| नेपाली राष्ट्रिय क्रिकेट टोलीको विजयी यात्रा जारी | ||||
|
|
२५ माघ, काठमाडौं । भारत भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आफ्नो विजयी यात्रा कायमै राखेको छ । लगातार पाँचौ जित हात पार्ने क्रममा नेपालले बुधबार भएको ट्वान्टी-२० क्रिकेटमा इस्लाम जिमखानालाई ३१ रनले पराजित गरेको छ । नेपालले प्रस्तुत गरेको २ सय ७ रनको लक्ष्य पछ्याएको जिमखाना २० ओभरमा १ सय ७५ रनमा समेटियो । उसलाई सस्तैमा समेट्ने क्रममा नेपालका कृष्ण कार्कीले चार विकेट लिए । यसअघि अनिल मण्डलको अविजित १ सय ७ रनको मदतमा २० ओभरमा ४ विकेटको क्षतिमा २ सय ६ रन बनाएको थियो । अनिलले माज्ञ ५८ बलमा १ सय ७ रन बनाएका हुन् । यस्तै विनोद भण्डारीले अविजित ३६ रन बनाए भने कप्तान पारस खड्काले १९ रन बनाए । आईसीसी विश्वकप ट्वान्टी-२० को छनोट खेलको तयारीमा रहेको नेपाल अभ्यास खेलका लागि मुम्बई भ्रमणमा छ । नेपालले यसअघि खेलेको चारबटै खेल जितेको थियो । |




