नै केही म्युजिक भिडियो गर्नुपर्ने भइसकेको छ ।

अबका फिल्महरुमा कोसँग अभिनय गर्न पाए हुन्थ्यो भन्नेजस्तो लाग्छ ?
डिफिनेट्ली, राजेश हमालसँग । किनभने सानैदेखिको हिरो नै राजेश हमाल लाग्थ्यो । आपूmले मनपरेको भूमिका पाए भने म राजेश हमालसँग फिल्म खेल्न तयार छु ।

पछिल्लो परिमार्जन ( शुक्रबार, 03 मे 2013 06:22 )
 
जातिय राज्य र संघियता
बिहिबार, 25 अप्रिल 2013 12:16    PDF Print E-mail

alt

शशांक लामा

मुखले जतिसुकै संबिधान सभाको अपरिहार्यताबारे दुहाइ दिएपनि संबिधान सभा तुहिएपछि जातिय राज्यको माग मत्थर भएकोमा जातिय पहिचान बिरोधी,संघियता बिरोधी बाबुसाहेब,नवबाबुसाहेब र राजासाहेबहरु आफ्नो कुत्सित मनसाय सफल भएकोमा भित्रदेखी गदगद भएका छन|देश दलदलमा जाकियोस,टाट पल्टियोस,तर हिजोका हुक्के, बैठके,घांसे,हरुवा र चरुवालाई उनीहरुको जातिय पहिचान दिई,अधिकार सम्पन्न बनाइ आफुले पाइ आएको हाली मुहाली छोडने पक्षमा ति छैनन| संबिधान सभाको अवसानसंगै जातीय राज्यको मागपनि सेलायो,सिथिल भयो|

लामो समयसम्म एउटा जाती बिशेषको धर्म,पहिरन,भाषा र टोपी समेतलाइ हचुवाको भरमा सर्वमान्य बनाइ,त्यसलाई राष्ट्रिय चिनारी र दर्जा दिई,अन्य जातिका धर्म,रितिरिवाज र संस्कारलाई उपेक्षा गरिएको अवस्थाबाट देशले फडको हानी,राजतन्त्रलाई निमिट्यान्न पारी देश नयाँ चरणमा प्रवेश गरेको सन्दर्भमा अपहेलित वर्गले तातिएको फलाममा घन ठोक्ने मौका यही हो भन्दै बर्षौँदेखी मनमा उकुस मुकुस भएर रहेका आफ्ना इच्छा आकंक्षालाई सडकमा छरपष्ट पारे|त्यसको क्लाइमेक्स नै जातीय राज्यको माग थियो|कुनै जाती बिशेषको जनघनत्वमा टेकेर लिम्बुवान,मगरात आदि भन्दै जातानुसार सैद्वान्तिक रुपले प्रदेशहरुको खाका नै पो कोरेका थिए|अमुक प्रदेशको अमुक जाती नै त्यस प्रदेशको प्रदेशाध्यक्ष हुनुपर्छ भनेर किटेका समेत थिए|

जातीय राज्यको अवधारणा कुनै नौलो नभएको र विश्वभरी नै जातीय नाम भएका प्रादेशिक र संघिय राज्यहरु बग्रेल्ती भएका उदाहरणहरु प्रस्तुत गरेर जातीय राज्यहरुको अस्तित्वलाई पुषट्याइँ गर्ने तिनले भरमग्दुर प्रयास गरेका छन भने जातीय राज्य बिरोधी अखण्डवादीहरुले सोमालिया,युगाण्डा,सुडान आदि देशहरुमा जातियतावादी अभियानले ल्याएको बिभत्स नरसंहारतर्फ इंगित गरेका छन|सबैतिर सोमालियाकै घटना हुन्छ भन्ने पनि छैन| हाम्रै छिमेकी देश भारतमा बंगाल,पंजाव,गुजरात आदि राज्यहरु काटाकाट मारामार गरेर बसेका छैनन| दुर्द्रिष्टी भएका भारतीय नेता र शासकहरुले यथा समयमा यथोचित नामाँकरण गरेर आफ्नो कार्यकौशलता प्रदर्शन गरेका छन|बंगालीहरुले टायर् बालेर 'बंगाल' नाम अवश्य पनि मागेको होइन होला!

कुनै जाती बिशेषको जन-घनत्वमा टेकेर कुनै प्रदेशको नाम त्यस जातिको नाममा राख्दा त्यसले जातीय बिद्वेष ल्याउँछ भन्नु कुतर्क सिवाय केही होइन| उदाहरणको लागि लिम्बुवानलाई लिउँ! नामांकरण लिम्बुवान भएपनि त्यो लिम्बुको राज्य मात्र नभएर बहुजातिय राज्य हुनेछ,त्यस राज्यमा लिम्बुले मात्र बुझ्ने लिम्बु भाषा कामकाजी भाषा नभएर सबैले बुझ्ने नेपाली भाषा आधिकारिक भाषा हुनेछ,लिम्बुहरुको मात्र त्यहाँ हालिमुहाली चल्दैन,तिनिहरुले जसलाई पायो,त्यसलाई लाङ्लात्ती हान्न पाउंदैन, उनिहरुसंगै बसेर सुंगुरको मासु खानै पर्छ भन्ने केही छैन|त्यस लिम्बुवान प्रदेशको प्रदेशाध्यक्ष पासांग शेर्पा,सुर्यमान गुरुंग, माधव प्रधान र केशव दाहाल जो पनि हुनसक्छ,लिम्बु नै हुनुपर्छ भन्ने केही छैन|मैले बुझेको संघियता र जातीय पहिचान यही हो| मैले संधै भन्ने गरेको छु: अखण्डवादीहरु नतर्स ! संघियतावादीहरु नमातिउ !

संघियताको कुरो उक्काएर अनेक थरिका बहसहरु भए,बुद्विबिलास भए, देश बिदेशमा भएका संघिय संरचनाहरुका बारेमा बिश्लेषण गरिए| बेलायत,अमेरिका,भारत आदि देशहरुका संघिय ढांचाहरुबारे नाप तौल भए| हाम्रो देशलाई फिट खाने संघियता हाम्रै देशमा खोजिनु पर्छ जस्तो लाग्छ|सर्वप्रथमत संघियताबारे जनसाधारणलाई सरल भाषामा सुसुचित गराउनु अत्यावश्यक ठान्छु|लिम्बुवान भएपछि लिम्बुहरुको बिर्ता वापिस पाउंछ र लिम्बुहरुको हालिमुहाली चल्छ भन्ने भ्रम र भ्रम छर्ने कामको चाँहीँ चिरफार हुनुपर्छ| हाम्रो देश नेपाल ढिलो चांडो संघियतामा जाने कुरो पक्कापक्की नै छ| संघियतामा जानु भनेको जिम्मेवारी आफ्नो कांधमा लिनु हो|संघियतामा केही सिमित अधिकार बोकेको प्रादेशिक राज्यहरुको प्रादुर्भाव हुन्छ(देश टुक्रिन्छ भनेर भ्रम छर्नेहरु पनि छन)| शक्तिको बिकेन्द्रिकरण हुन्छ र हिजोसम्म आफुलाई अपहेलित ठान्ने जमातले सत्ताभ्यास गर्ने अवसर पाउँछ|समष्टिमा समाजका सम्पूर्ण तप्काले राजनीतिक,आर्थिक,सामाजिक गतिबिधिमा संलग्न भै देश बिकासमा टेवा पुर्याउन संघियता ढांचा प्रभावकारी सिद्व भएको छ|

जातीय राज्यको माग एउटा आक्रोश थियो,आक्रमक प्रस्तुती थियो र आन्दोलनले उब्जाएको आवेग थियो|त्यसलाई निरन्तरता दिनु अवश्य पनि जायज होइन|२१ औँ शताब्दिमा आएर जातीय राज्यको माग राख्नु संकुचित अवधारणा हो| विश्व भुमन्डलीकरण तर्फ गैरहेको बेला आफुलाई सिमित घेरोमा कुँज्याउनु समयलाई नबुझ्नु र परिवर्तनलाई आत्मसात गर्न नसक्नु हो| हिजोको जातीय राज्यको मागलाई,बन्दुकको लाइसेन्स लिन जाँदा तोपको लाइसेन्सको दावी गरेको रुपमा हेरिनु पर्छ|त्यो जातीय राज्यको माग खेर गएको छैन|त्यो आक्रमक प्रस्तुतीले गर्दा नै जातीय पहिचान र संघियता राजनीतिक मन्चबाट ओझेल भएको छैन र ठुला भनाउंदा पार्टिहरुले यस् मुद्दालाई कुनै न कुनै रुपले सम्बोधन नगरी अनदेखा भएर बस्न नमिल्ने गरी यो झ्यांगिएको छ|तत्कालको लागि सघिय समाजवादी पार्टीमा गोलबन्द भै "मिशन संघियता"मा सबै लागि पर्नुपर्छ भन्ने मेरो निजी ठनाइ छ्!


lama_sasang@yahoo.com

 
बजारमा आइपुग्यो
आइतबार, 21 अप्रिल 2013 09:42    PDF Print E-mail

alt

 
सपनामा विश्वास लाग्छ - पार्वती राई, नृत्यांगना
आइतबार, 21 अप्रिल 2013 08:41    PDF Print E-mail

altहिजोआज लोकदोहोरी भिडियो निर्देशकले रोज्ने पहिलो नम्बरकी नृत्यांगना हुन् पार्वती राई । ज्यान, ज्ञान र खुबी भएकै कारण निर्देशकको रोजाईमा परेको निर्देशकहरुको दाबी छ । उनै नम्बर वान नृत्यांगना राईसँग एभरेस्ट टाइम्सका नेत्र मोक्तानले गरेको कुराकानी-

नम्बर वानमा पर्न केले साथ दिएको होला ?
पहिलो कला हो । दोस्रो गाइड । तेस्रो ठाउँ पाएको छु । चौथो रिलेसन पनि हो । पाँचौं आफ्नो बोलीवचनले पनि साथ दिएको छ । छैठौं अरुको सम्मान गर्न जानेकीले पनि हो कि नम्बर वानमा परेकी ?


नम्बर वानलाई निरन्तरता दिन अन्य सुघन्ध ?
निश्चय नै सबैलाई नम्बर वानमै बसिरहन मन हुन्छ । तर मोडलिङको आयु नै कत्ति न हुन्छ र ? बढी से बढी भए पाँच वर्ष । यो अवधिभरका लागि आपूm चम्किन नयाँ कुरा सिकिरहन्छु । किनभने म आफंै नाचको विद्यार्थी हुँ । फिट् एन्ड फाइन रहन्छु । ब्युटी मेन्टेन गर्छु । विभिन्न विधाका नाचहरुको अभ्यास गर्छु । रिहर्सल गर्न छाड्दिन ।


स्टेज तताउन माहिर हुनुहुन्छ, कुन फर्मुला छ तपाईसँग ?
हरेक स्टेजमा उक्लिँदा म दर्शक नै भगवान सम्झन्छु । अर्को कुरा कुनै पनि प्रस्तुतिलाई कम्पिटिसनभन्दा कम सोच्दिनँ । तयारी पूरा नगरी स्टेजमा जान्नँ । यसैले पनि मेरो प्रस्तुतिमा ताली र हुटिङ आउँछ होलाजस्तो लाग्छ ।


हुटिङ र ताली सँगसँगै अरु के के आउँछन् ?
केही सँगै फोटो खिचाउन चाहन्छन्, त्यही आशा लिएर आउनुहुन्छ, कसैले अटोग्राफ माग्नुहुन्छ । कहिले काहीं लभ पर्पोज् पनि आउँछ । कलाकार भएपछि यो पर्पोज्चाहिँ झेल्नै पर्ने रहेछ ।


कस्तो बेला आउँछन् यस्ता प्रस्ताव ?
सपनामा कोरीबाटी ऐना हेरेको देखें भने लभ पर्पोज आइहाल्छ ।


सपनामा विश्वास गर्नुहुन्छ ?
हेर्नुस न परम्परादेखि चलिआएको । मलाई पनि विश्वास लाग्छ । किनभने सपनामा देखेका कतिपय कुराहरु मिल्दोरहेछ ।


त्यसो भए ज्योतिषीका कुरामा पनि विश्वास गर्नुहुन्छ होला ?
हो नि, मैले कति पैसा त ज्योतिषीलाई हात हेराउनै खर्च गरेकी छु । आफ्नो हुनेवाला राजकुमार कस्तो होला भनेर हेराउँछु । तर ५० प्रतिशतमात्र विश्वास गर्ने गरेको छु हिजोआज । किनभने त्यति पूरै विश्वास गरे अन्धविश्वास भइहाल्छ नि फेरि ।

राजकुमार त आफुले फिक्स गर्ने हो नि हैन ?
भन्छन्, तर फिक्स भइसकेको छैन ।


केही समय हास्यसिरियल झ्याइँकुटीमा देखिनुभयो नि ?
सुरुमा त्यो अवसर पाउनु धेरै ठूलै थियो । तर डान्स क्षेत्रमै निरन्तरता दिनु ठिक लागेर त्यता समय दिन सकिनँ ।

ठूलो पर्दाको सपना ?
विभिन्न कम्परमाइज गर्नुपर्नेरहेछ ठूलो पर्दामा । जस्तो ब्लोअप सिन । न्युड् सिन यस्तै यस्तै । त्यसैले मैले अहिले नै ठूलो पर्दामा हात हालिहाल्ने सोच बनाएकी छैन ।


तर तपाईले त हङकङमा त्यसै फोटो सेसन गराउनुभएको थियो नि हैन र ?
पत्रिकाको लागि गरेकी हो । त्यसमा पनि नयाँ एकपटक गरु भनेर गरेकी हुँ । त्यति गरेपछि मलाई धेरै अभद्र कमेन्टहरु आए । ब्लोअप फोटोले गर्दा त त्यस्तो प्रतिक्रिया आउँछ भने फिल्ममा देखाए कस्तो होला ? त्यसमा पनि कम्प्रमाइजका साथ ।

यो क्षेत्रमा आउने सानैदेखिको सपना हो ?
हो नि, तर बाआमाले मलाई डाक्टर बनाउन चाहनुहुन्थ्यो । म भने डान्स सिक्न बाबाको पुरानो साइकल डो¥याउँदै डान्स सेन्टर धाउँथे । कतिपटक मैले एक्सिडेन्ट गराएकी पनि छु ।


डाक्टर नबनेर डान्सर बन्दा कत्तिको अपजस पाइएको छ घरमा ?
खुसी हुनुहुन्छ बाआमा, भाइ । हाम्रो परिवारको पूरै सपोर्ट छ मलाई । कुनै अपजस छैन ।


एउटी सामान्य महिला र कलाकारको ब्युटी मेन्टेनलाई कसरी तुलना गर्नुहुन्छ ?
सामान्य महिला व्यस्त भए पनि उनीहरु घामपानी छल्न सक्छन् । रुटिन अनुसार सुत्न पाइन्छ । तर कलाकारको रुटिन भताभुंगाको हुन्छ । कहिले नाइटबसमा यात्रा हुन्छ । निद्र खल्बलिन्छ । कहाँ घाम पर्ने हो हावा हुन्डरी पर्ने हो थाहै हुन्न । निद्र र त्यस्ता हावाहुरीले हाम्रो सुन्दरता बिगारिदिन्छ । त्यसैले म त हामी कलाकारभन्दा सामान्य महिलाहरु नै धेरै राम्री देख्छु ।

 
आदिवासी जनजाति महिला आन्दोलनको औचित्य
आइतबार, 21 अप्रिल 2013 08:16    PDF Print E-mail

alt-इन्दिरा चोङबाङ

परम्परागतरुपमा हेर्ने हो भने आदिवासी जनजाति महिलाको अधिकार पुरुÈको भन्दा बढी थियो, यो समुदायमा महिला घरको मुली हुने गर्थे भने पुरुषले महिलालाई सम्मान गर्ने गर्थे । समयको परिवर्तनसँगै आदिवासी जनजाति महिलाहरुले आफ्नो परम्परागत अधिकार गुमाउँदै गए । 


आदिवासी जनजाति संगठनको आवश्यकता किन ?


आदिवासी जनजाति के हो ? यिनीहरु किन संघठित भएका छन् भन्ने प्रसंग धेरै पुरानो भए पनि अझसम्म यदाकदा किन र के का लागि आदिवासी जनजाति महिला भन्ने प्रश्न जनमानसमा धेरै नै पाइन्छ । कतिपयलाई यो शब्द भनेको महिलाको एकतालाई खलबलाउने तत्व हो भन्ने भ्रम पनि सिर्जना भएको छ ।


महिला आन्दोलनले यतिको उचाइ पार गरिसक्दा पनि आजसम्म महिला पुरुÈबीचको असमानता हट्न सकेको छैन यो सर्वविधिदै छ । यो प्रसंगलाई सँगै जोड्दा आदिवासी जनजाति महिलाभित्रको पनि आदिवासी महिला भएका कारण दोहोरो मारमा परेका छन् । महिलालाई राज्यले जुन विभेद गरेको छ त्यस विभेदबाट बाहिर निस्कदा अन्य विभेद यथावत नै छ । त्यो हो आदिवासी जनजातिको पगरी ।

महिला अधिकारको कुरा गर्दा, महिलालाई समान राजनीतिक अधिकार, समान मानव अधिकार, रोजगारीमा समानता, नागरिकतामा अधिकार, शैक्षिक अधिकार र आर्थिक पहुँचमा महिला अधिकारको सन्दर्भ जोडिएका छन् । यी सवालहरु सम्पूर्ण महिलाका साझा मुद्दा हुन् । यधपी यी मुद्दामात्र सम्बोधन गर्दा आदिवासी जनजाति महिलाका जुन सांस्कृतिक र पहिचानको अधिकार छ त्यसलाई समेट्न सक्दैन ।

एक समयमा आदिवासी जनजाति महिलालाई परम्परागत शैलीबाट रक्सी उत्पादन गर्न निषेध गरिएको थियो, यो उनीहरुको मानव अधिकारको उल्लंघन हो । आज तिनै विषयसँग विश्वव्यापीकरण, निजीकरण र उदारीकरण प्रसंगहरु जोडिएका छन् जसकारण यिनीहरुको जन्मसिद्ध केही अधिकारहरु खोसिएका छन् भने यिनीहरुमा भएको प्रतिभा र कलाहरु लोप हुने अवस्थामा छन् ।


आदिवासी जनजाति भन्नाले आदिम समयदेखि नै आ–आफ्नो थातथलोमा रह“दै आएका, आफ्नै भाषा, संस्कार, संस्कृति र कला भएका जातिलाई बुझिन्छ । नेपालमा आदिवासी जनजाति महिलाको अधिकारको कुरो गर्दा उनीहरुको भाषिक अधिकार, सांस्कृतिक आधिकार, कला सीपको संरक्षण र सम्बद्र्धन गर्ने अधिकार पर्छ । जुन अन्य महिलाको मुद्दाभन्दा अलग छ ।

समान मुद्दाका सवालमा सम्पूर्ण महिलाहरु सहकार्य गरेर अघि बढिरहेका छन् भने जुन पृथक मुद्दाहरु छन् यसका लागि आदिवासी जनजाति महिलाहरु संगठित भएर लडिरहेका छन् । यो नेपालमा मात्र होइन अहिले विश्वमा नै द्रुत गतिमा अघि बढिरहेको छ । आदिवासी जनजाति महिलाहरु घरेलु सामानको प्रयोग गरेर विभिन्न सामग्रीहरु बनाउनमा निपुण छन्, जस्तै कपडा बनाउने, मर्चा बनाउने, जाँड, रक्सी बनाउने जस्ता सीप यिनीहरुसँग छ ।


आजको परिवर्तनशील समयमा विश्वव्यापीकरणका कारण मानिस ग्लोबल सिटिजन बनेका छन् । त्यस्तै विश्वका विकसित मुलुकबाट आधुनिक सामानको आयातबाट यी घरेलु उत्पादनका सामानहरु घरायसी भएका छन् । यसैकारण यी कला र सीपहरु लोप हुने अवस्थामा छन् । यतिमात्र होइन भाषा, संस्कार, संस्कृति यिनीहरुको सम्पति हो ।

आज विश्वमा नै रोजगारको लागि प्रतिस्पर्धा गर्ने समय भएकाले अन्तर्राष्ट्रिय भाÈाको प्रभावका कारण यिनीहरुको भाषा र संस्कार प्रत्यक्ष रुपमा प्रभावित भएका छन् । यी अमूल्य सम्पतिको जगेर्ना गर्ने जिम्मेवारी आदिवासी जनजाति महिलाका हुन् । यिनीहरुको सही रुपमा संरक्षण र सम्बद्र्धन गर्नु आजको आवश्यकता हो । यदि यो काम अहिलेदेखि भएन भने भोलि हामी को हौं, हाम्रा संस्कार र संस्कृति के हो ? भन्ने प्रश्नसँगै पहिचानको अन्त्य हुन सक्छ ।


यी पहिचानका मुद्दा आदिवासी जनजाति महिलाहरुसँग प्रत्यक्ष सम्बन्धित विषय भएकाले यिनीहरु आदिवासी जनजाति महिलाका संगठनबाट मात्र सम्भव छ । यो प्रक्रिया नेपालमा मात्र नभएर विश्वकै आदिवासी जनजाति महिलाबाट भइरहेको छ । उदाहरणको लागि अहिले एसियाली मुलका आदिवासी जनजाति महिलाहरु ककस बनाएर अघि बढ्दै छन् । कतिपयको मनमा लग्न सक्छ परदेशमा रहेर यी मुद्दाहरु उठाइराख्न कुनै महत्व छैन, तर हामी स्वदेशमा या त विदेशमा जहा“ रहे पनि आफ्नो पहिचानलाई र आफ्नोपनलाई भुल्न मिल्दैन ।

स्वदेशमा भन्दा विदेशमा यी कुराहरु अझ महत्वपूर्ण देखिन्छ किनभने विदेशमा जब नयाँ सन्ततिहरु हुन्छन् उनीहरुलाई आफ्नो भाषा संस्कार र संस्कृति के हो भन्ने कुरो थाहा हुन्न, यदि उनीहरुलाई यी विषयमा ज्ञान दिन सकिएन भने यो अमूल्य सम्पति हराएर जान्छ । त्यो भनेको हाम्रो पहिचानको अन्त्य हुनु हो ।


त्यसैले जहा“ रहे पनि हामी आफ्नो मातृभूमिको इज्जत गर्छौ, आफ्नो इतिहासलाई बचाउन चाहन्छांै र हामी भोलिसम्म तिनै पहिचान कायम राख्न चाहन्छौं । यी अमूल्य सम्पतिहरुको सदुपयोग र संरक्षण गरेर उही नेपालका आदिवासी जनजाति हौं, लिम्बु हौं, तामाङ हौं, शेर्पा हौं, मगर हौं या अन्य जाति हौं भन्ने पहिचान सहित आफ्नो धर्म, संस्कार र संस्कृतिलाई निरन्तर बचाउन चाहन्छांै । यी महत्वपूर्ण पर्वहरुको संरक्षण गर्ने सवालमा पुरुÈभन्दा महिलाको भूमिका प्रमुख देखिन्छ किनभने आमा नै सन्तानको पहिलो शिक्षिका हुन् । आफ्ना छोराछोरीलाई कस्तो संस्कार सिकाउने यसमा बाबुभन्दा आमाको भूमिका प्रमुख हुन्छ ।

त्यसैले यदि आजका आदिवासी जनजाति महिलाहरु आफ्नो मुद्दामा स्पस्ट छन् भनेमात्र यसको महत्वबारे सचेत हुन सक्छन् । आफ्नो सन्तानलाई त्यतैतिर डो¥याउन सफल हुन्छन् । यिनै उद्देश्यहरु लिएर अमेरिकाको न्युयोर्कमा रहेका आदिवासी जनजाति महिलाहरु संगठित भएका छन् । धेरैको मनमा उब्जिएको प्रश्न जस्तो यो संगठन यथावत रहेको संगठनको प्रतिस्पर्धामा उत्रिएको भने अवश्य होइन, न त महिला एकतालाई खलबलाउने प्रयास नै हो । माथि उल्लेख गरेभन्दा बढी आदिवासी जनजाति महिलालाई सशक्त बनाउन, अन्य महिला संगठनसँग सहकार्य गर्दै अघि बढ्ने तथा कल्याणकारी काम गर्ने संस्थाको प्रमुख उद्देश्य हो ।
विश्वका आदिवासी जनजाति महिलाहरु


विभिन्न स्रोतले प्रस्तुत गरेको प्रतिवेदनअनुसार विश्वमै आदिवासी जनजाति महिला दोहोरो विभेदमा परेका छन् । प्रथम विभेद एउटा महिला भएको नाताले समाज, परिवार र राज्यबाट भएको छ भने दोस्रो विभेद आदिवासी जनजाति भएकाले खेप्नुपरेको छ । विश्वमै यिनीहरुको अधिकारको उलंघन भएको छ । यिनीहरु निर्णायक तहमा पुग्न सकेका छैनन्, जमिनमाथिको अधिकार सुनिश्चित गरिएको छैन, उच्च शिक्षाको अवसरबाट बञ्चित छन्, घरेलु हिंसाबाट पिडित छन् भने असुरक्षित तवरले बच्चा पैदा गर्ने, ट्राफिकिङ र कमजोर स्वास्थ्य सेवा आदिबाट प्रताडित छन् । अहिले आएर यिनीहरु स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निकायमा संगठित भएका छन् ।

संयुक्त राष्ट्र संघमा पनि आदिवासी जनजाति महिलाको मुद्दालाई सन् १९९२ देखि सम्बोधन हुन थालेको छ । अहिले यो मुद्दा हेर्ने छुट्टै निकाय छ । त्यसैगरी विभिन्न देश र महादेशहरुमा आदिवासी जनजाति नेटवर्क र ककसहरुले आदिवासी जनजाति महिलाको मानव अधिकार संरÔण तथा हिंसालाई निराकरण गर्ने काम गर्दै आएका छन् ।


संयुक्त राष्ट्र संघले जारी गरेको आदिवासी जनजाति सम्बन्धी विभिन्न घोषणापत्रहरुमा आदिवासी जनजाति महिला अधिकार सुनिश्चित गर्नुपर्ने उल्लेख छ । सोही प्रतिवेदनअनुसार विश्वका आदिवासी जनजातिहरु आफ्नो हक र अधिकारका लागि सन् १९७० देखि आन्दोलित भएका हुन् ।
परम्परागतरुपमा हेर्ने हो भने आदिवासी जनजाति महिलाको अधिकार पुरुषको भन्दा बढी थियो, यो समुदायमा महिला घरको मुली हुने गर्थे भने पुरुषले महिलालाई सम्मान गर्ने गर्थे ।

समयको परिवर्तनसँगै आदिवासी जनजाति महिलाहरुले आफ्नो परम्परागत अधिकार गुमाउँदै गए । आदिवासी जनजातिहरु आफ्नो भूमिबाट विस्थापित भए भने उनीहरुले प्राकृतिक स्रोत र साधनमा भएको अधिकार पनि गुमाउँदै गए । यहीकारण आदिवासी जनजाति महिलाहरुले आफ्नो भएको अधिकार गुमाउँदै गए ।
संयुक्त राष्ट्र संघको आदिवासी जनजाति सम्बन्धी मुद्दा हेर्ने निकाय ग्ल्एँक्ष्क्ष् का अनुसार महिला विरुद्ध हुने सम्पूर्ण हिंसाको अन्त्य गर्ने महासन्धी सिडले पनि आदिवासी जनजाति महिलाको मुद्दालाई सम्बोधन गर्न सकेको छैन । उक्त महासन्धीमा यिनीहरुको मुद्दालाई सम्बोधन गर्नका लागि ग्ल्एँक्ष्क्ष् ले सिफारिस गरेको छ ।

अहिले विश्वव्यापी रुपमा आदिवासी जनजाति महिला आफ्नो अधिकार सुनिश्चित गर्न एकतावद्ध भएका छन् । यसैको उपलब्धी स्वरुप विभिन्न देशमा यिनीहरुको हक अधिकार सुनिश्चित गर्ने आवाजहरु बुलन्द भएका छन् । यिनै प्रसंगलाई हेर्दा आदिवासी जनजाति महिलाहरु आफ्नो गुमेको अधिकारलाई स्थापित गर्न, अन्य नागरिक सरहको अधिकार सदुपयोग गर्न र विभिन्न तरहबाट भएको विभेदको अन्त्यको लागि जुटेका छन् । यो उनीहरुको मानव अधिकारको संरक्षणको लडाई हो ।

यसका लागि आजका सम्पूर्ण महिलाहरु सचेत हुनु छ तबमात्र सम्पूर्ण महिलाहरुमा सहकार्य सम्भव छ । इतिहास रच्नका लागि यिनै सहकार्य र सद्भाव नै आजको मुलमन्त्र हो ।
– लेखक आदिवासी जनजाति महिला महसंघ अमेरिकाकी महासचिव हुन् ।

पछिल्लो परिमार्जन ( आइतबार, 21 अप्रिल 2013 09:50 )
 
हिसिलाको क्यारिकेचरले चिनायो – विपना बस्नेत, नक्कली हिसिला
बिहिबार, 04 अप्रिल 2013 11:29    PDF Print E-mail

alt

झण्डै ३५ चलचित्रमा अभिनय गरिसके पनि उनलाई चिन्ने कम थिए । १३ वर्षअघि कलाकारिता सुरु गरेकी विपना बस्नेतले अहिले भने नेपाल टेलिभिजनमा प्रसारण भइरहेको हास्यशृंखला तितो सत्यमा अभिनय गरेर चर्चा बटुलेकी छन् । तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईकी पत्नी हिसिला यमीको नक्कल गर्न थालेकी उनलाई मेला महोत्सवमा पनि प्रस्तुतिका लागि निम्तो आउन थालेको छ । हिसिलाको रुपमा प्रस्तुत भएपछि शुभचिन्तकहरुको फोन आउने गरेकोमा दंग छिन् उनी । ठूलो पर्दाबाट सानो पर्दामा फर्कने चलन सामन्यतया कम हुन्छ । तर, ठूलो पर्दामा अभिनय गरे पनि सानो पर्दामा फर्केर लोकप्रिय बनेकी छिन् विपना । २०५३ सालदेखि पराई घरु चलचित्रमा ब्युटिसियनका रुपमा चिनिन थालेकी बस्नेतले जिन्दगानी चलचित्रमार्फत अभिनय गर्ने मौका पाएकी थिइन् । काठमाडौंको धर्मस्थली गाविस वडा नं ९ मा जन्मेकी बस्नेत हाल डिल्लीबजार वडा नं ३३ मा बस्छिन् । उनै बस्नेतसाग एभरेस्ट टाइम्सका शोभाकान्त सिग्देलले गरेको कुराकानी ः

ठूलो पर्दा छाडी सानोमा किन आउनु भएको र ?

ठूलो पर्दामा जति वर्ष अभिनय गरे पनि दर्शकमाझ लोकप्रिय हुन गाह्रो छ । तर, सानो पर्दामा थोरै सयम अभिनय गरे पनि दर्शकबाट चाँडै नै प्रतिक्रिया आउछ । अझ सानो पर्दाबाट दर्शकसाग चाँडै घुलमिल हुने अवसर मिल्छ ।

लोकप्रिय हुनुभएको सानो पर्दाको पहिलो कार्यक्रम कुन हो ?
नेपाल टेलिभिजनमा प्रसारण भइरहेको हास्यशृंखला तितो सत्य।

तितो सत्य मा कति भागवाट प्रवेश गर्नुभयो ?
४ सय ९५ भागबाट ।

पहिलो भागमा के विषयमा अभिनय गर्नुभयो रु
नक्कली बाबुराम बनेर एक्लै खेलिरहनुभएको ज्योति काफ्लेसाग भ्यालेन्टाइन्स डेबारे नक्कली हिसिला यमीको रुपमा अभिनय गरेकी थिएँ ।

पहिलोपटक नक्कली हिसिला यमीको रुपमा टिभीमा आफैलाई देख्दा कस्तो लाग्योÂ रु
एक छिन त छक्क परें । पहिलो दिन त राति १० बजेसम्म शुभकामनाको फोन आउादा धेरै खुसी लाग्यो ।

तितो सत्यमा प्रवेश गर्ने अवसर कसरी मिल्यो ?
म धादिङमा झोला फिल्मको सुटिङमा थिए । सोही दिन अचानक दीपाश्री निरौलाले फोन गर्नुभयो । दिदी तितो सत्यमा अभिनय गर्नुपर्‍यो । त्यसपछि म सुटिङ सकेर काठमाडौ आए । दीपा बहिनी र दीपक भाइसागको भेटपछि अभिनय गरेको पहिलो भागले रातारात सबैसामु परिचित बनायो ।

तितो सत्यभन्दा अगाडि त तपाईंलाई कसैले चिन्दैनथे नि ?
म पहिला फिल्महरुमा ब्युटिसियनको काम गर्थें । अभिनयमा थोरै–थोरै भूमिका र ठूलो पर्दामा खेलेका कलाकारलाई एकैचोटि स्रोतामाझ भिज्न पनि गाह्रो हुदा थाहा नभएको हुन सक्छ ।

हिसिलाको रुपमा प्रस्तुत हुदा कसरी लोकप्रिय भएजस्तो लाग्छ ?
महिला भएर पनि मन्त्री भइसक्नुभएको त्यसमा पनि प्रधानमन्त्रीको श्रीमती हुदा सबैको चर्चित हुनुहुन्थ्यो ।

के विषयमा चर्चित हुनुभएको थाहा पाउनुभयो र ?
प्रधानमन्त्रीको श्रीमती भएपछि कर्मचारी सरुवा बढुवा गर्ने, आफ्ना मान्छेलाई रोजगार दिने र भ्रष्टाचार पनि गर्नुभएको विषयले चर्चित बनाएको थियो ।

तपाईंले भ्रष्टचार गरेको अभिनय पनि गर्नुभएको छ ?
गरेकी छु ।

यमीले भ्रष्टचार गरेको कसरी थाहा पाउनुभयो ?
रेडियो, टिभीमा समाचार सुनेर र पत्रिका पढेर थाहा पाएकी थिए ।

भ्रष्टाचारको अभिनयपछि बाटोमा हिंड्दा मानिसले के भन्छन् ?
खै हजुर अहिलेसम्म त बाटोमा भेट्ने सबै मानिसले राम्रै अभिनय छ भन्छन् ।

यमीका समर्थकको धम्की आएको छ त छैन नि ?
अहिलेसम्म त त्यस्तो धम्की आएको छैन ।

नक्कलको अभिनय गरेपछि यमीसँग कतै भेट भएको छ ?
भेट भएको छैन ।

बाटोमा कतै भेट भयो भने के भन्नुहुन्छ ?
सबैभन्दा पहिला नमस्कार हजुर भन्छु । त्यसपछि हजुरको जन्मले मेरो अभिनय सफल हुदै गएको पनि बताउछु ।

अफ्नो भूमिकाप्रति कत्तिको सन्तुष्ट हुनुहुन्छ ?
कतिपय अवस्थामा विभिन्न कारणवश आफूले चाहेजस्तो दर्शकलाई देखाउन सकिादैन त्यसमा दुस्ख लाग्छ । तर पनि दर्शकहरुको धेरै माया पाएकोमा खुसी बढी लाग्छ ।

पछिल्लो परिमार्जन ( मंगलबार, 09 अप्रिल 2013 10:07 )
 
विवाह गर्न अभिभावकलार्इ दु:ख दिइन–भुर्तेल
PDF Print E-mail

alt

एक दशक पहिला बाटोमा हि‌ड्दा रोएको मान्छ देख्दा रुन मन लाग्ने र हाँसेको मान्छे देख्दा हाँस्न मन लाग्ने पातलीको दिनचर्या नै अचेल अरुलाई रुवाएर वा हासाएर बितिरहेको छ । पहिला देखेर भोगेका वास्तविक घटनाले नै आज टेलिभिजन तथा स्टेज कर्यक्रममा व्यस्त छिन् पातली । १० वर्षअघि आफ्नो फुपू माया भुर्तेलको सहयोगमा 'हिजोआजका कुरा'मा अभिनय गरी कलाकारिता सुरु गरेकी पातली अहिले कान्तिपुर टेलिभिजनबाट प्रसारण भइरहेको 'हर्के हवल्दार' हाँस्य सिरियलमा व्यस्त छिन् । सोही हाँस्य सिरियलमा चोटिलो प्रस्तुति गरेर हजारौं दर्शकमाझ अटुट सम्बन्धको वातावरण बनाइरहेकी छिन् । सिरियलमा लाहुरे बासाग सबैभन्दा नजिकिएर उठबस गर्ने पात्रको रुपमा आजभोलि लोकप्रिय पात्र हुन पातली । उनको वास्तविक नाम उर्मिला भुर्तेल हो । उनको जन्म भोजपुर वडा नं ३ मा भएको हो । उनी हाल काठमाडौंको लाजिम्पाटमा बस्दै आएकी छिन् । गाउाघरमा देखिएका विसंगतिलाई व्यंग्यात्मक रुपमा प्रस्तुत गरी समाजमा सचेतना फैलाउनु नै भुर्तेलको मुख्य उद्देश्य हो । उनै भुर्तेलसाग एभरेस्ट टाइम्स पाक्षिक पत्रिकाका शोभाकान्त सिग्देलले गरेको कुराकानी :

कलाकार सन्तोष पन्तसाग अभिनय गर्ने मौका पाएर पनि त्यति चर्चामा आउनु भएन नि ?
त्यतिखेर अवसर पाउनु सबैभन्दा ठूलो विषय थियो र मैले हिजोआजको कुरामा दुई वर्ष अभिनय गरेपछि बन्द भयो ।
सुन्दर रुप र राम्रो अभियन क्षमता भएकी तपाईंले त छिट्टै अवसर पाउनुपर्ने नि ! खै हजुर हिजोआजको कुरामा अभिनय गर्न भनेर सन्तोष सरलाई भेट्न जाँदा उहाँको गेटवाट चारपटक फर्केकी छु ।

फर्कंदा कस्तो लाग्यो ?
मलाई सारै पीर पर्न थालेको थियो तर, मैले अवसर पाएा भने सफल हुन्छु भन्ने ढुक्क पनि थिएा ।

तपाईंले ठूलो पर्दामा पनि अभिनय गर्नुभएको हैन र ?
हो सन्तोष पन्त सरले बनाउनुभएको 'फिल्म' नामको फिल्ममा २०६० सालतिर अभिनय गरेकी थिएा ।

तपाईं त ठूलो पर्दाबाट सानो पर्दामा फर्कनुभयो किन ?
ठूलो पर्दामा जति अभिनय गरे पनि जनताको प्रतिक्रया पाउन र लोकप्रिय हुन गाह्रो छ तर सानो पर्दामा चाँडै प्रतिक्रिया आउाछ । सानो पर्दाबाट स्रोता माझ नजिकिनुको साथै स्रोताको दैलोसम्म पुग्न सकिन्छ ।

हर्के हवल्दारमा कहिलेबाट प्रवेश गर्नुभएको हो ?
म ८६ भागबाट प्रवेश गरेकी हुँ।

कस्को सहयोगमा प्रवेश गर्ने अवसर पाउनुभयो ?
गत असार महिनामा पाल्पा जाँदा हर्के हवल्दारमा अभिनय गर्ने रोशनी सापकोटा तथा बाटुलीसाग भेट भएको थियो । उहाँले नै कलाकारद्वय विष्णु सापकोटा र प्रकाश सुवेदीलाई कुरा गरिदिनुभएको हो ।

हर्के हवल्दारबाट छिट्टै नै चर्चामा आउनुभयो नि, तपाईंले के जादु गर्नुभयो ?
सुरु–सुरुमा त यति छिटो चर्चामा आउाछु जस्तो लागेको थिएन तर म लगायत हाम्रो समूहको मेहनत र समसामयिक गाउाको विषय प्रस्तुति गर्नाले चर्चामा आएका हौं ।

लाहुरे बासागको जोडीले त निकै चर्चा पायो, वास्तविक जीवनमा के छ नि ?
कलाकार भएपछि जोसाग मिलेर राम्रो कला प्रस्तुत गर्न सकिन्छ उसैसाग अभिनय गर्नुपर्छ । लाहुरे बासागको कुरामा कथाले मागेको विषय वस्तुबाहेक अरु केही छैन ।
'हर्के हवल्दार'मा पातली नाम कसरी रह्यो ?
अभिनय गर्ने सिलसिलामा सम्वाद गर्दा पातली नामले बोलाउन सजिलो भएर हो ।

हर्के हवल्दारमा तपाईंलाई किन उत्ताउली र ठूली महिला भनिएको हो ?
म धनी बाउकी एक्ली छोरी, पढेलेखेकी र धेरै जानेबुझेकी हुन्छु जस्ले गर्दा कसैलाई पनि नगन्ने अभिनय गर्नु परेकाले उत्ताउली र ठूली महिला भनिएको होला ।

वास्तविक जीवनमा पनि त्यस्तै त हुनुहुन्न नि ?
वास्तविक जीवनमा मलाई भेट्ने जति मानिसले टिभीमा उत्ताउली देखिए पनि जनजीवनमा सारै सरल र हासिलो हुानुदोरहेछ भन्छन् ।

पातलीले लोग्नेलाई गोरु जोताएको जस्तो दृश्यले समाजमा जनचेतना हुन्छ र ?
समाजमा त्यस्तै दृश्य नभए पनि सोझो लोग्नेको फाइदा उठाएको जस्तो हुन सक्छ तर हाम्रो उद्देश्य लोग्ने र श्रीमतीले बराबर काम गर्नुपर्छ भन्ने हो ।

कलाकार क्षेत्रमा यति वर्ष अभिनय गर्दा जीवन साथीको टुंगो लाग्यो ?
लाग्यो हजुर ।

जीवन साथी आफैंले खोज्नुभयो कि कि अभिभावकले ?
अभिभावकलाई दु:ख दिइन ।

आफैंले खोज्नुपर्दा अप्ठेरो परेन ?
छ हजुर आफैंले खोजेपछि आफैले विवाह गर्नुपर्ने त्यही क्रममा २०६३ वैशाख ४ गते कफ्र्यु लागेको समयमा मनमैजु मन्दिरमा गएर विवाह बन्धनमा बाँधिएको दिन कहिल्यै विर्सन सक्दिन ।

 
बलिउडका चर्चित झापड काण्ड
मंगलबार, 19 मार्च 2013 10:35    PDF Print E-mail

मुम्बाई, ६ चैत(एजेन्सी) । बलिउड चर्चित फिल्म उद्योग हो । यहाँका कलाकारले पनि उत्तिकै इज्जत पाउँछन् । तैपनि कामको बेला कलाकारबीच ठाकठुक पर्दोरहेछ । र, हात हालाहाल पनि हुने रहेछ । हात छोडिहाल्नेमा नायक नै अगाडि देखिन्छन् । हालै बलिउडमा भएका चर्चित चार झापड् काण्ड ।
शाहरुख खान झापड् काण्ड
अग्निपथ पुननिर्मण सकिएपछिको पार्टीमा शाहरुख खानले शिशिर कुन्दरलाई एक झापट दिए । शाहरुख धेरै अघि देखि शिशिर देखि रिसाएका थिए । त्यो पार्टीमा त ‘रावन’ फिल्मको असफलतालाई लिएर शिशिर हल्का मजाक समेत गर्दैथिए । त्यसैले शाहरुखले आफ्नो रिस थाम्न सकेनन् । एक झापट दिइहाले । कलाकारको भीड बाक्लै थियो र घटनाले ठुलो रुप लिएन ।
गोविन्द झापड् काण्ड
‘रन भोला रन’ निर्माणका क्रममा नायक गोविन्द निर्माता निराज भोरासँग रिसाएर एक झापट दिए । फिल्म निर्माण क्रममा निर्माताले अर्का नायक अर्यान भजिद्लाई स्क्रिनमा धेरैपटक देखाउने नियतले सुटिङ गरेको निष्कर्षसहित झापट दिएको बुझिएको छ । फलस्वरुप निर्माण पक्षले आयोजना गरेको पार्टीमा गोविन्द उपस्थित भएनन् ।
अक्षय कुमार झापड् काण्ड
नायक अक्षय कुमारले प्रियांका चोपडांकी सेक्रेटरी प्रकाश जजुलाई झापट दिए । केही वर्षयता प्रियांकासँग हिमचिम बढाएको अक्षयले एक स्टुडियोमै पिटेका थिए । आफु र प्रियांकाबारेको सम्बन्धलाई अफवाह फैलाएको पाएपछि अक्षयले झापट हानेको बताइएको छ ।
सलमान खान झापड् काण्ड
हुन त सलमान खानले धेरैलाई झापट हानेका छन् । तर निर्माता सुभाष घाईलाई दिएको झापट भने चर्चित नै भयो । एक पार्टी चलिरहेको बेला घाईले गरेको कमेन्ट सलमानलाई मन परेन । उसले निर्मातालाई एक झापट हानिहाले । सलमानका बुवाले माफी माग्न त भनेका थिए । तर सलमानले माफी मागेनन् ।

पछिल्लो परिमार्जन ( मंगलबार, 19 मार्च 2013 10:52 )
 


Page 1 of 10