| सुमिनाले माफी मागिन् |
| बिहिबार, 04 अप्रिल 2013 09:45 |
 |
 |
 |
|
| 
काठमाडौं । रंग पत्रकार विजय आवाजलाई धम्की दिने नायिका सुमिना घिमिरेले उक्त घटनाप्रति जिम्मेवारी लिदै माफी मागेकी छिन् ।
घिमिरेले चलचित्र पत्रकार संघ र पत्रकार महासंघलाई वोधार्थ बनाउँदै विज्ञप्ती जारी गरी माफी मागेकी हुन् । विज्ञप्तीमा सुमिनाले भनेकी छिन्, ‘म र पत्रकार विजय आवाज बीच केही समय अघि भएको टेलिफोन संवादमा म बाट व्यक्त भएका भनाई नियतबश नभई आवेशमा भएकाले फिर्ता लिन चाहन्छु ।’
उनले नेपाली पत्रकारिता क्षेत्रप्रति आफ्नो सदैव उच्च सम्मान रहने प्रतिबद्धता समेत व्यक्त गरेकी छिन् ।
|
| पछिल्लो परिमार्जन ( बिहिबार, 02 मे 2013 11:44 ) |
|
| खुल्ने भो किसुनजी कपाली सम्बन्ध |
| बिहिबार, 28 मार्च 2013 10:58 |
 |
 |
 |
|
| काठमाडौं । पुर्व प्रधानमन्त्री स्वर्गीय कृष्णप्रसाद भट्टराई र उनका सहयोगी अमित कपालीको सम्बन्धबारे धेरैले विभिन्न शंका उपशंका गरे । नेता भट्टराई अविवाहित रहेकै कारण उनीहरुको सम्बन्धले चर्चा पाएको थियो । अब यिनै नेताको सहयोगी कपालीसँग कस्तो सम्बन्ध थियो त ? यसबारेको किताब छापिने भएको छ ।
कवि एवं समालोचक हरि अधिकारीले भट्टराईको जीवनीमा आधारित उपन्यास ‘एक्लो नायक’ मा ती सम्बन्धबारे उजागार गर्न लागेका हुन् । ‘आउने उपन्यासमा अमित कपाली र भट्टराईको सम्बन्ध खुलेरै लेखिनेछ,’ उनले भने, ‘यसको लागि मिहेनत शुरु भइसकेको छ ।’
यति मात्र नभएर उनको जवानीका यौनसम्बन्ध पनि उपन्यासमा खुल्नेछ । विभिन्न सम्बन्ध शुरु भएपनि राजनीतिलाई समय दिदाँ ती विषयहरु गौणमा परेको भट्टराईको अभिव्यक्ति समेत अधिकारीले स्मारण गराए । विहिबार प्रकाशक याम्बुरी बुक प्वाइन्टले राजधानीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले सो कुरा उल्लेख गरेका हुन् । याम्बुरीले सो उपन्यास प्रकाशित गर्ने भएको छ ।
भट्टराईले प्रजातन्त्रमा अटल निष्ठा राखेकोले आफु आकार्षित भएको अधिकारीले बताए । उनले भने, ‘प्रजातन्त्रमा अटल निष्ठा राख्ने उनी एक्ला थिए, नेपाली इतिहासका प्रमुख घटनाहरुको साक्षी उनी एक्ला हुन् । हरेक घटनामा उनको भुमिका महत्वपुर्ण भएकैले यो उपन्यास लेख्ने प्रेरणा मिल्यो ।’
महत्वपुर्ण घटना भएकैले ती सबैमा अख्यानको जामा लगाएर उपन्यास तयार पार्ने उनले सुनाए । अधिकारीले भने, ‘अख्यानको जामा लगाएर आए पनि यो अभिलेख समेत हुनेछ । उनले साउनको अन्तिममा याम्बुरीलाई पाण्डुलिपी बुझाउने बताए ।
यसअघि गीतकार राजेन्द्र थापा लिखित् ‘खेलौना’ उपन्यास याम्बुरीले प्रकाशन गरिसकेको छ । तामाङ भाषाको साहित्यको खोज अनुसन्धानमा अघि बढेको याम्बुरीले अबका दिनमा नेपाली साहित्यलाई पनि उत्तिकै प्रथामिकता दिने मान्यता अनुरुप अधिकारीको उपन्यास प्रकाशन गर्न लागेको अध्यक्ष कुयाङ लामाले बताए ।
|
| पछिल्लो परिमार्जन ( आइतबार, 31 मार्च 2013 12:12 ) |
|
| करिश्माको घरमा कलाकारको होली |
| बुधबार, 27 मार्च 2013 10:22 |
 |
 |
 |
|
| काठमाडौं–अमेरिकाबाट फर्केपछि हरेक वर्ष झै करिश्माले यसपाला पनि आफ्नै घरमा विषेश होली कार्यक्रम आयोजना गरिन् ।
कार्यक्रममा होली खेल्न नेपाली कलाकारो बाक्लो उपस्थिति थियो । नम्रता श्रेष्ठ, झरना थापा, बेनिशा हमालदेखि वसुन्धरा भुसालसम्म उक्त कार्यक्रममा थिए ।
यस्तै नायक सुमन सिंह, मुकेश ढकाल, कलाकार संघका अध्यक्ष नबल खड्का पनि करिश्माको घरमा पुगेका थिए ।
|
| पछिल्लो परिमार्जन ( बुधबार, 27 मार्च 2013 10:43 ) |
|
| सन्नी लियोन आइटम गीतमा |
| सोमबार, 25 मार्च 2013 10:14 |
 |
 |
 |
|
| मुम्बई–चर्चित पोर्नस्टार सन्नी लियोन देशी गर्ल बनेर आइटम गीतमा नाचेकी छन् ।
उनी हालै सुट्आउट एट् वडाला गीतको मुम्बाईमा भएको सुटिङमा जोन आब्रहम र तुसर कपुरसँग नाचेकी हुन् ।
अहमद खानले कोरियोग्राफी गरेको उक्त गीतको नाचमा उनले घाँघर चोली लगाएकी थिइन् । गीत एकहप्तामै स्क्रिनिङ गर्ने निर्माण पक्षले जनाएको छ ।
|
| पछिल्लो परिमार्जन ( सोमबार, 25 मार्च 2013 12:27 ) |
|
| मिस नेपालको रुचि चित्रकलामा |
| शुक्रबार, 22 मार्च 2013 10:37 |
 |
 |
 |
|
| मिस नेपाल–२०१३ को ताज पहिरेकी इशानी श्रेष्ठले चित्रकलामा आफ्नो रुचि भएको बताएकी छिन् । उपाधि जितेपछि उनले सञ्चारकर्मीसँग सो कुरा बताएकी हुन् ।
‘मलाई चित्रकलामा विशेष रुचि छ । चित्रकार रागिनी उपाध्यायबाट पनि प्रभावित छु,’ इशानीले भनिन्, ‘फुर्सदमा चित्र कोर्ने गरेकी छु ।’
पिपुल्स डेन्टल कलेजमा पढ्दै गरेकी २१ वर्षे उनी मिस वल्डको प्रतियोगितामा सहभागी हुन तयारीमा जुटेकी छिन् ।
मिस वल्ड–२०१३ इन्डोनेसियामा असोज १२ मा आयोजना हुने पक्का भइसकेको छ ।
|
|
| दुतावासले तामाङलाई भिसा दिएन |
| बिहिबार, 21 मार्च 2013 10:58 |
 |
 |
 |
|
| काठमाडौं । एक कार्यक्रमका लागि अमेरिका जान भिसा आवेदन दिएका कलाकार रविन तामाङलाई दुतावासले भिसा अस्वीकार गरिदिएका छन् । आफ्नो फेसबुकको स्ट्यटसमा उनले लेखेका छन्, ‘दुइपटक हङकङ, दुईपटक अष्ट्रेलिया, जापान र युके पुगेर फर्केका हामीलाई अमेरिकाले भिसा दिएन ।’
छड्के फिल्ममा समेत अभिनय गरिसकेका तामाङ न्यु रिभुलुसन समुहसहित अमेरिका जाने योजनामा थिए । दुतावासको त्यस्तो कार्यले अमेरिकामा रहेको आफ्नो फ्यानमाझ प्रस्तुत हुने मौका गुमेको उनले उल्लेख गरेका छन् ।
|
| पछिल्लो परिमार्जन ( आइतबार, 24 मार्च 2013 12:11 ) |
|
| सञ्जय दत्तलाई सुनाइयो जेल सजाय |
| बिहिबार, 21 मार्च 2013 09:54 |
 |
 |
 |
|
| नयाँ दिल्ली । बलिउड अभिनेता सञ्जय दत्तलाई भारतीय सर्वोच्च अदालतले विहिबार ५ वर्षको जेल सजाय सुनाएको छ । यसअघि मुम्बाईस्थित अर्थर रोड जेल र पुनेमा रहेको सेन्ट्रल जेलमा गरी १६ महिना जेल बसिसकेका ५२ वर्षे स्टारलाइ चार हप्ताभित्र पक्राउको आदेश समेत दिएको छ ।
सजाय सुनेपछि सञ्जय निकै दुःखी भएको र उनको आँखा रसाएको बताइएको छ ।मुम्बाईमा सन् १९९३ भएको बम विस्फोटमा उनले सहयोग गरेको र हतियार साथमा राखेको अभियोगमा अदालतले यो सजाय सुनाएको हो । अर्का आरोपी याकुब मेनानलाई भने मृत्युदण्डको सजाय सुनाएको छ । यसअघि नै १६ महिना जेल बसिसकेकाले ३ वर्ष मात्र जेल बस्नुपर्ने एजेन्सीले जनाएको छ ।
|
| पछिल्लो परिमार्जन ( आइतबार, 24 मार्च 2013 12:12 ) |
|
| मिस नेपालमा चुनिन काठमाडौकी इशानी |
|
| 
काठमाडौं– योवर्षको मिस नेपालको ताज इशानी श्रेष्ठको हातमा परेको छ । यस प्रतियोगितामा भाग लिएका १७ जना अन्य प्रतिस्पर्धीलाई उछिन्दै इशानी मिस नेपाल बन्न सफल भएकी हुन् । मिस नेपाल प्रतियोगिता जितेपछि अब इशानीले मिस वल्र्ड सन् २०१३ मा नेपालको तर्फबाट सहभागीता जनाउनेछिन् ।
बुधबार राजधानीको प्रज्ञा भवनमा सम्पन्न भएको मिस नेपाल २०१३ को अन्तिम छनोट चरणमा इशानीले मिस नेपाल उपाधिका साथमा नगद ५० हजार रूपैयाँ समेत जितेकी छन् ।
उनलाइ पूर्व मिस नेपाल सृष्टी श्रेष्ठले मिस नेपालको ताज लगाइदिएकी थिइन् । उक्त कार्यक्रममा उनलाइ सोधिएको 'एकल परिवार वा संयुक्त परिवार मध्ये कुन चाँही मन पराउनु हुन्छ र किन ?' भन्ने प्रश्नको जबाफ राम्रो दिएपछि उनी प्रतियोगिताका अन्य पाँच जना प्रतियोगीलाइ जित्दै मिस नेपाल बन्न सफल भइन् । उनलाइ प्रतियोगिताका प्रमुख निर्णायक तथा पूर्व मूख्यसचिव तीर्थमान शाक्यले उक्त प्रश्न सोध्नुभएको थियो ।
त्यसैगरि यस वर्षको मिस नेपाल प्रतियोगिताको फस्र्ट रनरअपमा रोजिशा शाही घोषित भएकी छन् । उनले नगद ३५ हजार रूपैयाँ जितेकी छन् ।
|
|
| सहायता राशि जुटाउने उद्देश्यले जेम्सीले आफ्नो सिर मुडाइन |
|
| 
काठमाडौ– पप स्टार जेस्सी जे ले ब्रिटेनको एक संस्था 'कमिक रिलीफ' का लागि सहायता राशि जुटाउने उद्देश्यले आफ्नो सिर मुडाएकी छन् ।
संस्थालाइ यस बापत ५ लाख पाउण्को सहायता रकम प्राप्त हुनेछ ।
एक वेबसाइट 'फीमेलफर्स्ट डट को डट यूके' को एक समाचार अनुसार जेस्सी ले यसो गर्नु निकै अनौठो अनुभव भएको बताउँदै, आफ्नो यस कार्यले आफ्नी आमा खुशीले रोएको बताएकी छन्।
उनले आफ्नो कपाल काटेर सहायता राशि जुटाउन चाहन्थिन, किनकी यो पांच मिनेटको कार्यक्रम भन्दा धेरै समय लाग्ने थियो ।
उनले ट्वीटरमा आफ्ना प्रसंसकहरूलाइ धन्यवाद दिँदै परिवर्तनको शुरूवात गर्नु पर्ने बताएकी छन् ।
जेस्सीले इन्स्टेग्राममा आफ्नो फोटो राखेर प्रसंसकहरूलाइ अझ धेरै दान दिनका लागी प्रोत्साहित समेत गरेकी छन् ।
|
|
|
|
|
Page 3 of 14 |