दर्ता तथा प्रवेश
कलाकार हरिव‌श बाँधीय दोस्रो वन्धनमा
PDF Print E-mail

 

 

 

काठमाण्डौं– प्रसिद्ध हाँस्य कलाकार हरिवंश आचार्यले बुटवलकी रमिला पाठकसँग दोस्रो विवाह गरेका छन् ।

 

राजधानीको गोंगबु टोखामार्गस्थित रमिलाका आफन्तको घरमा बिहीबार बेलुका सीमित व्यक्तिहरुको उपस्थितिमा बैवाहिक कार्यक्रम सम्पन्न भएको छ ।

 

श्रीमति मिराको मृत्यु भएको एक बर्षपछि हरिवंशले दोस्रो विवाह गरेका हुन् । दश बर्ष अघि दुर्घटनामा परी पति गुमाएकी रमिला ५४ बषिर्य हरिबंश भन्दा १० बर्ष कान्छी रहेको उनको परिवारले जानकारी दिएका छ ।

 

रमिलाका २१ बर्षका एक जना छोरा अष्ट्रेलियामा छन् । पत्नी मिरासँगको दाम्पत्य जीवनका क्रममा हरिबंशका मोहित र त्रिलोक दुई सन्तान रहेका छन् ।

 

विवाहपछि जीवनको अर्को नयाँ अध्याय शुरु भएको आचार्यले बताएका छन् । बैबाहिक समारोहमा नव विवाहित दम्पतिले सँगै जीवन विताउने कसम खाएको सहभागिहरुले बताएका छन् ।

 

छोराबुहारीलाई हरिवंशको घरमा भेट गराउन लैजाँदा विजोग देखेपछि बिहेका लागि परिवारमा दवाव बढेको कलाकार राजाराम पौडेलले जानकारी दिएका छन् ।

 

पौडेलका अनुसार कलाकार बसुन्धरा भुसालले रमिलाको छोरामार्फत बिहेको प्रस्ताव राखेकी थिइन् । रमिलालाई अष्ट्रेलियमा रहेका छोराले विवाह गर्न आग्रह गरेको र छोराहरुको अनुरोध पछि हरिवंश पनि राजी भएको पौडेलले जानकारी दिएका छन् । हरिवंशका कान्छा छोराले दुलाहा दुलहीको स्वागत गरेका थिए । बैंककमा रहेका मदनकृष्ण श्रेष्ठले भने स्काइपबाट दुलाहादुलहीलाई वधाई तथा शुभकामना दिएका थिए ।

 

कमेन्ट राख्नुहोस्