| पाच नेपाली कराते खेलाडीलाई स्वर्ण पदक | ||||
|
|
न्युयोर्क १७ औ हिराल्डो काई कराते टुर्नामेन्टमा नेपालको इन्टरनेशनल मार्सल आर्टस एसोसियसनको ५ जना कराते खेलाडीले स्वर्ण पदक जितेका छन । न्युयोर्कको एल्कर सेन्टरको नर्थेन भ्लुबर्ड हलमा आयोजित उक्त टुर्नामेन्टमा एसोसियसनका १३ जना खेलाडीहरुले भाग लिएको मध्ये ५ स्वर्ण, ८ कास्य र ७ रजत पदक जितेका छन । विभिन्न मुलुकको ३ सय भन्दा बढि खेलाडीहरु वीच भएको उक्त टुर्नामेन्टमा इन्टरनेशनल मार्सल आर्टस एसोसियसनका प्रमुख प्रशिक्षक शान्त ठोकर, सहायक प्रशिक्षक पारखी राई, नेपाल सितेरिया करातेका खेलाडी तथा प्रशिक्षक सम्बर गोले र मकेन्द बहादुर सिंहले टुर्नामेन्टमा रेफी्र र निर्णयकको भुमीका निभाएका थिए । नेपाली कराते प्रशिक्षक शान्त ठोकरद्धारा न्युयोर्कको उडसाइडमा सञ्चालित उक्त डोजोबाट यस अघि पनि न्युयोर्कको लङआइल्याण्डमा आयोजना भएको रियोज इन्टरनेशनल कराते डो च्याम्पीयनसीपमा १० जना खेलाडीले स्वर्ण पदक जितेका थिए । डोजोद्धारा जारी गरेकेा प्रेश विज्ञाप्तीका अनुसार यस पटक गत मे को पहिलो हप्ता आयोजना भएको उक्त टुर्नामेन्टमा स्वर्ण पदक जित्नेहरुमा दिपक राई, अरुण राई, तेन्जिङ शेर्पा, पासाङ शेर्पा र काल्देन रहेका छन । प्रतियोगितामा भाग लिएका खेलाडीहरुले काटा प्रर्दशनको साथै कुमुते तर्फ ती पदक जितेका थिए । त्यस्तै कास्य पदक जित्नेहरुमा काल्देन शेर्पा, शिसिर ठोकर, ल्हाक्पा सोना शेर्पा, कुन्साङ शेर्पा, तेन्जिङ कुन्याब शेर्पा, नोदेन लामा र छिरिङ शेर्पा थिए । त्यस्तै रजत पदक जित्नेहरुमा ल्हाक्पा सोनाम शेर्पा, तेन्जिङ कुन्क्याब शेर्पा, नोर्देन लामा र फुर्वा शेर्पा रहेको छ । |
| पछिल्लो परिमार्जन ( शनिबार, 26 मे 2012 19:00 ) |





