दर्ता तथा प्रवेश
खेल
ट्वान्टी ट्वान्टी क्रिकेट छनौटमा नेपाल नेदरल्याण्डस्सँग पराजिज
PDF Print E-mail

काठमाडौ, ६ चैत । दुबईमा जारी आईसीसी विश्वकप छनौट ट्वान्टी, ट्वान्टी क्रिकेटमा नेपाल सोमवार नेदरल्याण्ड्ससँग ६ विकेटले पराजित भएको छ । नेदरल्याण्डस्सँगको खेलमा नेपाली ब्याट्स्म्यानहरुको प्रदर्शन जम्न नेपालले सम्मानजनक रन बनाउन सकेन र खेलमा पराजित भयो ।


अहिलेसम्म ६ मध्ये ३ खेलमा जित र ३ मा हार बेहोरेको नेपालको आजको हारसँगै अघिल्लो चरणमा जाने बाटो भने बन्द भएको छ । 

 
अभिजितलाई सूर्य मास्टर्स उपाधि
PDF Print E-mail

काठमाडौँ, ५ चैत । भारतका युवा गल्फर अभिजित चढ्ढाले शनिबार सूर्य नेपाल मास्टर्स-२०१२ को उपाधि जितेका छन् ।

 

सूर्य मास्टर्स गल्फको १९औँ संस्करणको अन्तिम चरण सुरु हुनुअघि अभिजितसहित घरेलु आशा शिवराम श्रेष्ठ र ४४ वषर्ीय पूर्व भारतीय ओपन विजेता विजयकुमार पनि आठ अन्डरको प्रदर्शनमा थिए तर अन्तिम दिन २० वर्षीय अभिजितले चार अन्डर ६८ को प्रदर्शन गर्दै आˆना प्रतिद्वन्द्वीलाई सहजै पाखा लगाए।

 

विजयकुमार उपविजेता बने भने शिवराम र मुकेश कुमारले संयुक्त रूपमा तेस्रो स्थान बनाएका छन्।

विजयकुमारले ७२ को इभन कार्ड बनाएका थिए। शिवरामले शनिबार एक ओभर ७३ मा खेले। मुकेश दुई अन्डर ७१ को प्रदर्शनसहित तेस्रो स्थानमा उक्लेका हुन्। राजु अली मोल्लाह र गौरव प्रतापसिंह कुल चार अन्डर २८४ सहित पाँचौँ स्थानमा रहे।

 

राजुले अन्तिम चरणमा ६८ को कार्ड बनाएका थिए। उता एमेच्योर वर्गमा आठ ओभर २८६ को कार्डसहित प्रथम भएका टासी छिरिङ समग्रमा २५औँ स्थानमा रहे।

 

 

अभिजितले उपाधिपछि छ लाख ४६ हजार छ सय रुपियाँ हात पारे। विजयकुमारको भागमा चार लाख ४६ हजार छ सय रुपियाँ पर्‍यो। मुकेश र शिवरामले जनही दुई लाख २६ हजार छ सय रुपियाँ जिते।

 
प्रधानमन्त्रीपुत्री मानुषि क्यानमा नबस्ने
PDF Print E-mail

काठमाडौ, ४ चैत । प्रधानमन्त्री डा बाबुराम भट्टराईले दवावमा आफ्नी छोरी मानुषि यमि भट्टराई लाई नेपाल क्रिकेट संघ क्यानको सदस्य बनाएको भन्ने समाचारको खण्डन गर्दे मानुषिले सो पदमा नरहने घोषणा गरेकी छिन । 


शनिवार एक विज्ञप्ति प्रकाशित गरी उनले क्रिकेट संघमा आफूलाई राखियोस् भनेर कहिल्यै नभनेको र प्रधानमन्त्रीलाई समेत यो विषमा कुनै जानकारी नरहेको दावी गरेकी छिन । 


उनले विज्ञप्तिमा भनेकी छिन–‘प्रधानमन्त्रीपुत्री’ का रुपमा मलाई क्रिकेट संघमा नियुक्ति गरिएको भन्दै एउटा वृत्तबाट भ्रम सृजना गर्न खोजिएको र प्रधानमन्त्रीलाई अनावश्यक रुपले विवादमा तान्न खोजिएकाले क्रिकेट संघको सदस्य पदमा नरहने जानकारी गराउँदछु ।


क्रिकेटको विकास एवं प्रवद्र्धनमा युवाविद्यार्थीहरुको पक्षमा मेरो क्रियाशिलता आगामी दिनमा पनि रहने छ । 

 
नेपाल र आफगानीस्तानविच कसाकसि
PDF Print E-mail

काठमाडौ, ३ चैत । यूएईमा जारी ट्वान्टी ट्वान्टी विश्वकप क्रिकेट छनोट प्रतियोगितामा शुक्रवार नेपालले आफगानीस्तानसँग प्रतिस्पर्धा गर्दैछ ।

 

बिहीवार पपुवा न्युगिनीसँग पराजित नेपालले बिहीवार प्रतियोगिताको दावेदार मानिएको वान डे माता प्राप्त आफगानीस्तानसँग प्रतिस्पर्धा गर्न लागेको हो । 

 

नेपालको अबको यात्रा भने निकै कठिन देखिन्छ । बाँकी २ खेलमा पनि नेपालले प्रतियोगिताको दावेदार मानिएका वान डे मान्यता प्राप्त नेदरल्याण्डस् र क्यानडाको सामना गनुपर्नेछ ।

 

पहिलो खेलमा हङकङ र दोस्रो खेलमा डेनमार्क विरुद्ध नेपाल भने विजयी भएको थियो । नेपाल र आफगानीस्तानको खेलसँगै शुक्रवार पनि आठ ओटा खेल हुँदैछ ।

 

 
नेपाललाई पपुवा न्यूगिनिको दह्रो चुनौति
PDF Print E-mail

काठमाडौ, २ चैत । यूएईमा जारी आईसीसी विश्वकप ट्वाईन्टी ट्वान्टी क्रिकेट प्रतियोगिताको छनौट खेलमा पपुवा न्यूगिनिले नेपाललाई दह्रो चुनौति दिएको छ ।

 

जारी खेलमा टस जितेर फिल्डीङ रोजेको नेपाली टोलीका बलरहरुले कसिलो बलिङ गर्न नसक्दा पपुवा न्यूगिनिले नेपाल विरुद्ध पुरै ओवर खेलेर मात्र ८ विकेटको नोक्सानीमा  १३७  रन बनायो ।

 

पपुवा न्यूगिनिकालागी गोरियन्ट जोनले महत्वपूर्ण ३२ रनको योगदान दिएका थिए ।

 

नेपाली बलरहरु पारस खड्का, बसन्त रेग्मी,  चन्द्र साउद र मेहबुब आलमले एक एक विकेट हात पारेका थिए भने शक्ति गौचनले दुई विकेट लिएका थिए । । अहिले नेपाल ब्याटिङमा रहेको छ ।

 
डेनमार्क विरुद्ध नेपालको सानदार विजय
PDF Print E-mail

काठमाडौ, १ चैत ।  आईसीसी ट्वान्टी–ट्वान्टी विश्वकप क्रिकेट छनोट खेलमा बुधबार बलरहरुको उत्कृष्ट प्रर्दशनले डेनमार्क विरुद्धको खेलमा नेपालले सानदार जित हासिल गरेको छ ।  


शक्ति  गौचनले ह्याट्रिक सहितको लिएको चार विकेटको मद्दतले १९ ओभर अलआउट गर्दै  डेनमार्कलाई ८२ रनमा समेटेको नेपालले सो लक्ष्य एक मात्र खेलाडी गुमाएर पुरा गर्यो । नेपालले १२ दशमलब ४ ओवरमा मात्र एक विकेट गुमाएर ८५ रन बनाएको थियो ।


अन्तिममा प्रदिम ऐरीले  सानदार विजयी छक्का प्रदान गरेका थिए ।उनले खेलमा हाफ सेन्चुरी भन्दा बढीको स्कोर गरेका थिए ।  परेस लोहनी एकमात्र खेलाडी आउट भएका थिए । आजको खेलमा प


सोह्र टिमको सहभागिता रहने प्रतियोगिताका उत्कृष्ट दुई टिमले यसै वर्षको सेप्टेम्बरमा श्रीलंकामा हुने विश्वकपमा खेल्न पाउने छन् । ८–८ टिमलाई दुई समूहमा विभाजन गरिएको छ । समूहका उत्कृष्ट ३ टिमले प्लेअफ खेल्छन् ।


६ टिमको सहभागिता रहने प्लेअफबाट उत्कृष्ट दुई टिमको छनोट गरिने छ । प्रतियोगिताको समूह ”ए” मा नेपाल, अफगानिस्तान, क्यानडा, पपुवा न्युगिनी, हङकङ, बर्मुडा र डेनमार्क छन् । समूह ”बी” मा आयरल्यान्ड, केन्या, स्कटल्यान्ड, नामिबिया, युगान्डा, ओमान, इटाली र अमेरिका छन् ।

 
नेपाली बलिङको सामू डेनमार्कको निरिह प्रर्दशन
PDF Print E-mail

काठमाडौ, १ चैत ।  आईसीसी ट्वान्टी–ट्वान्टी विश्वकप क्रिकेट छनोट खेलमा बुधबार नेपाली बलरहरुले डेनमार्क विरुद्ध सशक्त प्रर्दशन गरेका छन् । 

 

नेपालको सानदार प्रदर्शनमा ह्याट्रिक गरेका शक्ति  गौचनले चार विकेट लिएका थिए  । अहिलेसम्मको अवस्थामा १९ ओभर अलआउट हुँदै  डेनमार्क ८२ रनमा समेटिएको छ । 

 

सोह्र टिमको सहभागिता रहने प्रतियोगिताका उत्कृष्ट दुई टिमले यसै वर्षको सेप्टेम्बरमा श्रीलंकामा हुने विश्वकपमा खेल्न पाउने छन् । ८–८ टिमलाई दुई समूहमा विभाजन गरिएको छ । समूहका उत्कृष्ट ३ टिमले प्लेअफ खेल्छन् ।

 

६ टिमको सहभागिता रहने प्लेअफबाट उत्कृष्ट दुई टिमको छनोट गरिने छ । प्रतियोगिताको समूह ”ए” मा नेपाल, अफगानिस्तान, क्यानडा, पपुवा न्युगिनी, हङकङ, बर्मुडा र डेनमार्क छन् । समूह ”बी” मा आयरल्यान्ड, केन्या, स्कटल्यान्ड, नामिबिया, युगान्डा, ओमान, इटाली र अमेरिका छन् ।

 
टी ट्वान्टी विश्वकप छनौटमा खेलमा नेपालको विजयी सुरुवात
PDF Print E-mail

काठमाडौ, ३० फागुन । यूएईमा मंगलवारबाट सुरु भएको टी ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिताकोलागी छनौट खेलमा नेपाली टोलीले विजयी सुरुवात गरेको छ । 


नेपालले पहिलो ब्याटीङ गरेर बनाएको १ सय ३० रनको लक्ष्य पछ्याउने क्रममा हङकङ १ सय रनमा समेटिएपछि नेपालले प्रतियोगितामा विजयी सुरुवात गरेको हो ।

 
एएफसी च्यालेन्ज कपमा फिलिपिन्स सेमीफाइनल प्रवेश
PDF Print E-mail

काठमाडौ, ३० फागुन । राजधानीमा जारी एएफसी च्यालेन्ज कप फुटबल प्रतियोगिता अन्तर्गत समूह चरणको मंगलवार   भएको अन्तिम खेलमा फिलिपिन्स र उत्तर कोरिया विजयी भएका छन् ।


दशरथ रङ्गशालामा भएको खेलमा उत्तरकोरियाले भारतलाई ४–० गोल अन्तरले हराएको हो । यसैगरी हलचोक मैदानमा भएको अर्को प्रतिस्पर्धामा फिलिपिन्ससँग ताजकिस्तान २–१ ले पराजित भएको हो ।


यो जितपछि समूह बी मा उपविजेता बनेको फिलिपिन्स अन्तिम चारमा पुग्न सफल भएको छ । यसैबीच राष्ट्रिय टोलीबाट दुई खेलाडीलाई सेनाले जनर्जस्ती लगेको सम्बन्धमा संसदको राज्यव्यवस्था समितिले प्रधानमन्त्री सेनापति छत्रमान गुरूङसँग स्पष्टीकरण मागेको छ ।


यस विषयमा छिटोभन्दा छिटो जवाफ दिन पठाइएको पत्रमा खेलाडी जबर्जस्ती लग्नुको कारण के हो, खुलाएर पठाउन आग्रह गरिएको छ । 

 
एएफसी च्यालेन्ज कपमा खेलिरहेका खेलाडिलार्इ सेनाले लग्यो
PDF Print E-mail

काठमाडौ, २९ फागुन । एएफसी च्यालेन्ज कप चलिरहदा नेपाली सेनाको त्रिभुवन आर्मी क्बलले  प्रतियोगितामा सहभागी आफ्ना तीन मध्ये दुई खेलाडीलाई फिर्ता लगेको छ।


मिड फिल्डर राजु तामाङ र गोल रक्षक विकास मल्ललाई फिर्ता लगेका हुन् । आइतवार राति साढे ११ बजे गोदावरीस्थित नेपाली टोली बसेको होटल भ्यु भृकुटीमा आएर मिड फिल्डर राजु तामाङ र गोल रक्षक विकास मल्ललाई फिर्ता लगेका हुन् ।


अर्का खेलाडी टंक बस्नेतलाई भने नलगेको एन्फा श्रोतले बताएको छ । नेपाली टोलीका प्रशिक्षक ग्राहम रोबर्टले ती खेलाडीलाई लैजानबाट रोक्ने प्रयास गरे पनि उनीहरूले नमानेको श्रोतले जनाएको छ ।


उपत्यकामा २६ फागुनबाट नेपाली सेनाको आयोजनामा सञ्चालित प्रथम दक्षिण एसियाली सैनिक खेलकुद प्रतियोगिता सञ्चालन भइ रहेको छ ।  


त्यही प्रतियोगितामा सहभागी गराउन ती खेलाडीलाई लगेको सेनाले बताएको छ।

 


Page 6 of 9