| नेपालको पशुपतिमा आमुल सुधार हुँदै | ||||
|
|
काठमाडौ, १२ जेठ । सरकारले लामो समयदेखि दयनीय अवस्थामा रहँदै आएको पशुपति बृद्धाश्रमको अवस्थामा सरकारले आमुल सुधार गर्ने भएको छ ।
महिला बालबालिका तथा समाज कल्याण मन्त्री बद्रीप्रसाद न्यौपानेले शुक्रवार बृद्धाश्रमको अवलोकन गरेपछि त्यसको तत्काल आमुल सुधार गर्ने प्रतिबद्धता ब्यक्त गरे । उनले तत्कालै कर्मचारी र पशुपति विकास कोषका अधिकारीहरुलाई सुधारको काम थाल्न निर्देशन पनि दिए ।
त्यसकोलागी मन्त्रालयले बजेट अनुमोदन गरिसकेको जानकारी दिदै एक साता भित्र बृद्धाश्रमको आमुल सुधारको योजना र बृद्धाश्रमको दुरावस्था हुनुको कारण सहितको प्रतिवेदन ल्याउन पशुपति विकास कोषका सदस्य सचि सुशिल नाहाटा सहित बृद्धाश्रमका अधिकारीहरुलाई निर्देशन पनि मन्त्री न्यौपानेले दिएका छन् ।
मन्त्री न्यौपानले आईतवारनै पशुपति विकास कोषका पदाधिकारीलाई मन्त्रालयमा आएर तात्कालिक आवश्यकताको विषयमा जानकारी गराउन पनि निर्देशन दिएका छन् ।
अनुगमनको क्रममा मन्त्री न्यौपानले विगतमा प्रधानमन्त्रीले बृद्धाश्रमको अवस्था सुधार गर्न निर्देशन दिए पनि सुधार हुन नसकेको भन्दै आफूले जेठ महिनाभित्रमै प्रतिबद्धता अनुसारको सुधार गर्ने बताए ।
उनले तत्काल आश्रममा बस्ने बृद्धबृद्धाकालागी झुल, तन्ना र कोठाको अवस्थामा सुधार्न समेत निर्देशन दिएका छन् । |




