| यथास्थितिमा एमाले सरकारमा नजाने | ||||
|
|
काठमाडौं, २१ वैशाख । राष्ट्रिय सहमतिको सरकारका पक्षमा जोडतोडले लागेको एमालेले यथास्थितिमा वर्तमान सरकारमा सहभागी नहुने जनाएको छ ।
एमाले स्थायी समितिको बिहीवार राजधानीमा बसेको बैठकले सरकार बिघटन गरेर नयाँ बन्ने सरकारमा मात्रै सहभागी हुने अन्यथा सहभागी नहुने निर्णय गरेको हो ।
बैठक पछि सञ्चारकर्मीसँग कुरागर्दै एमाले नेता केपी ओलीले बहुमतका आधारमा बनेको वर्तमान सरकारमा सहभागी नहुने बताए ।
उनले भने, ‘सहमतिको सरकारमा मात्रै सहभागी हुन्छौ, बहुमतमा सहभागी हँुदैनौ, धारा ३७(१)को सरकारमा जाँदैनौं ।’ एमालेले सरकार बिघटन गरेर बन्ने सहमतिको सरकारमा मात्रै जाने उल्लेख गरेको छ ।
|




