| सहिद लखन थापामगरको सम्झनामा... | ||||
|
|
(विष्णु सिंह) गत आइतबार फेब्रुअरी १२ तारिखका दिन मगर संघ र जनजाति महासंघको सयुक्त आयोजनामा नेपालका प्रथम सहिद लखन थापामगरको सम्झनामा उनको १३५ औं जन्मजयन्ति मनाइयो। यसै सन्दर्भमा यस लेखकलाई पनि निम्त्याइएको थियो ।
राणाले बेलायतीहरुको विभाजन र शासनको निती अपनाए :
जंगबहादुर राणाले वि.सं. १९१० मा पुरानो मुलुकी ऐन बनाई नेपाली जनतालाई तागाधारी, मतवाली, पानी चल्ने, पानी नचल्ने आदी आफूखुसी मनगढन्ते त्यस्तै क्षेत्रीले मगर, गुरुङलाई हेप्ने गर्दछन्। राई–लिम्बुले पनि आफ्नो धर्म विरुद्ध हिन्दू धर्मको प्रभावमा परी दलितलाई हेप्ने अनी दलितभित्रै पनि एक–अर्कामा उचनीच व्यवहार गर्ने गर्दा आज २१ औं शताब्दीमा आइपुग्दा समेत नेपाल र नेपाली जात पीडित भई नेपालको स्वतन्त्रता र अखण्डताको अन्त्य हुने संघारमा आइपुगेको छ। राणाको बेलायतीसँगको संगतले उनीहरुले भारतमा बेलायतीहरुले अख्तियार गरेको विभाजन र शासनको निती नेपालमा लागू गरे आफ्नो जहाँनिया शासन दिगो हुने देखेपछि भविष्यमा नेपालको इतिहासले राष्ट्रद्रोही उल्लेख गर्ने कुराको कल्पना समेत गरेनन्।
लखन थापामगरको स्वाभिमान :
राणा शासकले बेलायतीहरुलाई खुसी पार्न भारतको शिख आन्दोलन र अन्य आन्दोलन दबाउन नेपाली पल्टनको सहयता पठाएका थिए। आफुप्रति राणाको बफादारी देखेर उनीहरुले लँडाईमा जितेको नेपालको केही भू–भाग पछि फिर्ता गरेका थिए। यसै सन्दर्भमा बेलायतीले नेपालीहरुको बहादुरी देखेका थिए। गोर्खा पल्टन खडा गरी नेपालीलाई भर्ना गर्ने व्यवस्था गरेका थिए। गोर्खा पल्टनको जागिर नेपाली सेनाको भन्दा आर्थिक रुपमा बढी फाइदा हुने हुँदा आफ्नो स्वाभिमान गुमाउनु परे पनि मगरका छोराहरु त्यसको लागि कति लालायित हुन्छन् भनिरहनु पर्ने कुरा होइन। तर लखन थापाले आफ्नो स्वाभिमानलाई कायम राखे। पृथ्वीनारायण शाहको पालामा गठन गरिएको पूरानो गोरख गण विशेषतः मगर पल्टन हो। लखन थापा मगर भएका कारण उनी गोरख गणमा भर्ती भए।
यो लेखकले २०१८ सालतिर आफू प्राथमिक विद्यालयमा पढ्दा सामाजिक शिक्षा किताबमा लखन थापाको बारेमा पढेको थियो। तर पछि लखन थापाबाट 'लखन थापामगर' हुन पुगे। त्यसपछि पाठ्यक्रमहरु फेरिए र लखन थापामगर बिस्तारै हराउँदै गए। साथै यस लेखकको कालिलो स्मरणबाट पनि हराउँदै गए। हुनत पञ्चायति व्यवस्थाको धेरै समय र राष्ट्रिय पञ्चायतको सभामुख हुँदा समेत प्रधानमन्त्री मरिचमान सिंह मात्रै थिए। तर उनी नेपालको प्रधानमन्त्री भएपछि मात्रै 'मरिचमान सिंह श्रेष्ठ' हुनपुगे। सन् १९९० मा भारतले नेपाललाई नाकाबन्दी गरी आयात रोकिदिँदा उनी भारतसँग नझुक्दा उनको वाहवाही बढेको थियो र राष्ट्रवादी प्रधानमन्त्रीमा गनिएका थिए।
लखन थापामगर जंगबहादुर राणाको देशद्रोही, राष्ट्रघाति शासन विरुद्ध नेपाल र नेपाली जनतालाई स्वतन्त्रता दिलाउन आफ्नो सैन्य सीप र राजनीतिक संघ गठन गरी लडेका राष्ट्रभक्त नेपाली थिए। उनी थापामगर हुन् वा थापा शाह, थापा सिंह जनताले त्यस कुरालाई वास्ता गर्नुहुन्न र गर्ने पनि छैनन्। सहिदले के कार्यको लागि साहदत प्राप्त गरेको हो त्यो कुरा हेर्छन् जात होइन। लखन राष्ट्रका विभूति हुन्। तसर्थ उनी सम्पूर्ण देश र जनताले गर्व गर्ने व्यक्तित्व हुन्।
राष्ट्र र राष्ट्रिय विभूति जात निरपेक्ष हुनुपर्ने :
अहिले नेपालमा १०३ जातहरु भएको सरकारी तथ्यांक छ। जातपातको आधारमा देश टुक्राउने हो भने त्यो नेपालका प्रथम सहिद लखन थापामगरको सपना विपरीत हुनेछ। उनले देश र सबै नेपाली जनताको समान र समग्र विकासका लागि हाँसी–हाँसी लडेर सहिद भएका हुन्। उनको बलिदानको खसजाति, जनजाति, मधेसी सबैले सही तरिकाले बुझी उनको सपना साकार पार्ने दिशामा कार्य गर्नु जरुरी छ। लखन थापाले जातको आधार बनाई जंगबहादुरले गरेको शोषण, अन्याय, अत्याचार विरुद्ध लडे। तर कार्यक्रमका आयोजकहरुले भने लखन थापालाई जनजातिको घेराबन्दीमा सिमित गर्न खोजिएको जस्तो देखियो।
एकातिर उद्घोषकले बारम्बार आफूले ज्यादा नबोली कार्यक्रमलाई अगाडि बढाउने भने पनि चार घण्टाको कार्यक्रममा डेढ घण्टा आफैले बोले। त्यसपछि तातो न भुत्लोका संस्था र तीनका प्रतिनिधिको स्वागत र परिचयमा समय बिताइयो। न्युयोर्कमा त्यही व्यक्ति प्राय सबैतिर पुगेका हुन्छन्। सबैले कुन संस्थाका हुन् र कुन पद भन्ने सबैलाई थाहा छ। फेरि त्यहीँ कुरा जहाँ पनि किन दोहोर्याउन पर्थ्यो? नाम र संस्था नै प्रचार गर्ने हो भने टेप गरेर रेकर्ड बजाइदिनुस् समय पनि बचत हुन्छ र प्रचारको धोको पनि पूरा हुन्छ। हैन भने नाम बोलाएर बोल्न लगाएपछि सबैले देखेर चिनिहाल्छन्। अहिले नेपालीको कार्यक्रममा जान खल्तिमा जात या पातिको पुच्छर भएको संस्था लिएर हिँड्नु पर्ने बाध्यता भएको जस्तो देखिन्छ। तर त्यस्ता संस्थाबाट आउनेले न आफ्नो धारणा न आफ्नो संस्थाको धारणाको विचार राख्न सकेको देखिन्छ। त्यसकारण त्यस्ता व्यक्ति वा संस्थालाई अरुले कसरी चिन्ने? एकातिर कार्यक्रममा जनजातिकालाई मात्र बोल्न दिने व्यवस्था गरेको जस्तो देखियो भने अर्कातिर अरु जातिकाले जनजातिको कार्यक्रम भएकाले आएनन् र बोलेनन् भन्ने गुनासो सुनियो। त्यो सुनेपछि यो लेखक पनि उद्घोषकलाई आफ्नो परिचय दिइयो तर वास्ता गरेनन्। युएस नेपाल अनलाइनका सम्पादक प्रदिप थापामगर एक विद्वान व्यक्तित्व हुनुहुन्छ। उहाँले लखन थापाको बारे धेरै अनुसन्धान गर्नुभएको छ। उहाँलाई अलि लामै समय दिएर बोल्न लाउनुपर्नेमा त्यसो गरिएन। तर अन्यले भने छेउ न टुप्पोको कुरो गरेर लखन थापाले जुन उद्देश्यको लागि लडेर सहिद भए त्यसको विरुद्ध बोलेर पनि लामो समय बिताए। त्यसपछि सहभागीहरु बाटो लाग्न थाले र हल खाली हुँदै गयो। तर खस जातिका विष्णुमाया परियार र राम क्षेत्रीबाट लखनको बारे केही कुरा सुन्न पाइएको थियो। आफ्नै गाउँको देशको प्रथम सहिद लखन थापामगरको परिवारसँग आफ्नो बहिनीको बिहे भएकाले निकै गर्व लागेको र त्यसकारण बोस्टनबाट कार्यक्रममा भाग लिन आएको उल्लेख गरिन विष्णुमाया परियारले भने रंगकर्मी राम क्षेत्रीले आफूले लखन थापाको बारे पाठ्यपुस्तकमा २०२२ सालतिर पढेको उल्लेख गरे।
लखन थापाले जातपातको अन्त्यका लागि सहिद भएका हुन्। त्यसकारण देश जसरी धर्म निरपेक्ष भएको छ त्यसरी नै अबको संविधानले जात निरपेक्ष नेपालको घोषणा गर्नुपर्छ। त्यसपछि जनताले आफ्नो इच्छा बमोजिम जुन भाषा संस्कृति मनपर्छ त्यही अपनाउने छन्। यसले गर्दा देशमा विद्यमान भाषा, धर्म, संस्कृतिबीच प्रतिस्पर्धा भई विकास गर्ने मौका पाउँछन्। अनी जसले बढी से बढी जनतालाई आफूमा आकर्षित गर्न सक्छ त्यसैमा जनसंख्या बढ्छ।
नेपालका प्रथम सहिद लखन थापामगरलाई साँचो अर्थमा सम्मान गर्ने हो भने नेपालका तहगत सामन्ति व्यवस्था अन्त्य गरौं सबै जनतालाई समान बनाऔं देश र सबै देशवासीलाई जातपातको कुराबाट अलग राखी एकजुट पारी राष्ट्रलाई अगाडि बढाउँ। यही नै सहिद लखन थापामगरलाई १३५ जन्म जयन्तिको श्रद्धाञ्जली। |
| पछिल्लो परिमार्जन ( मंगलबार, 21 फेव्रुवरी 2012 14:01 ) |



व्यवस्था बनाए जसले गर्दा समाजमा एक दरिलो तहगत सामन्ति व्यवस्था सिर्जना भई एक जातले अर्को जातकालाई स्वतः नियन्त्रण र शोषण गर्न मिल्ने आधार खडा गरे। आफ्नो जहाँनिया शासन सुगम तरिकाले बढाउने मार्ग बनाए। यस तहगत सामन्ति व्यवस्थामा बाहुन नै भए पनि उपाध्याय बाहुनले सन्यासी बाहुनलाई आफूभन्दा सानो ठान्ने र भान्सामा नहुल्ने र बिहावारी गर्दैनन्। तर बाहुनले जस्तोसुकै अपराध गरे पनि उसलाई कानुनले प्राण दण्ड नदिने र उसको दान दक्षिणा सुक्षित हुने देखेपछि उसले यस ऐनको विरोध गरेन । त्यस्तै बाहुनले क्षेत्रीलाई सानो ठान्ने र हेप्ने यसको ज्वलन्त उदाहरण हो। केही समय पूर्व बेलायतमा एक अनलाइन व्यवसाय गरी निकै नाम र धन कमाएका युवाले आफ्नो क्षेत्री आमालाई बाहुन बाबुको घरमा सानो जातको भनी निकै हेला र हेपाइ पाएको देखि उनले आफ्नो जातै परिवर्तन गरी विदेशी जात राखेको न्युयोर्कका नेपाली समाचारले छापेका थिए।
