| भारोत्तोलनमा नेपाललाई ६ स्वर्ण पदक | ||||
|
|
काठमाडौ, १३ चैत । पहिलो दक्षिण एसियाली भारोत्तोलन प्रतियोगितामा नेपालले ६ स्वर्ण पदक प्राप्त गरेर भारोत्तोलनमा इतिहास कायम गरेको छ। नेपालले यो प्रतियोगितामा ६ स्वर्ण, ९ रजत र १२ काँस्य पदक प्राप्त गरेको छ।
नेपालगञ्जको कभर्डहलमा भएको प्रतियोगिताअन्तर्गत शनिबार महिलाको ६९ केजी तौल समूहमा नेपालकी तारा पुनले स्न्याच, क्लिन एन्ड जर्क र कुल गरी तीन स्वर्ण प्राप्त गरिन्। नेपाल प्रहरीकी ताराले स्न्याचमा ६३ केजी, क्लिन एन्ड जर्कमा ९० केजी गरी कुल १५३ केजी वजन उचालेकी थिइन्।
सोही तौल समूहमा राजलक्ष्मी थापाले स्न्याच, क्लिन एन्ड जर्क र कुल गरी तीन रजत पदक हात पारिन्। उनले क्रमशः ५६ केजी, ६८ केजी गरी कुल १२४ केजी वजन उचालिन्।
नेपालका अनिल मल्लले शुक्रबार पुरुषको ६९ केजी तौल समूहमा स्न्याच, क्लिन एन्ड जर्क र कुल गरी तीन स्वर्ण पदक प्राप्त गरेका थिए। त्यसैगरी ७५ केजी |




