| नायक शाहरूख खान र नायिका क्याट्रिनावीच रोमान्स | ||||
|
|
काठमाडौ– लामो समयपछि ठूलो पर्दामा फर्कंदै गरेका निर्देशक यश चोपडा यसपटक केही अलग काम गर्न लागिरहेका छन्द ।
नायक शाहरूख खान र नायिका क्याट्रिना कैफलाई पर्दामा अभिनय गराइरहेका यी निर्देशकले पहिलो पटक यो जोडीलाई अनस्क्रिन रोमान्स गराएका हुन्।
लन्डनमा सुटिङ भइरहेको यो फिल्मको एक दृश्यको तस्वीरमा शाहरूख र क्याट्रिना निकै रोमान्टिक मुडमा देखिएका छन्। जहाँ क्याट्रिनाले शाहरूखलाई चुम्बन गर्न लागेजस्तो देखिन्छ।
यो तस्वीर भारतीय सञ्चारमाध्यमले आफ्नो अनलाइनमा प्राथमिकताका साथ प्रकाशन गरेपछि उनीहरूको अनस्क्रिन रोमान्सले राम्रो चर्चा पाएको छ। बलिउड ब्याड ब्वाइ सलमान खानले मन नपराउने नायक भनेर चिनिएका शाहरूखसँगको उनको पूर्वप्रेमिका क्याट्रिनाको रोमान्सले सलमानलाई चिढ्याएको सञ्चारमाध्यमले जनाएका छन्।
सञ्चारमाध्यमले शाहरूख र क्याट्रिनाको उक्त तस्वीरलाई इन्टिमेट दृश्य भनेर पनि समाचारमा लेखेका छन्। |





