| पूर्व प्रधानमन्त्रीद्धारा द्धारा सुविधाको गाडी फिर्ता | ||||
|
|
काठमाडौ, ११ साउन । पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले सरकारी गाडी फिर्ता गर्नुभएको छ ।
जनस्तरबाट उठेका प्रश्न र भावनाको सम्मान गर्दै नेपालले भूतपूर्व प्रधानमन्त्रीका रुपमा लिइएको सुविधाको गाडी फिर्ता गर्नुभएको हो । नेपालले विज्ञप्ती निकाली राज्यका भूतपूर्व विशिष्ट पदाधिकारीहरुलाई अध्यादेशमार्फत् सरकारद्वारा दिइएको सुविधाका बारेमा उठेका टिकाटिप्पणीप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको बताउनुभएको छ । रा
राष्ट्रिय सहमतिका लागि मार्गप्रशस्त गर्नुपर्ने बेलामा वर्तमान काम चलाउ सरकारले भूतपूर्व पदाधिकारीलाई सुविधा दिने सम्बन्धमा अध्यादेश जारी गरेका कारण ध्यान अन्यत्र मोडिने र सहमति प्रयास झन् बिथोलिने खतरा देखा परेको नेपालले बिहीवार प्रकाशन गरेको विज्ञप्तीमा उल्लेख गर्नुभएको छ । नेपालले सुविधाका बारेमा अध्यादेश जारी गरेर सरकारले कतै आफ्नो शासनको आयु लम्ब्याउन त खोजेको होइन भन्ने प्रश्न पनि उब्जेको पनि बताउनुभएको छ । नेपालले गाडीबाहेक मैले हालसम्म थप कुनै सुविधा नलिएको पनि स्पष्ट पार्नु भएको छ ।
यसैबीच नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री डा. बाबुराम भट्टराईले राजीनामा नदिएसम्म अहिलेको अवस्थामा दलहरूबीच सहमति हुन नसक्ने दाबी गर्नुभएको छ । बाराको सिमरा विमानस्थलमा सन्चारकर्मीसँगकुराकानी गर्दै वरिष्ठ नेता नेपालले प्रधानमन्त्रीले राजनीतिक निकास लागि तुरुन्त राजीनामा दिनुपर्ने बताउनुभयो । उहाँले सरकारले असवंधानिक रूपमा घोषणा गरेको चुनाव सार्ने नसार्ने विषयमा छलफल गरिरहनुको कुनै अर्थ नभएको भनाइ पनि राख्नुभयो ।
दलहरूबीच सहमति भएपछि बन्ने नयाँ सरकारले मात्रै नयाँ चुनाव कसरी गर्ने भन्ने निर्णय गर्नसक्ने नेता नेपालको भनाइ छ । |




