|
भलिबल खेलाडीलाई सम्मान |
|
बुधबार, 11 जुलाई 2012 21:11 |
|
|
|
|
|
सुदिप पन्त
लस एन्जलस— नेपाल अमेरिका एकता समाजले एएनए सम्मेलनमा आयोजित भलिबल प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने लसएन्जलस टिमलाई सम्मान गरेको छ । गत जुलाईको ८ तारिख आयोजित कार्यक्रममा समाजका अध्यक्ष् उमा थापाले खेलाडीहरुलाई प्रसंसा पत्र प्रदान गदै सिंगो लसएन्जलसका नेपाली समाजलाई अमेरिकाभरि चिनाउनमा मद्धत पुर्याएको बताउनुभएका थिए । कार्यर्क्रममा उत्कृष्ठ खेलाडी गंगा बहादुर बस्नेतले प्रबासमा बसेर पनि खेलमा भाग अझै हौसल्ला मिलेको बताएका थिए । त्यस्तै टिम क्याप्टेन विमल गुरागाईले समाजले खेलाडीहरुप्रति दिएको यस किसिमको सम्मानले खेलाडीहरुमा जोश जागार बडनुका साथै नया पुस्तालाई खेलप्रति आर्कषिर्त गर्न सकिने धारण व्यक्त गरेका थिए । कार्यक्रममा स्थानीय विभिन्न नेपाली संघसंस्थाहरुका प्रतिनिधि लगायत स्थानीय नेपालीहरुको बाक्लो उपस्थिति रहेका थिए ।
|
|
पछिल्लो परिमार्जन ( बुधबार, 11 जुलाई 2012 21:18 )
|