दर्ता तथा प्रवेश
कोइराला नभए भीमबहादुर प्रधानमन्त्री–कोइराला
PDF Print E-mail

काठमाडौ, १६ असार । नेपाली काँग्रेसका केन्द्रीय सदस्य शसांक कोइरालाले सभापति सुशिल कोइरालाको नाममा सहमति नजुटे पार्टीका जनजाती नेता भीमबहादुर तामाङले सहमतिको सरकारको नेतृत्व गर्ने रहस्योदघाटन गरेका छन् ।

 

शानिवार संचारकर्मीसँगको  कुराकानीमा शसांकले सहमतिको सरकारको नेतृत्व सभापति सुशिल कोइरालाले गर्ने विषयमा पार्टी भित्र लगभग सहमति बनिसके पनि सहमति उल्टीने अवस्था आए पार्टीका त्यागी जनजाती नेता तामाङको नेतृत्वमा सरकार बनाउने बताए ।

 

उनले पार्टी एकताकोलागी पनि सभापति कोइरालाको नेतृत्वमा सरकार अनिवार्य भएको भन्दै त्यसो हुन नसके मुलुक र पार्टीमा सन्तुलन कायम राख्न जनजातीका तर्फबाट तामाङको नेतृत्व हुनु पर्ने बताए ।

 

मुलुकको राजनीतिक गतिरोधको निकास सहमति गरेर संसदीय निर्वाचनमा जानुनै भएको ठोकुवा गर्दै शसांकले फेरि संविधानसभाको निर्वाचन वा संविधानसभाको पुर्नस्थापना असम्भव रहेको धारणा राखे ।

 

उनले अब फेरि मुलुकमा संविधानसभाले संविधान निर्माण गर्न नसक्ने भन्दै सर्वपक्षीय आयोग गठन गरेर संविधान निर्माण गर्नु पर्ने बताए ।

संघीयताको कल्पना सहित विपी कोइरालाले विकेन्द्रीकरणको अवधारणा ल्याएको दावी गर्दै उनले काँग्रेसलाई एकल पहिचान सहितको संघीयता कुनै पनि हालतमा स्विकार्य हुन नसक्ने ठोकुवा गरे ।

 

राष्ट्रपति डा रामबरण यादवले प्रधानमन्त्रीलाई हटाउन नसक्ने उल्लेख गर्दै  राष्ट्रपतिले त्यसो गरे मुलुकमा द्धन्द्ध हुने चेतावनी दिए । उनले भने– राष्ट्रपतिले हटाउने होईन, दलहरुले सहमतिमै प्रधानमन्त्री हटाउने हो ।

 

प्रधानमन्त्री भट्टराईले दलहरुसँग परिणाममुखी वार्ता गरेर विश्वासमा लिन सके उहाँकै नेतृत्वमा सहमतिको सरकार बन्ने भन्दै काँग्रेसलाई सहमति भए नेतृत्वमा खासै चासो नरहेको बताए । उनले भने– काँग्रेसले लोकतन्त्र र राष्ट्रियता बाहेक सबै विषयमा सम्झौता गर्न सक्छ ।

 

Comments  

 
0 # Shyam Tamang 2012-07-11 09:41
tyatro Tyag Nepali Kangresh Bhaya Dekhi Kin Janajati Neta Haru Le Patti Bhitra Bidroha Garnu Parthyo Ni!
Reply | Reply with quote | Quote
 
 
0 # Gyan Bahadur Lama 2012-07-11 09:52
This is good news for all good leadership in the Nepali Congress !! if reality !!
Reply | Reply with quote | Quote
 

कमेन्ट राख्नुहोस्