दर्ता तथा प्रवेश
रिपोर्ट
बलिउडका चर्चित झापड काण्ड
मंगलबार, 19 मार्च 2013 10:35    PDF Print E-mail

मुम्बाई, ६ चैत(एजेन्सी) । बलिउड चर्चित फिल्म उद्योग हो । यहाँका कलाकारले पनि उत्तिकै इज्जत पाउँछन् । तैपनि कामको बेला कलाकारबीच ठाकठुक पर्दोरहेछ । र, हात हालाहाल पनि हुने रहेछ । हात छोडिहाल्नेमा नायक नै अगाडि देखिन्छन् । हालै बलिउडमा भएका चर्चित चार झापड् काण्ड ।
शाहरुख खान झापड् काण्ड
अग्निपथ पुननिर्मण सकिएपछिको पार्टीमा शाहरुख खानले शिशिर कुन्दरलाई एक झापट दिए । शाहरुख धेरै अघि देखि शिशिर देखि रिसाएका थिए । त्यो पार्टीमा त ‘रावन’ फिल्मको असफलतालाई लिएर शिशिर हल्का मजाक समेत गर्दैथिए । त्यसैले शाहरुखले आफ्नो रिस थाम्न सकेनन् । एक झापट दिइहाले । कलाकारको भीड बाक्लै थियो र घटनाले ठुलो रुप लिएन ।
गोविन्द झापड् काण्ड
‘रन भोला रन’ निर्माणका क्रममा नायक गोविन्द निर्माता निराज भोरासँग रिसाएर एक झापट दिए । फिल्म निर्माण क्रममा निर्माताले अर्का नायक अर्यान भजिद्लाई स्क्रिनमा धेरैपटक देखाउने नियतले सुटिङ गरेको निष्कर्षसहित झापट दिएको बुझिएको छ । फलस्वरुप निर्माण पक्षले आयोजना गरेको पार्टीमा गोविन्द उपस्थित भएनन् ।
अक्षय कुमार झापड् काण्ड
नायक अक्षय कुमारले प्रियांका चोपडांकी सेक्रेटरी प्रकाश जजुलाई झापट दिए । केही वर्षयता प्रियांकासँग हिमचिम बढाएको अक्षयले एक स्टुडियोमै पिटेका थिए । आफु र प्रियांकाबारेको सम्बन्धलाई अफवाह फैलाएको पाएपछि अक्षयले झापट हानेको बताइएको छ ।
सलमान खान झापड् काण्ड
हुन त सलमान खानले धेरैलाई झापट हानेका छन् । तर निर्माता सुभाष घाईलाई दिएको झापट भने चर्चित नै भयो । एक पार्टी चलिरहेको बेला घाईले गरेको कमेन्ट सलमानलाई मन परेन । उसले निर्मातालाई एक झापट हानिहाले । सलमानका बुवाले माफी माग्न त भनेका थिए । तर सलमानले माफी मागेनन् ।

पछिल्लो परिमार्जन ( मंगलबार, 19 मार्च 2013 10:52 )
 
पाखन्डपूर्ण नयाँ नेपालको जातिय राज्य
Written by --बिष्णु सिंह (बैजु)--    शनिबार, 17 मार्च 2012 17:13    PDF Print E-mail

पाखन्डपूर्ण नयाँ नेपालको जातिय राज्य

 

को हुन आदिबासी:

संसारको बहुसंख्यक जनताले मानिआएको पवित्र बाईबलमा उल्लेख भए अनुसार  भगवानले सर्बप्रथम ईडनको बगैचामा  सृस्‍टि गरेको एक पुरुष, एडम र एक महिला ईभ थिए/  यि दुई मात्र यस् प्रिथिविका आदी वा प्रथम मानव हुन/    कालानतरमा  यिनीहरुबाट जन्मेका साखा सन्तानहरु सम्पूर्ण  प्रिथिवीको खाली भुभाग, जहाँ आफुलाई सुबिधा हुन्छ, मा बसाई बसाल्न पुगे  जस्तो अहिले कतिपय नेपालीहरु नेपालबाट अमेरिका बसाई सरेका छ्न/

त्यसकारण क्रिस्चियनले संसारका सबै मानिसलाई आफ्नो दाजुभाइ दिदीबहिनी ठानी सहयोग गर्द्छ्न/ तर नेपालमा क्रिस्चियनको हरियो डलर चाँही स्वाद   लिएर चाटि-चाटी  खान्छ्न/ अनी उनिहरुलाई भने गाई खाने भनी हेपेर कुरा गर्छ्न/ यस्तै व्यबहार कतिपय जनजातिमथि पनि गरेको पाईन्छ/

त्यस्तै गरी नदी, समुन्द्रको बिचको  टापुमा पनि मानिसले बस्ती बसालेका छ्न/  नेपाल कै बागमती, बिष्णुमती   नदिका बिचमा पानी बग्न छोडेर टापु हरु निर्माण भएपछी सुकुम्बासीहरु आदि मानवको रुपमा  त्यहा बस्ती बसालेका छ्न/   प्रिथिबिको खाली ठाउमा जो पहिले गएर बस्छ त्यो त्यहाको आदी बासी हो/ प्रिथिबिको जुन भु-भाग र जस्तो हावापानीमा मानिसको बसोबास हुन्छ त्यही अनुरुपको लवाइ, खवाइ ,भेसभुसा, रहन-सहन् बन्दै जान्छ/ जस्तो अहिलेको प्रशासनिक सिमाक्षेत्र भित्र नेपाल भनिएको भुभाग मा उत्तर-पश्चिम क्षेत्रबाट प्रबेश गरी हिमाली भागमा बसोबास गर्ने खस जातिकाहरु कपाल पाल्ने, बाक्लो बक्खु लगाउने हुँदा कपाल काट्न र लुगा धुन नपर्ने हुनाले धोबी, नाउ जस्ता जातहरु यी जातीमा  पाईदैन/   तर कालानतरमा आफ्नो बसाइ बिस्तार गर्दै जादा रहनसहन, बोलिचाली, खानपीन,पहिरन इत्यादी एउटै जातकोमा पनि  फरक-फरक पाईन्छ/ जस्तो हुम्लाको शाहीले  काठमाडौंको शाहले बोल्ने खाइस्योस र हगिस्योस भाषा  बुझदा पनि बुझदैन्न/   जुम्लाको बाहुन र काठमाडौंको बाहुनमा आकाश जमिनको फरक पाईन्छ/     तर कुनै पनि ठाउँ कुनै ब्यक्तिको लागि स्थाई  हुन सक्दैन/ मानिसले आफ्नो आवस्क्यता र बिकास  अनुसार स्थान परिवर्तन गर्छ/   जस्तो अहिले कतिपय अमेरिकामा बसेर नेपालमा जातिय राज्यको वकालत  गर्नेहरु के तिनिहरु नेपाल गएर आफ्नो जतिय राज्यमा बस्छन ? यदी बस्छ्न भने अमेरिकाको ग्रिन्कार्ड र नागरिकता किन चाहियो?

मानवको सृस्‍टि पस्चात भगवानले रुख, बोटबिरुवा, घासपात, जल, थल, आकाशमा उडने  जनावर, पशुपँछी  सृस्‍टि गरी ति सबैको स्वामित्व मानिसलाइ सुम्पी उपभोग  गर्ने ब्यवस्था गरीदिए/  त्यसकारण कुकुर खाने, गाईगोरु खाने, सर्प खाने, सुङुर, कूखुरा, गधा इत्यादी खाने वा नखाने मानिसको आफ्नो इच्छाको कुरा हो/ आजसम्म कुकुर, गाईगोरु, सर्प पूजा गर्नेहरुले चिनिया, कोरियन मुस्लिमहरुलाई बिरोध पत्र पठाएको पाइदैन्/  तर नेपालका गाइगोरु खानेहरुलाई जेल हाल्ने अत्याचारको कानुनी  ब्यवस्था भने नेपालमा कायम नै छ्/       

समर्थन र् बिरोधको भुमरिमा  राज्य पुनसंरचना आयोगको प्रतिबेदन:

नेपालमा १०२ जातहरु  भएको सरकारी तथ्यान्कले देखाएको छ्/ तर संबिधान सभाको राज्य पुनसंरचना समितिमा मावबादिले प्रस्तुत गरेको नयाँ नेपाललाई १४ जातिय राज्यमा बिभाजन गर्ने मोडेल बिबादग्रस्त पस्चात गठन गरिएको  राज्य पुनसंरचना आयोगले  सुनकोसी, शेर्पा, खपटद र्  कर्णाली गाभी एक राज्य बनाइ लिम्बुवान, ताम्सलिङ, किरात, नेवा, तम्बुवान, नारायनी, मगरात, मिथिला-भोज्पुर्-कोच मधेस (पुर्बी तराई), लुम्बिनि-अयथ्-थारुवान, (पश्चिम नेपाल), सिमा क्षेत्र बिनाको दलित राज्य र कर्णाली-खप्तड् गरी जम्मा ११ राज्यहरुमा नेपाललाई संघिय राज्य बनाउनु पर्ने डा.  मदन परियार् अध्यक्ष भ्एको राज्य पुनसन्रचना आयोगले सिफारिस गरेको छ्/    तर शेर्पा र जडान राज्य छुटाएको भनी लगतै शेर्पा शांसदहरुले बिरोध गरे/

एमाले र काङ्रेसका नेताहरु त टुप्पी कसेर जातिय राज्यको बिरोधमा लागिनै रहेका छ्न/   यद्यपी उनिहरुले अहिले सम्म जनताले बुझने स्पस्ट सँघिय राज्यको खाका नेपाली जनतालाई दिन सकेका छैन्न/   हाल आएर बाहुनहरु पनि आफुलाई जनजाती सरहको सुबिधा र्  राज्यका लागि उफ्रन लागेका छ्न/  तर दलित,  मगर, गुरुङ  राइ, लिम्बु, नेवार  इत्यादी जनजातीले भने प्रतिबेदनमा  मौन समर्थन गरे / साथै बहुमतको  मावबादी-मधेसी  गठबन्दन सरकारले प्रतिदेदनलाई स्विकारेको छ्/ यद्यपी हाल जेलबास बसेका संचार मन्त्रि जे. पि. गुप्ताले  भने बिरोध गरे/  साथै हाल राज्य पुनसंरचना आर्योगले बुझाएको प्रतिबेदन संबिधान सभाका अध्यक्ष सुभाश नेम्वाङले राज्य पुन संरचना समितिको राय सहित् छलफलका लागी   संबिधान सभामा प्रस्तुत गर्ने सबै पार्टिहरुको सहमति भईसकेको छ्/      

 नयाँ नेपाल निर्माणमा सडे गलेका पुराना बिचार:

सुरुमा बुद्ध धर्मको प्रचार प्रसार अगाडि बढदा त्यसको प्रभाव खप्न नसकी शंकराचार्यले बुद्ध बिष्णुको १० सौ अवतार भनी दीये पस्चात बौद्ध धर्म मान्ने काठमान्डुका कतिपय नेवार र पहाडका राइ, गुरुङ, पनि जातपात मान्ने सुपर बाहुन बनेका छ्न/  जसले गर्दा संसारले बुद्धको ज्ञानको आधारमा चरम बिकास गरे पनि नेपालमा बुद्ध धर्मले बिकास गर्न सकेन/  त्यसकारण अहिले जातिय राज्य बनाए पनि जातपातको भेद्भाव नहटाये सम्म कुनै राज्यले पनि बिकास गर्न सक्दैन/  नेवार समुदाएमा बाहुन-छेत्रीमा भन्दा बढी जातीए भेद्भाव छ्/  त्यसकारण अहिले नेपालमा दलितका सन्सद, मन्त्रिहरु हुँदा नेवारका दलितहरु कतै देखा परेका छैन्न/  

गत मार्च ४ तारिख अमेरिकामा रहेको एक नेपाली जनजाती महासंघले शेर्पाकिदुङ भवनमा आयोजना गरेको अन्तर्कृया कार्यक्रममा बक्ता डा. बिद्या रन्जितले हिन्दू बर्णाश्रम ब्यवस्थाले दलित र जनजातिलाई क्षुद्र बनाइ शदियौ देखी जातिय उतपिडनमा पारेको अति मर्माहत कुरा सुनियो/     त्यस्को समाधानको लागि जातपातमा नेपाललाई तुक्र्याउनु पर्ने बिचार  अगाडि राखियो/ त्यो नभए हात्तीयार उठाएर, समानान्तर सरकार गठन गरेर आन्दोलनमा उत्रिने सम्मको चर्को भाषण नेपाल  जनजाती महासंघका महासचिव आङ्काजी शेर्पाबाट   सुनियो/   यो नयाँ बिचार  त भएन/  जुन जातपातले नेपाल र नेपालीलाई १६रौ शताब्दीमा राखेको छ् त्यसैलाई निरन्तरता दिने सोच भयो/    नयाँ नेपाल बनाउने हो भने पुराना कुरा फाल्नु पर्‍यो/ जस्तो हामीले घडामा नयाँ पानी भर्ने हो भने त्यस्मा रहेको  पुरानो पानीलाई पूर्णरुपले फाल्नु पर्छ अनी मात्र् नयाँ स्वच्छ पानी भर्न सकिन्छ/    नेपाल अहिले पानी पिउन नपाउने, टुकी बाल्न मत्तितेल नभएको, खाद्यन्न को अभाव भएको, अाफ्नो देशमा सानोतिनो ज्याला मजदुरी  नपाएर ४० लाख युवायुबती भारतको बेश्यालय देखी अरबको मरुभुमीमा भेडा गोठाला हुन पुगेका र उनिहरुको हरेक  दुई-तीन दिनमा एक-दुइ लाश नेपाल अैइरहेको अवस्था छ्/    मावबादीको जनान्दोलनबाट पीडितहरु अमेरिकामा ग्रिन्कार्ड लिएर दोहोरो नागरिकता बनाई अब नेपालमा शान्त भएपछी नेपाल गएर आनन्द लिउला भन्ने बिचार  बोकेकाहरुलाई अर्को क्रान्तिको कुरा सुनेर नेपाल जाने बित्रिसणा बढेको छ्/      

शेर्पाकिदुङ भवन पहिले चर्चा थियो जहाँ मानिस् शान्ती, प्रेम र सद्भावको लागि प्राथना गर्न जान्थे/ अहिले त झन यो भवन बुद्धले सिकाएको प्रेम र सद्भाव जान्ने ज्ञानको थलो बनेको छ्/ यो भवन् शेर्पाकिदुङले लिएकोमा नेपालीहरु गर्ब गर्छ्न/ तर यही ठाउमा हात्तीयार उठाइ आन्दोलन गर्ने प्रतिक स्वरुप जनजाती महासंघ  अमेरिकाका अध्यक्षलाई नेपालबाट ल्याएको खुकुरी हस्तान्तरण गरेको देख्दा भने बुद्धको बचनमा आस्था राख्ने जो कोहिको भावनामा  चोट पुग्नु स्वाभाबिक हुन्छ/      

नयाँ नेपालको लागि नयाँ बिचारको जनलहर:   

राजा ज्ञानेन्द्रलाई सन २०११ को  जनगडणा गर्न गएका गडकले जात के भनी सोधदा, "खोइ थाहा भएन म त नेपाली हुँ" भनेका थिए/    शायद भु. पु. राजालाई पनि जातपातमा बिभाजित नेपालीहरुको कारण देशको अस्तित्व समापत हुने आभाश भ्एको छ्/  त्यसकारण राजा पनि कुनै जातको नभै नेपाली हुन चाहनछ्न/  हुन पनि यदी देश नै नरहे के को संघियता? के को जातिय राज्य?  

मानिस जुन सुकै हावापानी हुर्केको भएपनि समान मानविय गुण बिद्यमान हुन्छ/ जस्तो तराइको मधेसी र् हिमालको शेर्पाको समागम भएपनि मानिस् कै बच्चा जन्मन्छ/ अझ त्यो बच्चा शेर्पा भन्दा बढी बुद्धी बिबेक भ्एको पनि हुन सक्छ /  तर एउटा बाघको भेडी सँग समागम भयो भने कुनै बच्चा जनमदैन किनभने ति दुइमा एकै गुण छैन/    जब समान गुण छ् भने त्यस्लाई बिकास गरेर सम्पूर्ण नेपाली समग्र बिकास किन गर्न सकिदैन? यदी हाम्रो मनसाय तराइको दक्षिणतिर जाने र हिमालको उत्तर तिर जाने होइन भने  हामी फुटेर दुई ठुला चट्टान जस्ता देशको बिचमा कहिले सम्म अाफ्नो अस्तित्व जोगाउन सक्छौ?     

अहिले संसारको बिकास र परिवर्तन देखेका नेपालीहरुले नेपालको कुनै पनि कुनामा बसेका नेपाली जाती धर्म, बर्ण, लिंगले समान्ता र सम्रिधी पाउनु पर्छ भन्ने पक्ष मा छ्न/ अब नेपाली ले शेर्पाले भारी बोकी बिदेशीलाई हिमाल चढाउने मात्र् हैन, नेपालको राष्ट्रपती, सेनापती, मुख्य न्याधिस भएको हेर्न चाहन्छ्न नेपालको सेना, प्रहरी, प्रशास्न बैदेशिक सेवा, हरेक क्षेत्र मा सबै दलित, महिला, जनजातिको समान हक र पहुच भ्एको ब्यवस्था खोजिरहेका छ्न/ यसको लागि दलित, जनजाती, महिलाले सबैको हक अधिकार सुरक्षित गर्ने प्याकेजको रुपमा कार्यक्रम अगाडि सार्दा त्यो उपलब्धीमुलक हुन्थ्यो कि? उदाहरण को लागि १०२ जात भएको नेपालमा प्रतेक जातबाट २ महिला र् २ पुरुष गरी ४०८ जनाको संबिधान सभा बनाउदा राम्रो हुन्थ्यो कि?  ईतिहासको जतिल मोडमा उभिएको नेपाल र् नेपालीले राष्ट्रलाई जोगाउन  दलित, जनजाती मधेसी सबै जातिय बिभाजन लाई मेटाइ सबैको जात नेपाली राखी सबै समान हुनुपर्ने जनलहर बढीरहेको छ् जसले अलिकती भए पनि राम्रो भबिश्यको सँकेत गरेको छ्/ कुनै पनि राष्ट्र आँफैमा पूर्ण र् परिस्क्रित् हुँदैन/ त्यो बनाउने जिम्मा त्यहिका मानिसहरुको हुन्छ/ परिवर्तन खोज्दा कतिपए पुराना कुरा त्याग्नु पर्ने हुन्छ र कतिपय नयाँ कुरा अपनाउन प्रयास गर्नु पर्ने हुन्छ/ अवस्य पनि नयाँ कुरा अपनाउदा असजिलो र कठिनाई महशुस होला तर बिस्तारै बानी पर्दै जान्छ/ 

  --बिष्णु सिंह  (बैजु)--  

पछिल्लो परिमार्जन ( आइतबार, 18 मार्च 2012 13:44 )
 
सोलुका स्थानीयबासि डेन्डी शेर्पाको समय चक्र
बुधबार, 07 मार्च 2012 16:08    PDF Print E-mail
सोलुका स्थानीयबासि डेन्डी शेर्पाको समय चक्र
 
--बिष्णु सिंह (बैजु)-- 
 
सोलुखुम्बु जिल्लाको भौगोलिक स्थिती र जनसंख्या:
 
३४८० स्क्वायर किमी क्षेत्रफलमा फैलिएको  सोलुखुम्बु जिल्ला सगरमाथा अञ्चलको एक जिल्ला हो/ यो जिल्ला ३४५ मि देखी ८८४८ मि सम्मको उचाइमा रहेको छ्/  यहाँ बिस्वको सर्बोच्च शिखर ८८४८ मि अग्लो सगरमाथा हिमाल रहेको छ्/ त्यस्तै अन्य उच्च हिमालहरु : ल्होत्से  ८५१६ मि,चोयुइ ८२०१ मि,पुमोरी ७१६१ मि, पासङ् ल्हामु ७३५१ मि, नुप्ट्से ७८५५ मि,कान्दुरु ७३१९ मि, पाग्बोछे ६८१२ मि र अन्य  धेरै रमणिय अग्ला-अग्ला हिमालहरु रहेका छ्न/   २४०८ मि उचाइमा रहेको सल्लेरी, फाप्लु; २७४३ मि उचाईमा  रहेको लुक्ला; र ३५०५ मि उचाईमा रहेको नाम्चे बजार यहाँको महत्वपूर्ण ठाउहरु हुन र बाक्लो बस्ती रहेको छ्/  यहाँनै दुध कुन्ड रहेको छ् भने सगरमाथा राष्ट्रिय निकुन्ज पनि रहेको छ्/ काठमाडौंको त्रिभुवन  बिमानस्थलबाट करीब ३०-४० मिनेट  उडान गरे पछी तेण्जिङ्-हिलरी बिमानस्थल, लुकला पुगिन्छ जुन सगरमाथाको काखमा   रहेको २८६० मि उचाइको खुम्बु क्षेत्रमा पर्द्छ/   
 
सन २००१ को जनगणना अनुसार यहाँको जनसंख्या करिब् १००,८०० पाइएको थियो / प्रायजसो नेपालीहरुले शोलुलाई चिन्दा बिदेशीहरु हिमाल चढन आउछ्न र् शेर्पाहरुले उनिहरुको पथपर्दशक भै  हिमाल चढाउन्छ्न् भन्नेमा मात्र सिमित छ्/   तर यो कार्य केही सिमित ब्यक्तिहरुको मात्र पेशा हो/      अन्य  ब्यक्तिहरु  कृषि, पशुपालन, केही मात्रामा   सरकारी सेवा, बैदेसिक सेवा, ब्यापार तथा अन्य कार्य गर्दछ्न/  उनिहरुलाई काठमाडौंको ट्राभल - ट्रेकिङ एजेन्सी, युएसएआइडि अफिस, अमेरिका र् अन्य देशहरुमा कार्य गरिरहेको, ब्यापार गरेको देखन् सकिन्छ/ 
  
नेपालको लागि शोलु  जिल्ला प्रकृतिको  बरदान् हो/  यहाँको सुन्दरता हेर्न र हिमाल आरोहण गर्न विश्व भरिका पर्यटक्हरु  आउने गर्द्छ्न/ ति पर्यटकहरुबाट देशले   धेरै बेदेशी मुद्रा आर्जन गर्द्छ/   तर संसारभरीका मानिसले देखने गरेका यो जिलाको अवस्था वा यहाँको भौतीक, मानव बिकासको स्थिती के कस्तो छ्/ त्यसबारे त्यहिका स्थानिय बासिन्दाको लेख मार्फत  देश्-बिदेशमा रहेका नेपालीहरुले बुझदा  यथार्तताको वास्तबिक बोध हुन्छ/    
 
"समय चक्र" नामक पुस्तकको बिमोचन कार्यक्रम र् ल्होत्सार पर्व:
 
यसै सन्दर्भमा गत फेब्रुअरी २२ -- शेर्पाहरुको महान चाड ल्होत्सार -- को दिन गूदेल गाबिस, सोलुका डेन्डी शेर्पाले आफुनो  जन्म थलो छोडेदेखी  न्यूयोर्क, सन १९८१ देखी २०१२, सम्मको अनुभवको सँगालो बटुलिएको एक "समय चक्र" नामक पुस्तकको बिमोचन कार्यक्रम ज्याक्सन्हाइत स्थित थकाली रेस्टौरेन्टमा आयोजना गरे/  कार्यक्रमको सभापतित्व आफुलाई टुक्रे कबी भन्न् रुचाउने कबी बिनोद रोक्काले गर्नु भ्एको थियो भने उनको साथ ड्यास्मा डा. तारा निरौला, भिक्षु उर्गेन शेर्पा र् लेखकलाई आसन ग्रहण गराइएको थियो/  कार्यक्रमको उद्घोषण एभरेश्ट टाइम्सका मुख्य सम्पादक आङछिरिङ्ग शेर्पाले गरेका थिए भने फोटो पत्रकारीता सम्पादक बिष्णु पौडेलले गरेका थिए/   साथै कबियत्रि दोय गीता छेत्री र् पुनम काफले ले कबिता वाचन गरी कार्यक्रमको रौनक बढाइदिनु भएका थिए/   एक-दुइ दिन अघी मात्र पुस्तक पाएको  भए पनि ७२ प्रिस्ठको पुस्तकलाई सर्सर्ती पढि डा. निरौलाले सबै पक्ष समेटीन्ने गरी समालोचना गरी दिनु भएको थियो  / पुस्तकको मन्तब्य साहित्य तथा गीतकार गगन बिरहीले लेखी दिनु भएको छ/ कार्यक्रमको अन्यत्यमा कबी तथा गीतकार बिनोद  रोक्काले कबिताका टुक्रा वाचन गर्दै र ल्होसार पर्वको भोज खान सबैलाई आग्रह गर्दै सभा बिसर्जन गर्नु भ्एको थिए/   ५ डलर मुल्य राखिएको उक्त पुस्तक कार्यक्रममा शहभागि सबैले किनेको थिए/  लेखकले "टुल्कु फाउनडेसन" स्थापना गरी पुस्तक प्रकाशन गरेका छ्न/ पुस्तक बिक्रीबाट उठेको रकम आफ्नै गुदेल गाउमा सहयोग पुर्याउने लेखकको उदेस्य रहेको छ्/    लेखकले पुस्तक लेख्ने क्रममा आफुलाई सल्लाह,सुझाव र् सहयोग पुर्याउने गगन बिरही तथा आफ्नै श्रीमती किमा शेर्पालाई धन्यवाद ज्ञापन गर्नु भएको छ्/  
 
कार्यक्रम ल्होत्सार पर्व, यानि शेर्पा जनजातिले मनाउने नया वर्ष, पनि मनाउने भएको हुँदा श्रीमती किमा शेर्पा र् लेखकका अन्य नातेदार तथा गाउका साथीभाइहरु  शहभागिहरुलाई खानपिनमा सहयोग पुर्याउन ब्यस्त थिए/ नेपालमै रहदा सोलुका नेपाली दाजुभाइका छुटै पर्व छ भन्ने थाहा नभएका शहभागिहरुलाई अमेरिकामा आएर त्यसमा सरीक हुँदा निकै रमाइलो लागेको थियो/ यसले  के देखाउछ भने बरु बिदेशमा नेपालीहरुको एकता र् भात्रित्व हुन सम्भव छ्/        
 
"समय चक्र" पुस्तकको  यथार्तता:
 
लेखक बिचार  गर्नु हुन्छ, "मानिसको विचार, आपसी सद्भाव, प्रेम घरपरिवारबाट शुरु हुनुपर्द्छ/ मन, भावना र् बिचार स्वच्छ  भए मानिसले मानिससँग स्वत राम्रो सद्भाव, प्रेम राख्न सक्छ/ त्यसको लागि आफ्नो रगतको नाता वा जातीको भनी हेर्नु पर्दैन/"  यो बुद्धको उच्च्तम ज्ञान पनि हो/   अहिले नेपालीहरु बिच आपसमा अती तिक्तता र बैमनस्य भई  देशै दुक्रिने अवस्था  भएको बेला यो बुद्धको ज्ञान अनुसरण गरे कती राम्रो हुन्थ्यो होला/     
 
लेखकको जन्म  अशिक्षा, अज्ञानता र  निकै गरीब परिवारमा भएको भएता पनि उनलाई बालविवाह मन पर्दैनथियो/ आफ्न बुवा बौध लामा भएता पनि उनलाई बिबिध बिक्रितीका कारण लामा बन्ने चाहना भएन/ उनी बिद्यमान परिस्थितीबाट भाग्न चाहनु हुन्थ्यो र समय  चक्रले  धकेलेर लेखकलाई गूदेल् गाउबाट फ्रान्स, बेलायत, थाइलायन्द, सार्क मुलुकहरु हुँदै हाल अमेरिकाको न्यूयोर्कमा ब्यस्त जीवन बिदाउदै हुनुहुन्छ/  तर कुनै पनि परिवार, समाज, देश आँफैमा परीपूर्ण र सुसजित हुँदैन/ त्यसलाई मानिसले बनाउन सकृयाता वा प्रयास गर्नु पर्द्छ/     तसर्थ बिदेशको अनुभव बटुलेका लेखक आफ्नो अवकाश जीवन आफ्नै गाउमा समर्पण् गर्ने सोच राखनु हुन्छ/ 
 
समय कसैको नियन्त्रणमा रहदैन बरु समयको बहावसँग मानिस् अगाडि बढनु पर्छ/ यदी त्यसो गर्न सकिएन भने मानिसको बिचार, परिस्थिती र् समयको बिच सामन्जस्यता हुँदैन  र मानिस् को उन्नती प्रगती सम्भव हुँदैन/ यसो भन्दैमा ईतिहासका राम्रा पक्षलाई बिलकुलाई बेवास्ता गर्न पनि मिल्दैन/     तसर्थ ४८ वर्ष उमेरका लेखक शेर्पा आफ्नो अन्तिम  अवकाश प्रापत जीवन आफ्नै गाउ गूदेल् मा गइ आफुले सिकेका, जानेका आधुनिक भौतिक  ज्ञान, शिप  आफ्नो समुदायलाई शिकाउने बिचार राखनु हुन्छ/ साथै बौध गुम्बाहरुको संरक्षण, सम्बर्धन गर्दै  आध्यात्मिक ज्ञानको पनि     परीस्क्रित, पारीमार्जित तरिकाले साथ-साथै अगाडि बढाउनु पर्ने सोच राखनु हुन्छ/  लेखकको यो भावना हिमाल जस्तै शुद्ध र् पवित्र देखिन्छ/ तर भावनालाई कार्यान्वयनमा परिणत् गर्ने समयको दुरी भने निकै टाढा देखिन्छ/   यसले गर्दा द्रिढता नबोकेको भावना जस्तो देखिन्छ/ ३० बर्ष बिदेशमा आर्जन गरेको ज्ञान गूदेल् गाउलाई बिकास गर्न अतिनै पर्याप्त छ्/  यसका लागि बुढेसकाल सम्म पर्खनु पर्दैन/  फेरी समय चक्रको के  भरोसा? समय चक्रले ३० वर्ष अघी आफु जन्मेको गाउबाट भाग्न् बिवश पारी दियो भने २० बर्ष पछीको अवकाश प्राप्त जीवनमा गाउ नफर्कने सोच पनि ल्याईदिन सक्छ/ त्यसकारण लेखकले आफ्नो भावनालाई मुर्तरुप दिन हो भने    वर्तमान  समय नै उप्युक्त आफ्नो गाउ गै कार्य गर्ने  समय हो/  आफ्नो मन द्रिढ् भ्एको ब्यक्तिले आफ्नो जीवनको उदेस्य प्राप्त गरी छोड्छ/ त्यसकारण अब लेखकले आफ्नो गाउ फर्की बिकास कार्यमा लाग्न ढिलाइ गर्नु हुँदैन/ 
 
सहिद लखन थापामगरको सम्झनामा...
मंगलबार, 21 फेव्रुवरी 2012 13:51    PDF Print E-mail

(विष्णु सिंह)

गत आइतबार फेब्रुअरी १२ तारिखका दिन मगर संघ र जनजाति महासंघको सयुक्त आयोजनामा नेपालका प्रथम सहिद लखन थापामगरको सम्झनामा उनको १३५ औं जन्मजयन्ति मनाइयो। यसै सन्दर्भमा यस लेखकलाई पनि निम्त्याइएको थियो ।

पछिल्लो परिमार्जन ( मंगलबार, 21 फेव्रुवरी 2012 14:01 )