|
परिवारकै बाधाले हिमाल चढ्दैनन् नेपाली महिला : ल्हाक्पाफुटी शेर्पा |
|
|
सगरमाथामा चढेर धेरैले थरीथरीका कीर्तिमान बनाए । आफ्नो नाम चम्काए । त्यसमा सबैभन्दा बढी पुरुष छन् । सन् १९५३ मे २९ मा तेन्जिङनोर्गे शेर्पा र एडमन्ड हिलारी विश्वकै पहिलो सगरमाथा आरोही बने । दुई दशकपछि १९७५ मेको १६ मा जापानकी जुन्को तावेइ सगरमाथा चढ्ने विश्वकै पहिलो महिला बनिन । त्यसको झन्डै दुई दशकपछि मात्र विसं २०५० बैशाख १० गते नेपाली महिला पासाङल्हामु शेर्पाले सगरमाथा चढिन् । नेपाली पुरुषले सयौको संख्यमा सगरमाथा पुगिसक्दा १६ नेपाली महिलामात्र सगरमाथाको शिखर चुम्न सफल भएका छन् । पासाङ ल्हामुसँगै हिमाल आरोहण अभ्यास गर्ने ल्हाम्पफुटी शेर्पा अहिले पर्वतीय प्रशिक्षण प्रतिष्ठान विकास समितीका कार्यकारी निर्देशक पदमा छिन् । उनैसँग एभरेस्ट टाइम्सका नेत्र मोक्तानले गरेको कुराकानीः
पर्वतीय प्रशिक्षण प्रतिष्ठानले के कस्ता कार्यक्रमहरु साचालन गरिरहेका छन् ? पर्वतीय पर्यटनको विकासका लागि चाहिने आवश्यक पूर्वाधार निर्माणमा प्रतिष्ठान जुटेको छ । यसको पहिलो उद्देश्य पर्यटनको विकास विस्तार र प्रवद्र्धनका लागि आवश्यक जनशक्ति तयार पार्नु हो । अहिले हामी यसैको गृहकार्यमा छाै। पर्यटन विकासमा जनशक्ति तयार पर्ने योजना के-कस्ता छन् ? पर्यटन सम्बन्धी तालिम प्रशिक्षण र कार्यक्रम साचालन गरिने योजना तयार भइसकेको छ । यसका लागि नेपाल सरकारको स्वीकृति लिई सोलुखुम्बुको गार्मामा लगभग ३ हजार रोपनी जग्गा अधिग्रहण गरिसकेको छ । र आवश्यक भवनहरु तयार पार्न २ करोड बजेट पनि सरकारले दिइसकेको छ । जग्गा त प्रशस्तै लिनुभएछ कसरी उपयोग गर्नुहुन्छ ? हामीलाई सुन्दामात्र धेरै जस्तो लाग्छ । तर हाम्रो गुरुयोजना अनुसार काम गर्न यो जग्गा ठिकै मात्र हुन्छ । यसमा सबैभन्दा पहिले त मजदुरहरुलाई पहाड चढ्ने प्रशिक्षक बन्ने पहाडी क्षेत्रमा होटल रेस्टुरेन्ट साचालन गर्ने तालिमहरु दिन आवश्यक भवन तयार पारिनेछ । केही भवनहरु निर्माणाधीन छन् । पूरा भवन तयार पार्न आगामी वर्ष पनि सरकारसँग ९ करोड माग गरेका छौं । यो क्षेत्रलाई यातायात साचार सबै सेवाले सुविधासम्पन्न पार्ने हाम्रो लक्ष्य हो । हिमाल चढ्ने सहयोगी होटल चलाउनेहरुलाई पनि यत्रो योजना बनाएर तालिम दिइरहनुपर्छ र ? पर्छ भनेरै हामी लागिरहेका छौं । किनभने अहिलेसम्म नेपाली गाइडलाई नेपाल सरकारले लाइसेन दिएको छैन । उनीहरु विदेशी लाइसेन लिएर काम गर्न बाध्य छन् । बिदेशी पर्वतारोहीहरुले लाइसेन प्राप्त गाइडहरु खोज्छन् । प्रशिक्षण केन्द्र नेपालमा नभएपछि बिदेशमा पुगेर सिक्नुपर् यो । यसका लागि तालित आवश्यक छ । ब्याचलरस् इन माउन्टेनियरिङ समेत साचालन गर्ने हाम्रो लक्ष्य हो । भनेपछि शेर्पा समुदायको सीप काम नलाग्ने भो ? पक्कै पनि होइन शेर्पा दाजुभाइ दिदीबहिनी एकदमै परिश्रमी छन् । उहाँहरुकै सहयोगमा मानिसहरुले हिमाल चढे । नाम कमाए । तर उहाँहरु जहींका तहीं छन् । उहाँहरुलाई प्रशिक्षक बनाएर सम्मानपूर्वक बाँच्ने बाटो हामी बनाउँदैछौं । यस्ता तालिम शेर्पालाई मात्र वा स्वदेशी-विदेशीलाई पनि दिनुहुन्छ ? सबैलाई माउन्टेनियरिङमा इच्छा राख्ने जोसुकैले यो तालिम लिन सक्नेछन् । पहिलो प्राथमिकता स्वदेशीलाई नै दिनुपर्छ । पछिको टार्गेट भनेको विदेशीलाई हो । नेपालका प्रशिक्षकहरु विदेश गएर सिकाउन भन्ने पनि हाम्रो उद्देश्य हो । महिलालाई यस्तो प्रशिक्षणमा आउआउ लाग्ने आकर्षण प्याकेज पनि राख्नु भएको छ कि ? त्यस्तो खासै कार्यक्रम त छैन । तर आफू महिला भएकोले पक्कै पनि केही आकर्षक कार्यक्रमहरु राखिनेछ । नेपालमा हिमाल चढ्नेमा पुरुषको तुलानामा महिला निकै कम छ किन यस्तो भएको होला ? यसमा हामीले पुरुषलाई नै दोषी भन्न मिल्दैन । समाजमा रहेका सास्कृतिक मान्यताले नै महिलालाई हिमाल आरोहण गर्नबाट रोक्छ । अझ परिवार त बाधक नै बनिहाल्छ । म आफै नै परिवारको कारण सगरमाथा चढ्न पाइनँ । पासाङ ल्हामुसँग जाँदा सगरमाथाको ८ हजार मिटरसम्म म पुगे । त्यसपछि फर्केर आए । चुचुरोमा पुग्ने अभिलाषा थियो तर छोराछोरी भएकैले म उक्लन सकिनँ । अरु कुन कुन हिमाल चढ्नुभयो त ? फ्रान्सको माउन्ट ब्लङ, इटालीको ग्रेड पराडिजो, स्विजरल्यान्डको केही हिमाल लगायत नेपालका हिमालहरु चढियो । अब कुन हिमाल चढ्ने धोको छ ? अब चढ्ने होइन, चढाउने । तालिम दिएर एक्स्पर्ट बनाएर नेपाली बिदेशी सबैलाई सुरक्षित तरिकाले हिमाल चढाउने मेरो धोको हो ।
|