| समायोजनमा जान चाहने लडाकुको छनौट प्रक्रिया सुरु | ||||
|
|
काठमाडौ, २० असार । समायोजन रोजेका माओवादी लडाकुको छनोटप्रक्रिया बुधवारबाट सुरु गरिएको छ ।
सेना समायोजन विशेष समितिले गरेको निर्णय र सरकारको निर्देशनबमोजिम नेपाली सेनाले लडाकुको भर्ना छनोट प्रक्रिया सुरु भएको नेपाली सेनाका प्रवत्ता रमिन्द्र क्षेत्रीले बताउनुभयो ।
छनोटप्रक्रियामा शारिरीक योग्यताको छनोट गरिदै छ । छनोट प्रकृयाका लागि लडाकु रहेका सातवटै शिविरमा सेनाले टोली पुगेको छ । अधिकृत तहको छनोट चितवनमा रहेको शमशेर गणमा भइरहेको छ भने अरूको छनोट सम्बन्धित शिविरमै हुने सेनाले जनाएको छ ।
विशेष समिति सचिवालयले समायोजना जान चाहने लडाकुहरूको व्यक्तिगत अभिलेख सेनालाई पठाइसकेको छ ।
स्थापित मादपण्डअनुसार लोकसेवा आयोगको प्रतिनिधिको उपस्थितिमा लडाकुहरूको छनोटप्रक्रिया सुरु गरिन लगिएको हो । पहिलो चरणमा लडाकुहरूको शारीरिक योग्यताको जाँच गरिने सेनाले जनाएको छ । मापदण्डभित्र नपर्ने लडाकुहरूलाई स्वेच्छिक अवकाशको अवसर दिइने छ ।
झन्डै दुई महिनादेखि समायोजन रोजेका ३ हजार एक सय २३ लडाकु नेपाली सेनाको जिम्मा रहेको छ । |




