दर्ता तथा प्रवेश
अर्थ
जिंक होटलमा लगानी गर्दै
शुक्रबार, 24 मे 2013 09:49    PDF Print E-mail

काठमाडौं, १० जेठ । चौधरी ग्रुपसमेत संलग्न रहेको जिंक इनभिजन हस्पिटालिटी बैंककले मध्यम स्तरका होटल सञ्चालनमा जोड दिएको छ।

इनभिजनले ‘ग्लो बाई जिंक’ ब्रान्डको मध्यम स्तरका आरामदायी होटल तथा रिसोर्टलाई स्थापना गर्ने कम्पनीको लक्ष्य रहेको जिंकका सह–संस्थापक एवं प्रमुख कार्यकारी अधिकृत केभिन बेउभाइसले बताए।

त्यसपछि उच्च वर्गलाई लक्ष्य गरी अर्को ब्रान्ड ‘जिंक सिटी’ तथा ‘जिंक जर्नी’ का होटल र रिसोर्टहरु निर्माण गरिनेछ।

जिंक इन्भिजन हस्पिटालिटीले हाल विभिन्न चार देशमा ११ होटल र रिसोर्टहरु सञ्चालन गरिरहेको छ। सन् २०१५ सम्ममा १० देशमा थप १६ होटल खोलेर २७ होटल र रिसोर्टको सञ्जाल तयार गर्ने योजना रहेको छ।

 
स्वरोजगार कोष परादर्शी हुनुपर्ने–अर्थमन्त्री
बुधबार, 22 मे 2013 10:14    PDF Print E-mail

काठमाडौँ, ८ जेठ । चुनावी मन्त्रिपरिषदका अर्थमन्त्री शंकरप्रसाद कोइरालाले युवा स्वरोजगार कोषको सम्पुर्ण कार्यक्रम परादर्शी हुनुपर्ने बताएका छन् ।

बुधबार युवा स्वरोजगार कोष सञ्चालक बोर्डको बैठकमा मन्त्री कोइरालाले कोषमा पारदर्शिता बढाउनुपर्ने सुझाव दिएका हुन् ।

कुनै पनि राजनीतिक दलप्रति वफादार नभई सरकारले वित्तीय अनुशासनको मुद्दालाई मुख्य रुपमा उठाउनुपर्ने बताएका छन् ।

कोइरालाले कोषबाट ऋण लिने व्यक्तिको तीनपुस्ते र सहकारी संस्थाहरुको पृष्ठभूमि वेभसाइटमा राख्न निर्देशन समेत दिए ।

स्वरोजगार कार्यक्रम अलमलमा परेको बेला अर्थमन्त्रीले समेत असहयोग गरेको गुनासो आइरेको बेला बसेको बैठकमा उनले भने, ‘बैङ्कर्सहरुको दादागिरीबाट कोषलाई मुक्त पार्नुपर्छ, आगामी दिनमा कोषले गर्ने कामको रोडम्याप लिएर आउनुस्, म सहयोग गर्न तयार छु ।’

अर्थ सचिव शान्तराज सुवेदीले कोषबीचमै अलमलिएकाले यसलाई गतिशील बनाउन आवश्यक रहेको सुझाव दिए ।

 
चौधरीले श्रीलंकामा ९७ अर्ब लगानी गर्ने
मंगलबार, 21 मे 2013 11:01    PDF Print E-mail

काठमाडौ, ७ जेठ । नेपाली अर्बपति बिनोद चौधरीले श्रीलंकामा करीब ९७ अर्ब लगानी बढाउने भएका छन् । फोब्र्स म्यागेजिनले अर्बपतिको सूचीमा राखेको चौधरीले श्रीलंकाली सरकारसँग त्यहाँ ७ करोड ५० लाख डलर (९६ अर्ब ६१ करोड नेपाली रुपैयाँ) लगानीमा सिमेन्ट प्लान्ट खोल्ने प्रस्ताव राखेको श्रीलंकाको डेली न्यूजले जनाएको छ ।

उक्त न्युजको अनलाइनअनुसार चौधरीले आफ्नो बिभिन्न प्रोजेक्टका लागि श्रीलंकामा २० करोड अमेरिकी डलर लगानी गरेका छन् । सन् २००० मा ताज लंका होटलको महत्वपूर्ण सेयर खरिद गरेदेखि नै चौधरीले श्रीलंकामा लगानीको सम्भावना देखेको समाचारमा जनाइएको छ ।

उनले श्रीलंकाको जेट्वीङ ग्रुपसँग मिलेर लगानी गरेका छन् । चौधरीले श्रीलंकाली सरकारसमक्ष जेफ्फना पेनिसुलामा सिमेन्ट प्लान्ट खोल्न प्रस्ताव गरेको समाचारमा भनिएको छ ।

 
स्वरोजगार कार्यक्रम अन्योलमा
आइतबार, 19 मे 2013 12:37    PDF Print E-mail

काठमाडौ, ५ जेठ । स्वरोजगार कोषका कार्यक्रम अलमलमा परेको छ । अर्थमन्त्री शंकर कोइरालाले यसबारे छलफल गर्न समय उपलब्ध नगराएपछि अन्योल बढेको हो । अर्थ मन्त्रालय कोषले अहिलेकै ढाँचामा अगाडि बढाउन तयार नभए पनि पछाडि हट्न सक्ने अवस्थामा नभएको अधिकारीहरुले बताएका छन् ।


यो अलमलले कोषबाट एक किस्ता रकम लिइसकेकाहरू अन्योलमा परेका छन् । दोस्रो किस्ता दिनका लागि कोषको सञ्चालक समितिका अध्यक्षसमेत रहेका कोइरालाको निर्देशन आवश्यक छ ।
कार्यक्रम सुरु भएदेखि नै राजनीतिक मुद्दाको रूपमा विवादित भएको कोषलाई अगाडि बढाउनेबारे कोइराला प्रस्ट हुन सकेका छैनन् ।

उनले कार्यव्यस्तताका कारण कोषको सचिवालयले माग गरेअनुसार आफूले समयसमेत उपलब्ध गराउन नसकेको भन्दै टाढिन खोजेका छन् । सय ४६ वटा सहकारीमार्फत् ६० करोड र बाँकी रकम विभिन्न बैंक वित्तीय संस्थामार्फत् लगानी गरिएको हो । बैंक वित्तीय संस्थालाई पूर्वअर्थमन्त्रीहरूको पालामा तोक आदेशमा वतिरण गरिएको थियो ।

 
धनमकै उत्पादन घट्ने
शुक्रबार, 17 मे 2013 10:24    PDF Print E-mail

काठमाडौं, ३ जेठ । यो वर्ष बेलैमा पानी नपरेकाले खाद्यान्न उत्पादन आठ प्रतिशत घट्ने कृषि विकास मन्त्रालयले जनाएको छ । विहिबार मन्त्रालयले एक तथ्यांक सार्वजनिक गर्दै प्रमुख बाली धान र मकैको उत्पादनमा ठूलो गिरावट आउने देखिएको जनाएको हो।

यो वर्ष ८७ लाख लाख ३८ हजार टनमात्रै खाद्यान्न उत्पादन हुने प्रारम्भिक अनुमान मन्त्रालयले गरेको छ। गएको वर्ष ९४ लाख ५८ हजार टन खाद्यान्न उत्पादन भएको थियो। मन्त्रालयका अनुसार धान उत्पादन ११ प्रतिशतले घट्नेछ भने मकै आठ प्रतिशतले गिरावट आउने देखिएको छ। त्यसैगरी कोदो रदुई प्रतिशतले कमी आउने, तर गहुँबाली भने दुई प्रतिशतले बढ्ने अनुमान गरिएको छ ।

 
दैनिक २० किलो सुन आयात हुने
बिहिबार, 16 मे 2013 12:51    PDF Print E-mail

काठमाडौ, २ जेठ ।केन्द्रीय बैंकले १५ किलो सीमा तोकेको सुन आयतमा ५ किलो बढाएर दैनिक २० किलो सुन बजारमा आयात गर्न सकिने व्यवस्था गरेको छ । करिब ३ वर्षअघि अत्यधिक सुन आयात भएपछि दैनिक १५ किलो सीमा तोकेको केन्द्रीय बैंकले जेठ र असारका लागि ५ किलो थपिदिएको छ ।

पछिल्लो व्यवस्थाअनुसार औसत दिनको २० किलोका हिसाबले वाणिज्य बैंकहरूले सुन आयात गर्न पाउने छन् । विवाहको मौसमलाई ध्यानमा राखी सुन आयात तथा बिक्री वितरण कार्यविधि २०६८ लाई संशोधन गरेर सुन आयात गर्न सकिने परिमाणमा ५ किलो थपिएको हो । बजार भने दैनिक ४० किलो सुन माग हुने व्यापारी बताउँछन् ।

 
विश्व बैंकको नेपाल निर्देशकमा जुट
बुधबार, 15 मे 2013 11:29    PDF Print E-mail

काठमाडौं, १ जेठ । विश्व बैंकले नेपाल आवासीय निर्देशकमा जोहान्नेस जुटलाई नियुक्त गरेको छ। उनले नेपाल र बंगलदेशको कार्यभार सम्हाल्नेछन् ।

बैंकका अनुसार नेदरल्यान्डका नागरिक जुटसँग सन् १९९० यताको विकाससम्बन्धी अनुभव छ। उनी १९९९ मा विश्व बैंक प्रवेश गरेका थिए।

उनले इरिट्रिया, केन्या र रुवान्डाका लागि आवासीय निर्देशकका रूपमा काम गरेका थिए। त्यसै गरी उनी अंगोला, चीन, मालावी, मंगोलिया, मोजाम्बिक र जाम्बियामा आवासीय कार्यक्रम संयोजक थिए।

नेपालको गरिबी घटाउन र समृद्धिका लागि जुटले काम गर्ने बैंकले जनाएको छ। दिगो विकास, समावेशी वृद्धि र सुशासन प्रवर्द्धनमा नेपाल सरकार गरिरहेको काममा मद्दत गर्ने उनको प्राथमिकता हुने बैंकले उल्लेख गरेको छ।

 
अप्रिल यता अमेरिकी खुद्रा बिक्रीमा वृद्धि
मंगलबार, 14 मे 2013 11:46    PDF Print E-mail

न्युयोर्क, ३१ वैशाख । अप्रिलयता अमेरिकी खुद्रा बिक्रीमा अप्रत्याशितरूपमा वृद्धि भएको छ । यसअघि खुद्र बिक्रीमा व्यापक ओरालो लागेको थियो ।
सोमबार सार्वजनिक गरिएको तथ्यांकमा अमेरिकी वाणिज्य विभागले मार्च महिनामा शून्य दशमलव पाँच प्रतिशतको गिरावटपछि अप्रिल महिनामा खुद्रा बिक्री शून्य दशमलव एक प्रतिशतले वृद्धि हो ।

मार्च महिनामा सबैभन्दा ओरालो लागेको खुद्र विक्रीले गर्दा व्यापारीहरुको खर्च बढाएको थियो । कार, पेट्रोल र निर्माण सामग्रीलाई समेट्ने प्रमुख बिक्री र कुल गार्हस्थ्य उत्पादनको उभपोक्ता खर्च शून्य दशमलव पाँच प्रतिशतले बढेको छ ।

त्यसैगरी कार बिक्री एक प्रतिशतले र लुगाकपडाको बिक्री एक दशमलव दुई प्रतिशतले वृद्धि भएको छ । डिपार्टमेन्ट स्टोरहरूलाई समेट्ने सामान्य मर्केन्डाइज स्टोरको बिक्री एक प्रतिशतले बढेको छ ।

इलेक्ट्रोनिक्स उपकरण स्टोर, निर्माण सामाग्री र बगैँचा आपूर्ति भण्डारको बिक्रीमा पनि वृद्धि भएको छ । यस बृद्धिसँगै आर्थिक मन्दी विस्तारै घट्ने अनुमान अर्थशास्त्रीहरुले गरेका छन् ।

पछिल्लो परिमार्जन ( मंगलबार, 14 मे 2013 11:56 )
 
अग्नि एयर भयो नमस्ते एयर
शनिबार, 11 मे 2013 10:42    PDF Print E-mail

काठमाडौं, २८ वैशाख । सात महिनादेखि उडान बन्द गरेर बसेको आन्तरिक वायुसेवा कम्पनी अग्नि एयर नमस्ते एयर को ब्रान्ड र लोगोमा उड्ने तयारी गरेको छ।

उडान रोकेको लामो समयपछि नमस्ते एयरले अग्निको सम्पूर्ण व्यवस्थापनको जिम्मा हो।

अग्निले विभिन्न बैंक तथा वित्तीय संस्थालाई तिर्नुपर्ने ६५ करोड रुपैयाँ सकार्न नमस्ते तयार भएपछि व्यवस्थापन हेरफेर सम्झौता भएको हो।

पछिल्लो परिमार्जन ( शनिबार, 11 मे 2013 10:44 )
 
पाँचौ‍ राष्ट्रिय पर्यटन मेला शुरु
शुक्रबार, 10 मे 2013 10:18    PDF Print E-mail

काठमाडौं, २७ वैशाख । राजधानीको भृकुटीमण्डपमा पाँचौँ राष्ट्रिय पर्यटन मेला शुक्रबारबाट सुरु भएको छ ।

नेपालको पर्यटकीय गन्तव्यको पहिचान तथा आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यअनुरूप मेला शुरु गरिएको बोर्डले जनाएको छ ।

तीनदिनसम्म सञ्चालन हुने मेलामा पर्यटन र पर्यटनसँग सम्बन्धित सेवा प्रदान गर्ने शैक्षिक तथा तालिम प्रदायक संघसंस्थाहरूको सहभागिता रहने छ ।

मेलामा मुलुकका विभिन्न भूभागमा सञ्चालनमा रहेका १३ वटा घरवास पर्यटन (होमस्टे), प्याकेज पर्यटन र नयाँ गन्तव्य स्थानको जानकारी राखिएको छ ।

 


Page 1 of 39