दर्ता तथा प्रवेश
नेपालका महिला कोरिया जान नपाएपछि धर्नामा
PDF Print E-mail

काठमाडौ, ७ असार । रोजगारीका लागि दक्षिण कोरियामा जान रोजगारी अनुमति प्रणालीअन्तर्गत परीक्षामा उत्तीर्ण भएका महिलाले कोरिया जाने माग गर्दै रविभवनस्थित कोरियाली दूतावास नजिक बिहीवार  धर्ना दिएका छन् ।

 

सन् २०१० मा लिइएको रोजगारी अनुमति प्रणालीअन्तर्गत उत्तीर्ण भएर पनि अहिलेसम्म कोरिया जान अवसर नपाएकाले उनीहरुले दूतावास नजिक आज धर्ना दिएका हुन् । कोरियाले प्रत्येक वर्ष रोजगारी अनुमति प्रणालीबाट स्तरीय परीक्षा सञ्चालन गरी नेपाली श्रमिकलाई कोरियामा काम गर्नका लागि माग गर्ने गर्दछ ।

 

सन् २०१० मा सो प्रणालीअन्तर्गत उत्तीण भएका पुरुष श्रमिक सबै गइसकेको र करिब ३५० महिला उत्तीर्ण भएको भए पनि ३०० महिला जान बाँकी रहेको धर्ना कार्यक्रमका संयोजक तोया गिरीले जानकारी दिनुभयो । उहाँले दुई देशका श्रम मन्त्रालयका अधिकारीले छलफल गरी समस्या समाधानका लागि पहल गर्न आग्रह गर्नुभयो ।

 

कमेन्ट राख्नुहोस्