| हाँस्य अभिनेता हरिवंश आचार्य नकारात्मक राजनीतिक नेताका रुपमा पर्दामा देखिदै | ||||
|
|
काठमाडौ– थेगो र शारीरिक हाउभाउले दर्शकलाई हसाँउन माहिर हाँस्य अभिनेता हरिवंश आचार्य नकारात्मक राजनीतिक नेताका रुपमा पर्दामा देखिने भएका छन्। प्रायशः टेलीसिरियल र चलचित्रमा हसाउँने भूमिकामा बढी देखिने आचार्यलाई निर्देशक निगम श्रेष्ठले चलचित्र छड्केमार्फत भिलेन चरित्रका रुपमा दर्शकसामु ल्याउन लागेका हुन्। त्यसो त हरिवंशले लक्ष्मी सुरबेसुर वनपालेजस्ता टेलिशृंखला र ट्रक ड्राइभर के घर के डेरालगायतका चलचित्रमा खलपात्रको भूमिकामा अभिनय गरेर दर्शकको मन जितिसकेका छन्। नयाँ ब्रेन र प्रविधि अनि युवा पुस्तासँग काम गर्ने अवसर पनि मिलेकाले चलचित्रमा अभिनय गर्न लागेको हुँ’ हरिवंशले एभरेष्टटाइम्स सँग भने- यसमा मेरो भिलेनको एटिच्युट राख्ने नेताको भूमिका छ। चलचित्रको कथा राम्रो लागेर पनि आफूले अभिनय गर्न लागेको उनले खुलाए। हरिवंशका अनुसार चैतको मध्यसाताबाट चलचित्रको सुटिङ शुरु हुनेछ। सफल श्रेष्ठको निर्माणमा बन्न लागेको चलचित्रमा सौगात मल्ल दयाहाङ राई र नम्रता श्रेष्ठले प्रमुख भूमिकामा अभिनय गर्नेछन्। |




