दर्ता तथा प्रवेश
विचार
लोडसेडिङको मारमा एफएम रेडियो ।
बिहिबार, 07 फेव्रुवरी 2013 03:53    PDF Print E-mail

alt

निमा पाखि्रन / न्युयोर्क 
दिनहुँ नेपालबाट प्रसारित एफएमबाट समाचार सुन्दा थाहा लाग्छ, नेपालमा केहि बर्ष यता हुँदै आएको लोडसेडिङ निरन्तर बढ्दो छ । अहिले दिनको १२ घन्टा पुगेकोछ भने अगामी फागुन-चैत्र सम्ममा १८-२० घन्टासम्म पुग्न सक्ने बताईएको छ । म नेपाल छँदा स्थानीय रेडियो प्रसारणमा लोडसेडिङले पुराएको प्रभावबारे अध्ययन गर्न केहि स्थानमा जाँदा गरिएका अनुभुतिहरु स्मरणयोग्य छन् ।
जेनेरेटरको आवाज परैसम्म घ्यार....घ्यार.. सुनिएको थियो, जब हामी हातमा स–साना टर्च लाइट लिएर साँझको अन्धकार चिर्दै ऐतिहासिक गोरखा बजारस्थित रेडियो गोरखातिर बढ्दै थियौं । स्टेशन प्रवेश हुँदा वडेमानको जेनेरेटरले हामीलाई उज्यालो दिंदै स्वागत गर्यो । रेडियोकर्मी साथीहरु ७ बजेको स्थानीय समाचार बुलेटिनमा व्यस्त थिए । कतै त्यो वडेमानको जेनेरेटरले धोका दिएर रेडियो प्रसारण रोकिए समाचार प्रसारण नहोला भन्ने चिन्ता उनीहरुमा देखियो । ‘ए जेनेरेटरमा तेल कति छ, हेर त’ त्यै बेलामा स्टेशन म्यानेजर किशोरजंग थापाले कसैलाई अह्राए । २ बजेदेखि लगातार जेनेरेटर चलाएर रेडियो प्रसारण गरिरहेको उनले हामीलाई बताए ।

बिहान गोरखा दरवार हेर्न उक्लदै थियौं । एक वृद्ध आँगनमा रेडियो सुनीरहेका थिए । फोटो खिच्न क्यामेरा सोझ्याएको मात्र थिए“, उनले प्वाक्क सोधे ‘बाबु, गोरखाको पानी पिउन कहिले आइपुग्नु भो ?’ हिजै आएको बताएपछि उनले भने– ‘बल्ल नेपाली भएछौं ।’ साथीहरु अघि बढे, मलाई भने वृद्धसंग थप कुरा गर्ने मन भयो । छेवैमा बस्दै भने– ‘बा, म त पहिलेदेखि नै नेपाली हुँ नी ।’ वृद्ध फिस्स हाँसे । २०३७ साल पौष २७ मा तत्कालिन प्रधानमन्त्री सूर्यबहादुर थापाले डुम्रे–गोरखा सडक खण्ड उद्घाटन गर्नेबेला ‘गोरखाको ऐतिहासिक माटोमा पाइला राखेपछि मात्र सच्चा नेपाली हुनेछ’ भनेर बोलेको सम्झी रहेका रहेछन् उनले।

१९९३ सालमा जन्मेका, प्रहरी सेवाबाट निवृत्त अर्याल थरका यी वृद्ध रेडियोलाई खुब प्रेम गर्दा रहेछन् । ‘बत्ती नभा’ले टि.भी. हेर्न पाउने कुरो भएन, त्यही माथि आँखा असाध्यै दुख्छ ।’ उनले रेडियो देखाउँदै भने– ‘यो नै मेरो बुढेसकालको साथी बनेको छ, जहाँ बोके पनि भैगो, देश विदेशका खबर पाइहालिन्छ ।’ पहिले रेडियो नेपालमा भरपर्ने उनी अचेल स्थानिय गोरखा एफएम सुन्दा रहेछन् । बिबिसी नेपाली सेवा सुन्ने आदत नै रहेछ । त्यसका लागि बेलुका ट्युनीङ मिटर बटारेर अन्य रेडियो स्टेशनतिर लैजाँदो रहेछन् । गोरखा एफएमबाट पनि बिबिसी प्रसारण प्रकृया अगाडी बढीरहेको अघिल्लै दिन स्टेशन म्यानेजर किशोरले सुनाएका थिए । बुढाको अनुहारमा चमक त देखियो तर शंका गरे–‘खै बाबु, बिजुली नआएपछि रेडियो नै बन्द पो हुने हो की !’ 

हाम्रो यात्रा लमजुङको बेसिंशहरस्थित रेडियो मर्स्याङ्दीतिर बढ्दै गर्दा गोरखामा झैं उर्जा संकट लमजुङको रेडियोमा छैन होला भन्ने लागेको थियो । तर जसै स्टेशनमा पुग्यौं, युपीएस व्याकअप पावरबाट आवाज सुनियो– ट्वुइक..ट्वुइक.. ट्वुइक.........। व्याकअप व्याट्री पूर्ण रिचार्ज हुन नपाएकाले युपिएसले अनौठो आवाज दिइरहेको थियो र केही समयमै रेडियो बन्द हुनेवाला थियो । 

एकविहान पोखरा सराङकोट पुग्यौं । गाउँ–गाउँमा खुलेको स्थानिय रेडियोहरुको प्रभावबारे छलफल भयो । स्थानीयलाई सु–सुचित गर्ने, मनोरञ्जन दिने मात्र नभई उनीहरुको क्षमता अभिवृद्धि र सचेतना बाँड्ने काममा उर्जा दिंदै आइरहेको रेडियो स्वयं अहिले उर्जाविहीन भएकोप्रति दुखेसो गरे ।

अर्कोदिन बाग्लुङ पुग्यौं । त्यहाँ पनि उस्तै हाल थियो। स्थानिय रेडियोमाथि सरकारले गर्दै आएको वेवास्ता र सौतेलो व्यवहारप्रति धेरैले आक्रोश पोखे । उनीहरुका अनुसार रेडियोकै कारण स्थानिय जनता चनाखो बनेका छन् । पहिले जस्तो नेता र टाठाबाठाले सोझालाई झुक्याउने अवस्था अब छैन । गाविसका रकम कहाँ र कसरी प्रयोग-दुरुपयोग भइरहेको छ, जनता आफैले खोज्न थालेका छन् । नबोल्नेहरु बोल्नसक्ने भएका छन् । सफलतादेखि पीरमर्का र समस्या बाँड्ने साझा चौतारीसम्म बनेको छ रेडियो भनेर उनीहरु चर्चा गर्दै थिए ।

लोडसेडिङ यस्तो घिटीघिटी अवस्थामा रहेर पनि रेडियोहरु अहिलेसम्म बाँची नै रहेका छन् । जनसमुदायलाई सुचना दिई नै रहेका छन् । अव त रेडियो प्रसारण स्थानीय स्तरमा मात्र सिमीत रहेको छैन । अनलाईन प्रशारणले विश्वलाई नै जोडेको छ । न्युयोर्क बसे पनि, लण्डन बसे पनि वा सिड्नी अथवा जोहन्सबर्ग, जहाँ बसे पनि रेडियोको अनलाईन प्रशारणले हामीलाई कहाँ के भै रहेको छ भन्ने घटनाको जानकारी दिई रहेको छ । १० बर्ष अघी म न्युयोर्कमा पहिलो पटक आउँदा नेपालको नाम सुन्न पाउँनु पनि मुस्किल हुन्थ्यो, गाउँघरको समाचार त परै जाओस् ! 
 
लेखक सोलु एफएमको सञ्चालक हुन ।
 
बजारमा आइपुग्यो
PDF Print E-mail

alt

बजारमा आइपुग्यो
PDF Print E-mail

alt

जिजस क्राइस्ट जन्मोत्स्वको हर्शोउल्लास
सोमबार, 07 जनवरी 2013 04:56    PDF Print E-mail

बिष्णु सिंह (बैजु)

परमप्रभु जेहोवाजिरेह्ले सृस्टी गरेको पहिलो मानव आडम र इभलाई आफ्नो बिचार गरी कार्य गर्ने स्वतन्त्रता प्रदान गर्नु भएको थियो । प्रभुले तीनलाई यो गर्नु , त्यो नगर्नु; यो खानु, त्यो नखानु भनि नियम बाधी दिएको भएता पनि रोबोट जस्तो एकोहोरो कार्य गर्ने मशिन बनाउनु भएको थिएन । यो स्वतन्त्रताको कारण मानव बिबेकले कहिले नियम्, आज्ञा पालन गरी सही कार्य गर्द्छ र सुख प्राप्त गर्दछ । तर कहिलेकाही यो स्वतन्त्रताको दुरुपयोग गरी पाप कर्म गर्न पुग्द्छ र आफ्नो लागी आफैले दुर्भागय निम्त्याउछ । यही स्वतन्त्रताको दुरुपयोग गर्दै यि पहिलो स्त्री पुरुषले प्रभुको आज्ञाको उल्लघन गर्दै इडेन बगैचाको ज्ञान बृक्षको फल खाइ दिनाले उनिहरु पाप युक्त हुन पुग्द्छ्न । प्रभुले उनिहरुलाई आफनै प्रतिमुर्तिको रुपमा अमर शृस्टी गर्नु भएको थियो । तर उनिहरुको अवज्ञाको कारण मरणसिल भएर यस धर्तिमा रहुन्जेल अनेक दुख पिडा भोग्नु पर्ने भयो । यसरि पहिलो मानव जोडिले पाप गरी पापी भएको हुनाले तिनिहरुबाट बिस्तार भएका मानव जाती पापको प्रायस्चित गर्न निरपराध पशुपन्क्षिलाई बली चढाएर आफु पापबाट मुक्त हुन प्रयास गर्दथे र गरिरहेका छ्न । तर उनिहरु आफ्नै सरीरको रगत वा आफै बली चढन आन्ट गर्दैन्थे ।पबित्र बाईबलमा उल्लेख भ्ए अनुसार पापको प्रायस्चित मृत्युबाट मात्र सम्भव हुन्छ ।
 
पापको प्रायस्चित गर्न निस्कलन्क बलीको जरुरी थियो । तर पापिको बिजबाट जन्मेका मानिस सबै पापी नै हुने भएकाले परमप्रभु जेहोवाजिरेह्ले आफ्नो एक मात्र छोरा जिजस क्राइस्टलाई मानव मुक्तिका लागी बलिको बोको बनाएर यस धर्तिमा पबित्र आत्माद्वारा अबिबाहित मेरिको गर्भ बाट जन्म लिन पठाउछ्न । यसरि जिजसले निस्कलन्क मानव रुपमा जन्म लिएर ३३ बष सम्म यस धर्तिमा रहन्छ्न । यस दौरान उनले अनेक चमत्कार गर्द्छ्न्; कयौ मरेकालाई ब्युत्याई दिन्छ्न; कुस्ठ रोगीलाई निको पारी दिन्छ्न्; मानिसले मानिसलाई प्रेम गर्न सिकाउछ्न्, आदी इत्यादी । त्यतिबेलाका आफु केहि मानव कल्याण कार्य नगर्ने यहुदी इजरैली शासकहरुले जिजसको अनेकन कल्याणकारी मानवहित कार्य देखेर आफ्नो अवमुल्यन भएको ठानी उनलाई धर्म बिरोधी तथा अन्य आरोप लगाइ अन्त्यमा अकल्पनिय यातना दिदै क्र्श मा झुन्ड्यार हत्या गर्द्छ्न । मानिसले जती ठुलो पाप गर्द्छ त्यती नै ठुलो सजाय पाउनु पर्दछ । त्यसैकारण जिजसले बढी से बढी कस्ट्कर सजाय अपनाएका थिए । प्राण त्याग्नु अघी "ल अब सबै सकियो भन्दै" उनले प्राण त्यागेका थिए । अथार्त उनले कस्ट भोगेर प्राण त्यागे पस्चात मानवले गरेको पापको पुर्ण मुल्य चुक्ता भयो भनिएको थियो । उनि मरेर चिहानमा गाडिएको दिन सुक्रबार थियो । यस्लाई कृश्चियनहरुले "गुड फ्राइडे" भनि मान्द्छ्न । तेस्रो दिन आइतबार जिजस सकुसल चिहान बाट बहिर निस्कन्छ्न । यसलाई "इस्टर सन्डे" भनि मनाइन्छ । यसरि मानव मुक्तिका लागी जिजस मर्ने उदेस्य लिएर नै यस धर्तिमा आएका थिए र आफ्नो कार्य पुरा गरे । त्यसैले उनलाई मुक्तिदाता भनिन्छ । उनि चिहानबाट बिउतिएर आए पछी ५० दिन सम्म यस धर्तिमा रहन्छ्न । त्यस दौरान उनले आफ्ना १२ जना सिस्यहरुलाई अनेकन ज्ञान दिदै प्रभुको सुसमाचार सन्सार भरी फैलाउन अर्हाउदछ्न । तत्पस्चात जिजसले यस धर्तिमा फेरी आउने बाचा गर्दै जिउदै स्वर्गमा उक्लेर गएको उनिहरुने देखदछ्न । त्यसकारण कृस्चियान बिस्वासिहरुले प्रभुको सुसमाचार बाटो बाटोमा प्रचार गरेको देखन सकिन्छ । साथै उनिहरु प्रभुको आज्ञा पालन गर्न देश बिदेशमा समेत मिशन्यारिको रुपमा कार्य गर्न पुग्द्छ ।
 
क्रिस्मसको महत्व: :
 
हामीले क्रिस्मसको महत्व बुझने यात्रा इडेनको बगैचाबाट शुरू हुन्छ जहा भगवान आफैले आफनो प्रतिमूर्ति स्वरुप सृस्टी गरेको मानिसले दुष्टको प्रभावमा परि फल नखानु भनी तोकिदिएको रुखको फ़ल खाएर आज्ञाको अवहेलना गरी उलटो भगवानलाई नै "तपाईले दिएको आइमाइले भनेर खाएको" भनी आक्षेप लगाये पश्चात यस धरतीमा पापले स्थान प्राप्त गर्दछ/ यसैको फलस्वरूप मानिस आफनो दुष्कर्मको जिम्मेवार अरुलाई बनाउने चरित्र बोकेको हुन्छ र आफनो भुलको जिम्मेवारी स्विकार्न चाह्दैन/ तर क्राइस्टलाई बिस्वास गर्ने ब्यक्तिले आफनो भूललाई स्विकारेर पश्चाताप गरी सत्मार्गमा नहिडुन्जेल आफुले प्राथना गरेर मागेको कुनै फल प्राप्त गर्न सक्दैन/
 
क्रिस्मसको प्रतीक्षा:
 
अमेरिकिहरुले डेसेम्वर सुरु भएदेखी नै जिजस क्राईस्टको जन्मदिन भब्यरुपमा रुपमा मनाउन बिस्तारै सड़क-बाज़ार अनेक आकर्षक बत्तिहरू बालेर झकिझ्काऊ पारिएका छन / घर-आगन, शहर बाज़ार ठाऊ-ठाऊमा क्रीस्मस रुखहरू बत्ती बालेर सजाइएका छन / "शांता कलज कमिंग टाउन" भन्ने गीत ठाऊ-ठाउमा बजेको सुन्न पाइन्छ/ब्यापारिहरु देश बिदेसबाट सामान झिकाई आफ्ना स्टोरहरु सजाउन थाली सके । ब्यापारिहरु पनि प्रभुको वचन पालना गर्ने हुनाले बढी से बढी बिस्वासिहरुले यो पर्व मनाउन सकुन भन्ने उदेस्यले आफ्ना वस्तु सेवाहरुमा बिभिन्न सहुलियत छुट दिने गर्द्छ्न । अमेरिकामा कृस्चियनहरुले अमेरिका र सन्सार भरी रहेका आफ्ना नातेदार्, साथिभाइहरुलाई करीव डेढ देखी दुइ अरब सम्म कृस्मस कार्ड पठाइ यस पर्वको शुभकामना आदान्-प्रदान गर्द्छ्न । यसबाट पनि यो पर्व कती महत्वका साथ मनाईन्छ भन्ने सह्जै अनुमान गर्न सकिन्छ । साथै सब वे र बिभिन्न ठाऊहरुमा संगीत समुदायहरुले निकै आनंद लागने संगीत बजाइरहेका हुन्छन/ त्यसकारण जाड़ो भए पनि बाक्लो लुगा लगाएर सांझपख बाजार घुम्न निकै रमाईलो हुन्छ/ डिसेम्वर २५ तारिख यानी जिजस क्राईस्ट्ले मानवरुपमा यस धर्तिमा जन्म लिएको दिन जतिजती नजिक आउँदाइ छ्, त्यती नै धेरै क्राइस्टलाई प्रेम गर्नेहरुको हृद्य हर्शोलाशले भरिदै छ ।
 
मानिसहरुले कुनै पनि कुरा आफनो लागी मनोरंजनात्मक र आनंदायक बनाउन खोज्नु उनिहरुको प्राकृतिक स्वभाव हुन्छ/ त्यसकारण नेपाल तथा अमेरिकामा धेरै क्रिस्चियनहरुले क्रिसमसलाई भोज-भत्तेर खाने र उपहार प्रदान गर्ने साधारण बिदा पर्वको रुपमा मनाउने गरेको पाइन्छ जसमा क्रिस्चियन तथा गैर-क्रिस्चियन सबै साथी-भाई भेला हुने गर्द्छन/
 
नेपालमा कृश्चियन धर्मको महत्व:
 
संसारको ६ अर्ब भन्दा बढ़ी जनसंख्या मध्य सबै भन्दा बढ़ी जनसंख्या अथार्त ३३ प्रतिसत भन्दा बढ़ीले क्रिस्चिन्यति मान्दछ्न/
अमेरिका एक धार्मिक स्वतन्त्रता भएको धर्मं निरपक्ष देश हो र यहा आफुलाई इच्छा लागेको कुनैपनि धर्मं अनुसरण गर्न पाइन्छ/ त्यसमा कसैले रोकटोक गर्दैन/ अमेरिकाको सन २००९ को अनुमानित जनसंख्या करीब ३० करोड़ ५६ लाख मध्य ७६ प्रतिसत क्रिस्चियन छन/ नेपालले पनि २०६२-६३ को दोस्रो आन्दोलन पश्चात समाबेशी, धर्म निरपेक्षी संबिधान अंगीकार गरे पछि क्रिस्चियनहरुको संख्यामा ब्रिधि हुदैगैरहेको छ/ देशको कुना-कुनामा चर्चहरु स्थापना भईरहेका छन/ नेपालीहरुको क्रिस्चिन्यति प्रति आस्था बढ़दै गैरहेको छ/ कृस्मस पर्ब मनाउन बिभिन्न राजनैतिक नेता तथा बिशिस्ट ब्यक्तित्वहरु कार्यक्रममा सामेल हुने गर्द्छ्न । यो सबै दोस्रो जनादोलनको धर्म निरिपेक्ष रास्ट्र्को उप्लबधि हो । यद्यपी अहिले पनि देशलाई हिन्दू रास्ट्र र हिन्दू राजा पुन्स्थापना गर्नु पर्छ भन्नेहरुको प्रयास जारी छ । उनिहरुले सबैको धर्मको समानतालाई सह्जै पचाउन सकेका छैनन । नेपालमा जात नै देशको अभिशाप बनेकोले जातपात नमान्ने कृश्चियान धर्मले सबैलाई समान बनाउने हुँदा यसको महत्व दिन पर दिन बढदै गैरहेको छ ।
 
क्राइस्ट्को पुन आग्मनको प्रतिक्षा:
 
जिजस क्राइस्ट एक मात्र यस धरतीमा जन्म लिएका भगवानका पुत्र हुन जसले आफ्ना पिता जेहोवा जिर्रेहले यस पृथिवीमा पठाउनुको उदेस्य र कार्यभार पूरा गरि पुन धरतीमा आउने वाचा गर्दै जिउदै स्वर्गमा प्रस्थान गरे/ यो २००० बर्ष भन्दा केहि अगाडीको कुरा हो/ त्यसकारण बिश्व समुदायले बाईबलमा लेखिएको भगवानको वचनलाई दृधताकासाथ बिस्वास गर्दै जिजस क्राइस्टको पुन यस धरतीमा आगमन हुने प्रतीक्षा गरिरहेका छन/ उनिहरुलाई पुर्ण बिस्वास छ प्रभुको आग्मन हुने समय ज्यादै नजिक आईसकेको छ । किनकी बाइबलमा उदृत लक्ष्णहरुले यस कुरालाई देखाइरहेको छ ।
पछिल्लो परिमार्जन ( सोमबार, 07 जनवरी 2013 05:02 )
 
बजारमा आइपुग्यो
PDF Print E-mail

alt

बजारमा आइपुग्यो
PDF Print E-mail

alt

सत्ता टिकाई राख्ने दाउमा माओवादी
सोमबार, 10 डिसेम्वर 2012 14:28    PDF Print E-mail

alt

श्याम श्रेष्ठ
माओवादीको नेतृत्वमा रहेको वर्तमान सरकारमा ठूला दलको सहभागिता छैन । त्यसैले एकीकृत नेपाल कम्युनिस्ट पार्टी -माओवादी) का नेताहरुले मुलुकलाई निकास दिनुको साटो झन झन जटिलता तर्फ धकेल्न कार्य गरिरहेका छन । एकीकृत माओवादीहरु फुटेर बनेको नेकपा माओवादी ठूलो हिस्सा रहेकाले पनि एकीकृत माओवादीका नेताहरु आफ्नो हातवाट सरकारको बागडोर कुनै हालतमा नजाओस भन्ने पक्षमा रहेका हुनसक्छ । दलहरु बिचमा पछिल्लो पटक नेपाली काग्रेसको नेतृत्वमा राष्ट्रिय सहमति सरकार बनाउने कुरा भएको थियो । काग्रेसको नेतृत्वमा सरकार बनेमा एकीकृत माओवादीकै हैसियतमा नेकपा माओवादीले पनि स्थान पाउने भएमा माओवादी नेतृत्व रहेको देखिन्छ । सरकारवाट बाहिरिनु भनेको आफ्नै खुट्टामा बञ्चरो हान्नु सामान हो भन्ने मान्यता माओवादीका शीर्ष नेताहरुले लिएका छन् । माओवादीका नेताहरुले अरु कसैको नेतृत्व स्वीकारेमा आफूहरुले हिजोको सवैभन्दा ठूलो दलको मान्यता गमाउनु हो भन्ने पनि ठानिरहेका छन् । अहिले मुलुकमा माओवादीले निकास दिनुको साटो विभिन्न समस्या निकाली सरकारको आयू मात्र लम्व्याउने कार्य गरिरहेको देखिन्छ । आफनै शैलिमा विभिन्न अनावश्याक कुरामा बहस चलाई सरकारलाई आफू अनुकुल चलाइरहने रणनिति अनुरुप माओवादीका नेताहरुले पुराना सहमतिहरुलाई तिलाञ्जली दिएर सत्तमोह मात्र देखाएका छन् ।
राष्ट्रपतिले पछिल्लो पटक छलफलका लागि दलहरुलाई बोलाएर सहमति नहुनुको कारण के हो भनी सोध्दा नेताहरुले यहि असोज भित्रमा सहमति सहित आउने जबाफ दिए पनि त्यो अहिलेसम्म कार्यान्वयन हुन सकेको छैन । महिनौ वितिसक्दा पनि तोकेको समय सीमाभित्रमा पटक पटक सहमति हुन नसक्नु मुलुकको लागी यो ज्यादै दुर्भाग्या हो । यसअधि पनि मुलुकका शिर्ष दलको परिचय पाएकाहरुले सहमतिको लागी आश्वासन बाहेक त्यसलाई व्यवहारमा लागू गर्न नसकेकै हो । सहमतिको सन्दर्भमा अहिले सवै दलभित्र सरकारको नेतृत्व कसले गर्ने भन्ने सवालमा मततान्तर रहेको छ । अबको सरकारको नेतृत्वको दावी गदै आएको नेपाली काग्रेसको दलभित्र पनि प्रधानमन्त्रीको बन्ने विषयमा विवाद देखियो । त्यस्तै नेकपा -एमाले) ले पनि काग्रेसले नाम दिन नसके आफ्नो दलको पनि दाबी रहने तर्क गदै आइरहेका थिए । एमालेले त्यस्तो दाबी गर्दा समेत काग्रेसले प्रधानमन्त्रि भट्टराईले पद त्यागेको अवस्थामा मात्र आफ्नो तर्फवाट नाम सार्वजनिक गर्ने भन्दै आएको छ । तर पछिल्लो समय काग्रेसले बरिष्ठताको आधारमा पाटी सभापति शुसिल कोइरालालाई प्रधानमन्त्रिको नाम दिने निर्णय गर्न लागेपनि माओवादी वीच मन्त्रालय वाडफाड लगायतको सवालमा सहमति हुन नसकेर सरकार बन्न सकेको छैन । उता माओवादीका अध्यक्ष दाहाल पनि एक पटक फेरि प्रधानमन्त्रि हुन पाएपनि हुन्थ्यो भन्नेमा नलागेको भने होइन । प्रचण्डले अहिलेको माहौललाई जतिसक्दो आफ्नो पक्षमा पार्न लागि कम्मर कसेर लागेका छन । यसरी दलहरुका नेताहरुमा आफूलाई मात्र योग्य देख्ने र देश र जनताप्रति वेवास्ताको प्रवृत्ति कायम रहेसम्म सहमतीय सरकार बन्नै नसक्ने तथा मुलुक लामो समयसम्म समस्याको जडमा फस्ने अवस्था देखेको छ ।
वर्तमान सरकारको नेतृत्व नछाड्नका लागि माओवादीले विभिन्न बहाना बनाउन थालेको देखिएको छ । माओवादीका अध्यक्ष पुष्पकमल दाहाल र प्रधानमन्त्री बाबुराम भट्टराई समस्यालाई निकास दिनुको साटो आफ्नै दलको नेतृत्वमा सरकार टिकाई राख्ने मनस्थितिमा रहेको देखिन्छ । सरकारको नेतृत्व छाड्ने प्रधानमन्त्री बाबुराम भट्टाराई रत्तिभर तयार नभएको अवस्था छ । पद नपाउन्जेल ' मलाई पदको मोह छैन ' भनी गफ हाक्दै आएका भट्टराई अहिले जुनसुकै हालतमा पनि प्रधानमन्त्रिको पद कुर्सि छाडन पक्षमा छैन । नेपाली राजनितिमा निकै विद्धत कहलिएका डा भट्टाराई प्रधानमन्त्रिको कुर्सिमा जुका टासे झै टासिएर बसिरहेको अवस्था देखिएको छ । काग्रेसको नेतृत्वमा सरकार बनेमा त्यसमा सबै पक्ष सामेल हुने अवस्था विद्यमान रहेको कुरालाई भुलेर माओवादी नेतृत्वले भट्टराईको विकल्पको रुपमा अध्यक्ष दाहाललाई देखेको छ । काग्रेसलाई सरकार दिएमा माओवादीको हैकमवादमा कमी आउन सक्ने ठानेर माओवादी नेतृत्व कुनै पनि हालतमा आफ्नै नेतृत्वलाई कायम राख्न चाहिरहेको छ ।
हाल: न्युयोर्क अमेरिका

लगन जुर्लाजस्तो छैन कांग्रेसको
आइतबार, 09 डिसेम्वर 2012 07:01    PDF Print E-mail

नेत्र मोक्तान-मंसिरलाई लगनको उपयुक्त मौसम मानिन्छ । यहीबेला संविधान निर्माणमा लागि सहमतीय सरकार बन्ने प्रयास थालियो । राष्ट्रपति रामवरण यादवले चालेको कदमले देशको राजनीति केही सङलियो पनि । दलहरु बेहुलो र बेहुली पक्ष झै उभिएका छन् । कांग्रेस बेहुलो बन्ने दाउमा छ । राष्ट्रपतिले दलहरुको चाडै नै सहमतीय सरकारका प्रमुखको नाम दिन मंसिर ७ मा सात दिनको म्याद दिए । १४ गतेसम्ममा सहमति गराउन ।
सर्वसाधारणलाई राष्ट्रपतिको कदमले केही आशा जगाइदियो । पक्कै केही रमाईलो हुनेछ । नेपाली जनतालाई दलहरुले कसरी झुलाइरहेका छन् भन्ने उदाहरण देखाउन राष्ट्रपतिले यो कदम चालेको संविधानविद्हरुले बताइरहेका छन् । पुर्ण बजेटमा सत्ताजुधाई गरिरहेका दलहरुको त्यो एजेन्डा पनि सकिएपछि राष्ट्रपतिले सहमतीय सरकारको लागि सात दिनको म्याद दिएका थिए । त्यो व्यर्थै वित्यो ।
पात्रो हेर्ने हो भने १४ गते लगनको साइत थियो । तर त्यो दिन कसैले प्रधानमन्त्रको डोली चढ्ने उम्मेदवार छान्न सकेन । दलहरुकै अनुरोधमा राष्ट्रपतिले पुन: सात दिन थपिदिए । अन्तिम दिनतिर दलका नेता र प्रधानमन्त्री बाबुराम भट्टराईले सहमतिको सम्भावना देखाए । सहमतीय सरकारका लागि वर्तमान सरकारलाई स्वीकार नगर्ने विपक्षीको अडानपछि कांग्रेसलाई प्रधानमन्त्रीको उम्मेदवार दिन सुझाए । संविधानसभा नभएकैले होला, कोइरालाले लगनको समयमै प्रधानमन्त्रीको डोली चढ्न पाउन सम्भावना देखे ।
एमाले लगायत अन्य दलको साथ पाएपछि कांग्रेसले पार्टी सभापति सुशिल कोइरालालाई प्रधानमन्त्रीको उम्मेदवार बनाए । कांग्रेसभित्रै सो पदका लागि किचलो हुने सम्भावना देखेर माओवादीले उम्मेदवार छान्न लगाएको बताइन्छ । तर यसपाला वरिष्ठ नेता शेरबहादुर देउवा र उपसभापति रामचन्द्र पौडेलले आफ्नो लोभ लुकाएर कोइरालाको प्रस्तावक र समर्थक बने । त्यसपछि लोकतान्त्रिक सरकारको नेतृत्वका लागि कोइराला प्रधानमन्त्री हुने पक्का लगभग भएको थियो ।
यसले नेपाली राजनीतिमा नया तरंग समेत पैदा गरिदियो । एक त संविधानसभाको चुनाव यता कांग्रेस सरकारमा बसेको छैन । उसको नेतृत्व क्षमता हेर्ने इच्छा जनताले गरेका छन् । अर्को संविधान निर्माणका लागि हुने चुनावका लागि लोकतान्त्रिक सरकारको आवश्यकता ।
यसका लागि कोइरालाको नेतृत्वपुर्व माओवादीले केही शर्त राखे, बेहुली पक्षले थप कोसेली मागे झै । अनि लगनको समय यत्तिकै खेर गयो । यही मिति भित्र १५ र २० गते पनि लगनको राम्रो साइत थियो ।
यसरी नै दोस्रो पटक थपेको म्यादको अन्तिम दिन मंसिर २१ मा पनि सहमतीय सरकारको सपना पुरा भएन । त्यसपछि मंसिर २२ मा राष्ट्रपतिले ६ दिनको म्याद थपिदिएका छन् । राष्ट्रपति आफै यो कदमले विवादमा तानिने हुन् कि ? यस्तै आशंका उब्जन थालेको छ ।
सत्तारुढ दलले मंसिर २७ सम्ममा सहमतीय सरकार नबने मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेको छ । अ–आफ्नै बेढंगी खैंजडी बजाईले दलहरुको यथार्थता सबैसामु पोखिएको छ । घटना प्रक्रियाले कांग्रेसलाई भने ‘माछा, माछा, भ्यागुतो’ पारिदिएको छ । यस्तै सहमतीय सरकार बनाउने प्रयासमा लाग्दा उपसभापति १७–१७ पटक प्रधानमन्त्री पदको चुनावमा उत्रे र हारे । उनलाई एमाले लगायतका दलले समर्थन गर्ने जनाएपनि चुनावमा त्यो समर्थन रहेन । त्यति बेला एमालेको बुई चढेर चुनावमा गएका थिए कांग्रेस ।
अहिले पुन: कांग्रेस एमालेकै बुई चढेर सहमतीय सरकारको रटानमा छ । दुइपटकको म्याद थपाईले पनि कुनै सहमति हुन सकेको छैन । बाबुराम सरकारले सत्ता छोड्नसाथ एमालेले पुन: ढुलमुले प्रवृत्ति दोहोराईदिए कोइरालाको अवस्था पनि पौडेलको जस्तै हुनेछ । २२ र २३ गते बाहेक लगनको लगनको साइतै छैन । ज्योतिषशास्त्रलाई विश्वास गर्ने हो र डोली चढ्ने दिनै हेर्ने हो भने मंसिरमा कांग्रेसको डोली चढ्ने साइत गुज्रिसकेको छ ।

पछिल्लो परिमार्जन ( आइतबार, 09 डिसेम्वर 2012 07:12 )
 
बजारमा आइपुग्यो
PDF Print E-mail

alt

Page 2 of 6