दर्ता तथा प्रवेश
नेपालमा लोड सेडिङ्ग फेरी घट्यो
PDF Print E-mail

काठमाडौं, ६ असार ।  नेपाल विद्युत प्राधिकरणले विहीवारदेखि लागू हुने गरी लोड सेडिङ्गको समय दैनिक एकघण्टा घटाउने भएको छ ।

 

प्राधिकरणले वुधवार नयाँ तालिका निकालेर अब हप्तामा ४२ घण्टा लोडसेडिङ्ग हुने जानकारी दिएको हो । यसअघि हप्तामा ४९ घण्टा लोड सेडिङ्ग हुँदै आएको थियो ।

 

नयाँ तालिका अनुसार अब हप्तामा १ दिन ७ घण्टा, १ दिन ५ घण्टा र ५ दिन ६ घण्टाका दरले लोसेडिङ्ग हुने छ ।

 

५ घण्टा हुने दिन दिउँसो एक पटक वत्ति जाने छ भने अन्य दिनमा विहान र बेलुकी गरी २ पटक वत्ति जाने छ । नदीमा पानीको वहाव बढेकाले लोडसेडिङ घटाइएको प्राधिकरणले जनाएको छ ।

 

कमेन्ट राख्नुहोस्