| चिनले नेपालमा संघीयता नचाहेको–वैद्य | ||||
|
|
काठमाडौ, ११ साउन । नेकपा–माओवादीका अध्यक्ष मोहन बैद्य किरणले चिनले नेपालमा संघीयता नचाहेको खुलासा गरेका छन् ।
चिन भ्रमणबाट बिहीवार स्वदेश फर्किएका बैद्यले अन्तर्राष्ट्रिय विमानस्थलमा सन्चारकर्मीहरुसँग कुरा गर्दै नेपालमा विभिन्न शक्तिले खेलिरहेकोले संघीयताका नाममा नेपाललाई टुक्राउने खेल भएको आशंका गर्दै चिनले नेपालमा संघीयता नचाहेको जानकारी दिए ।
नेपालमा शान्ति र संविधान निर्माणको कार्य पुरा भए चिन नेपालको आर्थिक विकासमा सहयोग गर्न तयार रहेको जानकारी दिदै बैद्यले चिनले नेपालमा कम्यूनिष्ट पार्टी फुटेको प्रति दुख ब्यक्त सहित कम्यूनिष्ट पार्टीको एकतामा जोड दिए बताए ।
भारतले नेपालमाथिको हस्तक्षेप जारी राखेसम्म उसँग आफूहरुको सम्बन्ध । विस्तार हुनै नसक्ने स्पष्ट पार्दै उनले हस्तक्षेप जारी रहेसम्म आफ्नो भारत भ्रमणको सम्भावना समेत नरहेको बताए । उनले भने– भारतसँगको सम्बन्ध उसले नेपालमाथिको हस्तक्षेप छाडेमात्र सुध्रन्छ । ङ्गगरेको छैन । भारतले नेपालमा हस्तक्षेप गर्दै आएको छ ।
उनले समग्र मधेस एक प्रदेश वा स्वायत्त मधेस प्रदेश सम्भव नभएको भन्दै नेपाललाई टुक्राउन खोज्ने तत्वहरुले त्यसलाई अगाडि बढाएको आरोप लगाए । उनले आफ्नो पार्टी एक मधेस प्रदेशको पक्षमा नरहेको स्पष्ट पारे ।
एकीकृत नेकपा माओवादीसँग अहिलेकै अवस्थामा एकता हुनै नसक्ने स्पष्ट पार्दै उनले प्रचण्ड सच्चिएर आफूहरुको कार्यनीतिमा आएमात्रै एकता हुन सक्ने बैद्यले बताए ।
उनले भने–एमाओवादीको विस्तारित बैठकले नयाँ केही ल्याएको छैन । पुरानै आधारमा एकता हुन सक्दैन । हाम्रो नीतिमा सच्चिएर आए माघमा एकताको महाधिवेशन सम्भव छ । |




