| ‘अन्तराल’ देशव्यापी |
| बिहिबार, 16 मे 2013 11:56 |
 |
 |
 |
|
| काठमाडौ । चार युवाहरूको कथामा आधारित रहेर बनेको फिल्म अन्तराल जेठ ३ बाट देशव्यापी प्रदर्शनमा आएको छ ।
यसको विशेष प्रदर्शनी भने बुधबार जय नेपाल हलमा गरिएको थियो । दीपा बस्नेतको निर्देशन रहेको फिल्ममा कमलमणि नेपाल, राजकुमार पुडासैनी, धनुभाइ जोशी, लोकेन्द्र लेखक, मानव सुवेदी, नम्रता सापकोटा र असिष्मा नकर्मीले अभिनय गरेका छन् ।
अभिमन्यु निरबीको लेखन रहेको फिल्ममा शशि बी थापाको संगीत रहेको छ । त्यसैगरी छायांकन शिवराम श्रेष्ठको रहेको छ ।
जीवनसाथी फिल्मस्को ब्यानरमा बीबी बस्नेत र डा लक्ष्मीकान्त पाण्डेले निर्माण गरेको फिल्मबाट निर्देशक बस्नेतले डेब्यु गरेकी हुन् ।
फिल्मका निर्देशकदेखि अधिकांश सदस्यहरू नाट्य क्षेत्रबाट आएका छन्।
|
| पछिल्लो परिमार्जन ( बिहिबार, 16 मे 2013 12:00 ) |
|
| एन्जेलिनाको दुबै स्तन अप्रेसन |
| मंगलबार, 14 मे 2013 11:58 |
 |
 |
 |
|
|
न्युयोर्क । हलिउड अभिनेत्री तथा निर्देशक एन्जेलिना जोलीले क्यान्सर संक्रमण भएको देखिएपछि स्तन अप्रेसन गरेको बताइएको छ । उनले स्तन क्यान्सरबाट बच्न मास्टेक्टोमी नामक अपरेशन गरेकी थिइन् । उनको उक्त स्तन अपरेशनका लागी करिब ३ महिना लागेको थियो । उनको उक्त अपरेसन गत अप्रिलमा सकिएको थियो । उनले आफ्नो अपरेशनका दौरान आफूलाई आफ्ना पति ब्राड पिटले निकै साथ दिएको भन्दै खुसीका साथ धन्यवाद समेत दिएकी छिन् ।
चिकित्सकहरुले उनलाई स्तन क्यान्सर हुने ८७ प्रतिशत र गर्भासयको क्यान्सर हुने सम्भावना ५० प्रतिशत रहेको बताएका थिए । हालैन्युयोर्क टाइम्समा माइ मेडिकल च्वाइस शिर्षकको लेखमा उनले आफ्नो आमा एक दशकसम्म क्यान्सरबाट संघर्ष गरेर ५६ वर्षको उमेरमा मृत्यु भएको बताएकी छिन् ।
उनले भनेकी छिन्, ‘म चाहन्छु मेरा बच्चाहरुले पनि आफ्नो आमा गुमाउनु नपरोस् ।ु उनले आफूले आफ्ना सन्तानहरूलाई नतर्सिन आग्रह गरेको समेत बताएकी छिन् ।
-एजेन्सी
|
| पछिल्लो परिमार्जन ( बुधबार, 15 मे 2013 12:50 ) |
|
| नेपाली फिल्ममा तामिल हिरोइन |
|
| काठमाडौ । तामिल, मलयालम र तेलुगु भाषाका फिल्म खेलिसकेकी भारतीय अभिनेत्री सोनाली जोशीकोनेपाली फिल्म ‘माया दिउँ झैं भो’ मा अभिनय गरेकी छन् । फिल्म जेठको पहिलो शुक्रबार रिलिज हुने भएको छ।
निर्मल केसीद्वारा निर्देशित फिल्ममा सोनालीले बिराज भट्टको जोडी भएर अभिनय गरेकी छन्। सोनालीको यो पहिलो नेपाली फिल्म हो। फिल्ममा पूजना प्रधान, पुष्कर भट्ट, विनय आनन्द लगायतले पनि अभिनय गरेका छन्।
प्रेम, एक्सन र पारिवारिक ड्रामाले भरिपूर्ण यस फिल्मलाई भोजपुरी र नेपाली दुई भाषामा निर्माण गरिएको हो। फिल्मको ८० प्रतिशत छायांकन भारतको मुम्बईमा भएको थियो।
|
| पछिल्लो परिमार्जन ( सोमबार, 13 मे 2013 11:32 ) |
|
| काठमाडौ । परम्परागत भन्दा पृथक शैलीमा निर्माण गरिएको भनिएको फिल्म 'साँघुरो' शुक्रबारदेखि हलमा लागेको छ । सुकुम्बासी बस्तीको एउटा परिवारभित्रको कथावस्तुलाई फिल्ममा समेटिएको छ।
युवापुस्ताबीच लोकप्रिय भइरहेको जोयश पाण्डे निर्देशित फिल्ममा सुशांक मैनाली र दिया मास्केको दाम्पत्यजीवनलाई देखाइएको छ । छाप्रोभित्र नवदम्पतीलाई गोपनीयताको कठिनाइलाई फिल्ममा उतारिएको छ ।
फिल्मका लेखक विनोद मैनालीले हुन् । फिल्ममा दयाहाङ राई र अरुणिमा कार्कीको पनि अहम् भूमिका छ ।
Â
|
| पछिल्लो परिमार्जन ( शनिबार, 11 मे 2013 10:42 ) |
|
| नेपाली भिडियोमा पनि बेडसिन |
| बिहिबार, 09 मे 2013 12:23 |
 |
 |
 |
|
| काठमाडौ । नायिका प्रियांक कार्कीले रातकी रानी बोलको गीतमा बनेको म्युजिक भिडिमोमा ४५ सेकेण्ड बेडसिन दिएकी छन् ।
फिल्मका अश्लील दृश्य राखेको भन्दै कैँची चलिरहेको बेला प्रियंका अभिनित यो म्युजिक भिडियो एकसातायता टेलिभिजनहरूमार्फत बज्न थालेको छ।
भिडियोमा प्रियंकाले एक पुरुष कलाकारसँग झन्डै ४५ सकेन्ड बेडसिन दिएकी छन्। प्रताप सिंहले निर्देशन गरेको भिडियोमा प्रियंका यौनकर्मी महिला बनेकी छन्।
|
| पछिल्लो परिमार्जन ( शुक्रबार, 10 मे 2013 02:45 ) |
|
| मुम्बइ । बलिउडमा नयाँ कलाकारको लर्को लाग्ने कुनै नौलो कुरा होइन । हरेकको सपना हुनेगर्छ हलिउडमा चम्कने । चर्चित पोर्नस्टारहरु पनि बलिउडमा आउन चाहने कुरा सन्नी लियोन उदाहरण हुन् । हालै उनकै बाटो पछ्याउदै ३५ वर्षे प्रियारानी राय पनि बलिउडमा आउने तयारीमा छन् ।
उनले अशोकँ पिकेको निर्माणमा बन्ने फिल्ममा विशेष सिन दिने पक्का भइसकेको छ । उक्त फिल्म सुटिङका लागि उनी अमेरिकाबाट २० दिनका लागि मुम्बाई आउनेछिन् । सुटिङ अवधिमा उनलाई बलिउडमा प्रशस्तै अफरहरु आउन सक्ने अनुमान गरिएको छ ।
को हुन प्रियरानी ?
१०० पोर्न फिल्ममा काम गरिसकेकी उनले एडल्ट फिल्म आवार्ड समेत हात पारेकी छिन् । सन् १९७७ मा नयाँ दिल्लीमा जन्मेकी उनी २ वर्षमा एक अमेरिकी जोडीले धर्मपुत्री बनाएर लगेकी थिइन् । एरिजोना स्टेट युनिभर्सिटीमा पढेकी उनी सन् २००७ बाट पोर्न उद्योगमा छिरेकी हुन् । त्यसयता उनी कामुक पोर्न स्टारमा दरिदै आएकी छिन् । उनले सन्नीलाई पनि माथ गर्ने हुन् कि बलिउड्मा ? त्यो भने हेर्न बाँकी नै छ ।
|
|
| 'म पोर्न स्टार होइन' |
| मंगलबार, 07 मे 2013 10:19 |
 |
 |
 |
|
| मुम्बाई । बलिउड अभिनेत्री वीना मल्लिक विवादास्पद कुरा गर्न माहिर छिन् । फिल्म ‘जिन्दगी ५०–५०’ मा नायिका रहेकी उनले फिल्म प्रमोशनको क्रममा आफु पोर्न स्टार नभएको बताएकी हुन् ।
मे अन्तिम तिर रिलिज हुने तयारीमा रहेको फिल्ममा उनले सेक्स वर्करको भुमिकामा देखिने छिन् । सो भनाई पोर्न स्टार सन्नी लियोनलाई निशाना लगाएर भनेकी हुन सक्ने बताइएको छ ।
विभिन्न पत्रिकाका लागि न्युड सिन दिइसकेकी वीनाले अब उप्रान्त त्यस्ता सिन नदेखाउनेसमेत बताएकी छिन् ।
|
|
| उमा अमेरिका र क्यानडामा पनि |
|
| काठमाडौं । छिरिङ रितार शेर्पाको निर्देशन बनेको फिल्म जेठ १० गते अमेरिका र क्यानडामा पनि रिलिज हुने भएको छ । फिल्म युनिटले उमालाई अनलाईनमा प्रबर्द्धन गर्न ‘आई–बुक’ समेत रिलिज गरेको छ । यस फिल्मका सबै गीतहरु आई–ट्यून्स स्टोरबाट निस्शुल्क डाउनलोड गर्न सकिनेछ । त्यसैगरी आई–बुकमा फिल्म उमाको बारेमा सम्पूर्ण जानकारी दिइनेछ । नेपालमा पहिलो पटक यसरी आई–ट्यून्समा फिल्मको बारेमा जानकारी दिन खोजिएको हो । एक साता भित्रमा रिलिज हुने यो ुआई–बुकुलाई आई–ट्यून्स पश्चात एन्ड्रोइड फोनमा पनि उपलब्ध गराईने पब्लिसिटी डिजाईनर स्वप्निल आचार्यले आज आयोजित प्रेस भेटघाट कार्यक्रममा जानकारी गराए । यसअघि फिल्म निर्माण युनिटले पब्लिसिटीको नयाँ स्वरूप अर्न्तगत पजल गेम पनि लञ्च गरेको थियो । उक्त गेमबाट सकारात्मक प्रतिक्रिया पाएपश्चात ‘आई–बुक’ रिलिज गरिएको हो । फिल्म निर्माण कम्पनी मिला प्रोडक्सनले अमेरिकाको न्यूयोर्कमा कार्यरत एक गैरसरकारी संस्था ‘एम्पावर वान’लाई नेपालसँगै जुन महिनाको पहिलो साता रिलिज गर्ने गरि अमेरिका र क्यानडाको लागि प्रदर्शन अधिकार दिएको छ । नेपालका असहाय बालबालिकालाई सहयोग गर्दै आएको यो संस्थाले नेपाली फिल्मलाई प्रबर्द्धन गर्न उमालाई रिलिज गर्न लागेको बताएको छ । छिरिङ रितार शेर्पाको निर्देशन रहेको यो फिल्ममा ऋचा शर्मा, सौगात मल्ल, मिथिला शर्मा, प्रबिण खतिवडा, प्रकाश घिमिरे, अशोक शर्मा, दयाहाङ राई, प्रमोद अग्रहरी, पुष्कर गुरूङ, शान्ति गिरी लगायतको अभिनय हेर्न सकिनेछ । फिल्मलाई पुरूषोत्तम प्रधानले खिचेका हुन् भने संगीत गोपाल योञ्जन र अभया एण्ड दि स्टिम इन्जन्सको रहेको छ ।
|
|
| सुर्ती पिएको दृश्यमा कैची लाग्न सक्ने |
|
| काठमाडौं । फिल्ममा कलाकारले चुरोट तानेका दृश्यले धेरै बालबालिका र किशोरी त्यसतर्फ आकर्षित हुने गरेको अध्ययनले पुष्टि गरेपछि यसै आधारमा चुरोट पिएको फिल्मी दृश्यमा सरकारले कैंची चलाउने भएको छ।
सुर्तिजन्य पदार्थको प्रमोट गर्छ भन्ने लागेका कुनै पनि दृश्य हटाउन सकिन्छ । अन्य सञ्चार माध्यममा सुर्तिजन्य पदार्थको विज्ञापन गर्न रोक लागे पनि चलचित्रमा चुरोट र खैनी खाएका दृश्य निर्वाध देखाइन्छ।
केही दिनअघि सार्वजनिक अध्ययन प्रतिवेदनअनुसार बलिउड फिल्ममा भारतीय दर्शकले बर्सेनि १४ अर्ब सूर्तीजन्य पदार्थ प्रयोग भएको दृश्य हेर्नुपर्छ।
चलचित्र सेन्सर बोर्डका अध्यक्ष नारायणप्रसाद सञ्जेलले धुम्रपानसम्बन्धी कानुन लागू भइसकेको अवस्थामा त्यस्ता दृश्य काट्न सकिने बताए। सुर्तिजन्य पदार्थको प्रमोट गर्छ भन्ने लागेका कुनै पनि दृश्य हटाउन सकिन्छ,सञ्जेलले भने। धुम्रपान र सुर्ती सेवनका दृश्यमा कडाइका साथ रोक लगाइने बताएका सञ्जेलले राख्नै परे काट्न नपर्ने गरी राख्न निर्माता निर्देशकलाई सुझाए। स्वास्थ्य मन्त्रालयले सामग्री बनाएर दिए फिल्म सुरू हुनुअघि हलमा धुम्रपानविरोधी सन्देश देखाउन अनिवार्य गरिने पनि उनले बताए।
सरकारले २०६८ साल चैतमा सुर्तिजन्य पदार्थ नियन्त्रण तथा नियमनसम्बन्धी ऐन जारी गरी अघिल्लो वैशाखमा नियमावलीसमेत ल्याइसकेको छ। ऐनमा चलचित्रमा यस्ता दृश्य राख्नेलाई एक लाख रुपैयाँसम्म जरिवाना गराउन सक्ने प्रावधान छ।
भारतको नयाँ दिल्लीस्थित गैरसरकारी संस्था हृदयुले लन्डनको इम्पेरियल कलेजसग मिलेर सन् २००६ देखि २००८ सम्मका ४४ उत्कृष्ट कारोबार गर्ने फिल्मको अध्ययन गर्दा धेरैजसो किशोरकिशोरीले फिल्म हेरेपछि पहिलोपटक चुरोट वा सुर्ती सेवन गरेको पत्ता लगाएको थियो। विश्व स्वास्थ्य संगठनले सूर्तीजन्य बस्तु सेवन गरेको दृश्य भएको फिल्मलाई एडल्ट सर्टिफिकेट दिनुपर्ने सुझाएको छ।
|
| पछिल्लो परिमार्जन ( आइतबार, 05 मे 2013 11:01 ) |
|
| सन्नीलाइ दुबइमा प्रतिबन्ध |
|
| काठमाडौ। पोर्न स्टार सन्नी लियोनको कर्यक्रम हुने थाहा पाएपछि उनलाइ दुबईको डिपार्टमेन्ट अफ टुरिज्मले नृत्यको अनुमति नै दिएन ।
दुबईमा उनको नृत्य प्रदर्शन गर्न प्रतिबन्ध लगाइएको छ। एउटा कार्यक्रममा नृत्य गर्ने निम्तो पाएकी थिइन् उनलाई उक्त कार्यक्रममा सहभागिता जनाउन दिइएन।
दुबईको नाइट क्लबमा पोर्नस्टार सनी लियोनले 'वाइल्ड केज डान्स' मार्फत दर्शकलाई लोभ्याउने सम्पूर्ण तयारी पुरा गरेकी थिइन् ।
सन्नी चलचित्र 'सुटआउट एट बडाला' को प्रमोसनका लागि दुबई जान लागेकी थिइन्।
सनीको आईटम नृत्य हेर्ने प्रतिक्षा गरिरहेका उनका प्रशंसकहरू निराश भएका छन्।
|
| पछिल्लो परिमार्जन ( शनिबार, 04 मे 2013 10:53 ) |
|
|
|
|
Page 1 of 13 |