| आफनो लिगल सिस्टम आफैमा राम्रो हुन्छ : बासु देब फुलारा | ||||
|
|
सुदूरपश्चिम डोटी जिल्लाको सरस्वती प्राथमिक विद्यालयबाट आफ्नो स्कुले जीवन सुरु गरेका बासु देब फुलारा अहिले विश्वकै सबैभन्दा ठूलो सहर अमेरिकाको न्युयोर्कमा कानुन व्यवसाय अँगालेर जमेका छन् । स्कुल पढ्दा कक्षा टपर हुँदै डोटी क्याम्पससमेत टप्दै राजधानीको यात्रा तय गरेका फुलारा पढाइमा सँधै अब्बल नै रहे । नेपाल ल क्याम्पसबाट उकालो चढ्दै बिएलमा नेपाल सेकेन्ड तथा एलएलएममा सन् २०११ मा नेपाल टपर भई गोल्ड मेडल पाएका फुलाराले महेन्द्र विद्याभूषणसमेत पाएका छन् । नेपालमा हुँदा अधिवक्ताको रुपमा कमर्सियल वित्तीय तथा बैंकिङ कानुन लगायत क्षेत्रमा धेरै वर्षको कानुनी पेसाको अनुभव पश्चात उनी सुनौलो भविष्यका लागि अमेरिका छिरेका हुन् । अमेरिकाको CARDOZO LAW SCHOOL, YESHIVA UNIVERSITY बाट पहिलो नेपाली हुन् कानुनी ग्रयाजुयट गर्ने फुलारा । हाल क्षेत्री एन्ड एसोसिएट्स पिसी को क्विन्स शाखामा प्रमुखको रुपमा रहेका बासु देब फुलारासँग एभरेस्ट टाइम्सका लागि विष्णुप्रसाद पौडेले गरेको कुराकानी
नेपालीहरु कस्ता खालका केसहरु लिएर आउने गर्छन् ? नेपालीहरुको पहिलो केस भनेको अध्यागमन नै हो । त्यस अन्तर्गत पोलटिकलएसाइलम एस्ट्रा अर्डिनरी व्यवसाय स्ट्याबिलिस्टमेन्ट एल वन भिसा ज्ज्ञद्य इन्भेस्टमेन्ट भिसा भ्द्यज्ञ भिसा फेमिली प्रेटेसन र अन्य क्षेत्रमा बैंक करप्सी सिभिल LITIGTATION कमर्सियल LITIGTATION साधारण तथा सुपि्रम र अन्य कोर्टमा आइपर्ने कानुनी उपचारहरु हामी कहाँ हुने गर्छ । यिनै केसहरु नै हामीले नेपाली समुदायबाट पाइरहेका छौं ।
अमेरिकामा नेपालीलगायत अन्य वकिलहरु धेरै छन् । अन्यभन्दा आफूलाई कसरी पृथक रुपमा प्रस्तुत गर्नुभएको छ ? मैले अरुसँग तुलनाभन्दा पनि मेरो रुचि LITIGTATION तिर हो बौद्धिक व्यक्तिको रुपमा आफूलाई उभ्याउन बढी अध्यन गर्ने नयाँ कानुनबारे जानकारी लिने एउटै एरियामा मात्र सीमित नरहेर मैले स्टेट कोर्टदेखि लिएर फेडरल कोर्टसम्म साधारण प्राक्टिसको रुपमा हेर्ने हुँदा र अध्यागमन बैंक करप्सी नन् पेमेन्ट सिभिल LITIGTATION तथा दुर्घटनालगायतका केसहरुमा म आफूलाई अपडेट राख्ने काम गरेको छु । ती क्षेत्रहरुमा प्राक्टिस गर्ने गरेको छु । जुन रुपमा हाम्रो अफिसमा आएका केसहरु छन् तिनीहरुलाई सिरियस रुपमा यी क्षेत्रमा EXPERTISE कायम गर्न खोजिरहेको छु ।
के के कुरामा ध्यान नदिँदा केसहरु असफल हुने गर्छ ? कुनै पनि ग्राहकको केसहरु लिनुभन्दा पहिला दुई तीन कुरामा ध्यान दिनुपर्छ । सर्वप्रथम केस सफल हुने आधारहरु छन् कि छैनन् तर सबै ग्राहकले चाहिने जति प्रमाणहरु ल्याएको हुँदैन त्यसको परिणाम नकारात्मक हुन्छ । किन कि कमजोर आधारमा फाइल गरेमा सफल नहुने हुन्छ । आधारहरु छ तर प्रमाणहरु छैन र बेलामा जुटाउन सकिएन भने पनि सक्षम मान्छेको पनि केस सफल नहुन सक्छ । अर्थात मागेका आधार प्रमाण नदिँदा पीडित मान्छे पनि असफल हुन सक्छ । दिएको समयमा आफ्नो प्रमाणहरु पेस गर्न सकिएन भने पनि असफल हुने बढी सम्भावना हुने गर्छ ।
प्रायः नेपालीहरुको केसहरु एउटै प्रकृतिको हुने र असफल हुने सम्भावना पनि बढी हुन्छ भन्छन् नि ? असफल हुने कारणमा कहिलेकाहिँ व्यक्तिगत कमजोर पृष्ठभूमिले पनि फरक पार्छ । कहिलेकाहिँ समानुपातिक मेरिट्लेस आधारहरु पनि मिल्न सक्छ । तर बलियो प्रमाण छ भने त्यसले खासै असर पार्दैन । एउटै प्रकृतिको केस छ भन्दैमा असफल भइहाल्छ भन्ने पनि होइन । राम्रोसँग प्रमाण पेस गर्न सकिएन भने पनि त्यस्तो हुन सक्छ । जस्तैः इमिग्रेसन सेक्टरमा एसाइलमको हकमा भने कति कुराहरु एउटै प्रकृतिको हुने गर्छ । पृष्ठभूमि पनि एउटै हुने बोली सुन्दा पीडित जस्तो पनि नदेखिने जस्ता कारणले असफल हुने गर्छ । एसाइलम फाइल गर्दा आफै पीडित हुनपर्छ नेपालमा हुँदा केही अभियोग लगाएको हुनुपर्छ र भविष्यमा नेपालमा फर्कंदा पनि पुनः अभियोग लगाइने आधारहरु पनि हुनपर्छ । त्यसैगरी एउटा मान्छे एउटा केसबाट सफल भएको छ भने अर्को मान्छे पनि सोही केसबाट सफल हुन्छ भन्ने हुँदैन । पीडितले आफूले वास्तविक रुपमा भोगेको घटनालाई राम्रोसँग प्रस्तुत गर्न सकेमा सफल हुने वातावरण हुन्छ ।
पुराना कानुन व्यवसायीहरुसँग नयाँ कानुन व्यवसायी काम गर्दा कत्तिको सहज छ ? कुनै त्यस्तो असहज परिस्थिति देखेको छैन । न्युयोर्कमा दुई लाखभन्दा बढी कानुन व्यवसायी छन् । न्युयोर्कमा एउटै विभागमा पचास हजारभन्दा बढी कानुन व्यवसायीहरु छन् । तर अन्य समुदायभन्दा नेपाली समाजमा नेपाली कानुन व्यवसायीहरु कमै भएको महसुस गर्छु । कानुन व्यवसायीमा अनुभवले निकै प्राथमिकता पाउने गर्छ । नेपाली समुदायमा पुराना अनुभवी खगेन्द्र जिसी दाइजस्ता कानुन व्यवसायी हुनुहुन्छ । पक्कै पनि अलि पुराना कानुन व्यवसायीका अनुभवका आधारमा बढी केस जाने गर्छन् र त्यो स्वभाविक पनि हो । नयाँ कानुन व्यवसायीहरुले राम्रो वातावरण नपाउने र अनुभवी कानुन व्यवसायीको संगतको कमीको कारणले गर्दा कहिलेकाहिँ केस ह्यान्डिलमा समस्या उत्पन्न हुने पनि गर्छ । तर जुन कानुन व्यवसायी सक्षम छ र अनुभवीको संगत पनि छ भने पक्कै पनि केसको आउटकममा फरक पर्छ । यो आफ्नै काम गर्ने तरिकामा भर पर्ने चिज हो ।
नेपालमा हुँदा पनि कानुनी पेसामा रहेर काम गर्नुभयो नेपाल र यहाँ काम गर्ने तरिकामा के भिन्नता देख्नुभयो ? नेपालको कानुन र अमेरिकाको कानुनमा हामी कानुन व्यवसायीको रुपमा भन्नुपर्दा काम गर्दा नेपाल अमेरिकामा कसरी काम गर्नुपर्छ कुनै पनि कानुन समानुपातिक रुपमा चल्न सक्दैन कुनै पनि कानुन एउटै किसिमको भएमा आफैंमा चल्न सक्दैन कुनै पनि कानुनको अर्को कानुनी सिस्टमले केही लिन सक्छ ।कुनै कानुन अमेरिकामा राम्रो छ भने त्यो कानुनलाई अर्को देशले पनि लिएको पाइन्छ । नेपालमा जिल्ला पुनरावेदन तथा सर्वोच्च अदालत छ । सर्वोच्च अदालतको लाइसेन्स भएमा सबै ठाउँमा काम गर्न सकिन्छ भने नेपाल सानो देश भएकाले पनि एउटै र साझा कानुन छ । हाम्रो कानुन बेलायती तथा भारतीय कानुनसँग प्रभावित छ तर अमेरिकाको भने फेडरल र स्टेट कानुनी सिस्टम छ । पचासवटा स्टेटका आ-आफ्नै कानुनहरु छन् । सबै स्टेटका कानुनहरु फेडरलको मुनि रहेर काम गर्छन् । स्टेट कानुन र फेडरल कानुन बाझियो भने स्टेटको कानुनले काम गर्दैन । यहाँको अदालतको सिस्टममा काम गर्ने तौरतरिका कानुनी सिस्टमहरु नितान्त फरक छन् भने नेपालको पनि फरक छ । आफ्नो सिस्टम आफैंमा राम्रो हुन्छ । म दुवै देशको कानुन बुझेकाले केही नेपालबाट पनि सिकेको छु भने केही अमेरिकाको कानुनबाट पनि सिकेको छु । हाम्रो सिस्टम बेलायती सिस्टमबाट प्रभावित छ भने अमेरिकाको सिस्टम आफैमा पनि धेरै विकसित छ ।
भौगोलिक आधारमा पनि केसहरु सफल असफल हुने हुन्छ र ? अदालतको दायराभित्र रहेर केसहरु फाइल गर्नुपर्छ । यसको कुनै वैज्ञानिक आधारहरु छैन कोर्टको हातमा भर पर्ने कुरा हो । कुन अदालतबाट के कति केसहरु सफल भएको छ भन्ने तथ्यांक निकाल्न सकिन्छ । कहिलेकाहिँ केसहरु हेर्दा क्यालिफोर्निया तथा न्युयोर्कमा बढी भएको व्यवहारिक रुपमा देखिन्छ । तर कानुनी रुपमा फाइल गर्ने तौरतरिका एउटै हो
अन्य थप जानकारी चाहिएमा निम्न फोन नम्बरमा तथा इमेलमा सम्र्पक गर्ने सक्नुहुनेछ ।
|






Comments
RSS feed for comments to this post