दर्ता तथा प्रवेश
बलिउड अभिनेत्री शिल्पा सेठ्ठीको काखमा छोरा आयो
PDF Print E-mail

 

 

काठमाडौ– बलिउड अभिनेत्री शिल्पा सेठ्ठीलाई सोमबार बिहान पुत्रलाभ भएको छ। तीन वर्षअघि व्यापारी राज कुन्द्रासँग विवाह गरेकी शिल्पाले मुम्बईको हिन्दुजा अस्पतालमा छोरा जन्माएकी हुन्।

 

राजले ट्विटरमार्फत आफू पिता बनेको जानकारी गराएका थिए। उनका अनुसार आमा र बच्चाको अवस्था सामान्य छ। अस्पतालमा शिल्पाकी आमा सुनन्दा र बहिनी समितासहित परिवारका अन्य सदस्य पनि उपस्थित थिए ।

 

आइतबार अस्पतालमा नियमित जाँचका लागि गएकी शिल्पालाई डाक्टरले तुरुन्तै भर्ना हुनुपर्ने बताएपछि उनी त्यहीं बसेकी थिइन्।

 

राजले आफूलाई शिल्पाले छोराका रूपमा सुन्दर उपहार दिएकोमा मुरी मुरी धन्यवाद दिएका छन्। शिल्पा आमा बनेको खबर सार्वजनिक भएपछि नायिका विपासा बसु, नायक नील नितिन मुकेश, निर्देशक तथा कोरियोग्राफर फराह खान, नायिका समिरा रेड्डी लगायत सयौ कलकार तथा शुभचिन्तकहरुले ट्विटरमार्फत बधाई दिएका छन्।

 

कमेन्ट राख्नुहोस्