| सिटामोल खान नपाउने देशमा सेवा सुविधा बढी–यादव | ||||
|
|
काठमाडौ, ८ साउन । नेकपा (माओवादी) का अध्यक्ष मातृकाप्रसाद यादवले जनसंविधान निर्माणका लागि संयुक्त क्रान्तिकारीको सरकार स्थापना गर्नु पर्ने बताउनुभएको छ ।
सोमवार स्थानीय पत्रकारहरुसँगको भेटघाट कार्यक्रममा बोल्दै उहाँले जनसंविधान र क्रान्तिकारीहरुको सरकार निर्माणका लागि जस्तोसुकै आन्दोलन पनि गर्न आँफूहरु तयार रहेको बताउनुभयो ।
नेपाली जनताले परिर्वतनका लागि २००७ सालदेखि सङ्घर्ष गर्दै आएपनि नेताहरुको आत्मसमपर्ण गर्ने प्रवृतिका कारण ती सङ्घर्षका उपलब्धीहरु जोगाउन नसकिएको उहाँले उल्लेख गर्नुभयो ।
गरिब जनतालाई सिटामोल खानलाई छैन, तर देशका नेताहरुलाई भने आजीवन सेवा सुविधा दिएकोमा उहाँले कडा अपत्ति जनाउँदै जातीयताका आधारमा राज्य निर्माण गरिए मुलुकमा जातीय द्वन्द्व सिर्जना हुनेछ भन्नुभयो |




