| सविधानका विषयमा ग्यारेन्टी भए सरकार छाड्ने–त्रिपाठी | ||||
|
|
काठमाडौ, १३ साउन । भौतिक योजना तथा निर्माण मन्त्री हृदयेश त्रिपाठीले यसपटक पनि बरिष्ठतालाई मिचेर नयाँ मुख्य सचिव नियूक्ती हुने खुलासा गरेका छन् ।
रिपोर्टर्स क्लब नेपालले शनिवार आयोजना गरेको साक्षात्कारमा मन्त्री त्रिपाठीले भने–यसपटक पनि नीति मिचेरनै मुख्य सचिवमा बढुवा हुन्छ । हाम्रोमा बरिष्ठता मिचेर आफू निकट मान्छेलाई ल्याउने गौरबशाली परम्परा छ ।
यसपटक पनि सोही गौरबशाली परम्परालाई निरन्तरता दिईन्छ । उनले मधेसी मोर्चा उमाकान्त झालाई मुख्य सचिव बनाउन अडान लिएको स्पष्ट पार्दै एमाले, काग्रेस र माओवादीले पनि अलग अलग नाममा दवाव दिईरहेको खुलासा गरे ।
सक्रमणकालमा पुरानो परम्परा परिवर्तन गर्न र रोक्न नसकिने बाध्यता पोख्दै त्रिपाठीले सचिवहरु आफै राजनीतिक लविङ गरेर हिड्ने गरेकोले पनि मुख्य सचिव नियूक्तीमा अप्ठ्यारो परेको सुनाए ।
यद्यपि उनले आईतवार बस्ने मन्त्री परिषदको बैठकले सहमतिमै कार्यबाहक मुख्य सचिव नियूक्तीको निर्णय गर्ने विश्वास ब्यक्त गरे ।
दलहरुवीच मतभेद रहेका संविधानका अन्र्तबस्तुमा सहमति नहुँदा सम्म प्रधानमन्त्रीको राजिनामा नआउने स्पष्टपार्दै त्रिपाठीले भने–पहिला संविधान कस्तो आउने र कसरी आउने कुरा स्पष्ट होस अनि सरकार परिवर्तनको कुरा स्विकार्न सकिन्छ तर त्यस विषयमा ग्यारेन्टी नभई हामी सरकार छाड्दैनौ । |




