| टोयोटाको 'अल न्यु एभेन्जा' नेपाली बजारमा | ||||
|
|
काठमाडौँ, ९ चैत । युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रा.लि.ले टोयोटा मोटर्सको हाल बजारमा रहेको एभेन्जाको नयाँ मोडल 'अल न्यु एभेन्जा' नेपाली बजारमा ल्याएको छ।
वैद्य अर्गनाइजेसनअन्तर्गतको यो कम्पनी जापानको टोयोटा मोटर्सको नेपालको लागि आधिकारिक बिक्रेता हो। बजारमा रहेको एभेन्जामा आकर्षक डिजाइन, विशेषता थप गरी ल्याइएको अल न्यु एभेन्जाको मूल्य ३९ लाख ९५ हजार रुपियाँ रहेको छ।
युनाइटेड टे्रडर्सले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा कम्पनीका उपनिर्देशक कैलाश भण्डारीले यात्रुलाई आरामदायी र सुरक्षित हुनेगरी एभेन्जालाई रिमोडलिङ गरिएको भन्दै अल न्यु एभेन्जा परिवारदेखि ट्राभल एन्ड टुर्सका लागि उपयोगी हुने बताउनुभयो।
हाल नेपाली बजारमा अल न्यु एभेन्जा मोडलको अरू गाडि नभएकोले यसको राम्रो बिक्री हुने आशा भण्डारीको छ। कम्पनीले एक वर्षमा सयवटा अल न्यु एभेन्जा बिक्री हुने अनुमान गरेको छ। सात सिट क्षमताको यस गाडि सहरी क्षेत्रमा प्रतिलिटर १२ कि. मि. र राजमार्गमा प्रतिलिटर १४ किलोमिटरले इन्धन खपत गर्छ। |




