| चौधरीले श्रीलंकामा ९७ अर्ब लगानी गर्ने |
| मंगलबार, 21 मे 2013 11:01 |
 |
 |
 |
|
|
काठमाडौ, ७ जेठ । नेपाली अर्बपति बिनोद चौधरीले श्रीलंकामा करीब ९७ अर्ब लगानी बढाउने भएका छन् । फोब्र्स म्यागेजिनले अर्बपतिको सूचीमा राखेको चौधरीले श्रीलंकाली सरकारसँग त्यहाँ ७ करोड ५० लाख डलर (९६ अर्ब ६१ करोड नेपाली रुपैयाँ) लगानीमा सिमेन्ट प्लान्ट खोल्ने प्रस्ताव राखेको श्रीलंकाको डेली न्यूजले जनाएको छ ।
उक्त न्युजको अनलाइनअनुसार चौधरीले आफ्नो बिभिन्न प्रोजेक्टका लागि श्रीलंकामा २० करोड अमेरिकी डलर लगानी गरेका छन् । सन् २००० मा ताज लंका होटलको महत्वपूर्ण सेयर खरिद गरेदेखि नै चौधरीले श्रीलंकामा लगानीको सम्भावना देखेको समाचारमा जनाइएको छ ।
उनले श्रीलंकाको जेट्वीङ ग्रुपसँग मिलेर लगानी गरेका छन् । चौधरीले श्रीलंकाली सरकारसमक्ष जेफ्फना पेनिसुलामा सिमेन्ट प्लान्ट खोल्न प्रस्ताव गरेको समाचारमा भनिएको छ ।
|
|
|
| ‘पार्टीको अडान जातीय पहिचान नै’ |
| मंगलबार, 21 मे 2013 10:19 |
 |
 |
 |
|
|
नेपालगन्ज, ७ जेठ । एनेकपा माओवादीका नेता कृष्णबहादुर महराले जातिया पहिचानसहितको राज्य पुर्नसंरचनाको पक्षमा पार्टी अडिग रहेको बताएका छन् ।
अब हुने नयाँ संविधानसभाको निर्वाचनको एजेण्डा पनि जातिय पहिचानसहितको राज्य पुर्नसंरचना हुने बताएका हुन् ।
मंगलबार नेपालगन्ज पुगेका नेता महराले भने, हामी जातीयताको राजनीति गर्न खोजेका छैनौं । पछाडि परेका समुदायलाई पहिचान दिलाउन मात्रै खोजेका हौ, सबै जातिको समान अधिकार हुने गरी राज्य पर्नुसंरचनाहुनुपर्छ ।’
|
|
|
| चुनावी ऐन पारित भएन–प्रचण्ड |
| मंगलबार, 21 मे 2013 10:18 |
 |
 |
 |
|
|
चितवन, ७ जेठ । चितवनमा एक कार्यक्रममा पुगेका एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चुनावी ऐन पारित नभएकै कारण मिति घोषणा हुन ढिलाई भइरहेको बताएका छन् ।
भरतपुर विमानस्थलमा मंगलबार पत्रकारसँग कुराकानी गर्दै प्रचण्डले ऐन पारितका लागि दलहरुसँग छलफल भइरहेको र छिट्टै टुङ्गोमा पुग्ने बताउनुभयो ।
दलहरुसँगको छलफल अन्तिम चरणमा पुगिसेको जानकारी दिदै उनले भने, ‘हामी सहमतिको नजिक पुगेका छौ ।’
पश्चिम चितवनको गीतानगरमा रहेको हिमालय उच्चमाविको ३३ आँै वार्षिकोत्सवमा सहभागी हुन उनी चितवन पुगेका हुन् ।
|
|
|
| भोजपुर–टक्सार सडक खुल्यो |
| मंगलबार, 21 मे 2013 10:03 |
 |
 |
 |
|
|
भोजपुर, ७ जेठ । भोजपुर– टक्सार मानेभञ्ज्याङ ४३ किलोमिटर कच्ची सडक सञ्चालनमा आएको छ । सडकले भोजपुर सदरमुकामबाट दक्षिणी क्षेत्रका गाविसमा सिधा सम्पर्क स्थापना हुनेछ ।
डिएफआइडीको आर्थिक सहयोगमा ग्रामीण पहुँच कार्यक्रमअन्तर्गत निर्माण भएको सडक स्थानीय स्रोत साधनको उपयोग गरी निर्माण गरिएको ग्रामीण पहुँच कार्यक्रमका जिल्ला प्रमुख टीकाचन्द्र मादेनले जानकारी दिए ।
कृषिजन्य वस्तुको बजार पहुँच पु¥याउन सहयोग पु¥याउने उद्देश्यले निर्माण गरिएको सो सडक स्थानीयवासीबाटै सडक निर्माण समूहले निर्माण गरिएको हो ।
|
|
|
| पूर्व सभासद् मियाँको हत्या |
| मंगलबार, 21 मे 2013 10:01 |
 |
 |
 |
|
|
सप्तरी, ७ जेठ । गएराति सप्तरीको कल्याणपुरमा अज्ञात समुहले पूर्व सभासद् सदरुल मियाँ हकको छुरा प्रहार गरी हत्या गरेका छन् ।
कल्याणपुर–२ बिसनपुरस्थित आफ्नै पेट्रोल पम्पमा सुतिरहेका बेला मियाँको हत्या गरेका हुन् । हत्या राति नै भएपनि बिहानमात्र थाहा पाएको स्थानीयवासीले बताएका छन् ।
पेटमा छुरा लागेका मियाँको शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्र नारायणसिंह अञ्चल अस्पताल लाने प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मियाँको हत्याको जिम्म कसैले लिएको छैन । विसं २०६४ मा भएको संविधानसभाको निर्वाचनमा सप्तरीको क्षेत्र नं ५ बाट स्वतन्त्रबाट सभासद्मा चुनिएका थिए ।
बजार बन्द
मियाँको हत्यापछि समर्थकले बिहानैदेखि कल्याणपुर बजार बन्द गराएका छन् । गृहमन्त्री नआएसम्म शव उठाउन नदिने भन्दै प्रदर्शन गर्न थालेपछि बिहानैदेखि पूर्वपश्चिम राजमार्गअन्तर्गत कल्याणपुरमा यातायात अवरुद्ध भएको छ ।
|
|
|
| ओक्लोहामामा आँधी, ९१ को ज्यान गयो |
| मंगलबार, 21 मे 2013 09:37 |
 |
 |
 |
|
|
न्युयोर्क, ७ जेठ । सोमबार अमेरिकाको ओक्लोहामामा आएको टोर्नाडो आँधीले २० बालबालिकासहित ९१ जनाको ज्यान लिएको छ ।
समाचारमा जनाएअनुसार एकसय २० जना अस्पतालमा उपचार गराइरहेका छन् । करिब ४५ मिनेट चलेको उक्त आँधीका कारण अरु पनि कयौँ नागरिक हराइरहेका छन् । हराइरहेका भनिएका नागरिकको सङ्ख्या यकिन नभएपनि आँधीले ५५ हजार प्रभावित भएको अनुमान गरिएको छ । अमेरिकी राष्ट्रपति बाराक ओबामाले ओक्लहामालाई विपत्ति क्षेत्र घोषणा गरिसकेका छन् । सोमबारै ओक्लोहामाका गभर्नर म्यारी फालिनले पत्रकार सम्मेलन गरी उक्त आँधीबाट सो सहरमा निकै ठूलो क्षति पु¥याएको जानकारी दिएका छन् ।–एजेन्सी
|
|
|
|
काठमाडौं, ६ जेठ । राष्ट्रिय गानका रचनाकार प्रदीपकुमार राई ‘व्याकुल माइला’ लाई नयाँ बानेश्वरमा रहेको काव्य स्कुलका विद्यार्थीले आठ हजार ९८० रुपैया नगद उपहार दिएका छन् ।
विद्यार्थीले प्रत्येक दिन राष्ट्रिय गान गाएवापत १० पैसा जोगाएर राखेका थिए । ४ सय ३० विद्यार्थी रहेको स्कुलका विद्यार्थीले नेपालमै पहिलोपटक राष्ट्रिय गान गाएबापतको उपहारस्वरुप रकम दिएको हो ।
काव्य स्कुलका ती विद्यार्थीको अनुकरणीय कदमको प्रशंसा गर्दै व्याकुल माइलाले उपहार रकम दुर्गम जिल्लाका विद्यालयमा पुस्तकालय स्थापनाका लागि खर्च गरिने बताए ।
|
|
|
|
राजविराज, ६ जेठ । सँगै बाँच्ने कसम खाई लगनगाँठोमा कसेका सप्तरी पकरी–७ चिम्टीका एक दम्पतीले सोमबार ६५ हजार रुपैयाँमा सम्बन्धविच्छेद गरेका छन् ।
दुईवर्ष अघि विवाह गरेका २७ वर्षीय रञ्जितकुमार दासले उनकी पत्नी अञ्जनीकुमारीलाई ६५ हजार नगद दिई सम्बन्धविच्छेद गरेका हुन् ।
अंश र क्षतिपूर्तिवापत अञ्जनीकुमारीलाई उक्त रकम दिएपछि दुवैको मिलापत्रमा सम्बन्धविच्छेद भएको थियो ।
विवाह गरेको चार महिनादेखि शारीरिक तथा मानसिक यातना दिएको भन्दै अञ्जनीले सम्बन्धविच्छेदको जिल्ला अदालतमा आवेदन गरेकी थिइन् ।
|
|
|
| ओलीले भने, ‘चुनाव कात्तिकमै हुन्छ’ |
|
|
पाँचथर, ६ जेठ । एमाले नेता केपी ओलीले आगामी कात्तिक मसान्तसम्ममा संविधानसभाको चुनाव हुने बताएका छन् ।
पाँचथर सदरमुकाम फिदिममा सोमबार पत्रकारसँग कुरा गर्दै ओलीले चुनावको विकल्प नभएकाले पनि कात्तिक मसान्त भित्रमै चुनाव गर्नुपर्ने बताए । परिस्थिति अनुकल नभएकाले सरकारले चुनावको मिति तोक्न ढिलाई गरेको उनको भनाई थियो । नेकपा–माओवादी लगायत ३३ दलहरु पनि सहमतिमा आउने र समयमै चुनाव हुने ओलीले विश्वास व्यक्त गरे ।
|
|
|
| सर्पले डसेपछि पूजारीको मृत्यु |
|
|
वीरगन्ज, ६ जेठ । विषालु सर्पको डसाइबाट श्री कृष्ण प्रर्णामी मन्दिर, सुवर्णपुरका पूजारी लक्ष्मी लामाको मृत्यु भएको छ । गएराति मन्दिरतर्फ जाने क्रममा लामालाई सर्पले डसेको थियो ।
डसेपछि गम्भीर घाइते भएका उनलाई उपचारका लागि सुवर्णपुर स्वास्थ्य चौकीमा लगिएकोमा उपचारका क्रममा मृत्यु भएको स्थानीयबासीले बताएका छन् । गर्मी बढेसँगै सुवर्णपुरमा सर्पको प्रकोप बडेको छ ।
|
| पछिल्लो परिमार्जन ( सोमबार, 20 मे 2013 08:50 ) |
|
|
|
|
Page 1 of 280 |