दर्ता तथा प्रवेश
नेपालको आर्थिक सूचांक राम्रो भएकोमा विश्व बैंकको बधाई
PDF Print E-mail

काठमाडौं, ११ असार । अर्थमन्त्री वर्षमान पुन 'अनन्त'सँग नेपाल भ्रमणमा रहनुभएका विश्व बैंकका उपाध्यक्ष एस्सेलभान ट्रोटसेनवर्गले भेट गर्नुभयो ।

 

आईतबार साँझ सिंहदबारस्थित अर्थमन्त्रालयमा भएको भेट झण्डै १ घण्टा चल्यो ।

 

भेटमा अर्थमन्त्री पुनले नेपालको अर्थतन्त्रको परिसूचकहरु राम्रो भएको जानकारी गराउनुहुँदै आफूहरुले राजनीतिक दलहरुबीच सहमतिको प्रयत्न गरिरहेको र सहमतिबाटै बजेट ल्याउने कोशिस गरिरहेको बताउनुभयो ।

 

उहाँले नेपालको अहिलेको प्राथमिकताको क्षेत्र उर्जा, पर्यटन, कृषि र पूर्वाधार विकास भएका बताउनुहुँदै सो क्षेत्रमा विश्व बैंकले सहयोग वृद्धि गर्नुपर्ने बताउनुभयो । उहाँले नेपाललाई विश्व बैंकले गर्दै आएको सहयोग निकै महत्वपूर्ण भएको बताउनुहुँदै सहयोग बढाउन आग्रह गर्नुभयो ।

 

भेटमा विश्व बैंकका उपाध्यक्षले नेपालको अर्थतन्त्रका समग्र शुचांककहरु राम्रो भएको आफूले पाएको बताउहुँदै विश्व बैंकको देशगत मूल्यांकनमा नेपाल राम्रो स्थानमा रहेको बताउनुभयो । उहाँले नेपालको आर्थिक सुचांक राम्रो भएको र देशगत मूल्यांकनमा राम्रो स्थानमा भएकोमा बधाई छ भन्नुभयो ।

 

भेटका अवसरमा उपाध्यक्षले विश्व बैंकले अनुदान, ऋण र नीजि क्षेत्रलाई ऋण गरी तीनवटै क्षेत्रमा सहयोग गर्ने बताउनुभयो । साथै नेपालको उर्जा क्षेत्रमा सहयोग गर्न विश्व बैंक इच्छुक रहेको बताउनुभयो ।

 

कमेन्ट राख्नुहोस्