दर्ता तथा प्रवेश
अमेरिकामा तेल उत्पादन बढ्दो
PDF Print E-mail

एजेन्सी– अमेरिकामा आन्तरिक रूपमा कच्चा तेल उत्पादन दर बढ्ने देशको ऊर्जा विभागले जनाएको छ । यसले इन्धनको मूल्यमा कमी आउने तथा देशका उपभोक्ता र समग्र अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने विभागको भनाइ छ ।

 

विभागले देशको २०२० सम्ममा ऊर्जामा आत्मनिर्भर बन्ने योजनाअनुसार नै ऊर्जा उत्पादनमा जोड दिइरहेको बताएको छ ।

यो मुद्दालाई आगामी नोभेम्बरमा हुने राष्ट्रपतिको निर्वाचनको एजेन्डासमेत बनाइएको विश्लेषकहरूले बताएका छन् । उक्त निर्वाचनमा प्रतिस्पर्धा गर्न लागेका वर्तमान राष्ट्रपति बाराक ओबामा तथा रिपब्लिकन उम्मेदवार मिट रुम्नीले इन्धनको विषयलाई आधार बनाएको उनीहरूको भनाइ छ ।

गत वर्षमात्रै आन्तरिक उत्पादन १५ प्रतिशतले बढेको छ । विभागका प्रवक्ता जोन स्टबले यो उत्पादन दर विगत १४ वर्षयताकै उच्च भएको बताएका छन् ।

 

विभागले यसअघि गरेको अध्ययनमा देशमा ५० करोड ब्यारेल कच्चा तेल उत्पादन गर्ने क्षमता रहेको देखिएको उनको भनाइ थियो ।

झन्डै फ्रान्सको क्षेत्रफलजत्तिकै क्षेत्रबाट इन्धन उत्खनन गर्न सकिने उनले बताए ।

 

देशको पश्चिमी भागमा ग्यास भण्डारको उच्च सम्भावना रहेको जनाइएको छ । यद्यपि उक्त क्षेत्रलाई ओबामा प्रशासनले २००८ मा वातावरणीय क्षेत्रका रूपमा संरक्षण गर्ने घोषणा गरेको थियो । त्यस क्षेत्रका करिब २६ लाख एकड जमिनमा ग्यासको उच्च सम्भावना रहेको विभागले यसअघि नै बताइसकेको छ ।

 

"हामी पश्चिमी क्षेत्रबाट मात्रै वार्षिक रूपमा १३ खर्ब ब्यारेल तेल उत्पादन तथा व्यापार गर्ने विषयमा काम गरिरहेका छौं । यसका लागि संघीय कानुनहरूले केही बाधा पुर्‍याएको देखिन्छ," आयोगका उप–निर्देशक क्याटलिन स्गाम्माले भने ।

उनले यो योजना देशलाई ऊर्जाको क्षेत्रमा आत्मनिर्भर बनाउन प्रभावकारी हुनेसमेत बताए ।

 

कमेन्ट राख्नुहोस्