| पाखन्डपूर्ण नयाँ नेपालको जातिय राज्य
को हुन आदिबासी:
संसारको बहुसंख्यक जनताले मानिआएको पवित्र बाईबलमा उल्लेख भए अनुसार भगवानले सर्बप्रथम ईडनको बगैचामा सृस्टि गरेको एक पुरुष, एडम र एक महिला ईभ थिए/ यि दुई मात्र यस् प्रिथिविका आदी वा प्रथम मानव हुन/ कालानतरमा यिनीहरुबाट जन्मेका साखा सन्तानहरु सम्पूर्ण प्रिथिवीको खाली भुभाग, जहाँ आफुलाई सुबिधा हुन्छ, मा बसाई बसाल्न पुगे जस्तो अहिले कतिपय नेपालीहरु नेपालबाट अमेरिका बसाई सरेका छ्न/
त्यसकारण क्रिस्चियनले संसारका सबै मानिसलाई आफ्नो दाजुभाइ दिदीबहिनी ठानी सहयोग गर्द्छ्न/ तर नेपालमा क्रिस्चियनको हरियो डलर चाँही स्वाद लिएर चाटि-चाटी खान्छ्न/ अनी उनिहरुलाई भने गाई खाने भनी हेपेर कुरा गर्छ्न/ यस्तै व्यबहार कतिपय जनजातिमथि पनि गरेको पाईन्छ/
त्यस्तै गरी नदी, समुन्द्रको बिचको टापुमा पनि मानिसले बस्ती बसालेका छ्न/ नेपाल कै बागमती, बिष्णुमती नदिका बिचमा पानी बग्न छोडेर टापु हरु निर्माण भएपछी सुकुम्बासीहरु आदि मानवको रुपमा त्यहा बस्ती बसालेका छ्न/ प्रिथिबिको खाली ठाउमा जो पहिले गएर बस्छ त्यो त्यहाको आदी बासी हो/ प्रिथिबिको जुन भु-भाग र जस्तो हावापानीमा मानिसको बसोबास हुन्छ त्यही अनुरुपको लवाइ, खवाइ ,भेसभुसा, रहन-सहन् बन्दै जान्छ/ जस्तो अहिलेको प्रशासनिक सिमाक्षेत्र भित्र नेपाल भनिएको भुभाग मा उत्तर-पश्चिम क्षेत्रबाट प्रबेश गरी हिमाली भागमा बसोबास गर्ने खस जातिकाहरु कपाल पाल्ने, बाक्लो बक्खु लगाउने हुँदा कपाल काट्न र लुगा धुन नपर्ने हुनाले धोबी, नाउ जस्ता जातहरु यी जातीमा पाईदैन/ तर कालानतरमा आफ्नो बसाइ बिस्तार गर्दै जादा रहनसहन, बोलिचाली, खानपीन,पहिरन इत्यादी एउटै जातकोमा पनि फरक-फरक पाईन्छ/ जस्तो हुम्लाको शाहीले काठमाडौंको शाहले बोल्ने खाइस्योस र हगिस्योस भाषा बुझदा पनि बुझदैन्न/ जुम्लाको बाहुन र काठमाडौंको बाहुनमा आकाश जमिनको फरक पाईन्छ/ तर कुनै पनि ठाउँ कुनै ब्यक्तिको लागि स्थाई हुन सक्दैन/ मानिसले आफ्नो आवस्क्यता र बिकास अनुसार स्थान परिवर्तन गर्छ/ जस्तो अहिले कतिपय अमेरिकामा बसेर नेपालमा जातिय राज्यको वकालत गर्नेहरु के तिनिहरु नेपाल गएर आफ्नो जतिय राज्यमा बस्छन ? यदी बस्छ्न भने अमेरिकाको ग्रिन्कार्ड र नागरिकता किन चाहियो?
मानवको सृस्टि पस्चात भगवानले रुख, बोटबिरुवा, घासपात, जल, थल, आकाशमा उडने जनावर, पशुपँछी सृस्टि गरी ति सबैको स्वामित्व मानिसलाइ सुम्पी उपभोग गर्ने ब्यवस्था गरीदिए/ त्यसकारण कुकुर खाने, गाईगोरु खाने, सर्प खाने, सुङुर, कूखुरा, गधा इत्यादी खाने वा नखाने मानिसको आफ्नो इच्छाको कुरा हो/ आजसम्म कुकुर, गाईगोरु, सर्प पूजा गर्नेहरुले चिनिया, कोरियन मुस्लिमहरुलाई बिरोध पत्र पठाएको पाइदैन्/ तर नेपालका गाइगोरु खानेहरुलाई जेल हाल्ने अत्याचारको कानुनी ब्यवस्था भने नेपालमा कायम नै छ्/
समर्थन र् बिरोधको भुमरिमा राज्य पुनसंरचना आयोगको प्रतिबेदन:
नेपालमा १०२ जातहरु भएको सरकारी तथ्यान्कले देखाएको छ्/ तर संबिधान सभाको राज्य पुनसंरचना समितिमा मावबादिले प्रस्तुत गरेको नयाँ नेपाललाई १४ जातिय राज्यमा बिभाजन गर्ने मोडेल बिबादग्रस्त पस्चात गठन गरिएको राज्य पुनसंरचना आयोगले सुनकोसी, शेर्पा, खपटद र् कर्णाली गाभी एक राज्य बनाइ लिम्बुवान, ताम्सलिङ, किरात, नेवा, तम्बुवान, नारायनी, मगरात, मिथिला-भोज्पुर्-कोच मधेस (पुर्बी तराई), लुम्बिनि-अयथ्-थारुवान, (पश्चिम नेपाल), सिमा क्षेत्र बिनाको दलित राज्य र कर्णाली-खप्तड् गरी जम्मा ११ राज्यहरुमा नेपाललाई संघिय राज्य बनाउनु पर्ने डा. मदन परियार् अध्यक्ष भ्एको राज्य पुनसन्रचना आयोगले सिफारिस गरेको छ्/ तर शेर्पा र जडान राज्य छुटाएको भनी लगतै शेर्पा शांसदहरुले बिरोध गरे/
एमाले र काङ्रेसका नेताहरु त टुप्पी कसेर जातिय राज्यको बिरोधमा लागिनै रहेका छ्न/ यद्यपी उनिहरुले अहिले सम्म जनताले बुझने स्पस्ट सँघिय राज्यको खाका नेपाली जनतालाई दिन सकेका छैन्न/ हाल आएर बाहुनहरु पनि आफुलाई जनजाती सरहको सुबिधा र् राज्यका लागि उफ्रन लागेका छ्न/ तर दलित, मगर, गुरुङ राइ, लिम्बु, नेवार इत्यादी जनजातीले भने प्रतिबेदनमा मौन समर्थन गरे / साथै बहुमतको मावबादी-मधेसी गठबन्दन सरकारले प्रतिदेदनलाई स्विकारेको छ्/ यद्यपी हाल जेलबास बसेका संचार मन्त्रि जे. पि. गुप्ताले भने बिरोध गरे/ साथै हाल राज्य पुनसंरचना आर्योगले बुझाएको प्रतिबेदन संबिधान सभाका अध्यक्ष सुभाश नेम्वाङले राज्य पुन संरचना समितिको राय सहित् छलफलका लागी संबिधान सभामा प्रस्तुत गर्ने सबै पार्टिहरुको सहमति भईसकेको छ्/
नयाँ नेपाल निर्माणमा सडे गलेका पुराना बिचार:
सुरुमा बुद्ध धर्मको प्रचार प्रसार अगाडि बढदा त्यसको प्रभाव खप्न नसकी शंकराचार्यले बुद्ध बिष्णुको १० सौ अवतार भनी दीये पस्चात बौद्ध धर्म मान्ने काठमान्डुका कतिपय नेवार र पहाडका राइ, गुरुङ, पनि जातपात मान्ने सुपर बाहुन बनेका छ्न/ जसले गर्दा संसारले बुद्धको ज्ञानको आधारमा चरम बिकास गरे पनि नेपालमा बुद्ध धर्मले बिकास गर्न सकेन/ त्यसकारण अहिले जातिय राज्य बनाए पनि जातपातको भेद्भाव नहटाये सम्म कुनै राज्यले पनि बिकास गर्न सक्दैन/ नेवार समुदाएमा बाहुन-छेत्रीमा भन्दा बढी जातीए भेद्भाव छ्/ त्यसकारण अहिले नेपालमा दलितका सन्सद, मन्त्रिहरु हुँदा नेवारका दलितहरु कतै देखा परेका छैन्न/
गत मार्च ४ तारिख अमेरिकामा रहेको एक नेपाली जनजाती महासंघले शेर्पाकिदुङ भवनमा आयोजना गरेको अन्तर्कृया कार्यक्रममा बक्ता डा. बिद्या रन्जितले हिन्दू बर्णाश्रम ब्यवस्थाले दलित र जनजातिलाई क्षुद्र बनाइ शदियौ देखी जातिय उतपिडनमा पारेको अति मर्माहत कुरा सुनियो/ त्यस्को समाधानको लागि जातपातमा नेपाललाई तुक्र्याउनु पर्ने बिचार अगाडि राखियो/ त्यो नभए हात्तीयार उठाएर, समानान्तर सरकार गठन गरेर आन्दोलनमा उत्रिने सम्मको चर्को भाषण नेपाल जनजाती महासंघका महासचिव आङ्काजी शेर्पाबाट सुनियो/ यो नयाँ बिचार त भएन/ जुन जातपातले नेपाल र नेपालीलाई १६रौ शताब्दीमा राखेको छ् त्यसैलाई निरन्तरता दिने सोच भयो/ नयाँ नेपाल बनाउने हो भने पुराना कुरा फाल्नु पर्यो/ जस्तो हामीले घडामा नयाँ पानी भर्ने हो भने त्यस्मा रहेको पुरानो पानीलाई पूर्णरुपले फाल्नु पर्छ अनी मात्र् नयाँ स्वच्छ पानी भर्न सकिन्छ/ नेपाल अहिले पानी पिउन नपाउने, टुकी बाल्न मत्तितेल नभएको, खाद्यन्न को अभाव भएको, अाफ्नो देशमा सानोतिनो ज्याला मजदुरी नपाएर ४० लाख युवायुबती भारतको बेश्यालय देखी अरबको मरुभुमीमा भेडा गोठाला हुन पुगेका र उनिहरुको हरेक दुई-तीन दिनमा एक-दुइ लाश नेपाल अैइरहेको अवस्था छ्/ मावबादीको जनान्दोलनबाट पीडितहरु अमेरिकामा ग्रिन्कार्ड लिएर दोहोरो नागरिकता बनाई अब नेपालमा शान्त भएपछी नेपाल गएर आनन्द लिउला भन्ने बिचार बोकेकाहरुलाई अर्को क्रान्तिको कुरा सुनेर नेपाल जाने बित्रिसणा बढेको छ्/
शेर्पाकिदुङ भवन पहिले चर्चा थियो जहाँ मानिस् शान्ती, प्रेम र सद्भावको लागि प्राथना गर्न जान्थे/ अहिले त झन यो भवन बुद्धले सिकाएको प्रेम र सद्भाव जान्ने ज्ञानको थलो बनेको छ्/ यो भवन् शेर्पाकिदुङले लिएकोमा नेपालीहरु गर्ब गर्छ्न/ तर यही ठाउमा हात्तीयार उठाइ आन्दोलन गर्ने प्रतिक स्वरुप जनजाती महासंघ अमेरिकाका अध्यक्षलाई नेपालबाट ल्याएको खुकुरी हस्तान्तरण गरेको देख्दा भने बुद्धको बचनमा आस्था राख्ने जो कोहिको भावनामा चोट पुग्नु स्वाभाबिक हुन्छ/
नयाँ नेपालको लागि नयाँ बिचारको जनलहर:
राजा ज्ञानेन्द्रलाई सन २०११ को जनगडणा गर्न गएका गडकले जात के भनी सोधदा, "खोइ थाहा भएन म त नेपाली हुँ" भनेका थिए/ शायद भु. पु. राजालाई पनि जातपातमा बिभाजित नेपालीहरुको कारण देशको अस्तित्व समापत हुने आभाश भ्एको छ्/ त्यसकारण राजा पनि कुनै जातको नभै नेपाली हुन चाहनछ्न/ हुन पनि यदी देश नै नरहे के को संघियता? के को जातिय राज्य?
मानिस जुन सुकै हावापानी हुर्केको भएपनि समान मानविय गुण बिद्यमान हुन्छ/ जस्तो तराइको मधेसी र् हिमालको शेर्पाको समागम भएपनि मानिस् कै बच्चा जन्मन्छ/ अझ त्यो बच्चा शेर्पा भन्दा बढी बुद्धी बिबेक भ्एको पनि हुन सक्छ / तर एउटा बाघको भेडी सँग समागम भयो भने कुनै बच्चा जनमदैन किनभने ति दुइमा एकै गुण छैन/ जब समान गुण छ् भने त्यस्लाई बिकास गरेर सम्पूर्ण नेपाली समग्र बिकास किन गर्न सकिदैन? यदी हाम्रो मनसाय तराइको दक्षिणतिर जाने र हिमालको उत्तर तिर जाने होइन भने हामी फुटेर दुई ठुला चट्टान जस्ता देशको बिचमा कहिले सम्म अाफ्नो अस्तित्व जोगाउन सक्छौ?
अहिले संसारको बिकास र परिवर्तन देखेका नेपालीहरुले नेपालको कुनै पनि कुनामा बसेका नेपाली जाती धर्म, बर्ण, लिंगले समान्ता र सम्रिधी पाउनु पर्छ भन्ने पक्ष मा छ्न/ अब नेपाली ले शेर्पाले भारी बोकी बिदेशीलाई हिमाल चढाउने मात्र् हैन, नेपालको राष्ट्रपती, सेनापती, मुख्य न्याधिस भएको हेर्न चाहन्छ्न नेपालको सेना, प्रहरी, प्रशास्न बैदेशिक सेवा, हरेक क्षेत्र मा सबै दलित, महिला, जनजातिको समान हक र पहुच भ्एको ब्यवस्था खोजिरहेका छ्न/ यसको लागि दलित, जनजाती, महिलाले सबैको हक अधिकार सुरक्षित गर्ने प्याकेजको रुपमा कार्यक्रम अगाडि सार्दा त्यो उपलब्धीमुलक हुन्थ्यो कि? उदाहरण को लागि १०२ जात भएको नेपालमा प्रतेक जातबाट २ महिला र् २ पुरुष गरी ४०८ जनाको संबिधान सभा बनाउदा राम्रो हुन्थ्यो कि? ईतिहासको जतिल मोडमा उभिएको नेपाल र् नेपालीले राष्ट्रलाई जोगाउन दलित, जनजाती मधेसी सबै जातिय बिभाजन लाई मेटाइ सबैको जात नेपाली राखी सबै समान हुनुपर्ने जनलहर बढीरहेको छ् जसले अलिकती भए पनि राम्रो भबिश्यको सँकेत गरेको छ्/ कुनै पनि राष्ट्र आँफैमा पूर्ण र् परिस्क्रित् हुँदैन/ त्यो बनाउने जिम्मा त्यहिका मानिसहरुको हुन्छ/ परिवर्तन खोज्दा कतिपए पुराना कुरा त्याग्नु पर्ने हुन्छ र कतिपय नयाँ कुरा अपनाउन प्रयास गर्नु पर्ने हुन्छ/ अवस्य पनि नयाँ कुरा अपनाउदा असजिलो र कठिनाई महशुस होला तर बिस्तारै बानी पर्दै जान्छ/
--बिष्णु सिंह (बैजु)--
|