दर्ता तथा प्रवेश
अमेरिकामा घुम्नाले स्वदेशमा उर्जा–हुमागाईं
PDF Print E-mail

   alt      

             घमाइलो समय थियो त्यो । सफा र फराकीलो बाटोमा आँखा ठोकिन पुग्यो । रमणीय शहरका पहाड जस्ता महललाई टाउको उठाएर हेर्दा टोपी खस्नुबाहेक अरु विकल्प थिएन् । सेता र काला गोरा मान्छेहरुको घनावस्ती थियो अमेरिकाको राज्य न्युयोर्क । न्युयोर्कस्थित अस्पतालमा आइपुग्दा नस्र र डाक्टरहरुको अनुशासन जहाँ विरामीहरुको व्यवस्थापनले बसम बसम बनायो कृष्णहरि हुमागाईंलाई । तर अस्पतालमा विना काम बस्नुको अर्थ पनि छैन भन्दै हुमागाईं चकित परे । ती नस्रहरुले मलाई बसेको देखेर कति मिठास स्वरमा कामको बारेमा सोधपुछ गरे । ती अमेरिकाका पनि नस्र हाम्रो नेपालका पनि नस्र भनेर एकछिन तुलना गरे हुमागाईंले । अमेरिकाका नस्रहरुले विरामी भेट्दैमा ८० प्रतिशत विरामी निको हुनसक्ने कृष्णको अनुमान छ । सन् २००८ सालमा अमेरिका आउनको लागि पाँच वर्षको भिसा लगेको थियो । भिसा लागेपछि चौथोपटक हालसालै अमेरिका आएका थिए हुमागाइ ।

 

काभ्रे पलानचोकमा चार दशकअघि जन्मिएका हुमागाँइ हाल काठमाडौस्थित विशालनगर-४ मा स्थायी घर बनाएर बसेका छन् । बसाई सँगसँगै सन् २००३ देखि ठमेलमा नेपाली हस्तकला र गार्मेन्टका सामनहरु विदेश निकासी गर्ने कि्रयसन नेपाल कार्यलय खोलेका छन् हुमागाईंले । आफ्नो व्यवसायलाई पनि सहयोग हुने उदेश्यले अमेरिकामा चार पटक आइ पुगे । आफ्नो दाजुको परिवार पनि अमेरिकामा नै रहेकोले यहाँको बसाईमा सहज बनेको वताउँछन् । नेपालमा रातदिनको व्यस्तताले जीवनमा पट्यार लागेपछि विदेशमा केहि समय घुम्नाले मनमा आनन्द हुनुको साथै स्वदेशको काममा उर्जा थप्ने गरेको उनको बुझाइ छ ।

 

अमेरिकामा चौथो पटक आएको यो आगमन पुरै घुमेर नयाँ अनुभव र आत्मसन्तुष्टि मिलेको उनी वताउँछन् । हुमागाईंले अमेरिका आउनु अघि जे सोचेर आएका थिए । त्यो भने सबै पाउन नसकेको बताउँछन् । हुमागाईंको सोचमा अमेरिका हरेक क्षेत्रमा व्यवस्थित हुन्छ यहाँका हरेक मान्छे सम्पन्न र सुखी हुन्छन् भन्ने थियो । तर त्यहाँ पुगेपछि यथार्थ बेग्लै भएको अनुभव हुमागाँइले पाए । उनले घुमेका एक दर्जन स्थान मध्ये अधिकांश स्थानलाई त उनले शब्द र आवाजमा बयान गर्न पनि सक्दैनन् । तर न्युयोर्क जस्तो सहरमा गोराहरु विभिन्न नारा देखाएर माग्ने गरेको दृश्य र चटकी देखाइ खुसी पार्ने कलालाई पनि उनले बिस्रन सक्दैनन् । हुमागईंलाई नेपालको राजधानी काठमाडौका गल्लीगल्लीमा हिड्दा भोगेका पाना पल्टिन थाले । त्यतिमात्र हो र जति स्थान घुमियो कतै न कतै नगन्य रुपमा यहाँ माग्ने व्यक्ति देखिएका वताए । तर नेपालमा माग्ने व्यक्तिलाई दान गर्दा थोरै दिए रिसाउने धेरै दिए पनि धन्यवाद कहिले नसुनेका हुमागाईंले अमेरिकमा जति रकम दिए पनि आत्मैदेखि खुसीभएर धन्यवाद दिने वानीलाई देश अनुसार भेष भएको ठाने ।

 

नेपालमा घुम्ने क्रममा देखिएको हरिया डाँडाकाँडाले मोहित वनाएको हुमागाँइलाई यहाँ हट्स सन भ्याली घुम्ने क्रमममा हरिया डाँडाकाँडाले घेरिएर विचमा देखिएको सहरले पोखराको सम्झना गरायो । पोखरामा परिवार सहित घुम्न जाँदा ताला डाँडाहरु र पूर्वदेखि पश्चिम सेताम्मे हिमालको दृश्य अमेरिकमा झलझली सम्झना गरायो हुमागाँइलाई ।

अझ हुमागाँइको दिमागमा कडा छाप पर् यो नेपालको होटल रेष्टुरेण्ट एक दर्जन कर्मचारी हुँदा पनि सरसफाइ र अर्डर दिनेमा समस्या पर्दा पर्दै पनि मनग्ये टिप्सको आसा गर्दछन् तर अमेरिकामा एक दुई जनाले नै सजिलै होटल व्यवस्थित रुपमा संचालन गरेको देखे । जहाँ १५-२० प्रतिशत मात्र टिप्स दिनुपर्ने व्यवस्था छ ।

 

हुमागाईंको अमेरिकामा बसाइको अनुभवले धेरै कुरा सिकेको र अमेरिकालाई सपनाको देश भन्ने भनाई वास्तविक भएको ठम्माई छ । अमेरिकाको कुनै पनि स्थानमा घुम्न जाँदा जिपिस सिस्टमले हरेका समस्या समाधान गरेको देखे । वाटोमा हिड्दा जिपिस सिस्टमले वायाँ दायाँको वाटोको देखाउँदै यति किलोमिटर वाटो छ यति समयमा पुगिन्छ यो स्थानमा यस्तो सुविधा रहेको पुर्व जानकारी दिनाले साथीभाइलाई भेट्दा सहज भएको हुमागाईंको अनुभव छ ।

अमेरिकामा यति लामो समय बस्दा पनि वाटोमा कोही पनि हल्ला गरेरे हिडेको व्यक्ति नदेखेको वाटोमा नसालु पदार्थ पिएर झल्लिएर घुम्ने गरेको मान्छे नभेटिएको हरेक स्थानमा मानिसहरु मेसिन जसरी आफ्नो काममा मात्र ध्यान दिएको हुमागाँइले पाए । अझ हरेक व्यक्तिले अनलाइनको प्रयोगवाट सामन खरिद गर्ने गरेको भेटे तर कुनै पनि सामान खरिद पछि मन परेन भने कम्पनीनको ट्याग र विल भयो भने कम्पनीको जुन सुकै विक्री कक्षवाट सजिलै हँसीलो अनुहार बनाएर फिर्ता गर्ने व्यवस्था हामी नेपालीहरुले पनि सिक्नुपर्ने धारणा हुमागईंको छ ।

 

अमेरिकामा मुख्य गरि सिस्टम र कडा नियमकै कारण हरेक क्षेत्रमा विकास अग्रपक्तिमा देखिएको हुमागईंको बुझाई छ । कडा नियमकै कारण सुरक्षाको वारेमा कुनै सम्झौता नहुनाले सवैलाई शन्तिको महशुस भइरहेको हुन्छ । अझ यहाँ त सवै नागरिकदेखि राष्ट्रपतिलाई समान नियम लागू हुनाले सवै नागरिकहरुमा राष्ट्रप्रतिको अपनत्वपन सृजना भएको हुमागाँइको ठम्वाई छ ।

 

यहाँ जता हेर् यो त्यतै व्यवस्थित देखिन्छ । जहाँ कुनै स्थानमा वाटो मर्मत तथा वाटो अवरुद्ध भएको छ भने ५० किलोमिटर टाडादेखि नै वाटोमा ठाउँ ठाउँमा संकेत पाइन्छ भने नेपालमा नजिकै पुगरे फर्कने अवस्था रहेको हुमागाईंको अनुभव छ ।

वाटोमा हिड्दा पनि कुनै पनि विदेसीसँग नजर पर् यो भने हाइ हाउ आर यु जस्ता सम्वोधन गर्ने वानीलाइ सधै सम्झने र नेपालीले पनि पाठ सिक्नु पर्नेमा हुमागईंको जोड छ । अमेरिकाको बैक अफ अमेरिकामा १५ सय डलर भिक्न गएका हुमागईंको सवै रेकर्ड चेक गर्दा १० मिनेट समय रोकिन पर्‍यो तर यहाँको कर्मचारीले ६ पटक सरी भनेर सम्बोधन सधै याद आउने वताए ।

 

अमेरिकामा जति सिस्टम र नियम व्यवस्थित भएपनि हामी नेपालीहरुलाई विदेशमा दुई चार दिन घुम्न जति रमाइलो हुन्छ धेरै दिन बस्दा आत्मसन्तुष्टि नहुने हुमागाँइको तितो अनुभव पनि छ । किनभने नेपालीको जस्तो बहुआयमिक संस्कृतिमा जति रमाइलो र नेपाली समाजमा आफ्नो पन हुन्छ अमेरिकामा त्यो नपाएको हुमागाईं वताउँछन् ।

तर अमेरिकामा विभिन्न राज्यमा कार्यक्रम हेर्दा हरेक कार्यक्रम ठिक समय उत्तम व्यवस्थापन र हरेक व्यक्तिले हरेकलाई देखाएको सम्मान हामी नेपालीहरुले सिक्नै पर्ने कुरामा हुमागाईंको जोड छ । अमेरिकी जनाताको जस्तो अनुसाशन लगनशीलता इमान्दारिता र कर्तव्यनिष्ठ व्यवहार नेपालीहरुले आत्मसाथ लिनुपर्छ भन्दै हुमागाईं समय सिस्टम र प्रविधिलाई चिनेर अगाडि बढेमा अमेरिका जस्तै नेपाल पनि विकासको अग्रपंतिमा लम्कने कुराको कसैको दुई मत नभएको बताउँछन् ।

                                                                          प्रस्तुतिः शोभाकान्त सिग्देल

 

कमेन्ट राख्नुहोस्