| चनाचटपटे मिस गरें–बिन्दु तामाङ ,नृत्य निर्देशक |
|
| नृत्य निर्देशक बिन्दु तामाङको अमेरिकामा व्यस्तता बढ्दो छ । दुई वर्षदेखि क्यालिफोर्नियाको लसएन्जलसमा बस्दै आएकी उनीकहा 'नृत्य सिक्ने नेपाली तथा विदेशीको भीड लाग्छ । उनीसँग नेपालीबाहेक अमेरिकी, जापानी, युरोपेली, मेक्सिकाली, भारतीय, पाकिस्तानी नृत्य सिक्न आउँछन् । त्यहा" उनी नेपाली मौलिक नृत्य सिकाउछिन् । कतिपय विदेशीलाई हिन्दी र अंग्रेजी गीतमा पनि नृत्य सिकाउ"छिन् उनी । बेलाबेलामा अमेरिकाका विभिन्न राज्यमा हुने सांस्कृतिक कार्यक्रमका आयोजक तथा दर्शकको रोजाइमा पनि पर्छिन् । त्यसैले कहिले सियाटल पुग्छिन् त कहिले कोलोराडो अनि कहिले न्युयोर्क । चलचित्र, म्युजिक भिडियो तथा स्टेज कार्यक्रममा १० वर्षदेखि सक्रिय बिन्दुले दर्जनौं चलचित्र र म्युजिक भिडियोमा वसन्त श्रेष्ठ, हिमग्याप टासीजस्ता नृत्य निर्देशकको सह–नृत्य निर्देशक भएर काम गरिसकेकी छन् । जेठो कान्छो, हिम्मत, धड्कन, प्रहार, मुगलान, दोबाटो, हामी तीनभाइ, तक्दिर लगायत ४ दर्जन चलचित्रका कलाकारहरुलाई नचाइसकेकी बिन्दुले जर्मनी, फ्रान्स, अस्ट्रिया, भारत, जापानजस्ता मुलुक पुगेर नेपाली नृत्य पस्किसकेकी छन् । उनै बिन्दु तामाङसँग एभरेस्ट टाइम्सका लागि निमा पाख्रिनले गरेको कुराकानी : तपाईंको बाल्यकालबारे बताइदिनु हुन्छ कि ? बाल्यकालमा खासै त्यस्तो उल्लेख्य केही भएको सम्झना छैन । अरुको जस्तै सामान्य अवस्थामा घरका परिवार तथा साथीहरुस“ग मेरो बाल्यकाल बितेको हो । नृत्य क्षेत्रमा लाग्न तपाईंलाई के ले प्रेरित गर्यो ? चाडपर्वमा अरु नाचेको देख्दा मानभित्रबाट मलाई नि नाचुनाचु लागेर आउथ्यो । कहिलेकाहीँ म नाच्थें पनि । नाच्दा साथीहरुले दिएको तालीले मलाई झन्झन् उत्साही बनाउँथ्यो । त्यसैको परिणाम, आज म नृत्यलाई नै व्यावसायिक रुपमा अ“गाल्न पुगेकी हुँ । तपाईं नेपालमा हुँदाभन्दा अमेरिका आएपछि चर्चित हुनुको कारण के होला ? (हाँस्दै) खै, मलाई त्यस्तो चर्चित छु भन्ने त लाग्दैन । व्यस्त भने अवश्य भएकी छु । यहा समयको महत्व राम्ररी बुझेको हुनाले पनि समयको भरमग्दुर सदुयोगमा लागेकी छु । नृत्य सिकाउन नेपालीलाई सजिलो कि अरुलाई ? नेपाली र अरुभन्दा पनि जान्ने र नजान्नेमा अलिक फरक हुन्छ । नृत्य भन्ने कुरा सिक्ने मान्छेले कति धेरै प्रयास गर्छ भन्नेमा पनि भर पर्छ । मेहनती र मनभित्रबाट सिक्छु भनेर आउनेलाई सिकाउन सजिलो हुन्छ । कामको सिलसिलामा देश विदेश घुमिरहने मान्छे, अमेरिकामा आएर यसरी बस्दा दिक्क लागेको छैन ? खासै त्यस्तो महसुस गरेकी छैन । किनभने समयसमयमा यहा“ पनि कार्यक्रमको सिलसिलामा घुमिरहेकै हुन्छु । पहिले जहिले मिल्यो त्यतिबेला जानुपथ्र्यो भने अहिले समय मिलाएर गइन्छ, फरक त्यति हो । दर्शकहरुले कस्ता नृत्य हेर्न रुचाउछन् ? फरक–फरक दर्शकको फरक–फरक चाहना हुन्छ । रेस्टुरेन्टमा हरेक ग्राहकले फरक–फरक मेनु रुचाए झैं हो नृत्य पनि । नेपाललाई कत्तिको सम्झिँदै हुनुहुन्छ ? बढी के सम्झिनुहुन्छ ? नेपाललाई नसम्झने कुरै भएन । साह्रै याद आउछ । म नेपाललाई औधी माया गर्छु । मौका मिल्नासाथ नेपाल जाने गरेकी छु । धेरैपटक नेपाल सम्झेर नोस्टाल्जिक हुन्छु । बढी सम्झना त उही हो, घर–परिवार, साथीसंगी अनि चनाचटपटे । तपाईं त नृत्य विधाको मान्छे, तैपनि कहिलेकाहिँ गाउनु पनि हुन्छ कि ? नृत्यबाहेक अन्य रुचिका कुराहरु के छन् ? ओहो ! गीत नगाउने मान्छे को पो हुन्छ होला र ? म पनि गाउ“छु नि ! तर मेरै लागिमात्रै । फुर्सदमा मलाई घुमघाम अनि सपिङ र कुकिङ गर्न औधी मन लाग्छ । कहिलेकाहीँ शान्त ठाउमा त्यत्तिकै बस्न मन पर्छ । अमेरिकाको व्यस्त जीवनमा नृत्य सिकाउ“दाको समस्या के के छन् ? खास गरी त समयकै समस्या हो । सिक्ने अनि सिकाउने दुवैको समय नमिल्दा निकै गाह्रो महसुस हुन्छ । फ्यानहरुले कस्ता प्रतिक्रिया दिन्छन् ? स्वीकारै गर्न नसकिने प्रस्ताव पनि गर्छन् कि ? त्यस्तो साह्रो त अहिलेसम्म कसैले गरेको छैन । भविष्यको योजना अब के छ ? योजना धेरै छन् तर अहिले नभनी हालौं कि !
|
| पछिल्लो परिमार्जन ( आइतबार, 19 मे 2013 12:15 ) |
|
| २६ वर्षे जवान हुने मन छः हरिबहादुर थापा |
|
| एकताका खुबै नेपाली रंगमञ्चमा अधिपत्य जमाउन सफल रहेछन् हरिबहादुर थापा । हिजोआज उनको नाम मिडियामा विरलै सुनिन्छ । भर्खरै कलाकारितामा वा पत्रकारितामा लागेकालाई यो नाम धेरै पुरानो पनि लाग्नसक्छ । किनभने थापाले विसं २०२८ बाट नाट्य क्षेत्रमा आफुलाई संलग्न गराएका थिए । वीरकुश, श्री ५ बडामहाराजधिराज पृथ्वीनारायणÂ शाह, भक्त भानुभक्त, फर्केर हेर्दा, जब घाम लाग्छ, कोही किन बरबाद होस, पहाड चिच्याइरहेछ, शकुन्तला, भित्तेघडी, मलाती मंगले जस्ता नाटकमा जीवन्त अभिनय गरेका छन् थापाले । झन्डै ७५ नाटकमा अभिनय गरेका उनले श्री ५ बडामहाराजधिराज पृथ्वीनारायण शाह र मालती मंगलेबाट प्रशस्तै प्रशंसा बटुलेका रहेछन् । डेढ दर्जन राष्ट्रियस्तरको प्रशंसा, सम्मान र पुरस्कार हात पारेका छन् । भक्तपुरको कटुन्जेमा विसं २००९ मा जन्मेका उनी हाल नेपाल संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानको प्राज्ञ सभा सदस्य छन् । नाट्य क्षेत्रमा उत्तिकै क्रियाशील छन् । त्यसो त उनी अन्तराष्ट्रिय कलाकार मञ्च, अमेरिकाका उपाध्यक्ष र अन्तराष्ट्रिय नेपाली साहित्य समाज वसिङटन डिसीका अजीवन सदस्य पनि हुन् । उनै नाट्य अभिनेता थापासँग एभरेस्ट टाइम्सका नेत्र मोक्तानले गरेको कुराकानी : पछिल्लोपटक कुन नाटक हेर्नुभयो ? अशेष मल्ल निर्देशित नाटक रक्तबीज हेरे । सर्वनाम थिएटरमा हेरेको । निकै राम्रो थियो । प्राय कुन ठाउँ पुग्नुहुन्छ नाटक हेर्न ? हिजोआज मण्डला र सर्वनामले नाटकहरु निरन्तर गर्दै आएका छन् । म दुबै थिएटरमा गइरहन्छु । नाटक खेल्दा र हेर्दाको भिन्नता के पाउनुभयो ? खेल्दा दर्शकको वाहावाही पाइन्छ, हेर्दा कथामा डुबिन्छ । दुबैमा मजा आउँछ । हिजोआजका कलाकारमा कतिको खुबी देख्नुभयो ? खुबी प्रशस्तै छन् । प्रविधिको युग, यसलाई प्रयोगमा ल्याउनाले पनि होला । अभिनयमा खारिएका युवापुस्ता बजारमा तयार छन् । उहाँहरु जस्तोसुकै अभिनयमा पनि उत्रन सक्नुहुन्छ । उहिले र अहिलेमा कलाकारको आर्थिक पक्षमा फरक देख्नुहुन्छ कि ? उहिले भन्दा अहिले केही फेरिएको छ । अहिले बजारको क्षेत्र व्यापक छ । उतिबेला सीमित थिए । कमाई पनि केही बढेकै छ पहिलेभन्दा । कलाकार नाटकै खेलेर बाँच्न सक्ने अवस्थामा छन् । तर पहिले जागिरै लगाएर नाटक खेलाउनुपर्ने अवस्था थियो । पहिले नाटकमा नेपाल एकेडेमी निकै अघि थियो रे, हिजोआज देखिदैन नि यो क्षेत्रमा ? नाटक विधामा तत्कालीन नेपाल प्रज्ञा प्रतिष्ठान हालको नेपाल एकेडेमीले नै पहिलो कदम चालेको हो । त्यहाँ नै नाटक क्षेत्रका हस्तीहरुको जन्म भएको थियो । मैले पनि विसं २०२८ सालमा प्रशिक्षर्थी भएर त्यहाँ काम गर्ने अवसर पाए । त्यहीबाट आफ्नो अभिनयमा निखार ल्याउन सके । तर जब २०४७ सालमा प्रजातन्त्रको पुनस्थापना भयो । सरकारले कला क्षेत्रलाई त्यसमा पनि नाट्य विधालाई त्यति ध्यान दिन सकेन । हालै दोस्रो जनआन्दोलन पछि नाट्य र संगीतलाई एकेडेमीबाट छुटाएर नेपाल संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठान गठन गरिएको छ । तीन वर्ष भइसक्यो । अनुसन्धान बाहेक यसले केही गर्न सकेको छैन । अनि कसरी नाटकमा काम गर्ने ? कसको कमजोरीले भयो त यस्तोे ? प्रतिष्ठान हाक्ने जिम्मेवार व्यक्तिको कमजोरी नै भन्नुपर्छ । किनभने अब एकवर्ष मात्र बाँकी छ कार्याकाल । न भवन बनाउन सकेको छ प्रतिष्ठानको, न कुनै कार्यक्रम नै । बजेट टन्नै आउदो हो, त्यतिकै सकिन्छ त्यसो भए ? नाट्य क्षेत्रको खर्च हेर्ने हो भने सरकारले यस क्षेत्रका लागि निकै कम बजेट छुटाइदिएको छ । अर्को राजनीतिक अस्थिरताले पनि यस्तो भएको होला । देशमा संविधान नबनेर हरेक क्षेत्रलाई पिरोलेझै नाट्य क्षेत्रलाई पनि पिरोलेको छ । तर, नीजि क्षेत्रले त नाटकमा राम्रै काम गरिरहेका छन् नि ? गरिरहेका छन् । तर जुन रुपले विकास हुनुपर्ने हो । त्यस्तो रुपमा विकास हुन सकेको छैन । सरकारी स्तरबाट हुने नाटकहरु विदेशमा मञ्चन गर्ने, विदेशी नाटकहरु स्वदेशमा निम्त्याएर मञ्चन गर्ने काम हुन सकेको छैन । पहिले जस्तै गरी प्रतिष्ठानले जागिरे कलाकार लिएका छन् ? छैन नि । अहिले तर सरकारको प्रतिष्ठानमा कलाकारको खडेरी छ । कतै नाटक देखाउनु परे नीजि क्षेत्रको कलाकार लिनुपर्छ । नाटकका दर्शक उहिले धेरै कि अहिले ? उहिले धेरै हुन्थ्यो नि । त्यतिबेला टेलिभिजन, फिल्म केही हुदैनथ्यो । १२ सय मानिस एकेडेमीमा खचाखच भएर नाटक हेर्न आउँथे । हिजोआज त नाटक हेर्न मानिसहरु कमैमात्रमा जान्छन् । किन त्यस्तो भएको होला हिजोआज ? पहिलो शान्ति सुरक्षा छैन । कहिले कसरी फर्कने भनी डर बोक्दै कसले नाटक हेर्छ । दोस्रो फिल्मी दुनियाँमा प्रवेश गरिसकेको छ संसार । यस्तै विविध कारणले नाटकका दर्शक घटेका हुन् । त्यसो भए नाटकको भविष्य छैन ? भविष्य नै छैन भनेको हैन । मैले अघि नै भने, देशमा संविधान बन्यो र शान्ति सुरक्षा कायम भयो भने नाटकले पुरानै वेग समात्नेछ । मानिसहरु नाटकको रसमा जम्नेछन् । यसको भविष्य बलियो छ । पुरानै दिनतिर फर्कौ, तपाईले अभिनय गर्नुभएको चर्चित नाटक कुन हो ? विल्कुलै, राष्ट्रकवि माधव घिमिरेले लेख्नुभएको ‘मालती मंगले’ मा मंगले बन्दा मैले निकै प्रशंसा पाए । मेरो बाबा मैले सम्हालेको पेशा देखि त्यति सन्तुष्ट हुनुहुन्थेन । यो नाटकमा मेरो अभिनयको चर्चाले पहिलोपटक मेरो प्रशंसा गर्नुभयो उहाँले । जबकि मैले कैयौ नाटकमा अभिनय गर्दा पनि उहाँलाई नाटक हेर्ने कुनै इच्छा नै जागेको थिएन । मंगलेको अभिनय हेर्नुभएपछि उहाँले मलाई हेर्ने दृष्टिकोण नै परिवर्तन गर्नुभयो । राजा वीरेन्द्रले पनि यही नाटकको अभिनय मनपराएर रु एकलाख पुरस्कार दिनुभएको थियो । तपाईको बुवाको खास इच्छा चाहि के थियो ? बुवा सेनामा हुनुभएकोले होला, छोरा पनि सेनामै कुनै ठुलो पदमा पुगोस भन्ने चाहना राख्नुहुन्थयो । तर छोराको तनमनमा सानैदेखि नाटकको रस पसिसकेकोले उहाँले रोक्नै सक्नुभएन । बलजफ्ती गरेरै रोक्नु पनि भएन । तैपनि केही असन्तुष्टि मेरो अभिनयमा वास्ता नदेखाएरै पोख्नुभएको थियो । बुवाले जस्तै तपाईले पनि छोराछोरीलाई आफ्नै क्षेत्रमा ल्याउने प्रयास गर्नुभयो कि ? भित्री मन देखि थियो, दुई छोरी र एक छोरा मध्ये एकजना नाटक क्षेत्रमा आओस । तर कुनै पनि यो क्षेत्रमा छैनन । बेग्लैबेग्लै क्षेत्र अँगालेका छन् । फेरि यस्तो प्रयास गरेको भए दुष्प्रयास पनि हुनसक्थयो । मैले आफैले भोगेको भएर बल गरिनँ । उनीहरुको इच्छाअनुसारकै क्षेत्रमा लाग्न सघाए । नाटक लिएर कहाँकहाँ पुग्नुभयो ? नेपालका प्रमुख सहरहरुमा हामी पुग्यौ । हङकङ, चीन, भारत अमेरिकासम्म पनि पुगे । पछिल्लोपटक मलाती–मंगले लिएर अमेरिका पुगेका थियौ । मालती–मंगलेका कलाकार त छुट्टिसके रे नि हो ? अमेरिकामा नाटक देखाउने क्रममा केही कलाकार उतै बस्नुभएकोले कलाकार यस्तो भएको हो । विभिन्न कारण कलाकारहरु उतै बस्न बाध्य भएको सुनिएको हो । त्यसो भए अब मालतीमंगले पुन प्रदर्शन गर्न सकिदैन ? मलाई पुन प्रदर्शन गर्ने मन छ । तर उमेरले अलि दिदैन कि जस्तो लाग्छ । कथाले मागे अनुसार मंगलेको उमेर २६ वर्ष हो । म आफूलाई पुन त्यही उमेरमा फर्काउने चाहना भएपनि दर्शकले कसरी हेर्नुहोला त्यो गाह्रो विषय भयो । नयाँ कलाकार राखेर मञ्चन गर्ने सोच बनाउनुभएको छैन ? हालै त्यस्तो सोच बनाएको छैन । तपाईले फिल्ममा पनि अभिनय गर्नुभयो होला नि ? गरेको छु । जीवनरेखा र के घर के डेरा जस्ता फिल्ममा अभिनय गरे । यी फिल्महरुमा प्रमुख पात्र भएर अभिनय गरिनँ । हिजोआजका थिएटर कलाकारहरु भकाभक फिल्ममा पस्दैछन्, यसले नाट्य क्षेत्रलाई कस्तो असर गर्ला ? आफ्नो जीवन विकासका लागि नाटक क्षेत्रमै अल्झिरहनुपर्छ भन्ने छैन । तर नाट्य क्षेत्रका लागि यो ठुलै घाटा हो । आफुले अभिनय गरेको चर्चित नाटक आफैलाई हेर्न मन लाग्यो कि लागेन ? एकदमै लाग्थ्यो तर के गर्ने यो सम्भव नै थिएन ।
|
| पछिल्लो परिमार्जन ( आइतबार, 05 मे 2013 11:14 ) |
|
| राजेश हमालसँग अभिनय गर्ने मन छः नम्रता |
| शुक्रबार, 03 मे 2013 06:13 |
 |
 |
 |
|
| मिडियाको विद्यार्थीका रुपमा चिनिएकी नम्रता सापकोटाले देवकी बन्दनाको ‘मन चंगा भो, फुलको थुगाँ भो,’ र रुपक डोटेलको ‘मेरो बोली सुन्दा’ जस्ता चर्चित म्युजिक भिडियोमा आफ्नो कला पस्केकी थिइन् । ६० भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेकी उनी हालै रिलिज हुन लागेको ‘अन्तराल’ फिल्ममा नायिकाको भूमिकामा छिन् । कुनै समय नाचको समेत प्रशिक्षण लिएकी उनी थिएटर कलाकार पनि हुन् ।त्यसैले उनले ‘अन्तराल’मा राम्रै अभिनय गरेको आशा दर्शकले गरेका छन् ।
‘अन्तराल’ फिल्म जेठ ३ बाट रिलिज हुँदैछ ।यसै फिल्मबाट ठूलो पर्दाको दुनियाँमा डेब्यु गरेकी मोडल एवं नायिका नम्रता फिल्म प्रमोसनकै लागि निर्माता टोलीसँगै विभिन्न सहर पुग्दैछिन् । थिएटर सिक्दै गर्दा सापकोटा सिग्नेचर फिल्ममा व्यस्त थिइन् । सिग्नेचर छिट्टै नै रिलिज हुने क्रममा छ । उनै नम्रता सापकोटासँग एभरेस्ट टाइम्स पत्रिकाका नेत्र मोक्तानले गरेको कुराकानी:
फिल्म प्रमोसनमा कहाँ–कहाँ पुग्दै हुनुहुन्छ ? पोखरा, बुटवल, धरानजस्ता मुख्य सहरमा पुग्ने टिमको योजना छ ।
अन्तरालले कस्तो कथालाई समेटेको छ ?
युवाहरुको वर्तमान समस्यालाई लिएर बनेको फिल्म हो यो । अहिलेको जेनेरेसनको संघर्षलाई फिल्ममा देखाइएको छ । करियरको महत्व कत्तिको हुन्छ र जीवनमा कसरी अघि बढ्ने भन्ने कुराहरु समेटिएको छ । सुख दुःखका सबै कुराहरु छन् यसमा ।
‘सेक्स’ लाई फिल्मले कत्तिको ठाउँ दिएको छ ? छैन । त्यस्तो छैन । यो पारिवारिक फिल्म हो । सबैजना सँगै बसेर हेर्न मिल्ने फिल्म हो ।
तर यस्तो दृश्य नभएको फिल्म चल्दैन भन्छन् नि ? त्यो कथामा भर पर्छ । सेक्स नै सेक्स भएको फिल्म पनि कहाँ चलेको छ र । सामाजिक फिल्ममा त्यस्तो कुरालाई बढावा दिएर देखाउन पनि भएन नि ।
भर्खरै फिल्म क्षेत्रमा आउनुभएको छ, कतिपय नायिका त सेक्स सिन दिएरै चर्चामा आएका छन्, तपाईलाई त्यसरी चर्चित हुने मन छैन ? एकदमै छैन । किनभने सबैको अ–आफ्नो धार हुन्छ । एकैछिन चर्चित भएर क्षेत्रबाटै हराउनु भन्दा विस्तारै राम्रै विषयमा अभिनय गरी अघि बढ्नु राम्रो हुन्छ भन्ने मलाई लाग्छ । मलाई सेक्सकै कथा भएका कथाहरुको अफर आएका थिए । मैले गरिनँ । फिल्म जीवन हो । जीवनमा सेक्स चाहिन्छ । तैपनि मैले गरेका फिल्महरुमा त्यस्ता सिनहरु गर्नुपरेको छैन । थिएटरको कलाकार भएर पनि होला सस्तो लोकप्रियता मलाई चाहेको छैन ।
तपाई कला क्षेत्रमा त म्युजिक भिडियोबाट आउनुभएको हो नि हैन ? हो तर बीचमा म एक्टर स्टुडियो थिएटरमा अनुप बराल सरसँग एक्टिङ सिक्न थालें । यसले अभिनयमा निखार ल्यायो । पछि केही नाटकमा पनि अभिनय गरे । सिग्नेचर फिल्म गर्दै गर्दा मैले थिएटरमा आउनु आवश्यक लागेर आएकी हुँ ।
म्युजिक भिडियो र फिल्मको अभिनयमा के भिन्नता पाउनुहुन्छ ? म्युजिक भिडियो एकदुई दिनमै सकिन्थ्यो । फिल्म त महिनौ लाग्दो रहेछ । तर दुवै आफ्नो कला पस्कने ठाउँ हो । यस हिसाबमा केही भिन्नता छैन ।
फिल्ममा आउनुभएछ, म्युजिक भिडियोलाई समय दिन सकिँदैन होला नि ? दिन्छु, मैले प्रमोसनबाट फर्केपछि नै केही म्युजिक भिडियो गर्नुपर्ने भइसकेको छ ।
अबका फिल्महरुमा कोसँग अभिनय गर्न पाए हुन्थ्यो भन्नेजस्तो लाग्छ ? डिफिनेट्ली, राजेश हमालसँग । किनभने सानैदेखिको हिरो नै राजेश हमाल लाग्थ्यो । आपूmले मनपरेको भूमिका पाए भने म राजेश हमालसँग फिल्म खेल्न तयार छु ।
|
| पछिल्लो परिमार्जन ( शुक्रबार, 03 मे 2013 06:22 ) |
|
| सपनामा विश्वास लाग्छ - पार्वती राई, नृत्यांगना |
| आइतबार, 21 अप्रिल 2013 08:41 |
 |
 |
 |
|
| हिजोआज लोकदोहोरी भिडियो निर्देशकले रोज्ने पहिलो नम्बरकी नृत्यांगना हुन् पार्वती राई । ज्यान, ज्ञान र खुबी भएकै कारण निर्देशकको रोजाईमा परेको निर्देशकहरुको दाबी छ । उनै नम्बर वान नृत्यांगना राईसँग एभरेस्ट टाइम्सका नेत्र मोक्तानले गरेको कुराकानी-
नम्बर वानमा पर्न केले साथ दिएको होला ? पहिलो कला हो । दोस्रो गाइड । तेस्रो ठाउँ पाएको छु । चौथो रिलेसन पनि हो । पाँचौं आफ्नो बोलीवचनले पनि साथ दिएको छ । छैठौं अरुको सम्मान गर्न जानेकीले पनि हो कि नम्बर वानमा परेकी ?
नम्बर वानलाई निरन्तरता दिन अन्य सुघन्ध ? निश्चय नै सबैलाई नम्बर वानमै बसिरहन मन हुन्छ । तर मोडलिङको आयु नै कत्ति न हुन्छ र ? बढी से बढी भए पाँच वर्ष । यो अवधिभरका लागि आपूm चम्किन नयाँ कुरा सिकिरहन्छु । किनभने म आफंै नाचको विद्यार्थी हुँ । फिट् एन्ड फाइन रहन्छु । ब्युटी मेन्टेन गर्छु । विभिन्न विधाका नाचहरुको अभ्यास गर्छु । रिहर्सल गर्न छाड्दिन ।
स्टेज तताउन माहिर हुनुहुन्छ, कुन फर्मुला छ तपाईसँग ? हरेक स्टेजमा उक्लिँदा म दर्शक नै भगवान सम्झन्छु । अर्को कुरा कुनै पनि प्रस्तुतिलाई कम्पिटिसनभन्दा कम सोच्दिनँ । तयारी पूरा नगरी स्टेजमा जान्नँ । यसैले पनि मेरो प्रस्तुतिमा ताली र हुटिङ आउँछ होलाजस्तो लाग्छ ।
हुटिङ र ताली सँगसँगै अरु के के आउँछन् ? केही सँगै फोटो खिचाउन चाहन्छन्, त्यही आशा लिएर आउनुहुन्छ, कसैले अटोग्राफ माग्नुहुन्छ । कहिले काहीं लभ पर्पोज् पनि आउँछ । कलाकार भएपछि यो पर्पोज्चाहिँ झेल्नै पर्ने रहेछ ।
कस्तो बेला आउँछन् यस्ता प्रस्ताव ? सपनामा कोरीबाटी ऐना हेरेको देखें भने लभ पर्पोज आइहाल्छ ।
सपनामा विश्वास गर्नुहुन्छ ? हेर्नुस न परम्परादेखि चलिआएको । मलाई पनि विश्वास लाग्छ । किनभने सपनामा देखेका कतिपय कुराहरु मिल्दोरहेछ ।
त्यसो भए ज्योतिषीका कुरामा पनि विश्वास गर्नुहुन्छ होला ? हो नि, मैले कति पैसा त ज्योतिषीलाई हात हेराउनै खर्च गरेकी छु । आफ्नो हुनेवाला राजकुमार कस्तो होला भनेर हेराउँछु । तर ५० प्रतिशतमात्र विश्वास गर्ने गरेको छु हिजोआज । किनभने त्यति पूरै विश्वास गरे अन्धविश्वास भइहाल्छ नि फेरि ।
राजकुमार त आफुले फिक्स गर्ने हो नि हैन ? भन्छन्, तर फिक्स भइसकेको छैन ।
केही समय हास्यसिरियल झ्याइँकुटीमा देखिनुभयो नि ? सुरुमा त्यो अवसर पाउनु धेरै ठूलै थियो । तर डान्स क्षेत्रमै निरन्तरता दिनु ठिक लागेर त्यता समय दिन सकिनँ ।
ठूलो पर्दाको सपना ? विभिन्न कम्परमाइज गर्नुपर्नेरहेछ ठूलो पर्दामा । जस्तो ब्लोअप सिन । न्युड् सिन यस्तै यस्तै । त्यसैले मैले अहिले नै ठूलो पर्दामा हात हालिहाल्ने सोच बनाएकी छैन ।
तर तपाईले त हङकङमा त्यसै फोटो सेसन गराउनुभएको थियो नि हैन र ? पत्रिकाको लागि गरेकी हो । त्यसमा पनि नयाँ एकपटक गरु भनेर गरेकी हुँ । त्यति गरेपछि मलाई धेरै अभद्र कमेन्टहरु आए । ब्लोअप फोटोले गर्दा त त्यस्तो प्रतिक्रिया आउँछ भने फिल्ममा देखाए कस्तो होला ? त्यसमा पनि कम्प्रमाइजका साथ ।
यो क्षेत्रमा आउने सानैदेखिको सपना हो ? हो नि, तर बाआमाले मलाई डाक्टर बनाउन चाहनुहुन्थ्यो । म भने डान्स सिक्न बाबाको पुरानो साइकल डो¥याउँदै डान्स सेन्टर धाउँथे । कतिपटक मैले एक्सिडेन्ट गराएकी पनि छु ।
डाक्टर नबनेर डान्सर बन्दा कत्तिको अपजस पाइएको छ घरमा ? खुसी हुनुहुन्छ बाआमा, भाइ । हाम्रो परिवारको पूरै सपोर्ट छ मलाई । कुनै अपजस छैन ।
एउटी सामान्य महिला र कलाकारको ब्युटी मेन्टेनलाई कसरी तुलना गर्नुहुन्छ ? सामान्य महिला व्यस्त भए पनि उनीहरु घामपानी छल्न सक्छन् । रुटिन अनुसार सुत्न पाइन्छ । तर कलाकारको रुटिन भताभुंगाको हुन्छ । कहिले नाइटबसमा यात्रा हुन्छ । निद्र खल्बलिन्छ । कहाँ घाम पर्ने हो हावा हुन्डरी पर्ने हो थाहै हुन्न । निद्र र त्यस्ता हावाहुरीले हाम्रो सुन्दरता बिगारिदिन्छ । त्यसैले म त हामी कलाकारभन्दा सामान्य महिलाहरु नै धेरै राम्री देख्छु ।
|
|
| हिसिलाको क्यारिकेचरले चिनायो – विपना बस्नेत, नक्कली हिसिला |
| बिहिबार, 04 अप्रिल 2013 11:29 |
 |
 |
 |
|
| 
झण्डै ३५ चलचित्रमा अभिनय गरिसके पनि उनलाई चिन्ने कम थिए । १३ वर्षअघि कलाकारिता सुरु गरेकी विपना बस्नेतले अहिले भने नेपाल टेलिभिजनमा प्रसारण भइरहेको हास्यशृंखला तितो सत्यमा अभिनय गरेर चर्चा बटुलेकी छन् । तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईकी पत्नी हिसिला यमीको नक्कल गर्न थालेकी उनलाई मेला महोत्सवमा पनि प्रस्तुतिका लागि निम्तो आउन थालेको छ । हिसिलाको रुपमा प्रस्तुत भएपछि शुभचिन्तकहरुको फोन आउने गरेकोमा दंग छिन् उनी । ठूलो पर्दाबाट सानो पर्दामा फर्कने चलन सामन्यतया कम हुन्छ । तर, ठूलो पर्दामा अभिनय गरे पनि सानो पर्दामा फर्केर लोकप्रिय बनेकी छिन् विपना । २०५३ सालदेखि पराई घरु चलचित्रमा ब्युटिसियनका रुपमा चिनिन थालेकी बस्नेतले जिन्दगानी चलचित्रमार्फत अभिनय गर्ने मौका पाएकी थिइन् । काठमाडौंको धर्मस्थली गाविस वडा नं ९ मा जन्मेकी बस्नेत हाल डिल्लीबजार वडा नं ३३ मा बस्छिन् । उनै बस्नेतसाग एभरेस्ट टाइम्सका शोभाकान्त सिग्देलले गरेको कुराकानी ः
ठूलो पर्दा छाडी सानोमा किन आउनु भएको र ?
ठूलो पर्दामा जति वर्ष अभिनय गरे पनि दर्शकमाझ लोकप्रिय हुन गाह्रो छ । तर, सानो पर्दामा थोरै सयम अभिनय गरे पनि दर्शकबाट चाँडै नै प्रतिक्रिया आउछ । अझ सानो पर्दाबाट दर्शकसाग चाँडै घुलमिल हुने अवसर मिल्छ ।
लोकप्रिय हुनुभएको सानो पर्दाको पहिलो कार्यक्रम कुन हो ? नेपाल टेलिभिजनमा प्रसारण भइरहेको हास्यशृंखला तितो सत्य।
तितो सत्य मा कति भागवाट प्रवेश गर्नुभयो ? ४ सय ९५ भागबाट ।
पहिलो भागमा के विषयमा अभिनय गर्नुभयो रु नक्कली बाबुराम बनेर एक्लै खेलिरहनुभएको ज्योति काफ्लेसाग भ्यालेन्टाइन्स डेबारे नक्कली हिसिला यमीको रुपमा अभिनय गरेकी थिएँ ।
पहिलोपटक नक्कली हिसिला यमीको रुपमा टिभीमा आफैलाई देख्दा कस्तो लाग्योÂ रु एक छिन त छक्क परें । पहिलो दिन त राति १० बजेसम्म शुभकामनाको फोन आउादा धेरै खुसी लाग्यो ।
तितो सत्यमा प्रवेश गर्ने अवसर कसरी मिल्यो ? म धादिङमा झोला फिल्मको सुटिङमा थिए । सोही दिन अचानक दीपाश्री निरौलाले फोन गर्नुभयो । दिदी तितो सत्यमा अभिनय गर्नुपर्यो । त्यसपछि म सुटिङ सकेर काठमाडौ आए । दीपा बहिनी र दीपक भाइसागको भेटपछि अभिनय गरेको पहिलो भागले रातारात सबैसामु परिचित बनायो ।
तितो सत्यभन्दा अगाडि त तपाईंलाई कसैले चिन्दैनथे नि ? म पहिला फिल्महरुमा ब्युटिसियनको काम गर्थें । अभिनयमा थोरै–थोरै भूमिका र ठूलो पर्दामा खेलेका कलाकारलाई एकैचोटि स्रोतामाझ भिज्न पनि गाह्रो हुदा थाहा नभएको हुन सक्छ ।
हिसिलाको रुपमा प्रस्तुत हुदा कसरी लोकप्रिय भएजस्तो लाग्छ ? महिला भएर पनि मन्त्री भइसक्नुभएको त्यसमा पनि प्रधानमन्त्रीको श्रीमती हुदा सबैको चर्चित हुनुहुन्थ्यो ।
के विषयमा चर्चित हुनुभएको थाहा पाउनुभयो र ? प्रधानमन्त्रीको श्रीमती भएपछि कर्मचारी सरुवा बढुवा गर्ने, आफ्ना मान्छेलाई रोजगार दिने र भ्रष्टाचार पनि गर्नुभएको विषयले चर्चित बनाएको थियो ।
तपाईंले भ्रष्टचार गरेको अभिनय पनि गर्नुभएको छ ? गरेकी छु ।
यमीले भ्रष्टचार गरेको कसरी थाहा पाउनुभयो ? रेडियो, टिभीमा समाचार सुनेर र पत्रिका पढेर थाहा पाएकी थिए ।
भ्रष्टाचारको अभिनयपछि बाटोमा हिंड्दा मानिसले के भन्छन् ? खै हजुर अहिलेसम्म त बाटोमा भेट्ने सबै मानिसले राम्रै अभिनय छ भन्छन् ।
यमीका समर्थकको धम्की आएको छ त छैन नि ? अहिलेसम्म त त्यस्तो धम्की आएको छैन ।
नक्कलको अभिनय गरेपछि यमीसँग कतै भेट भएको छ ? भेट भएको छैन ।
बाटोमा कतै भेट भयो भने के भन्नुहुन्छ ? सबैभन्दा पहिला नमस्कार हजुर भन्छु । त्यसपछि हजुरको जन्मले मेरो अभिनय सफल हुदै गएको पनि बताउछु ।
अफ्नो भूमिकाप्रति कत्तिको सन्तुष्ट हुनुहुन्छ ? कतिपय अवस्थामा विभिन्न कारणवश आफूले चाहेजस्तो दर्शकलाई देखाउन सकिादैन त्यसमा दुस्ख लाग्छ । तर पनि दर्शकहरुको धेरै माया पाएकोमा खुसी बढी लाग्छ ।
|
| पछिल्लो परिमार्जन ( मंगलबार, 09 अप्रिल 2013 10:07 ) |
|
| विवाह गर्न अभिभावकलार्इ दु:ख दिइन–भुर्तेल |
|
| 
एक दशक पहिला बाटोमा हिड्दा रोएको मान्छ देख्दा रुन मन लाग्ने र हाँसेको मान्छे देख्दा हाँस्न मन लाग्ने पातलीको दिनचर्या नै अचेल अरुलाई रुवाएर वा हासाएर बितिरहेको छ । पहिला देखेर भोगेका वास्तविक घटनाले नै आज टेलिभिजन तथा स्टेज कर्यक्रममा व्यस्त छिन् पातली । १० वर्षअघि आफ्नो फुपू माया भुर्तेलको सहयोगमा 'हिजोआजका कुरा'मा अभिनय गरी कलाकारिता सुरु गरेकी पातली अहिले कान्तिपुर टेलिभिजनबाट प्रसारण भइरहेको 'हर्के हवल्दार' हाँस्य सिरियलमा व्यस्त छिन् । सोही हाँस्य सिरियलमा चोटिलो प्रस्तुति गरेर हजारौं दर्शकमाझ अटुट सम्बन्धको वातावरण बनाइरहेकी छिन् । सिरियलमा लाहुरे बासाग सबैभन्दा नजिकिएर उठबस गर्ने पात्रको रुपमा आजभोलि लोकप्रिय पात्र हुन पातली । उनको वास्तविक नाम उर्मिला भुर्तेल हो । उनको जन्म भोजपुर वडा नं ३ मा भएको हो । उनी हाल काठमाडौंको लाजिम्पाटमा बस्दै आएकी छिन् । गाउाघरमा देखिएका विसंगतिलाई व्यंग्यात्मक रुपमा प्रस्तुत गरी समाजमा सचेतना फैलाउनु नै भुर्तेलको मुख्य उद्देश्य हो । उनै भुर्तेलसाग एभरेस्ट टाइम्स पाक्षिक पत्रिकाका शोभाकान्त सिग्देलले गरेको कुराकानी :
कलाकार सन्तोष पन्तसाग अभिनय गर्ने मौका पाएर पनि त्यति चर्चामा आउनु भएन नि ? त्यतिखेर अवसर पाउनु सबैभन्दा ठूलो विषय थियो र मैले हिजोआजको कुरामा दुई वर्ष अभिनय गरेपछि बन्द भयो । सुन्दर रुप र राम्रो अभियन क्षमता भएकी तपाईंले त छिट्टै अवसर पाउनुपर्ने नि ! खै हजुर हिजोआजको कुरामा अभिनय गर्न भनेर सन्तोष सरलाई भेट्न जाँदा उहाँको गेटवाट चारपटक फर्केकी छु ।
फर्कंदा कस्तो लाग्यो ? मलाई सारै पीर पर्न थालेको थियो तर, मैले अवसर पाएा भने सफल हुन्छु भन्ने ढुक्क पनि थिएा ।
तपाईंले ठूलो पर्दामा पनि अभिनय गर्नुभएको हैन र ? हो सन्तोष पन्त सरले बनाउनुभएको 'फिल्म' नामको फिल्ममा २०६० सालतिर अभिनय गरेकी थिएा ।
तपाईं त ठूलो पर्दाबाट सानो पर्दामा फर्कनुभयो किन ? ठूलो पर्दामा जति अभिनय गरे पनि जनताको प्रतिक्रया पाउन र लोकप्रिय हुन गाह्रो छ तर सानो पर्दामा चाँडै प्रतिक्रिया आउाछ । सानो पर्दाबाट स्रोता माझ नजिकिनुको साथै स्रोताको दैलोसम्म पुग्न सकिन्छ ।
हर्के हवल्दारमा कहिलेबाट प्रवेश गर्नुभएको हो ? म ८६ भागबाट प्रवेश गरेकी हुँ।
कस्को सहयोगमा प्रवेश गर्ने अवसर पाउनुभयो ? गत असार महिनामा पाल्पा जाँदा हर्के हवल्दारमा अभिनय गर्ने रोशनी सापकोटा तथा बाटुलीसाग भेट भएको थियो । उहाँले नै कलाकारद्वय विष्णु सापकोटा र प्रकाश सुवेदीलाई कुरा गरिदिनुभएको हो ।
हर्के हवल्दारबाट छिट्टै नै चर्चामा आउनुभयो नि, तपाईंले के जादु गर्नुभयो ? सुरु–सुरुमा त यति छिटो चर्चामा आउाछु जस्तो लागेको थिएन तर म लगायत हाम्रो समूहको मेहनत र समसामयिक गाउाको विषय प्रस्तुति गर्नाले चर्चामा आएका हौं ।
लाहुरे बासागको जोडीले त निकै चर्चा पायो, वास्तविक जीवनमा के छ नि ? कलाकार भएपछि जोसाग मिलेर राम्रो कला प्रस्तुत गर्न सकिन्छ उसैसाग अभिनय गर्नुपर्छ । लाहुरे बासागको कुरामा कथाले मागेको विषय वस्तुबाहेक अरु केही छैन । 'हर्के हवल्दार'मा पातली नाम कसरी रह्यो ? अभिनय गर्ने सिलसिलामा सम्वाद गर्दा पातली नामले बोलाउन सजिलो भएर हो । । हर्के हवल्दारमा तपाईंलाई किन उत्ताउली र ठूली महिला भनिएको हो ? म धनी बाउकी एक्ली छोरी, पढेलेखेकी र धेरै जानेबुझेकी हुन्छु जस्ले गर्दा कसैलाई पनि नगन्ने अभिनय गर्नु परेकाले उत्ताउली र ठूली महिला भनिएको होला ।
वास्तविक जीवनमा पनि त्यस्तै त हुनुहुन्न नि ? वास्तविक जीवनमा मलाई भेट्ने जति मानिसले टिभीमा उत्ताउली देखिए पनि जनजीवनमा सारै सरल र हासिलो हुानुदोरहेछ भन्छन् ।
पातलीले लोग्नेलाई गोरु जोताएको जस्तो दृश्यले समाजमा जनचेतना हुन्छ र ? समाजमा त्यस्तै दृश्य नभए पनि सोझो लोग्नेको फाइदा उठाएको जस्तो हुन सक्छ तर हाम्रो उद्देश्य लोग्ने र श्रीमतीले बराबर काम गर्नुपर्छ भन्ने हो ।
कलाकार क्षेत्रमा यति वर्ष अभिनय गर्दा जीवन साथीको टुंगो लाग्यो ? लाग्यो हजुर ।
जीवन साथी आफैंले खोज्नुभयो कि कि अभिभावकले ? अभिभावकलाई दु:ख दिइन ।
आफैंले खोज्नुपर्दा अप्ठेरो परेन ? छ हजुर आफैंले खोजेपछि आफैले विवाह गर्नुपर्ने त्यही क्रममा २०६३ वैशाख ४ गते कफ्र्यु लागेको समयमा मनमैजु मन्दिरमा गएर विवाह बन्धनमा बाँधिएको दिन कहिल्यै विर्सन सक्दिन ।
|
|
| चेतनामूलक गीततिर लागेको छु– मिङमा |
|
| 
काठमाडौंको ज्याठामा जन्मे, हुर्केका मिङमा शेर्पा पप गायनमा चर्चित नाम हो । छमछम छमछम पाउजु बजाउँदा, नमुना बनाइदियौ पागल प्रेमीको, आँसु झार्दिन म, जामा जामा जाली रुमाल, खस्यो पानीमा..जस्ता गीतले उनलाई धेरैमाझ चिनायो । स्टेजमा दर्शक तताउन माहिर मानिने शेर्पाले केही रिमिक्स गीतमा समेत स्वर भरेका छन् । स्वर, शासनजस्ता फिल्मका गीतमा समेत गीत गाएका उनी हिजोआज सहयोगमा समेत जुटेका छन् । उनै गायक शेर्पासँग एभरेस्ट टाइम्सका नेत्र मोक्तानले गरेको कुराकानी :
पछिल्लो समय नयाँ गीत बजारमा आएको देखिँदैन नि ? दुई वर्ष जति भयो होला । एल्बमै बनाएर बजारमा नआएको । तर एकदुई गीत त गरिरहेकै छु । फिल्मतिर पनि गाउन थालें । पप गीत मिडियाको प्रमोशनमा पछि परेर पनि त्यस्तो भएको हुन सक्छ । जामा जामा जाली रुमाल, खस्यो पानीमा त हालसालै गाएको गीत हो । यो गीतमा जुन सानीमाको चर्चा गर्नुको कारण ? यो बिल्कुलै शेर्पा समाजको संस्कृति झल्काउने गीत हो । आमाको बहिनी, बुवाको साली, आफ्नो सानीआमा पर्ने साइनो बताउने गीत हो । कुनै किसिमले सानीआमालाई जिस्काउन बनाएको गीत होइन । पुरानो भाकालाई केही थपथाप गरी बनाएको गीत भएकाले यो धेरैले मनपराए । लुक्लातिर पहिलेपहिले साइनो सिकाउने शिक्षामूलक गीत हो यो । गायनको अर्कै विधा पछ्याउँदै हुनुहुन्छ रे, साँच्चै हो ? केही समय यता म गीत छायांकन गर्ने क्रममा अपांगता भएका व्यक्तिहरुको संगतमा पुगे । उनीहरुको अवस्था देख्दा, कसैले सहयोग नगरेको देखेर मलाई केही गर्नुपर्छ जस्तो लाग्यो । उनीहरुकै सहयोगका लागि चेतनामूलक गीत बनाउनतिर लागेको छु । यो भन्दैमा पप विधा नै छाडेको चाहिँ होइन । चेतनामूलक गीत बनाइदिने कम्पनी कसरी पाउनुभयो ? आफैंले कम्पनी खोलेको छु । अरुले यस्तो गीतमा हात हाल्न, प्रमोसन गर्न चाहदैनन् । किनभने व्यापारित गीतहरुको व्यवसाय त डामाडोल छ । चेतनामूलक गीतमा कस्ले साथ देला । त्यसैले नाफारहित काममा आफंै अघि बढेको । गायनमा राम्रै कमाइ भएरै यस्तो आँट गर्नुभएको होला ? गायनको अवस्था कस्तो छ सबैले देखेकै छ नि । देशै यस्तो छ । व्यापारिक अवस्था खत्तम छ । सिडीको बजार छैन । विल्कुलै सहयोगका लागि आफै खट्ने हिसाबले यस्तो कार्यक्रम बनाएको हुँ । मेरो गीत सुनेर हेरेर अभावमा रहेकाहरुले केही राहत पाउलन् कि भन्ने आशामा । सानैदेखिको सपना हो गायन ? सपनै भनांै, सानैदेखि गीत गाउँथे । दिदीले सुनिदिनुहुन्थ्यो । साथ दिनुहुन्थ्यो । दाजुले पनि उत्तिकै साथ दिनुभयो । गीत गाउँदै क्यासेटमा रेकर्ड गर्थें । अनि सुन्थे । निकै मज्जा लाग्थ्यो । स्कुलका कार्यक्रममा पनि गाउने मौका मिल्थ्यो । प्रतिभा देखेरै हो कि, क्लासमा पनि टिचरले गीत गाउन लाउनुहुन्थ्यो । कत्तिको खुसी हुनुहुन्छ, यो पेसा अपनाएकोमा ? एकदमै खुसी छु, दाम त्यति नकमाए पनि नाम कमाएको छु । अमेरिका, युरोपसम्म पुग्न पाए । नेपाल भर घुम्न सके । गीत मनपराउने धेरैले मलाई पनि मन पराउँछन् । अमेरिकामा कति समय रहनुभयो ? गायनमा लागेपछि सबैभन्दा पहिले नै म अमेरिका जान पाएँ । म आफ्नो अहोभाग्य ठान्छु यसलाई । निमा रुम्बा, राजु लामा, सिन्धु मल्ल जस्ता होनहारसँगै भर्खरै गायनमा पाइला टेकेको मिङमा पनि न्युयोर्क, टेक्सास, क्यालिफोर्नियामा मञ्चमा उभिन पायो । अमेरिकी अनुभव ? मलाई धेरैले त अमेरिकै बस्न सुझाएका थिए । तर नेपाल, कलाकार र परिवारको इज्जतकै लागि भए पनि म त्यता बस्न सकिनँ । शेर्पा समुदायको बाहुल्य रहेकाले धेरैले म अमेरिकामै लुक्न सक्ने अड्कल काटेका रहेछन् । केहीले त म न्युयोर्कमै लुक्ने भनी बाजी राखेका रहेछन् सयदेखि हजार डलरसम्म । ग्रिन कार्डमा कत्तिको मन छ ? छैन । किनभने म अब लगभग स्थायी रुपमा बस्न क्यानडा जाँदैछु । गीत संगीतमा भने निरन्तरता नै हुनेछ ।
|
|
| नेपालमा गरिबले पढन पाउदैनन् । |
| शनिबार, 19 जनवरी 2013 04:58 |
 |
 |
 |
|
| 
पोखरा विश्वविद्यालयका पूर्व उपकुलपति डा. केशरजंग बराल प्राज्ञिक व्यक्तित्व हुन् । उनले नेपालका ४ प्रधानमन्त्रीसाग काम गरेको अनुभव संगालेका छन् । विश्वविद्यालयको कुलपति प्रधानमन्त्री हुने भएकाले मुलुकका प्रमुख कार्यकारीसग काम गर्ने अवसर पाएका बरालले फरक फरक दलका ती प्रधानमन्त्रीहरुसग रोचक अनुभव संगालेका छन् । नेपालमा आधुनिक शिक्षा नीतिमा परिवर्तन ल्याउनुपर्ने सोच बोकेका केशरजंग पाल्पाका मगर हुन् । उनी विद्यावरिधि गर्ने मगर समुदायबाट दोस्रो र पाल्पाको पहिलो व्यक्ति हुन् । हाल त्रिभुवन विश्वविद्यालयमा फाइनन्स प्रोफेसरको रुपमा कार्यरत उनी शिक्षा मन्त्रालयअन्तर्गत खुल्ाा विश्वविद्यालयको सल्लाहकार छन् । फुलब्राइट कमिसन र अमेरिकन फाइनन्स एसोसियसनका सदस्य तथा एसियन डेपलपमेन्ट बैकको राजिस्टर कन्सल्टेन्टको जिम्मेवारी बोकेका उनी अगस्टको पहिलो सातादेखि डिसेम्बरसम्म सेन्टक्लाउस युनिभर्सिटी मिचिगनमा एसिस्टेन्ट प्रोफेसरको रुपमा पढाउन आएका हुन् । अमेरिकी विश्वविद्यालयमा पाच महिना लामो अध्यापन सकेर नेपाल र्फकनु अघि पूर्व उपकुलपति डा. बरालसाग एभरेस्ट टाइम्सका प्रधान सम्पादक आङछिरिङ शेर्पाले गरेको कुराकानी ।
तपाईंले पाउनुभएको शैक्षिक सफलताबारेमा केही भनिदिनोस् न ? हामी पढ्दा पाल्पामा पढ्नेहरुको संख्या असाध्यै कम थियो । जति स्कुलमा कम थियो कलेजमा पनि उत्तिकै कम थियो । त्यसमा पनि मगर समुदायबाट त्यतिखेर म र बद्रीबहादुर थापामात्र थियौं । त्यसपछि पाल्पाकै कृष्णबहादुर राना अध्ययन गर्थे । तर हाम्रो ब्याजमा हामी दुईमात्र थियौं । गाउामा त्यतिखेर बढीजसो लाहुरमा जानेहरुको लहर बढी थियो । पढ्नका लागि समाजले उत्साह पनि कम दिन्थ्यो । हामी अन्य समुदायका बालबालिकासंगै लगनशीलताका साथ पढ्यौं । विस्तारै कालान्तरमा हामीले चाहेको परिस्थिति पनि अघि बढ्दै जाादा विदेशमा पुगेर पढ्ने अवसर पनि पाएा । मुलुकको शिक्षा प्राणालीको विकासबारे तपाईं के भन्नुहुन्छ ? मुलुकमा अहिलेसम्मको शिक्षामा प्रणालीको विकास हेर्ने हो भने पछिल्लो समयमा सीमित व्यक्तिहरुले विद्यालय व्यापार गर्ने थलो बनेको छ । समय सापेक्षित रुपमा न सम्बन्धित निकायको ध्यान जान सकेको छ न त सरकारले नै फराकिलो तवरले सोच्न सकेको छ । युरोप र अमेरिका भ्रमणपछि हाम्रो देश नेपालको शिक्षाको अवस्था कस्तो देख्नु भो ? नेपालका राजनीतिक पार्टी र नेताहरुले विद्यालयमा र विद्यार्थीहरुमाथि लादेको गलत राजनीतिक संस्कारकै कारण शिक्षा क्षेत्रमा निकै असर पुगेको छ । जबसम्म यो हट्दैन तबसम्म देशमा अन्योल छाइरहन्छ । यो सस्कार हट्न अझै पनि निकै लामो समय लाग्छ । राजनीतिक नेताहरुमा देशलाई कसरी माथि उठाउने भन्ने स्पष्ट सोच र विवेक हुनुपर्छ । जबसम्म उनीहरुलाई स्पष्ट सोच हुादैन तबसम्म देश यस्तैगरी रुमलिरहन्छ ।
नेपालको स्कुलमा पढनेहरु नेविसंघ र अनेरास्वियुमा कुनै एक हुनुपर्नै रहेछ नि ? म विश्वको विभिन्न मुलुकको शिक्षण संस्थामा पुगंे तर नेपालमा जस्तो विद्यालय र कलेजमा विद्यार्थीहरुको राजनीति देखिन । अध्ययन गरिरहेका बालबालिकाहरु कोही पनि राजनीतिमा लाग्दैनन् । पार्टी र नेताहरुको यस्तो गलत संस्कारले जहिले पनि नेपालको विद्यालयमा राजनीति भइरहेको हो । यो शिक्षामाथिको गलत संस्कार हो । जसको कारणले हाम्रो देशमा राजनीतिक अन्योल छाएको हो । युरोप अमेरिका त परै जाओस् छिमेकी मुलुक भारतमा समेत विद्यालयमा पार्टी र नेताको यस्तो गलत संस्कार छैन ।
अमेरिकी र नेपालको शिक्षा प्राणालीबीच के फरक पाउनु भो ? मैले केही समय यहााको विश्वविद्यालयमा पढाउने काम गर्दा निकै राम्रो अनुभव मिल्यो । त्यतिको अवधिमा मैले स्थानीय प्रोफेसहरुसाग पनि निकै छलफल गरंे । यहाा कोही पनि विद्यार्थी पैसा नभएर पढ्न नपाउने होइन रहेछ । पैसा नहुने गरिबको छोराले पढ्न नपाउने भन्ने हुादैन रहेछ । असी प्रतिशत फेडरल सरकारले लगानी गर्दोरहेछ बाकी स्थानीय सरकारले लगानी गर्दोरहेछ त्यो आफैंमा निकै सकारात्मक पक्ष लाग्यो । तर हामी कहाा शिक्षाको नीति नै गलत छ । गरिबको बालबच्चाले भने जस्तो कहा यहाको जस्तो पढ्न पाउछ र ? संविधान सभामा त्यतिको धेरै सभासदहरुले किन केही गर्न नसकेको होलान् ? म राजनीतिमा खासै नजिक छैन तैपनि संविधान सभाको चर्चा गर्ने हो भने संविधान बनाउाछु भनेर सयौं भेला भए तर उनीहरु कसैले पनि जनताको भावनाको प्रतिनिधित्व गर्न सकेनन् । त्यसमा पनि जनजाति सभासदहरुको संख्यासमेत धेरै थियो । तर जति नै भए पनि के गर्ने तीन दलको प्रमुख नेताले जे गर्यो त्यसमय ल्याप्चे लाउनुबाहेक केही सिप लागेन ।
नेपालको राम्रो विद्यार्थीहरु विदेश जान्छन् उनीहरुलाई र्फकने वातावारण सरकारले दिन सक्छ ? विदेशमा पढन जाने विद्यार्थीहरुका लागि भनेर दिदै आएको गुणस्तरको भन्ने शिक्षा नै गलत तरिकाले दिइरहेका छौ । हामीले हाम्रो देशकै आवश्यकताअनुसारको शिक्षा दिन सकिरहेको छैनौं । देशको आवश्यकता अनुसार जनशक्ति उत्पादन गर्न नसकेकाले पनि हाम्रो लगानीमा उत्पादित राम्रो जनशक्तिहरुलाई सितैमा विदेश पठाइरहेका छौ । उदाहरणका लागि हरेक वर्ष विभिन्न मुलुकबाट २ हजार जति नेपाली डाक्टरहरु उत्पादन हुन्छ तर सरकारले मुलुकमा काम गर्ने वातावरण दिन सकेको छैन । नेपाली जनताको लगानीमा उत्पादित डाक्टर युरोप र अमेरिका पुगेर सेवा गरिरहेका छन् । देशले आफ्नो स्रोत र साधनको सक्दो सदुपयोग गर्न सकेको छैन ।
पोखरा विश्वविद्यालयमा उपकुलपति हुदा चारजना प्रधानमन्त्रीसग काम गर्दा कस्तो लाग्यो ? चार प्रधानमन्त्री फेरिदा मैले उपकुलपति भएर काम गरें तर कुनै पनि प्रधानमन्त्रीको शिक्षाप्रतिको सोच भने स्पष्ट देखिन । चारैजना प्रधानमन्त्रीहरु गिरिजाप्रसाद कोइराला, प्रचण्ड, माधवकुमार नेपाल र झलनाथ खनालसाग मैले काम गर्ने मौका पाए । त्यतिखेर ती सबै प्रधानमन्त्रीले पहिलो प्रथामिकतामा आफ्नो नातागोता, त्यसपछि पार्टीको र अन्त्यमा जनताको छोराछोरीका लागि सोच्ने गरेको पाइयो । सबै प्रधानमन्त्रीसाग मेरो खासै राम्रो तालमेल भएन । उनीहरुको सोच देखेर धेरै दुःख लाग्यो । उनीहरुको स्वार्थी विचारसग मेरो कहिल्यै पनि कुरा मिलेन ।
|
| पछिल्लो परिमार्जन ( आइतबार, 17 मार्च 2013 16:10 ) |
|
| अमेरिकामा काम गरेर इजत पाउन गाह्रो–अंसु |
|
| 
नेपाल टेलिभजिनबाट प्रसारित हास्य टेलिश्रृंखला 'जिरे खुर्सानी' बाट पहिचान बनाएकी अंसु महर्जन हास्य अभिनेत्रीको रुपमा स्थापित भइसकेकी छिन् । हेर्दै खेरी खम्बा जस्ती देखिने मोटो शरीर भएकी कलाकार महर्जनलाई जिरेखुर्सानीकी हात्ती भनेर धेरैले चिन्छन् । जिरेखुर्सानीका निर्देशक तथा मुख्य कालाकार शिवहरि पौड्याल 'असिनाप्रसाद' की कान्छी श्रीमतीको रुपमा हात्ती नामले लोकप्रिय बनाएको छ । २२ वर्षको उमेरदेखि कलाकारिता सुरु गरेकी महर्जनलले अहिले हाास्य क्षेत्रमा चोटीलो प्रस्तुती गरेर लाखौ दर्शमाज अटुट् सम्बन्धको वातावरण बनाइरेहकी छिन । घोचपेच रेडियो कार्यक्रम दिन प्रति दिनमा गोविन्द सिंह राउतको सहयोगमा कलाकारितामा प्रवेश गरेकी महर्जन 'सिस्नुपानी झ्याम्मै' नामक हाास्य टेलिश्रृंखलामार्फत दर्शकलाई हसाई रहेकी छिन् । उनको जन्मस्थान रौतहट, चन्द्रनिगापुर वडा नं १ मा भएको हो । देशमा देखिएको विसंगतीलाई व्यङ्गयात्मक रुपमा प्रस्तुत गरी समाजमा सचेतना फैलाउने महर्जनको मुख्य उदेश्य हो । उनै महर्जनसाग एभरेष्ट टाइम्स पाक्षिक पत्रिकाका शोभाकान्त सिग्देलले गरेको कुराकानी :
अहिले केमा व्यस्त हुनुहुन्छ ? सिस्नुपानी झ्याम्मै र विभिन्न जिल्लाहरुको स्टेज कार्यक्रममा व्यस्त छु ।
अहिले जिरे खुर्सानीमा हुनु हुन्न ?
छैन् ।
जिरे खुर्सानी टेलिश्रृंखला त प्रसारण भइरहेको छ त ?
मैले गत कार्तिक महिनावाट अभिनय गरेको छैन ।
जिरे खुर्सानी समुहसाग खटपट भएर हो ? हैन हजुर, त्यो समुहलाई मेरो अभिनयको आवश्यकता नपरेर होला ।
तपाईंले जिरेखुर्सानीमा सुरुवाट अभिनय गर्नुहुन्थ्यो हैन र ?
हो डमीवाट नै मैले अभिनय गरेको थिएँ ।
यसरी सुरुवाट अभिनय गरेको व्यक्ति अवसरवाट बन्चित हुादा पिर लागेन ?
खै हजुर पिर लागेको छैन । सधै एउटै भुमिका अभिनय गर्दा खल्लो पनि हुन सक्छ ।
अहिले सिस्नुपानी झ्याम्मैमा अर्जुन घिमिरेसाग जमेको हो जोडी ? हो ।
सिस्नुपानीमा कहिलेवाट प्रवेश गर्नुभएको हो ? अर्जुन घिमिरेले सुरुवाट बोलाए पनि जाने अवसर मिलेको थिएन । अहिले नवौ भगावाट प्रवेश गरेकी हँ ।
सिस्नुपानीमा कस्तो भुमिकामा खेल्नु भएको छ ?
यहाँ एक व्यत्तिको कुरा अर्कालाई लगाएर झगडा वनाइदिने र आाफु हास्ने भुमिका छ ।
यस टेलिसिरियलमा पनि कुनै उपनाम छ कि ? पााडेनी उपनामले चिनिएकी छु । जहाा पाँडेनी गाउा भाँडीनी पनि भन्छन ।
सिस्नुपानी झ्याम्मैले त निकै चर्चा बटुल्यो नि । हैन के जानु गर्नुभयो ?
सुरुमा त यति सारै चर्चामा आउला जस्तो लागेको थिएन । तर दर्शकले हाम्रो समुहको प्रस्तुती मन पराएर होला ।
पाँडेनीको अभिनयले समाजमा अरुलाई विगार्ने काम त गरेको छैन् ? मेरो अभिनयले अरुलाई विगारेको त छैन हजुर बरु प्रेणा मिलेको छ । किनभने गाउाशहरमा एक अर्कामा कुरा लगाएर धेरै सोझा व्यक्तिले दु:ख पाएको दृश्यले अन्यलाई दु:ख नपाउन भनि चित्रण गर्न खेजिएको छ ।
कलाकारिता क्षेत्रमा कसरी प्रवेश गर्नु भयो ? म काठमाडौमा आएको समयमा गोविन्द सिंह राउतसागको भेट नै कलाकारिता क्षेत्रका प्रवेश हो । उहाँले रेडियो नेपालमा प्रशासरण हुने दिन प्रतिदिन कार्यक्रमको संम्वादमा बोल्नको लागि आवज टेस्ट गर्न लगाउनु भएको थियो । टेस्टमा पास भएपछि अभिनयको ढोका खुलेको हो । त्यही समयमा जितु नेपाल, दमन रुपाखेतीले अभिनयमा पाइला टेक्न सिकाउनु भयो । उहाँहरुको सहयोगको साथमा शिवहरि पौड्यलले पनि जिरेखुर्सानीमा अभिनय गर्न अवसर दिनुभएकोले आज यहाासम्म आइपुगेको हुा ।
अहिले तपाईंको महिलासँग जोडी बनेको छ ?
हो जोडि बनेको एक वर्ष जति भयो ।
कलाकारहरुमा तपाईंको महिला जोडी हो ?
सम्भवत नेपालमा म र पल्पसा डंगोलको जोडि पहिलो नै हो ।
यो जोडी कसरी मिल्न गयो ?
हामी दुवै जना स्टेज कार्यक्रम प्रस्तुत गर्न एक्लै–एक्लै जान्थ्यौं । एक्लै कार्यक्रम गर्दा गाह्रो पनि हन्थ्यो । हामी दुवै जना पारिवारिक रुपमा पनि नजिक थियौं । एक दिन पारिवारिक भेटघाटमा गफ गर्दै जाँदा महिला जोडीको कुरा चल्यो । हामी फरक–फरक टेलिसिरियलमा रहेता पनि हामी राम्रो जोडी बनेर उदाहरण बन्न सक्छौ भनी एक आपसमा समझदारी भएको हो ।
जोडीपछि तपाईंहरुको स्टेज कार्यक्रम त व्यापक भयो रे हो ?
हो यस वर्ष महोत्सव लगायत विभिन्न कार्यक्रममा हामीलाई नै निमन्त्रणा आउने भएकोले नै स्टेज कार्यक्रममा व्यापक सहभागि भएका थियौ ।
स्टेज कार्यक्रम कति जिल्लामा गरिसक्नु भयो ?
३० जिल्लामा ।
स्टेज कार्यक्रम मध्ये कुन कार्यक्रमवाट तपाईंहरुको आत्म सन्तुष्टि बढी मिल्यो ?
हालसालै कपिलवस्तुको कार्यक्रममा आत्म सन्तुष्टि मिल्यो ।
कपिलवस्तुको कार्यक्रमा कसरी आत्मसन्तुष्टि मिल्यो ? एउटा विवाह गर्ने संस्था जहाँ केटा पक्ष र केटी पक्षको सम्वादको विषयमा कार्यक्रम देखाएका थियौ । जुन कार्यक्रम पााच हजार भन्दा बढी दर्शकको माझमा गरिएको थियो । २० मिनेटको कार्यक्रम लम्बिएर ४० मिनेट पुग्यो किनभने हरेक बाक्य विच हाासाको लहरले छोप्यो । हाँसोलाई कुर्दै सम्वाद गर्दा कार्यक्रम लम्बिएको हो ।
अभिनयको सिलसिलामा जोडी कुन–कुन देश पुग्यो ?
हालसम्म कुनै देश पुगेको छैन् ।
धेरै कलाकारहरुको जोडी अमेरिका पुगेका छन् तर तपाईंहरुलाई आझसम्म कुनै अफर आएको छैन् ?
अहिलेसम्म त अमेरिकाको अफर आएको छैन् ।
अमेरिका जाने रहर कस्तो छ ? ओ हो हजुर संसारले स्वर्ग मानेको देशमा जाने पाए त जाने हो तर कार्यक्रम देखाएर हाम्रो जोडी नेपाल नै फर्कन्छ ।
तपाईंहरु अमेरिका बस्न पाए बस्नु हुन्छ होला नी ? हामी अमेरिका बस्दैनौ किन भने नेपालमा नै बसेर देशको लागि सेवा गर्ने हाम्रो इच्छा छ । जति काम गरेर नेपालमा दर्शकको माया ममता र इजत पाइन्छ त्यति अमेरिकामा काम गरेर इजत पाउन गाह्रो छ ।
|
|
| '' विदेशमा आएर झगडा गर्नु व्यर्थ हो '' |
| शुक्रबार, 04 जनवरी 2013 12:21 |
 |
 |
 |
|
|  न्युयोर्कमा अहिलेसम्म दुई दर्जन भन्दा बढि नेपाली कांग्रेसका शिर्षस्थ नेताहरु आए तर प्राय सवै जनसम्पर्क समितिभित्रको विवादको कारण निरासित भएर र्फकनु परेका थिए । केन्दि्रय नेताहरुसंगै गत वर्ष कंाग्रेस सभापति शुसिल कोइराला समेत न्युयोर्कमा देखिएको विभाजित कार्यकर्ताहरु देखेर दुखित भएर र्फकनु परेका थिए । तर पछिल्लो समय विदेशमा रहेका जन सम्पर्क समितिका विवाद सुल्झाउने सिलसिलामा गत हप्ता न्युयोर्क आएका काग्रेस केन्दि्रय समितिका सदस्य तथा जनसम्पर्क समिति समन्वय विभागका प्रमुख अजुर्न जोशीले भने अरु नेताको जस्तो निरासित हुन परेन । विदेशमा खोलिएका २२ जनसम्पर्क समिति हेर्ने मुख्य जिम्मेवारी पाएका नेता जोशीले न्युयोर्कको जन सम्पर्क समितिभित्रको विवाद सुल्झाएकै कारण अरु नेताहरु जस्तो वेखुसी र निराशा भएर र्फकनु पर्ने छैनन । रत्नराज्य क्याम्पसका पुर्व प्राध्यापक जोशीले यस अघि वेलयतको विवाद सुल्झाए लगतै अमेरिकाको न्युयोर्कमा भएको गुटबन्दीको विवादलाई सुल्झाएर छन । उनकै पहलमा न्युयोर्कका विभिन्न समुहलाई भेला गरि सवैको सहमतिमा अधिबेसन गराउने जिम्मेवारी समेत तोकेको छन । यसै क्रममा नेता जोसीसग एभरेष्ट टाइम्सका प्रधान सम्पादक आङछिरिङले गरेको कुराकानी ।
जनसम्पर्क समिति न्युयोर्कको विवादको कारण के पाउनु भयो ? नेपालमा हरेक पाटीभित्र विवाद त छ तर त्यहाको विवाद भनेको पदको लागी हुने विवाद हो । विशेष गरि पाटीमा जिल्ला हुदै केन्द्रसम्मका नेताहरु वीच सांसदको टिकट पाउनका लागी र मनोनित गर्न गराउनकै लागी बढि विवाद हुने गरेको छ । तर सात समुन्द्र पारीको यो मुलुकमा आएर गरेको विवाद मैले खासै बुझन सकेन । यहा त कुनै पद पाइने भन्ने पनि छैन । आफनो पुजी, समय र मेहनेत सवै पाटीलाई खर्चेर यहाका मित्रहरु वीच किन विवाद गदै बसेको होला म छक्क पर्छु । मेरो बुझाईमा यहा वस्ने नेपाली कांग्रेस सर्मपित साथीभाईहरु वीच केही पनि गम्भिर समास्या देखेन तर व्यक्तिगत इगोकै कारणले मात्र यो विवाद भएको देखियो ।
समितिको विवाद कसरी मिलाउनु भो ? यहा दुई भिन्न भिन्नै रुपमा खोलेका जन सम्पर्क समितिका साथीहरु वीचको असमझदारीको कारण विवादहरु बडदै गएको रहेछ । संगठनलाई अघि बडाउने सोच अनुरुप सर्वप्रथम न्युयोर्कका सवै साथीहरुलाई भेटेर उनीहरुको कुरा सुने । आपसमा भएको कमिकमजोरिहरु केलाउदै जाने क्रममा अन्तमा डिसेम्बर २८ तारिखका दिन दुबै समुहको अध्यक्ष्ाको उपस्थितिमा भएको भेलाले समितिका न्युयोर्क च्याप्टरका संयोजकहरुले दिएको राजीनामा लगतै निर्वाचन गर्ने कमिटि गठन गरि अब उप्रान्त दुई समिति नबनाउने सर्तमा एकता भएको छ । अमेरिकामा महाअधिबेसन संयोजकले दिएको राजीनामापछि सृजना भएको परिस्थितिलाई पाटीले कसरी लिएको छ ? अब न्युयोर्क च्याप्टरको विवाद टुङगिएको छ । तर अमेरिकामा अधिबेसन गर्नका लागी पाटीले तोकिएको संयोजकको राजीनामा अहिलेसम्म स्वीकृत गरेकेा छैन । हामीलाई मुख्य कुरा स्थानीय स्तरको विवाद मिलाउनु पहिलो कार्य थियो । अब अधिबेसन लगायतका सवालहरुमा सबैको भावना अनुरुप म राजधानीमा पुगेपछि पाटीकै धारण अनुसार निर्णय गर्नेछु ।
न्युयोर्कमा कार्यकर्ताहरु वीचको विवाद चर्कनुमा केही केन्दि्रय नेताहरुको भुमीका छ भन्छन नी ? विदेशको यस्तो मुल्यवान समय खर्चिर्एर पाटीको लागी लडने साथीहरुको यो विवाद बडदा पनि गम्भिर रुपमा हेर्न नसक्नुमा अलि अलि त केन्दि्रय नेताको पनि कमजोरि हो । हुन त जतिपनि नेताहरु यहा आउनु भएका छन उहाहरु सवै आ आफनै काममा व्यस्त भएर आउनु भएका हुन । यसलाई मात्र समय दिएर आएका होइनन । यस्ता विवाद हुदा पनि समग्र समास्या पाटीले हेरेर साध्य पनि छैन । सभापति र महामन्त्रि पाटीकै काममा व्यस्त हुन्छन । यस अघि पाटीमा विदेशको समिति हेर्ने विभाग नभएकाले पनि अमेरिकाको यस्ता समास्या हेर्न नसकेको हो । तर अहिले मलाई पाटीले दिएको जिम्मेवारी अनुसार म एउटै उद्धेस्य अमेरिकाको समितिभित्रको समास्या बुझेर मिलाउन आएको हो । आशा छ सबै साथीहरुको विश्वासमा विश्वभरिकै समितिको विवाद अन्त हुनेछ । विदेशमा समिति मार्फत योगदान दिनेहरुको लागी पाटीले कस्तो सोच बनाएको छ ? नेपाल बाहिर बसेर पनि पाटीको लागी सहयोग गर्ने साथीहरुको योगदानप्रति पाटीले फरक ढंगले लिएको छ । यस अघि विदेशमा लामो समय सहयोग गरेपनि खासै चिनारी पाएको थिएन तर गत १२ औ महाधिबेसनमा पहिलो पटक महाधिबेसनमा प्रतिनिधित्व भएको छ । अब छिटै केन्द्रमा महत्वपुर्ण भुमीका हुने गरि जन सम्पर्क समितिका साथीहरुको केन्दि्रय विभागमा प्रतिनिधित्व हुनेछ । विभिन्न सिलसिलामा विदेशमा आएर पाटीका लागी लाग्नेहरुको लागी यो जिम्मेवारी पनि दिन लागेको हो ।
नेपाली कंग्रेसलाई संघीयता विरोध भनिन्छ नी ? हाम्रो पाटीलाई कसैले त्यस्तो आरोप लाउछन भने त्यो एकदमै गलत हो । समय सापेक्ष्ाित रुपमा मुलुक संघीयतामा गइसकेको यो वेला मात्र होइन हामीले सुरुदेखिन संघीयता हुनुपर्छ भनेर लाग्दै आएको हो । बरु एउटै मात्र के भने कुन ढाचाको संघीयता बनाउने बारेमा भने स्वर्गीय नेता भीम बहादुर तामाङको संयोजकत्वमा बनेको संघियता सम्बन्धीत आयोगले बनाएको प्रतिवेदनलाइनै निरन्तरता दिदै जानेछौ ।
|
| पछिल्लो परिमार्जन ( शुक्रबार, 04 जनवरी 2013 18:41 ) |
|
|