दर्ता तथा प्रवेश
साहित्य
१९९ औ भानु जयन्ति र अनेसासको २१औ साधारण सभा
बिहिबार, 19 जुलाई 2012 16:45    PDF Print E-mail

अन्तरराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)को एक्काइसौं वार्षिक साधारण सभा, १९९ औं भानुजयन्ती समारोह तथा नब-निर्बाचित कार्यकारिणी समितीका पदाधिकरीहरुको सपथ ग्रहण कार्यक्रम यही जुलाई  १४, २०१२ मा  वेष्ट पाल्म बीच, फ्लोरिडा (अमेरिका)मा भब्यताकासाथ सुसम्पन्न भयो । अनेसास, फ्लोरिडा च्याप्टरको संयोजकत्वमा सम्पन्न भएको साधारण सभाको पहिलो चरणमा अनेसास, कार्यकारीणी समिती तथा बोर्ड अफ ट्रस्टीका वार्षिक प्रतिबेदनहरु प्रस्तुत गरिएको थियो । वार्षिक साधारणसभाको उद्घाटन अनेसास अध्यक्ष श्री ज्ञानेन्द्र गदाल तथा अनेसास बोर्ड अफ ट्रस्टीअध्यक्ष श्री होमनाथ सुबेदीले गर्नु भएको थियो । साथै, कार्यक्रममा बिभिन्न भाषा तथा साहित्यप्रेमी स्रस्टाहरुलेकार्यपत्रहरु प्रस्तुत गर्नुभएको थियो ।

अनेसास,फ्लोरिडा च्याप्टरले आयोजना गरेको उक्त समारोहमा अनेसास, निर्वाचन आयोग २०१२ को तर्फबाट सदस्यव्द्य श्री बिमल नेपाल तथा श्री धनीराम सापकोटाले निर्वाचनको नतिजा तथा बिजयी पदाधिकारीहरुको नामाबली उद्घोषण गर्नुकोसाथै उहांहरुलाई पद अनुसारको प्रमाणपत्र प्रदान गर्नुभएको थियो । कार्यक्रममा नब-निर्बाचित अध्यक्ष श्रीमती गीता खत्रीले प्रमुख  निर्वाचन आयुक्त श्री  एच्. बी.भण्डारी एबं आयोगका सदस्यहरु लगायत मतदाताहरु तथा सम्पूर्ण साहित्य

प्रेमी महानुभाबहरुलाई धन्यवाद ज्ञापन गर्नुभयो ।  साथै अध्यक्ष श्रीमती  खत्रीले नब-निर्वाचित कार्यकारीणी समितिलाई  सहयोग र बधाई प्रदान गर्ने सम्पूर्ण महानुभाबहरु, संघ-संस्थाहरु तथा  समारोह संयोजक फ्लोरिडा च्याप्टरका अध्यक्ष श्री  कृष्ण श्रेष्ठ लगायतच्याप्टरका अन्य साथीहरुलाईलाई धन्यवाद दिनु भएको थियो । अनेसासको नव-निर्वाचित कार्यकारीणी समितिलाई उत्तर अमेरिकी साहित्यप्रतिस्ठानको तर्फबाट श्री सुन्दर जोशीले र विश्व साहित्य महासंघको तर्फबाट संघका उपध्यक्ष श्री  गोबिन्दगिरी 'प्रेरणा'ले बधाई ज्ञापन गर्नुभएको थियो ।उहांहरुले अनेसास नयाँ कार्यसमितिले आगामी दिनहरुमा बिभिन्न समस्याहरु समाधानगर्दै जानुपर्ने र

त्यसको लागि शुभकामना समेत दिनु भयो । त्यसैगरी, नयाँ कार्यसमितिलाई अनेसास, फ्लोरिडा च्याप्टर, डी. सी.च्याप्टर, ह्युस्टन च्याप्टर, कोलोराडो च्याप्टर, नासा (नेप्लिज एसोसिएसन इन साउथ वेष्ट अमेरिका ), फ्लोरिडा एसोसिअसन अफ नेपाली सोसाइटीज (फ्यान्स)  फ्लोरिडा  नेपाल एसोसिअसन आदी संस्थाहरुले बधाई ज्ञापन   गरेका थिए ।

 कार्यकारीणी समितिको तत्कालिन तथा दीर्घकालिन कार्य योजनाहरु तथा तीसंगसम्बन्धित समितिहरुको बारेमा प्रस्तुती अनेसास क्षेत्रीय उपाध्यक्ष ( उत्तर अमेरिका र ल्याटीन अमेरिका )  डा.बिद्याराज सुबेदीले गर्नुभएको थियो भने आगामी दुइबर्षे कार्यकालको संक्षिप्त  मार्ग चित्र महासचिब श्री पदम विश्वाकर्माले गर्नुभएको थियो । उक्त कार्ययोजनाहरु तथामार्ग चित्र साधारण  सभाले सर्बसम्मतिबाट पारित गरेको थियो । कार्यक्रममा निबर्तमान अनेसास अध्यक्ष श्री ज्ञानेन्द्र गदालले बर्तमान अध्यक्ष श्रीमती गीता खत्रीलाई सांकेतिक चिन्ह स्वरुप सरस्वतीको मूर्ती प्रदान गर्नु भएको थियो भने गीता खत्रीलेनिबर्तमान अध्यक्ष श्री गदालज्यूलाई दुई बर्षे सफल कार्य कालको निम्ति प्रसंसापत्र प्रदान गर्नुभएको थियो । समारोहमा अनेसासकानयाँ आजीबन सदस्यहरुलाई निबर्तमान अध्यक्षले सदस्यताको प्रमाणपत्र बितरणगर्नुभएको थियो । साथै, यसकार्यक्रममा अनेसास, केन्द्रियकार्यालय र फ्लोरिडा च्याप्टरको बीचमा एक सम्झौता पत्रमा पनि हस्ताक्षर गरियो जस अनुसारनेपाली पाठशाला संयोजन तथा बिस्तार समितिको नेत्रित्व केन्द्रिय कार्यालयकोतत्वबधानमा फ्लोरिडा च्याप्टरले गर्नेछ ।

समारोहमा नेपाली भाषा र साहित्यमा आदि कबि भानुभक्त आचार्यको  योगदान बारे चर्चा गरिनुको साथै बिभिन्न कबि- कवयित्रीहरुले  आ-आफ्नो कबिता बाचन गर्नु भएको थियो । साथै, बिभिन्न नेपाली भाषा, साहित्य,संस्कृति, संगित तथा कला प्रेमीहरुको विशेष उपस्थिती रहेको उक्त समारोहमा अनेसास, फ्लोरिडा च्याप्टर पाठशालाका बालबालिकाहरुले नेपाली गीत तथा न्रित्य प्रस्तुत गरेका थिए भने हास्य कलाकार श्री मनोज गजुरेल लगायत अन्य कलाकारहरुले हास्यब्यंग, गीत तथा नृत्य प्रस्तुत गरेका थिए । १९९ औं भानु जयन्ती तथा एक्काइसौं वार्षिक साधारण सभा अनेसासफ्लोरिडा चाप्टरको आयोजनामा भब्यरुपमा सम्पन्न भएकोमा सहभागी एबं अतिथिहरुलेफ्लोरिडा चाप्टरको बिशेष प्रंसशा गर्नु भएको थियो  ।

alt

 
भ्रममा नपर्ने गदालको अपिल
मंगलबार, 03 जुलाई 2012 15:23    PDF Print E-mail

alt

हालै सम्पन्न अनेसास केन्द्रिय कार्यसमितिको निर्वाचन को सन्दर्भमा चुनाब सम्पन्न हुनु अघि र चुनाब सम्पन्न भै परिणाम निस्किसकेपछि दुइ भिन्ना-भिन्नै घटनाक्रमको बिकास भै जनमानसमा एक किसिमको भ्रम सिर्जना गराउने र अन्ततः अनेसास प्रति नै घृणा पैदा गराउने गतिबिधि र क्रियाकलापहरु देखिन थालेको छ | चुनाब अघि अज्ञात तरिकाले सम्बन्धित व्यक्तिलाई थाहै नदिई अर्काको नाममा इमेल ID सिर्जना गरि हेरफेर गर्ने प्रयत्न गरि चुनाब नै बिथोल्ने प्रयत्न गरिएको जुन धेरै हद सम्म हामीले नियन्त्रण गर्न सफल भयौं,  चुनाब पछि निर्वाचन आयोगले दिएको परिणाम स्वीकार नगरी यसप्रति बिना आधार शंका गर्दै गलत मनशायको भरमा संस्थाका जिम्मेवार व्यक्ति र निकायलाई नै दोषारोपण गर्ने प्रबृत्ति हाबी भएको प्रति हामी सबैलाई दुख लाग्नु स्वाभाविक हो | यसबाट जनमानसमा उत्पन्न हुन गएको भ्रम निवारणका लागि सम्माननीय निर्वाचन आयोगले भर्खरै एउटा बिज्ञप्ति जारि गरिसकेको छ | त्यसमा थप प्रष्ट पार्ने बारे केहि महानुभाबका जिज्ञासाहरुलाई यसमा सम्बोधन गर्न खोजेको छु |

१. केन्द्रीय कार्यसमितिले गठन गरेको आजीवन सदस्य अद्यावदिक समिति (INLS LIFE MEMBER UPDATE COMMITTEE ) ले अथक परिश्रम गरि तयार परेको ४५२ जनाको नामावली गत नोवेम्बर महिनामै केन्द्रीय कार्यसमितिलाई बुझाएको हो |  समितिले हामीलाई बुझाएको उक्त नामावली सार्बजनिक गर्नुभन्दा अघी केन्द्रियकार्यसमितिमा छलफल गरि गोपनियताको हिसाबले पनि सदस्यहरुको सबै जानकारी सार्बजनिक नगरी अति आवश्यक पर्ने नाम, इमेल ठेगाना र आफु रहेको देश वा राज्य सहित ४५२ जनाको नामावली सार्बजनिक रुपमा प्रकाशित गरि त्यसमा भएका गल्तिहरु सच्याउने मौका समेत सबैलाई दिईयो | यस बेला माथि उल्लेख गरिए अनुसार गलत तरिकाले अर्काको सहमतिबिना इमेल सच्याउने र नभएकाहरुको इमेल थपिदिने आग्रह सहित आएकाले यसबारे यकिन छानबिन गर्ने र यथेष्ट प्रमाणबिना आएका यस्ता आग्रहको आधारमा कुनै पनि कुरा नसच्याइएको व्यहोरा केन्द्रीय कार्यसमितिका सबै साथीहरुलाई जानकारी गरिएको छ | ४५२ जना बाहेक चुनाबी दौरानमा निर्वाचन आयोगले दिएको समयसीमाभित्र बिधिबत बनेका (नेपालबाट २६ जना, अस्ट्रेलियाबाट ७ जना, क्यानाडाबाट ७ जना, अमेरिकाको फ्लोरिडाबाट २० जना, कोलोराडो बाट ७ जना, टेक्सासबाट २ जना, कमला प्रसाईजी मार्फत बनेका ५ जना, बेलायतका ३४ जना) सदस्यहरु सबै कुन तरिकाले बने, कुन माध्यमबाट केन्द्रमा सदस्यता बापत रकम प्राप्त भएको छ, यी सबै कुराहरु केन्द्रीय समितिलाई सप्रमाण जानकारी भएको छ | यिनै थप संख्या सहित निर्वाचन समितिलाई अन्तिम नामावली तयार गरि मतदानको लागि बुझाएको हो | यो प्रक्रियामा कहाँ भयो केन्द्रिय कार्यसमितिका साथिहरुको जानकारी बिना अन्तिम नामावली तयार पर्ने काम? तसर्थ यो भ्रममा कोहि महानुभाबहरु नपर्नु हुन आग्रह गर्दछु |

२. जहाँ सम्म निर्वाचनमा धाँधली भयो, निर्वाचन आयोग लगायत यसका जिम्मेवार व्यक्तिहरु नै धाँधलीमा संलग्न छन् भन्ने कुरा केही ब्याक्तिले बजारमा हल्ला फिजायेका छन, यो प्रति मलाइ एक रत्ति बिश्वास छैन | निर्वाचन परिणामप्रति असन्तुष्ट हुनेहरुको गलत मानसिक उपज हो यो |  यदि लान्छना लगाइएको जस्तो धाँधलीको आभास र जिम्मेवार निकाय वा पदाधिकारीहरुबाट भएको गलत गतिबिधिको सप्रमाण उजुरी परेको भए सम्बन्धित प्रति आवश्यक कारबाही हुनुका साथै निर्बाचन नै रोकिन पनि सक्थ्यो |  बिना कुनै उजुर बाजुर, दाबि बिरोध भएको चुनाबी प्रक्रिया र त्यसबाट आएको परिणामलाई तितो मिठो जे भए पनि स्विकार्नु सबै उमेद्वारज्यू हरुको परम कर्तब्य र नैतिक जिम्मेवारी पनि हो | तर यसको साटो वहाहरू बाट नै यस किसिमको अप्रिय परिस्थितीको सिर्जना गर्नु ज्यादै दुखद कुरा हो |

म अत्यन्तै दाबीका साथ् भन्न सक्छु कि यस पालिको अनेसासको चुनाब अधिकतम पारदर्शिता, स्वतन्त्र र निष्पक्ष ढंगबाट भएको छ | यो स्वयंसेवक रुपमा खटेर गर्नु पर्ने काम भएकाले यसमा रात दिन खटेर काम गर्ने महानुभाबहरुले स्याबासी पाउनु त कता-कता उल्टै अनावश्यक दोष र लान्छना खेप्नु पर्ने परिस्थिति समाजसेवाको क्षेत्रमा बिडम्बनापूर्ण देखिएको छ |

  ३. संस्थाका पदाधिकारीहरुलाई मानसिक यातना दिलाई संस्थाकै काम कारबाहीमा बाधा पुर्याउने गलत मनाशयाबाट ग्रषित भएर हालै संस्थाका बरिष्ठ उपाधक्ष रहेका र बर्तमान निर्बाचनमा ५७% का बिरुद्ध २०% मत ल्याई अध्यक्ष पदमा पराजित कृष्ण बजगाईले कथाकथित र कपोलकल्पित रुपमा गैर जिम्मेवारी तरिकाबाट आफै केन्द्रिय कार्यसमितिको आकस्मिक बैठक बोलाएको भन्दै सो बैठकबाट आफु स्वयं कार्यबाहक अध्यक्ष घोषित गर्ने जस्ता घृणित एवं लज्जास्पद प्रचार प्रसार गर्दै हिडेकाले यस्तो आपत्तिजनक काम कारबाहीप्रति अनेसास गम्भीर बनेको छ |

  ४. साथै सधैं वाशिंगटन डी सी मा भैरहेको बार्षिक साधारण सभा तथा भानुजयन्ती समारोह विकेन्द्रीकरणको नीति अनुरुप हरेक बर्ष फरक फरक ठाउँहरुमा सम्पन्न गर्ने केन्द्रिय कार्यसमितिको तत्कालिन (२०११ मे महिनाको) निर्णय अनुसार २०११ मा पहिलो पटक अनेसासको २०औ साधारण सभा कोलोराडोमा सम्पन्न भएको र सोहि साधारण सभाको निर्णय बमोजिम यस बर्षको बार्षिक साधारण सभा तथा १९९ औं भानु जयन्ति यहि जुलाई १३, १४ मा फ्लोरिडामा भैरहेको छ,  यसका लागि पूर्ण तयारि भै रहेकोमा यस प्रति पनि भ्रम सिर्जना गर्ने खालको गलत प्रचारहरु कृष्ण बजगाईजीबाट नै भैरहेको छ | अतः यस्ता आफ्नो क्षणिक सन्तुष्टिका लागि दुनियाको आखा छली भ्रम पैदा गर्न खोज्ने गलत एवं गैर जिम्मेवारी पूर्ण क्रियाकलापबाट सजग भै यसबाट भ्रमित नहुन समेत सम्बन्धित सबैमा आग्रह गर्दछु |

अन्तमा, हालै सम्पन्न निर्बाचन सफल पार्न प्रतक्ष अप्रत्यक्ष रुपमा सहयोग गर्नु हुने सबैप्रती धन्यबाद प्रकट गर्दै अनेसास फ्लोरिडा च्याप्टरको निम्तालाई स्वीकार गरि अनेसासको २१ औ बार्षिक साधारण सभा तथा १९९ औं भानु जयन्तीमा सकेसम्म सरीक भै  कार्यक्रमलाई सफल पारिदिनुहुन संपूर्ण बिद्वान बिदुशीहरुमा सादर अनुरोध समेत गर्दछु | शुभम |

ज्ञानेन्द्र गदाल

पुर्व-अध्यक्ष, अनेसास |

पछिल्लो परिमार्जन ( मंगलबार, 03 जुलाई 2012 15:30 )