दर्ता तथा प्रवेश
राजनीति
रेग्मी र प्रचण्ड बीच छलफल
आइतबार, 19 मे 2013 10:37    PDF Print E-mail

काठमाडौं, ५ जेठ । अन्तरिम चुनावी मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी र एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच आइतबार बिहान बालुवाटारमा छलफल भएको छ ।

छलफल मुलुकको पछिल्लो राजनीतिक अवस्था र त्यसको निकासबारे केन्द्रित रहेको प्रचण्डका सहयोगी शिव खकुरेलले जानकारी दिए ।

करिब आधाघण्टाको भेटमा संविधानसभाको सिट संख्या, दलको मान्यताको लागि ल्याउनुपर्ने न्यूनतम मत सीमा (थ्रेसहोल्ड), फौजदारी कसुरका व्यक्तिहरुले चुनावमा उठन पाउने नपाउनेलगायतका विषयमा निर्वाचन अध्यादेशमा दलहरुबीच देखिएका विवाद समाधानका लागि हालसम्म भइरहेको प्रयास र निकास लगातय विषयमा छलफल भएको थियो ।

 
जनजाति महासंघको कार्यालयमा तोडफोड
आइतबार, 19 मे 2013 10:29    PDF Print E-mail

डडेलधुरा, ५ जेठ । नेपाल आदिवासी जनजाति महासंघ जिल्ला कार्यालय डडेलधुरामा आइतबार अज्ञात व्यक्तिहरुले आगजनी र तोडफोड गरेका छन् ।

उद्योग बाणिज्य संघको कार्यालय नजिकै रहेको भवनको कार्यालय कोठाभित्र आगजनी गरिएको छ ।

कार्यालयभित्र तोडफोड र आगजनी भएको डडेलधुरा जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

महासंघका पदाधिकारीका अनुसार कागज पत्र चोरी समेत भएका छन् ।
ुआगलागी कस्ले गरेको हो भन्ने पत्ता नलागेको महासंघका सचिव राजेन्द्र मगरले बताए ।

 
चुनाव हुन्छ, ढुक्क हुनुस–देउवा
आइतबार, 19 मे 2013 10:20    PDF Print E-mail

कञ्चनपुर, ५ जेठ । काँग्रेस वरिष्ठ नेता शेरबहादुर देउवाले संविधानसभाको चुनाव हुनेमा आफू विश्वस्त रहेको वताएका छन् ।

नेपाल प्रेस युनियन कञ्चनपुरले आइतबार महेन्द्रनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा देउवाले चुनावबारे कुनै शंका नगर्न अनुरोध गरे ।

३३ दल सहमतिमा आई चुनावमा भाग लिने दाबी गर्दै उनले संविधान निर्माणको लागि जनमत आवश्यक भएकोले चुनाव हुनैपर्ने बताए ।

पहिलो संविधानसभाको चुनावमा नेपाली काँग्रेसले बहुमत नल्याएकोले संविधान नबनेको दोहो¥याउदै उनले काँग्रेसले जित हासिल गरे मात्रै जनताको संविधान बन्न सक्ने बताए ।

 
‘स्वास्नी मारें, छोराछोरी हेर्न’
आइतबार, 19 मे 2013 10:14    PDF Print E-mail

लहान, ५ जेठ । सिरहाको दक्षिणी गाढा–९ का श्यामसुन्दर महतोले शनिबार राति आफ्नै श्रीमती बबितादेवीलाई गोली हानी हत्या गरेका छन् ।

श्रीमतीलाई हत्या गरे लगत्तै महतो फरार रहेको वडा प्रहरी कार्यालय लहानले जनाएको छ । ‘मैले स्वास्नी मारे, छोराछोरीलाई हेरिदिन,’ आफ्नै साढुभाई नन्दीलाल महतोलाई यसो भन्दै उनी फरार भएको बुझिएको छ । महतोले छोराछोरी पनि साढुभाईको घरमा छाडेका छन् ।

सूचना पाएलगत्तै प्रहरी घटनास्थल पुग्दा सात दशमलव ६ एमएमको पेस्तोलको गोलीको खोका र खाली म्यागेजिन भेटिएको प्रहरीले जनाएको छ ।

पछिल्लो परिमार्जन ( आइतबार, 19 मे 2013 10:23 )
 
अलकायदाका पाँच सदस्य मारिए
आइतबार, 19 मे 2013 09:48    PDF Print E-mail

यमन, ५ जेठ । अमेरिकी चालकरहित विमानको आक्रमणमा परी यमनको दक्षिणी प्रान्त अबियानमा शनिबार अल–कायदा आतंककारी मारिएको जनाएको छ ।

यमनसँग सम्बन्धित ती आतंककारीलाई लक्ष्ति गर्दै अमेरिकाले अबियान प्रान्तको जार सहरमा तीन वटा रकेट आक्रमण गरिएको थियो । सो आक्रमणमा परी दर्जनौ घाइते भएको जनाइएको छ ।

राष्ट्रपति मन्सोअर हादीले सत्ता सम्हाले यता अमेरिकी चालकरहित विमान आक्रमणमा दर्जनौ आतंककारीको मृत्यु भइसकेको दाबी समाचारहरुमा गरिएको छ ।

 
माओवादीले ५ क्विन्टल खाद्यन्न लुटे
शनिबार, 18 मे 2013 10:37    PDF Print E-mail

मुगु, ४ जेठ । घुम्ती सेवाका लागि लगिएको ५ क्वीन्टल खाद्यन्न नेकपा–माओवादीले लुटेको स्थानीयले बताएका छन् । जिमा गाविसको सोरुकोटमा लादै उक्त खाद्यान्न नेकपा माओबादी कार्यक्रताहरुले शुक्रबार राति लुम्लाकाँघबाट लुटेको बुझिएको छ ।

घुम्ती सेवा संचालन गर्न शनिबार बिहान जिल्लास्थित सम्पूर्ण कार्यालय प्रमुख त्यसतर्फ निस्कने तयारमा छन्। उनीहरुभन्दा अगाडि पठाइएको खाद्यान्न माओबादीले लुटेर लगेका हुन् ।

खाद्यन्न लुटिएकोबारे प्रहरीले भने अनभिज्ञता प्रकट गरेको छ । जिल्ला प्रहरी कार्यालय मुगुले आफुहरुलाई लुटबारे कुनै जानकारी नभएको बताएको छ ।

 
महतो आमरण अनसन बस्ने
शनिबार, 18 मे 2013 10:29    PDF Print E-mail

बाँके, ४ जेठ । सद्भावना पार्टीले विभिन्न १० बुँदे माग राख्दै गरेको आन्दोलनको सरकारले वेवास्ता गरेको भन्दै पार्टी अध्यक्ष राजेन्द्र महतोले आफै आमरण अनसन बस्ने घोषणा गरेका छन् । महतो आइतबारदेखि अमरण अनसनमा बस्ने जनाएको छ । 

उक्त पार्टीले संविधानसभा चुनावको मिति घोषणा लगायतका १० बुँदे माग राख्दै आन्दोलन गरिरहेको छ ।
सरकार जिम्मेवारीबाट पञ्छिन खोजेकोले आफु आमरण अनसन बस्न बाध्य भएको महतोले बताए ।

चुनावको मिति घोषणा, आवश्यक चुनाव क्षेत्र पुनः निर्धारण आयोग अविलम्ब गठन, नागरिकता वितरण निर्देशिका–२०७० संशोधन गरी आमाका नामबाट पनि नागरिकता प्रदान गर्नुपर्ने लगायतका माग सदभावना पार्टी आन्दोलनमा छ ।

 
‘चारदलीय सिन्डिकेट तोड्नुपर्छ’
शनिबार, 18 मे 2013 10:27    PDF Print E-mail

पोखरा, ४ जेठ । चारदल भित्रै पर्ने नेपाली कांग्रेस सभापति सुशील कोइरालाले नै चार दलीय सिण्डिकेट तोड्नुपर्ने बताएका छन् । कोइरालाले शनिबार पोखरामा एक कार्यक्रममा सहभागी हुने क्रममा सो विचार राखेका हुन् ।
उनले देशलाई संविधानसभाको चुनावले मात्र निकास दिने भएकोले चार दलीय सिण्डिकेट तोडेर सबै दललाई चुनावमा सहभागी गर्नुर्नेमा जोड दिएका थिए ।

ुदयाशंकर स्मृति पत्रकारिता पुरस्कार वितरण समारोहमा पुगेका कोइरालाले साना दलका सबै नेताहरु सहमतिमा आउने विश्वास व्यक्त गरे । उक्त पुरस्कार कोइरालाले सुनौलो पव्लिकेशन प्रालि पोखराका अध्यक्ष गंगाधर पराजुलीलाई प्रदान गरे । पुरस्कारको राशी ३३ हजार तीन सय ३३, सम्मान पत्र र दोसल्ला रहेको छ ।

पोखरामा रहेर दुई दशकभन्दा बढी समयसम्म निरन्तर पत्रकारितामा रहेका पराजुली नेपाल प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष समेत हुन् ।

सामुदायिक रेडियो सुनौलो एफ। एम। १०२।२ मेघाहर्जका कार्यकारी निर्देशक समेत रहेका पराजुलीले विभिन्न सञ्चारगृहमा काम गरिसकेका छन् ।

 
एमाले पहिलो शक्ति बन्छ–खनाल
शनिबार, 18 मे 2013 10:08    PDF Print E-mail

काठमाडौं, ४ जेठ । चुनावको मिति अझै तोकिएको छैन तर दलहरु भने चुनावको परिणामबारे अनुमान गर्न थालिसकेका छन् । यही क्रममा एमाले अध्यक्ष झलनाथ खनालले आगामी चुनावमा एमाले देशको पहिलो शक्तिका रुपमा स्थापित हुने दाबी गरेका छन्। 

बीसौँ मदन–आश्रित स्मृति दिवसका अवसरमा पार्टी मुख्यालय मदन नगर बल्खुमा आयोजित कार्यक्रममासो भनाई राखेका हुन् । उनले पहिलो संविधानसभाको चुनावमा एमाओवादी पहिलो पार्टी बनेकै कारण संविधान बन्न नसकेको आरोप लगाए ।
चुनावमा पहिलो शक्तिका रुपमा स्थापित हुँदै संविधान निर्माणसहितका कामलाई निष्कर्षमा पुर्‍याउने काम एमालेको रहेको उनले दाबी गरे। कम्युनिष्ट आन्दोलनमा मदन भण्डारी र जीवराज आश्रितले महत्वपूर्ण योगदान पुर्‍याएको चर्चा गर्दै उनले नेता द्वयको सिद्धान्तमा आधारित भएर नेपाल वर्तमान अवस्थासम्म आइपुगेको बताए ।

 
दासढुंगा घटना झनै रहस्यमय बन्यो–नेपाल
शुक्रबार, 17 मे 2013 09:53    PDF Print E-mail

चितवन, ३ जेठ । मदन भण्डारी र जीवराज आश्रितको २० औ स्मृति दिवसमा नेकपा एमालेका वरिष्ठ नेता माधव नेपालले अमर लामाको हत्याबाट दासढुंगा घटना झनै रहस्यमय बनेको बताएका छन् ।

नेकपा एमाले चितवनले शुक्रबार दासढुंगामा आयोजना गरेको स्मृतिसभालाई सम्बोधन गर्दै नेता नेपालले सो विचार राखेका हुन् । दासढुंगामा २० वर्षअघि एमालेका दुई नेताको दुर्घटनामा परी निधन भएको थियो । उक्त घटनामा सवारी चालक लामा भने बाँच्न सफल भएका थिए ।

नेता नेपालले घटनाको प्रमाण सवारीचालकको हत्या गर्ने व्यक्तिहरु अहिले एमाओवादीमा रहेका सुन्नमा आएकोले यसको जवाफ माओवादीले नै दिनुपर्ने बताए । लामा जीवितै रहेको भए दासढुंगाको रहस्य खुल्न सक्ने भएकाले उनको हत्या गरिएको दाबी नेपालले गरे । विभिन्न समयमा आयोग बनाएर अनुसन्धन गरेपनि दोषी पत्ता नलाग्नु दुर्भाग्य भएको धारणा राख्दै नेपालले आफ्नै पार्टी समेत यसमा चुकेको बताए ।

 


Page 1 of 188