दर्ता तथा प्रवेश
निर्देशकबिनै सकियो मेरो भ्यालेन्टाइन
PDF Print E-mail

 

काठमाडौ– निर्देशक सुरज सुब्बा 'नाल्बो' आफुद्वारा निर्देशित एक चलचित्र फेसबुकको प्रिमियर शोका लागि दक्षिण कोरियातिर लागे पनि उनको अनुपस्थितिमै सुटिङ भइरहेको उनीद्वारा निर्देशित अर्को चलचित्र मेरो भ्यालेन्टाइनको सुटिङ कार्य पूरा भएको छ। 

 

आइतबार सुकेधारास्थित एक पार्टी प्यालेसमा नायिका निशा अधिकारीको कन्सर्ट दृश्यको अन्तिम सुटिङ कार्य गर्दै यो चलचित्रको इन्ड क्ल्याप गरिएको छ।

 

फस्ट इमेज इन्टरटेनमेन्टको ब्यानरमा सुशील श्रेष्ठको प्रस्तुति र निर्माणमा निर्माणाधीन चलचित्र मित्रता र प्रेमकथामा आधारित छ।

 

निर्देशक सुब्बाको लेखन, सुगम पोखरेल र स्वप्निल शर्माको गीत तथा संगीत, गोविन्द राई, नरेन्द्र लिम्बु र अराज केशको नृत्य र शम्भु सापकोटाको छायांकन रहेको चलचित्रमा बाबु बोगटी, निशा अधिकारी, स्वतन्त्रप्रताप शाह र सुस्मिता ढकालको मुख्य भूमिका रहेको चलचित्रमा सुगम पोखरेलले अतिथि भूमिकामा अभिनय गरेका छन्।

 

कमेन्ट राख्नुहोस्